Class 8 Nepali Guide book | All Solution | Singsblogg

नेपाल  कविता  

पाठ १
                       

सिद्धिचरण श्रेष्ठ

  

नेपाल कविताका लेखक सिद्धिचरण श्रेष्ठ हुन् । उनको जन्म मृत्यु (१९६९–२०४७) मा भएको थियो । यो कविता उनको बहु सन्देश दिने कविता हो । उनले यस विकताको माध्यमबाट धेरै प्रकारका सौन्दर्यहरु, पुर्खाले दिएको योगदानहरुको चित्रण गरिएको छ ।

    नेपाल प्रिय, पवित्र र सुन्दर देश देखाउँदै संगीत समान सुमधुर लयबद्ध छहराहरुको देशको रुपमा चिनाएका छन् । पानैपाना पल्टाएजस्ता खुला पर्वतीय प्राकृतिक कला सौन्दर्यको वर्णन कविले गरेका छन् । नेपाल बहुमूल्य प्राकृतिक सौन्दर्य हिमाल, पहाड, तराइले सजिएको अधिकतम पक्षलाई समेट्दै उनले नेपाली जाती, प्रकृति, इतिहास र संस्कृतिका विशेषताहरु केलाउने प्रयत्न गरेका छन् । 

    नेपाल कवितामा कविले पुर्खाहरुको रगत, पसिना, त्याग तपस्याले देशको सृजना भएको चर्चा गरिएको छ । हाम्रा पुर्खाहरुले ज्यानको बाजी लगाएर देशको राष्ट्रिय स्वाभिमानलाई उच्च बनाएका छन् । बहादुर गौरवशाली पुर्खाहरुको रगत प्रत्येक नेपालीको नसा–नसामा बगिरहेको छ । संकटको घडीमा समेत हाँसीखुसी उनले देशको निमित्त बलिदान दिएका छन् । पुर्खाहरुको योगदानले नै आज हाम्रो पहिचान बनाएको भन्दै उनीहरुको उदाहरणीय अभिव्यक्ति यस कवितामा गरिएको छ । 

    नेपाल ज्यामी, सिपाही र किसानहरुको देश हो । यिनै श्रमीहरुले मेहनत परिश्रम गरेर नेपालीहरुलाई आत्मनिर्भर बन्न सक्ने आधार, बाटो देखाएका छन् । यिनीहरुकै भरोशा आडमा देश अडेको छ । ज्यामी, सिपाही किसानहरु रगत पशिनाले देश भिजेको छ । हाम्रा पुर्खाहरु यिनै ज्यामी, सिपाही र किसानहरु हुन् । यिनै प्रत्येक श्रमिकहरुको बलिदान, मेहनत संघर्ष बलिदान त्यागले नेपाल आज संसारमा सुन्दर स्वर्गीय भूमिको रुपमा परिचित छ । यिनीहरु देशका बलिया खम्बा हुन् । यिनीहरुमा नै नेपाल अडिएको छ । यिनै खम्बा साहाराबाट नै नेपालको कल्याण हुन्छ ।  

भाग्य

पाठ 
लेखक:सुधा त्रिपाठी


भाग्य कथाका लेखक सुधा त्रिपाठी हुन् । उनको जन्म (वि.सं. २०१५ जेठ २८ गते) दार्जिलिङ भारतमा जन्म भएको हो । बादल, धर्ती, आस्थाहरु (नियात्रा २०५०), दोलखा दर्पण (सह सम्पादन, २०५१), जीवनसुत्र र स्वप्नाभास (निबन्ध संग्रह, २०५३), अनिवार्य नेपाली, (सहलेखन, २०५३), सुट, टाइ र सुँगुर (व्यङग्य निबन्ध) आदि उनका मुख्य कृतिहरु हुन् । 

    हामी आफ्नो भाग्य आफैँ लेख्न सक्छौँ भन्ने सन्देश दिन भाग्य कथाको रचना गरिएको हो । श्रम र जमिनको सम्बन्धले श्रमिकको जीवन पद्धतिमा व्यापक परिवर्तन ल्याउन सक्छ । देउता, साहु, ठूलाबडा, पुरानो सोच, आदिबाट हाम्रो भाग्य परिवर्तन हुँदैन । हामीले आफ्नो भाग्य श्रम र जमिनबीचको सम्बन्धलाई बुझेर श्रमको मूल्य स्थापित गर्न सके आफ्नो भाग्य आफैँ लेख्न सक्छौँ । मान्छे चेतनशील प्राणी हो । उसले आफ्नो भाग्य र भाग्यसँग जोड्ने कुराको मूल्यांकन आफँैले गर्न सक्छ ।

     मान्छेको भाग्य श्रम र जमीनको सम्बन्धबाट बलियो र राम्रो हुन्छ । 
श्रमको मूल्यलाई बुझी त्यसको स्थापना गरेर हामीले आफ्नो भाग्य आफैँले लेख्नुपर्छ । 

 

देवकुमारी थापा

पाठ 

देवकुमारी थापाको जन्म वि.सं. १९८५ साल वैशाख २ गते भारतको खरसाङमा भएको थियो । उनका पिताको नाम हस्तबहादुर कटुवाल, माताको नाम रमादेवी कटुवाल र पतिको नाम बबरसिंह थापा थियो । बालबालिकाको व्यक्तित्व विकासका लागि राम्रो वातारण र सकारात्मक सन्देश आवश्यक पर्दछ । सेवा नै मानिसको मुख्य कर्तव्य हो भन्ने मूल विचार उनको हो । 

    उनले आफ्नो सम्पूर्ण जीवन शिक्षा, स्वास्थ्य र साहित्यका क्षेत्रमा समर्पित गरिन् । उनले बालबालिकालाई देशका भविष्य निर्माता ठानी उनीहरुको चौतर्फी विकास गर्न बालसंस्था र समाजसेवामा समर्पित भइन् । उनकै प्रेरणाले मानिसहरु बाल साहित्य लेखनतर्फ आकर्षित भएका थिए । उनले विभिन्न माध्यमबाट बालमैत्री वातावरण शिक्षा दिन प्रोत्साहन गर्दै उनले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याइन् । साहित्य समाज, गुरुकुल विद्यालय, बालमन्दिर, नेपाल प्रज्ञा प्रतिष्ठान आदि संस्थासँग आबद्ध भई शैक्षिक जागरण ल्याउन उनी सदा अग्रसर भएर लागिन् । देवकुमारीले गाउँ गाउँमा पुगेर बालबालिका महिला, वृद्ध, अशक्त र विरामीहरुको उपचार पनि गरिन् । त्यस्तै असाहाय, पीडित, विपन्न र रोगग्रस्त मानव समुदायको दुःख पीर हटाउन सँधै क्रियाशील रहिन् । पुण्यात्मा आमा, रामको कथा, कथाको बटुलो, प्रलय प्रतीक्षा, टपरी, भोकृप्ति, देवकुमारी थापाका प्रतिनिधि कथाहरु आदि उनका साहित्यिक रचनाहरु हुन् । अन्ततः थापाले शिक्षा, स्वास्थ्य र साहित्यमा दिएको योगदान अतुलनीय छ । 

     देवकुमारी थापा बालबालिकाहरु नै देशका निर्माता हुन् भन्ने धारणा राख्थिन् । बाल बालिकाहरुलाई नै असल र शिक्षित पार्न साहित्य रचनामा लागिन् । त्यसरी नै बाल बालिकाहरुको चौतर्फी विकास गर्न बाल संस्था र समाज सेवामा समर्पित भइन् । उनको विचारमा मानिसको मुखय कर्तव्य सेवा हो । सबैलाई सेवामा प्रेरणा दिन उनले पुरस्कारको पनि व्यवस्था गरिन् । उनी आजीवन सेवामा हिमाल झैँ अडिक बनी सबैको प्रेरणा स्रोत बनिन् । 

4. ग्रन्थचित्र

 

ग्रन्थचित्र

पाठ 

ग्रन्थशास्त्रको कथा वा विषय वस्तुमा आधारित चित्रलाई ग्रन्थ चित्र भनिन्छ । ग्रन्थचित्रमा कलाकारले विषय वस्तुको आधारमा रंग तथा गरगहना, कपडा र मुखको हाउभाउ मिलाएर चित्र कोर्दछन् । कागजको आविस्कार हुनुभन्दा पहिले ताडपत्र र भोजपत्रमा ग्रन्थचित्रहरु कोरिन्थे । ताड नामको रुखका पातहरु तथा भोजपत्रका बोक्राहरुलाई सुकाएर चित्र बनाउन योग्य पारेपछि चित्रहरु कोरिन्थ्यो । त्यस्ता ग्रन्थमा लेख्न बाँसको कलम प्रयोग गरिन्थ्यो । चित्रमा रंग लगाउन चराको प्वाँख तथा कलाकार आफैँले बनाएको जनावरको रौँको ब्रस प्रयोग गरिन्थ्यो । लेखका निम्ति कटुस, आँप र अमलाका पातलाई धेरै बेर पकाएर कालो मसी बनाइन्थ्यो । ग्रन्थ लेख्न र रेखाचित्र कोर्न यही मसीको प्रयोग गरिन्थ्यो । 

चित्रकलाको इतिहास निकै पुरानो छ । यसको सम्बन्ध मानव सभ्यताको इतिहाससँगै जोडिएको छ । मानव सभ्यताको विकाससँगै धर्म, संस्कृति, सामाजिक मूल्य मान्यतामा केन्द्रित भइ निर्माण गरिएका चित्रहरु परम्परागत, चित्रकलाका नमुना हुन् । आधुनिक चित्रकलाको सुरुवात निकै पछि भएपनि ग्रन्थचित्रहरुले त्यसको ठाउँ लिएका छन् । परम्परागत रुपमा केवल ग्रन्थको शोभा र विषय वस्तु स्पष्ट पार्न कोरिने ग्रन्थचित्रहरुको प्रभाव अहिले झनै बढ्न थालेको छ । विद्यार्थीलाई पढाउन, मनोभावनालाई खुलस्त पार्न र सिकाइका लागि वस्तुनिष्ठ बनाउन चित्रकलाको व्यापक प्रयोग गरिन्छ । यसको पूर्वज ग्रन्थचित्र नै हो । यसरी चित्रकलाको विकासमा ग्रन्थचित्रले उल्लेखनीय भूमिका पु¥याएको प्रष्ट हुन्छ । 

मानव विवेकशील प्राणी हो । मानवको विकास सभ्यताको विकास हो । समयसँगसँगै क्रमश धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यताको विकास हुँदै गइरहेको छ । धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यता मानव निर्मित कुराहरु हुन् । इतिहासको कालखण्डमा जीवन पद्धतिमा परिस्कार गर्ने ध्येयले मानिसले विभिन्न धर्महरुको सुरुवात गरेको थियो । यही धर्मले पाप र पुण्यका बारेमा मानिसलाई सचेत गराउँदै गयो र सत्यको बाटोमा लाग्न प्रोत्साहन गर्दै गयो । धर्मको मुख्य आधार भनेकै धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यता थियो । मानव सभ्यतालाई जगैदेखि बलियो बनाउन यिनीहरुको ठूलो योगदान रहेको छ । मानव सभ्यताको विकासका लागि धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यता भनेका विकासका पूर्वाधार हुन् । मानव सभ्यताको विकाससँगै धर्म, संस्कृति, सामाजिक मूल्य र मान्यताको विकास भएको छ । 

 


निवेदन



निवेदन 
छात्रवृत्ति पाउँ भन्नेबारे । 

मिति : २०७२/६/१


श्रीमान् प्रधानाध्यापक ज्यू,
श्री जनता उच्च मा.वि.
नारायणगड, चितवन ।


विषय : छात्रवृत्ति पाउँ भन्नेबारे । 


महोदय,
    यो सविनय निवेदन गर्दछुकी म यस विद्यालयमा कक्षा १ देखि पढ्दै आइरहेको छु । म पनि यस विद्यालयकी नियमित र जेहेनदार छात्रा भएको व्यहोरा त यहाँलाई अवगतै छ । मेरो घरको आर्थिक अवस्था पनि निकै कमजोर छ । मलाई आवश्यक पर्ने शैक्षिक सामग्री जुटाउन उहाँहरुलाई निकै कठिन छ । त्यसैले मेरो घरको अवस्था बुझी गरीब तथा जेहनदार छात्रवृत्ति प्रदान गरिदिनु हुन विनम्र यो निवेदन गर्दछु । 
            धन्यवाद !


निवेदिका
सीता थापा
कक्षा : ८
रोल्नं. १
नारायणगड, चितवन



निवेदन 

नियमित पत्र पत्रिका उपलब्ध गराइदिने बारे । 

मिति : २०७२/६/१


श्रीमान् प्रधानाध्यापक ज्यू,
श्री जनता उ.मा.वि.
नारायणगड, चितवन


विषय : नियमित पत्र पत्रिका उपलब्ध गराइदिने बारे । 


महोदय,
    यो सविनय निवेदन गर्दछौँकी हामी कक्षा ८ मा पढ्ने विद्यार्थीहरु, विगत १ महिनादेखि विद्यालयको पुस्तकालयमा पत्र पत्रिकाहरु उपलब्ध हुनसकेको छैन । यसरी लामो समयदेखि पुस्तकालयमा पत्र पत्रिका उपलब्ध हुन नसक्नु निश्चय नै दुःखद कुरा हो । त्यसैले हामी सबै विद्यार्थी तथा शिक्षक, कर्मचारीको मागलाई दृष्टिगत गरी फेरी पुनः नियमित पत्र पत्रिका उपलब्ध गराइदिन हामी सम्पूर्ण विद्यार्थीहरु यो निवेदन गर्दछौँ । 
        धन्यवाद !


निवेदक
कक्षा–८
नारायणगड, चितवन

 

 

मित्रता


मित्रता कथा शारदा रमण नेपालद्धारा लिखित पौराणिक कथा हो । यस कथामा मित्रता आत्मिय मिलन हो । समान पद, प्रतिष्ठा शक्ति र धनसँग यसको कुनै तुलना हुन सक्दैन भन्ने भाव प्रकट गरिएको छ । बाल्यकालमा गुरुकुलमा पढ्दा दु्रपदले द्रोणसँग आधा राज्य दिने प्रतिज्ञा पछि पुरा हुन सकेन । उल्टै द्रुपदले द्रोणको अपमान गरे । त्यसैको प्रतिशोधमा द्रोणले दु्रपदलाई हस्तिनापुरमा ल्याउने आदेश दिएपछि पाण्डवहरुले दु्रपदलाई बाँधेर ल्याएर द्रोणका अगाडि राखिदिएपछि द्रोणले दु्रपदलाई सम्झाउँदै उक्त कुराहरु अघि सारेका हुन् । धनसम्पत्तिले उन्मत्त भएर कसैलाई पनि चिनेनन् । अहंकारले सीमा पार ग¥यो । उनले मित्रता सबै बिर्से, प्रतिज्ञा बिर्से, आफ्ना मित्रहरुको बेइजती गरे । अपमान गरे । द्रुपदका यस्तै मात र अहंकारले सिर्जना भएका विकृतिलाई कम उनको मानिसद्रोही भावना हटाउन यो प्रसंग अघि सारेका हुन् । 

मित्रतामा सद्भाव, आत्मियता÷हार्दिकताको मात्रा बढी हुनुपर्दछ । मित्रतामा कसैको अवमूल्यन गर्नुहुँदैन बाचा तोड्नु पनि हुँदैन । राम्रो विचार, व्यवहारले मित्रता फैलन्छ । सत्ताहीन गरिब र सत्तासीन शासक बीच पनि मित्रता हुनसक्छ । मित्रतामा कुनै बार, बन्देज र सीमा हुँदैन भन्ने यो भनाइको मुख्य भाव हो । 


सीप र श्रम


सीप र श्रम कविता क्षेत्रप्रताप अधिकारी (वि.सं. १९९९) बाट रचिएको हो । उनका रहर लागेर (२०२४), गामबेसीका गीत (२०३४), पहाडदेखि पहाडसम्म (२०४२), नफुलेका फुलहरु (२०५३) आदि । प्रकाशित कविता संग्रहरु हुन् । यस कविताको सारमा कविले श्रम र सीपले देशलाई सजाउन सके नेपालको मुहार फेरिने सुनिश्चित छ भन्ने मार्मीक अभिव्यक्ति प्रस्तुत गरेका छन् । आफ्ना कर्णप्रिय संगीत र स्वरहरुलाई परम्परित मागी खाने ढाँचाबाट रुपान्तर गरी राष्ट्र निर्माणको मूलधारसँग जोड्नुपर्छ । निजी स्वार्थ त्यागेर राष्ट्रिय स्वार्थ वा देशको कल्याणका लागि दृष्टि पुयाउनुपर्दछ । राष्ट्रको विकासमा हामी लाग्नुपर्छ । हामीले आफ्नो हेराइ, विचार, मान्यताहरुमा परिवर्तन गरी देश विकासमा टेवा पुयाउने, श्रम र सीपको सम्मान गराउने आदि काम गरी आफुलाई परिवर्तन गर्नु पर्दछ । 
हामी सम्पूर्ण नेपाली आफ्नै सीप र मेहनत पसिनाको प्रयोग गरी आत्मनिर्भर बन्नतर्फ लाग्नुपर्छ । भन्ने यस कविताको मुख्य भाव हो । 


भूगोलविद हर्क गुरुङ


हर्क गुरुङको जन्म वि.सं. १९९५ साल पुस २१ गते भएको थियो । हर्कबहादुरको वाल्यकाल सुखद् वातावरणमा आफ्नै गाउँका लेकबेंसी, खेतबारी र पाखा पखेरामा रमाएर बित्यो । हर्क गुरुङ खेल खेल्ने, चित्र कोर्ने र हिमाल चढ्ने काममा रुचि राख्थे । हर्क गुरुङलाइ फुटबल खेल असाध्यै मन पथ्र्याे । हर्क गुरुङले लामाबाट चित्र बनाउने कला सिकेका थिए । हर्क गुरुङ असाध्यै सुन्दर चित्रहरु बनाउँथे । राष्ट्रव्यापी चित्रकला प्रतियोगिता वि.सं. २०१३ सालमा भएको थियो । हर्क गुरुङले कोरेको डाँफे र मुनालको चित्र सर्वाेत्कृष्ठ ठहरियो । हर्क गुरुङ बहु प्रतिभाशाली व्यक्ति थिए । उनीमा भूगोलविद्, योजनाकार, वरिष्ठ लेखक, चित्रकार आदि क्षमता गुणहरु थियो । त्यसैले हर्क गुरुङ बहुमुखी प्रतिभाका धनी व्यक्ति मानिन्छन् । हर्क गुरुङले नेपाली भाषा, जातजाति र देश विकासका सम्बन्धमा महत्वपूर्ण विचारहरु राखे । उनले अगाडि सारेका योजना र विकासले देशको उन्नतिमा थप उर्जा प्रदान गयो । फेसेज अफ नेपाल नामक पुस्तकबाट नेपाली जातजाति र भाषाभाषीहरुका बारेमा चर्चा गर्दै नेपालको बहुजाति र बहुभाषी संरचनाको उत्थानका बारेमा गहन विचार राखे । उनले विदेशीहरुसँग ऋण नलिई आफ्नै देशका साधन–स्रोत, जडीबुटीहरुको बिक्री, दुर्गम क्षेत्रको विकास गरेर मात्र सुगम क्षेत्रको विकास सम्भव हुन्छ भन्ने खालका सकारात्मक विचारहरु राखे । हर्क गुरुङको मृत्यु वि.सं. २०६३ साल असोज ७ गते हेलिकप्टर दुर्घटनामा परेर भयो । हामीले योजनाबद्ध ढंगले देशका साधनस्रोत, जडीबुटीहरु आदिबाट देशको विकास गरी आत्मनिर्भर हुन सकिन्छ । उनका अनुकरणीय आदर्श जीवनबाट सँधै राष्ट्रको उत्थानमा लाग्नुपर्ने प्रेरणा लिन सकिन्छ । हर्क गुरुङको सम्झनामा नेपाल सरकारले उनकै जन्मस्थलमा सालिक निर्माण गरेर सम्मान प्रकट गरेको छ ।                    
           अन्तत सँधै उन्नति र प्रगतिका लागि इमान्दार भएर लाग्ने हर्क गुरुङ कहिल्यै पद, प्रतिष्ठा, पैसा र मोह प्रति लागेनन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनेका उनी सँधै शिक्षा, स्वास्थ्य र देश विकासमा लाग्न प्रेरणा दिने उर्जाशील व्यक्तित्व हुन् । 


नेपाल प्राकृतिक विविधताले भरिपूर्ण विश्वकै सुन्दर मुलुक हो । 

नेपाल बहु भौगोलिक विशेषता भएको मुलुक हो । त्यसैले नेपाललाई विविधताको बँगैचा भन्न सकिन्छ । हिमाल, पहाड, तराइ, छाँगा, छहरा, भीरपाखा, उपत्यका र खोँचहरुले यो देशलाई थप आकर्षण बनाएका छन् । जातीय, भाषिक र सांस्कृतिक दृष्टिकोणले समेत समृद्ध छ । विश्वका सबैभन्दा अग्ला होचा ठाउँहरु नेपालमै छन् । एकै ठाउँमा पनि संसार घुमेको आनन्द नेपालमै लिन सकिन्छ । त्यसैले नेपाल विविध सौन्दर्यको स्वर्ग हो । अन्तत नेपाल प्राकृतिक विविधताले भरिपूर्ण विश्वकै सुन्दर मुलुक हो । 

प्रकृति र वातावरण

 

वैज्ञानिक चमत्कार र मानवीय उन्नतिभित्र प्रकृतिको विनाश समेटिनु हुँदैन । यि दुवै फरक फरक विषय हुन् । कहिले पनि वैज्ञानिक चमत्कारले प्रकृतिको विनाश गर्नु भनेको छैन । विज्ञानको चमत्कार र मान्छेका उन्नतीको सार प्रकृतिभित्र रहेको छ । विज्ञानले एक पछि अर्काे चमत्कार गर्दै गइरहेको छ । त्यसले मानवीय उन्नति गरिरहेको देखिन्छ । आज मानवीय जीवनलाई सहज, सुविधायुक्त, छिटो, छरिदो बनाउने वैज्ञानिक चमत्कार हो । बढ्दो जनसंख्या, अव्यवस्थित संरचना, जथाभावी प्राकृतिक स्रोत साधनको प्रयोग, दुरुपयोग आदिले प्रकृतिको विनाश हुँदै गइरहेको छ । सबैले दीर्घकालीन सोच बनाएर प्रकृतिको विनास रोक्नुपर्दछ । 

प्रकृति, वातावरण र मानिस भन्दा फरक सुनिए पनि यि एक हुन् । यिनीहरु एक अर्कासँग अन्योन्याश्रित सम्बन्ध राख्दछन् । प्रकृति, वातावरण र मानिसको भिन्नाभिन्नै व्याख्या, सोच विकास सम्भव छैन यसले प्रकृतिमै असन्तुलन कायम गर्दछ । मानिस चेतनशील प्राणी भएकोले प्रकृति र वातावरण वीच सन्तुलन कायम राख्न अग्रसर हुनुपर्दछ । वातावरण सुरक्षित बनाइ प्रकृतिमा सन्तुलन कायम राख्नु नै मानिस स्वयं संकटमुक्त हुनु हो । 
हाम्रो सोच विचार वातावरणमा निर्भर गर्दछ । मानिसको स्वास्थ र सन्तुष्टि र सोचका लागि वातावरण स्वच्छ हुन अत्यन्त आवश्यक पर्दछ । जीवनमा महानतम विचारको स्रोत उपयुक्त वातावरण हो । सर्व विकास हुन शारीरिक मानसिक र सामाजिक विकास हुन आवश्यक पर्दछ । यसलाई स्वस्थ भन्न सकिन्छ । यसको लागि वातावरण स्वच्छ र स्वस्थ हुन अत्यन्त आवश्यक पर्दछ । स्वच्छ विचारबाट स्वस्थ शरीरको निर्माण हुन सक्छ अनी स्वस्थ शरीर र असल विचारबाटै अपेक्षित सन्तुष्टि प्राप्त गर्न सकिन्छ । 

मुख्य बुँदाहरु 
१. मानिसले प्राकृतिक स्रोतको विवेकपूर्ण प्रयोग नगर्दा वातावरणमा विकृति र विसङ्गति देखिने ।
२. प्राकृतिक सौन्दर्य नासिने, भू–क्षय, बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि जस्ता समस्या भोग्नुपर्ने,
३. उत्पादन घट्ने, पानीका स्रोतहरु सुक्ने र मानिस संकटमा पर्ने,
४. प्राकृतिक स्वच्छताका लागि मानिसले प्रयत्न गर्नुपर्ने । 

मानिस जिम्मेवार बन्नुपर्छ
मानिसले प्राकृतिक स्रोतको विवेकपूर्ण प्रयोग नगर्दा वातावरणमा विकृति र विसंगति देखिइ सौन्दर्य नासिने, भूक्षय, बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि जस्ता समस्याहरु भोग्नुपर्ने हुन्छ । स्वस्छताका लागि मानिसले नै प्रयत्न गर्नुपर्ने देखिन्छ । 

 

एउटा घटना


एउटा घटना शान्तदास मानन्धरद्धारा रचिएको कथा हो । अहिलेका विद्यालय स्तरका विद्यार्थीहरुको अध्ययन र खेल दुवैको मनोवैज्ञानिक चित्रण गरेको छ । असल मनसायले सीप र क्षमता प्रदर्शन गर्न खोज्दा कहिलेकाहीँ अकल्पनीय काम कुराहरु पनि हुन सक्छ । यस्ता क्रियाकलापले विद्यार्थीलाई गम्भीर तथा कृतज्ञ पनि बनाउन सकछ । सँधै सतर्क भएर सीप प्रदर्शन गर्नुपर्छ । दैनिक एउटै विषय वस्तुको पढाइ प्रभावकारी हुन नसक्ने, विद्यार्थीहरुलाई पढाइसँगसँगै खेलकुद मनोरञ्जन पनि आवश्यक पर्ने आदि मनोवैज्ञानिक पक्षहरुको यस कथाले विश्लेषण गरेको छ । एउटा घटना कथाले विद्यार्थीहरु खेल र अध्ययनलाई सँगसँगै लानसके जीवन फलदायी हुन्छ । त्यसैले योग्यतम विद्यार्थी पढाइ र खेलकुद दुवैमा अग्रसर हुनुपर्छ तर अनुशासन भङ्ग भने गर्नु हुँदैन भन्ने शिक्षा दिन खोजेको छ ।


घटना

एक दिन साथीहरुको लहलहैमा लागेर मैले विद्यालयमा कक्षा २ को झ्यालको काँच तोडेको थिएँ । त्यो कुरा मेरो साथीहरुलाई मात्र थाहा थियो । त्यसको दोस्रो दिन विदालयमा काँच तोडेको विषयमा ठूलो छलफल भयो । शिक्षकले इमानदारीका साथ भनेमा एकपटकलाई क्षतिपूर्ति दिएर छाडिदिने नभनेमा पत्ता लगाएर कडा सजाय दिने भनेपछि मलाई धेरै डर लाग्यो । मैले सबै कुरा शिक्षकलाई बताएँ । शिक्षकले हामी सबै साथीहरुलाई गाली गर्दै सम्झाउनु भयो । हामी सबै साथी मिलेर नयाँ काँच किन्ने पैसा जम्मा पारी शिक्षकलाई बुझायौँ । 

कहिलेकाहीँ असल मनसायले सीप र क्षमता प्रदर्शन गर्न खोज्दा पनि ठूलो क्षति हुँदो रहेछ । मेरो÷हाम्रो विद्यालयमा खेल खेल्ने साथीहरुलाई निम्न सम्भावित घटनाबाट सजग गराउन चाहन्छु । 
१. विद्यालयका झ्याल ढोकामा रहेका काँचहरु भुट्न सक्छ । 
२. जिस्कँदा साथीभाइहरुको हात खुट्टा भाँचिन वा ठूलो चोट लाग्न सक्छ । 
३. आफूभन्दा साना भाइ–बहिनीहरुलाई चोटपटक लाग्न सक्छ । 
४. भौतिक सामग्रीहरु फुट्न सक्छन् । 

 

दाजुलाई चिठी




विन्ध्यवासिनी, पोखरा
मिति : २०७२/०३/३०


प्यारो भाइ,
न्यानो माया !


    यहाँ म कुशल छु । भाइ, तिमीले पठाएको पत्र आज पाएँ । निकै खुसी लाग्यो पत्र पढ्दा । यसले मलाई स्तब्ध तुल्यायो । म विदेशमैँ बस्ने निर्णय गरेको छैन । भाइको विचारलाई म सम्मान गर्छु । 

    आफ्नै देशमा बसेर श्रम र पसिना बगाएर देशको उन्नति सम्भव छ । तर म आफ्नै देशमा मैले प्राप्त गरेको ज्ञानको विषयमा केही गरेर देखाउने सोच बनाएको छु । तिमीले भनेजस्तै म कृषि क्षेत्रको आधुनिकरण गरी देशको प्रगति गर्ने सोच बनाएको छु । तर त्यसको लागि ठूलो पूँजिको आवश्यक पर्दछ । हामी तत्काल लगानी गर्न सक्ने अवस्थामा पनि छैनौँ । त्यसैले अझ राम्रो अत्याधुनिक प्रविधिको बारेमा विदेश गएर सिक्दै केही रकम कमाएर स्वदेशमा ल्याइ त्यसलाई सही लगानी गरी आफ्नो तथा देशको मुहान फेर्ने सोचले चार वर्षको लागि मात्र जान लागेको हुँ । 

    अन्त्यमा म छिटै घर फर्कदै छु । बुबा आमालाई ढोग र बहिनीलाई धेरै माया भनिदिनु । तिमी भाइ बहिनी मिलेर बस्नु । बुबा आमाको राम्रो ख्याल राख्नु । म दशैँमा आउँदै छु, बाँकी कुरा भेटेर गरौँला, अहिलेलाई यति मात्र । 


माया गर्ने दाई 
प्रभाकर गुरुङ


खामको नमुना ।

 

 

पठाउने   

प्रभाकर गुरुङ 

ए–७७, युनिभर्सिटी बे 

जर्ज टाउन, अमेरिका    

 टिकट     

पाउने

 सोभाकर गुरुङ

 विन्ध्यावासिनी

 पोखरा

 

                     

चिठी 

मिति : २०७२/०३/३०
काठमाडौँ ।

प्रिय साथी,
    कुशल रही कुशलताको कामना गर्दछु । साथी दिपक आज विद्यालयमा कविता प्रतियोगिता सम्पन्न भयो । धेरै साथीहरुले कवितामा भाग लिएका थिए । बाबु आमा पनि कार्यक्रममा सहभागी हुनुभएको थियो । मैले पनि कार्यक्रममा सहभागीता जनाएको थिए । साथीहरुले विभिन्न शिर्षकमा कविता बाचन गरे । मैले वाचन गरेको शिर्षक ‘राष्ट्र प्रेम’ थियो । मेरो कविता सुनेर सबै भावुक भए । साँच्चिकै मलाई देशको निकै माया लाग्छ । तिमीलाई त थाहा नै छ । पहिले पनि म देशको बारेमा कविता लेखिनै रहन्थे । आजको कार्यक्रममा म प्रथम भए । म अत्यन्त खुसी छु । मेरो प्रतिभाको बुबाले शिक्षकले खुलेर संसंसा गर्नु भयो । आज मेरो साँच्चिकै खुसीको दिन हो । साथी दिपक बाँकी कुरा भेटेर गरौँला । अब आउने विदामा तिमी हाम्रो घरमा आउनु । बुबा आमाले पनि तिमीलाई भेट्ने मन गर्नु भएको छ । 


तिम्रो मिल्ने साथी
कृष्ण प्र. वली
खामको नमुना ।

खामको नमुना ।

पठाउने   

कृष्ण प्र. वली 

काठमाडौँ, बालाजु    

 टिकट     

पाउने

 दीपक के.सी.

पोखरा पृथ्वीचोक,

घर नं. १२५, कास्की

 

              

 

मेरो घर


‘मेरो घर’ कविता प्रभा भट्टराइ द्धारा रचिएको प्रतीकात्मक कविता हो । यहाँ मेरो घर भन्नाले नेपाल र म भन्नाले किसानलाई बुझाउन खोर्जिको छ । घाम, जुन र धर्ती उसका मायाका स्रोत हुन् । नेपाल बहुजाति, बहुधार्मिक, बहु सांस्कृतिक विशेषता भएकाले बहुलवादी कृषि प्रधान देश हो । यहाँका हिमाल, पहाड, तराइ र उपत्यका बीच मित्रवत् सम्बन्ध छ । 

    मानिसको मन चन्चलसिल हुन्छ । त्यसैले ऊ अनेकतिर छरिन्छ । मन्दिर, गुम्बा मस्जिद चर्च माया, चाड, मित्रता, समाज भुगोल आदि आदि छरिने क्षेत्र हुन् । नेपाल बहुलवादी मान्यतामा आधारित देश भएकाले यहाँ विभिन्न धर्म, देवालय र चिन्तन छन् । तिनीहरुका आफ्नै मान्यता छन् । एउटा नेपालीले अर्काे नेपालीलाई माया सद्भाव हेर्छ । दसैँ, तिहार, छट, इद, माघी ल्होसार आदि चाडहरुमा नेपालीहरुले भरपुर आनन्द प्राप्त गर्छन् ।

       नेपाल अत्यन्त रमणीय कृषि प्रधान देश हो । यहाँका किसानले बडो मेहेनत गरेर खेतिपाती गर्छन् । उनीहरुले कर्ममा विश्वास गर्छन् । यहाँका श्रमजीवि किसानहरुको त्याग, तपस्या र मेहनतबाट देशको माटो सञ्चिएको छ । बिहान, साँझ, हिउँद वर्षा आदि केही नभनी नजिकको सम्बन्ध राखेर माटो, धर्तिको अर्चना एवं आस्था र मेहनतपूर्वक गर्ने भएकाले किसानलाई धर्तीको कर्मवीर सन्तान भनिएको छ । किसान आत्मनिर्भर श्रमजीवी हो । उसलाई टार्न माग्नु पर्दैन । उसले अन्नवाली उमारेर आफ्नो सन्तान पाल्न सक्ने क्षमता राख्छ । 

 

 

विज्ञान अभिशाप नभइ वरदान

आजको युगलाई विज्ञानले नियन्त्रणमा लिएको छ । जल थल र गगनमा समेत आजको मानिसले विजय प्राप्त गरेको छ । मानव जीवन विपन्नताबाट सम्पन्नतातिर र अँध्यारो युगबाट उज्यालो भविष्यतिर डो¥याइरहेको छ । मानिसले भौतिक उन्नति व्यापक रुपमा गरेर जीवन पद्धतिमा ठूलो परिवर्तन ल्याएको छ भने स्वास्थ्य, शिक्षा, सञ्चार, यातायात, उद्योग, व्यापार, कृषि आदि क्षेत्रमा भिषण परिवर्तन आएको छ । त्यसैले आधुनिक युग मानवका निम्ति वरदान सावित भएको हो । 
विज्ञानले विश्वमा क्रान्तिकारी फैलाएको छ । हत्या, हिंसा, भय र आतंकको सिर्जना गरेको छ । गोली बारुद र बमको विकासले मानिस त्रसित छ । आणविक शस्त्रास्त्रको उत्पादन, परीषण र प्रयोगले माटोको उर्वरा शक्ति घटेको छ । सुचनाको चुहावटले समस्याहरु देखापरेका छन् । अपराधिक घटनाहरु बढ्दै गइरहेको छन् । आदि विज्ञानलाई अभिशाप मान्नुका कारण हुन् । 
आज विज्ञानकै कारण मानव जीवन असहज, जटिल र यान्त्रिक बन्दै गएको छ । विज्ञानले आविस्कार गरेका हात हतियारले सन्त्रास मात्र होइन, प्राकृतिक सुन्दरता समेत आज नास हुँदै छ । कलकारखानाको धुवाँले वातावरण प्रदुषित बनेको छ । एउटा रोगको निदाका लागि रासायनिक औषधी प्रयोग गर्दा अर्कै खालका धेरै रोगहरु देखा परेका छन् । वैज्ञानिक आविष्कार, औद्योगिकीकरणको विस्तार, अत्याधिक रुपमा यातायातका साधनले फाल्ने धुवाँ आदिले वातावरण प्रदुषित भएको छ । यसले ओजन तहमा प्वाल पारि सूर्यका खराब किरणहरु सोझै पृथ्वीमा आउने सम्भावना छ । 
सीमा खान
१. विज्ञानको उपयोग गरी अन्तरिक्षामा मानववस्ती बसाउने तयारी भएको
२. जल, स्थल र हवाइ यातायातको आविस्कार गरी मानव जीवनमा ठूलो परिवर्तन ल्याएको 
३. विपन्नताबाट सम्पन्नता र अँध्यारोबाट उज्यालो तिरको यात्रा सुरु गरिएको,
४. विभिन्न घातक रोगहरु नियन्त्रणमा आएका
५. यन्त्रमानवको आविष्कारले जीवन सहज बन्दै गएको । 

गोपाल बुढामगर
१. सञ्चारका क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याइ जीवनलाई सहज तुल्याएको,
२. कोठामा बसेर विश्व पढ्न सक्ने अवस्था रहेको
३. स्वास्थ्य शिक्षा, कृषि, उद्योग र यातायातका क्षेत्रमा परिवर्तन आएको,
४. क्यान्सर र एड्स जस्ता रोगहरुको निदानका लागि अनुसन्धान भइरहेको,
५. अपराध नियन्त्रण गर्नका लागि हतियारको निर्माण भएको । 

विज्ञानलाई वरदान सावित गर्ने आधारहरु 
अन्तरिक्षमा मानववस्ती बसाउने तयारी गरिरहेको विज्ञानले जल, स्थल र हवाइ यातायातको आविष्कार गरी ठूलो परिवर्तन ल्याएको छ । सञ्चारका क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याई कोठामा बसेर विश्व पढ्न सक्ने अवस्था सिर्जना गरेको छ । विभिन्न घातक रोगहरु नियन्त्रणमा आएका छन् भने क्यान्सर र एड्स जस्ता रोगहरुको निदानका लागि अनुसन्धानहरु भइरहेका छन् । विपन्नताबाट सम्पन्नता, अँध्यारोबाट उज्यालोतिरको यात्रा, यन्त्र मानवको आविष्कार, अपराध नियन्त्रण गर्ने हतियारको निर्माण आदि विज्ञानलाई वरदान सावित गर्ने आधारहरु हुन् । 

 

 

साहित्यकार रवीन्द्रनाथ ठाकुर

रवीन्द्रनाथ जन्म सन् १८६१ मे ७ मा भारतको कोलकता स्थित जोडासाँकुमा भएको थियो । शिक्षित र सम्पन्न जीवनशैली तथा साहित्य, संगीत र चित्रकला विषयमा व्यापक छलफल आदि उनका घरपरिवारका मुल आकर्षण थिए । विद्यालयको सीमित वातावरणमा अटाउन नसक्ने स्वतन्त्र प्रकृतिका व्यक्ति भएकाले घरमै पढ्ने र संगीतको अभ्यास गराउने व्यवस्था पनि उनको वाल्यकालमा मिलाइएको थियो । यस प्रकार उनको वाल्यकाल सुखद् रुपमा वित्यो । रविन्द्रनाथको जीवनमा सुख र दुःख दुवै थियो । वाल्यकाल उनको सुखमय भएपनि तेर वर्षको उमेरमा आमा र भाउजुको निधन भइ विछोड सहनुपरेको प¥यो । उनले त्यो शोकलाई साधनको स्रोत बनाउँदै कविता, कथा, उपन्यास, नाटक, गीत, संगीत र चित्रकलाको सिर्जना गरे । पछि उनले शान्ति निकेतन विद्यालयको स्थापना गरी सुकार्यको सर्वत्र चर्चा कमाए ।
जीवन घामछायाँको यात्रा हो । मानिसले जीवनमा कहिले सुख त कहिले दुःख भोग्नुपर्छ । रवीन्द्रनाथ सम्पन्न परिवारका भएकाले बाल्य जीवन धेरैजसो सुखमय नै रह्यो तर उनले सुख मात्र भोग्न पाएनन् । अनेकौँ दुःख पनि भोगेका थिए । १३ वर्षको वाल्यकालमा उनले ममतामयी माताको बिछोड सहनुप¥यो । उनलाई संगीत र साहित्यमा प्रेरणा दिने भाउजुको पनि असामयिक मृत्यु भयो । उनलाई आमा र आमातुल्य भाउजुको विछोडले असाध्यै अस्थिर बनायो । त्यस्ता शोकलाई विविध साधनाको स्रोत बनाउँदै उनले आफुलाई सम्हाले । अनि त झन तल्लीन भई कविताको आरधानामा लागे । त्यसरी नै उनले कथा, उपन्यास, नाटक आदिको रचना गरे । यसबाहेक गीत, संगीत र चित्रकलाको साधनामा पनि उनी लागे । सन् १९०१ मा उनले शान्ति निकेतन नामक विद्यालयको पनि स्थापना गरे । यस विद्यालयमा प्राकृतिक एवम् विद्यार्थी मैती वातावरणमा शिक्षा दिने व्यवस्था थियो । त्यति मात्र नभएर त्यस विद्यालयका लागि पाठ्य पुस्तक पनि लेखे । यिनै सकार्यहरुले गर्दा उनको चर्चा सर्वत्र हुन थाल्यो ।    

 

 

ठग समातियो

ठग समातियो कथाका लेखक विजय चालिसे हुन् । 
ठग समातियो कथाले हामी पनि नचिनेका र सामाजिक विश्वास गुमाइसकेका व्यक्तिहरुसँग सँधै सेचत हुनुपर्छ । सचेत रहौँ, समस्याको वास्तविकता बुझौँ, धैर्य र साहस नगुमाऔँ, समाजमा शान्ति, सुरक्षाका उपायहरु अपनाऔँ, समयमै प्रहरीलाई खबर गरौँ, आफ्नो टोलमा अपरिचित र संकास्पद व्यक्तिहरु देखाए सोधखोज गरौँ भन्ने सन्देश दिएको छ । 
 
क्रम मिलाएर लेखेको
क. विक्रम र विराज सानैदेखि आफ्नो काम आफै गर्थे । 
ख. विक्रम खेलेर घर फर्कदा पनि दाजु घर फर्केको थिएन । 
ग. सँधै समयमै आउने छोराले अबेर गरेकामा आमा चिन्तित हुनुभयो । 
घ. “आज विराजले किन अबेर ग¥यो ?” आमाको चिन्ता बढ्दै गयो । 
ङ. म विराजको साथी, कलेजबाट फर्कदा विराजलाई मोटरले ठक्कर दियो । 
च. हामीले अस्पताल लगेका छौ तुरुन्तै उपचार गर्नुपर्छ रे । 
छ. विक्रमले सुरुदेखि नै त्यस केटाको अनुहार गडेर हेरिरहेको थियो । 
ज. दाइले विहान घर फर्कन अबेर हुन्छ भन्नुभएको थियो । 

 

कम्प्युटर र इन्टरनेट

कम्प्युटर मानव मस्तिष्कद्धारा निर्मित निर्जीव बस्तु हो । एउटै समयमा अधिकतम कार्य गर्नु सक्नु, जटिल समस्याहरुको समाधान गर्नु र तथ्यहरुलाई लामो समयसम्म स्मरण एवं भण्डारण गर्नु यसका विशेषता हुन् । त्यसैले मस्तिष्कसँग कम्प्युटर तुलना गरिएको हो । 


ककम्प्युटर र इन्टरनेट मानव जीवनका हरेक क्षेत्रमा उत्तिकै उपयोगी छन् । यिनीहरु नयाँ नयाँ विषयमा जानकारी लिन बुझ्न, विश्वका विभिन्न विषयका बारेमा जानकारी बटुल्न जटिल कुराहरुको खोजी तथा अनुसन्धान गर्न इन्टरनेट कम्प्युटरेको माध्यमबाट प्रयोग गरिन्छ । यि दुवैमा अधिकतम कार्य गर्नु सक्ने, जटिल समस्याको समाधान गर्न तथ्यहरुलाई लामो समयसम्म स्मरण एवं भण्डारन गरी राख्ने आदि विशेषताहरु छन् । दुर सञ्चा, पत्रकारिता, हुलाक, वायुसेवा, स्वास्थ्य सेवा, शिक्षा, लेख्न, प्रकाशन सम्पादन, दैनिक जीवन, विद्यालय, व्यांक आदि क्षेत्रमा उपयोग गरिँदै आएको छ । इन्टरनेट स्वयम ठूलो कम्प्युटर सञ्जार हो । इन्टरनेटको विशेष सुविधा इमेल भएकाले कम्प्युटर र इन्टरनेटको औचित्य पुष्टि भइसकेको छ । तसर्थ कम्प्युटर र इन्टरनेट विनाको मानव जीवन अपुरो र अधुरो देखिन्छ । हरेक क्षेत्रमा कम्प्युटर र इन्टरनेटको उत्तिकै उपयोग गछ । 

 

हामी एउटै हौँ

हामी एउटै एकांकी मनिक्रमराज शर्मा (२०२७–२०५४) द्धारा रचिएको एकांकी हो । यसमा राष्ट्रिय एकताको धार अन्तर्राष्ट्रिय एकताको आधार भन्ने सन्देश दिइएको छ । 
    विश्व ठूला साना देशहरुको विशाल भण्डार हो । विश्वमा हामी जस्तै विभिनन प्रकाका जात जातिका मानिसहरु बसोबास गर्छन् । विभिन्न जात, वर्ण, वर्ग, धर्म, सम्प्रदायका मानिसहरुको बसोबास रहेको सुन्दर बँगैचा विश्व हो । मानिस पृथ्वीरुपी रंगीविरंगी फुलबारीमा फुलेको वर्गले विशाल भण्डार सजाएको छ । त्यसैले मानव नै पृथ्वीका गहना हुन् । अर्थात यो विश्व हामी जस्ता मानवै मानवको उत्तम संग्राहलय र विशाल भण्डार हो । 
यसमा राष्ट्रिय एकताको धार अन्तर्राष्ट्रिय एकताको आधार भन्ने सन्देश दिइएको छ । 
    नेपालीहरुको स्वभाव वा विशेषताको परिचय दिएको छ । अमरसिंह, बलभद्र, भक्ति, पृथ्वीजस्ता ऐतिहाँसि अमर पुर्खाका सन्तति हामी नेपाली यस राष्ट्रको सीमारक्षाका लागि सदा तैनाथ र सजग छौँ । हामी यस देशका पहरेदार रक्षक हौँ । नेपालीहरु स्वभावैले वीर साहसी र बहादुर हुन्छन् । हामी राष्ट्र र राष्ट्रियताको रक्षाका लागि सदा सजग छौँ । हामी कहिले कसैको अगाडि झेकेनौँ र झुक्दैनौँ पनि । राष्ट्रमा आवश्यक पर्दा राष्ट्रको रक्षाका लागि हामी सम्पूर्ण नेपाली सच्चा प्रहरी र देशको लागि ढाल सावित हुन्छौँ । यसरी वीर नेपालीहरुको विशेषताको मुख्य अभिप्राय उल्लेख गरिएको छ । 
                सुख दुःख मानिसको जीवन आउने क्षण हो । रात र दिन जस्तै एकपछि अर्काे आइनै रहन्छ । मानिसको स्वभाव विचित्रको छ । चन्चले स्वभाव भएको मानिस सुख पाउनासाथ, कतैबाट माया पाउनासाथ भइ छाड्दै मन मयुर झैँ प्वाँख फिजाएर नाच्न थाल्छ । र पीडा हुनासाथ, दुःख पर्नासाथ फुर्तिफार्ती सबै हराउँछ र कालो बादल झैँ घुम्न पर्छ । छिनमै रिसाउने छिनमै खुसी हुने मानवीय स्वभावमाथि माथिको वाक्यले प्रकाश पारेको छ । 
    लिङ्ग, जात, वर्णमा जे–जस्तो भिन्नता भएपनि सबैको रगत रातो छ । हामी सबै मानिसका सन्तती हौँ । हाम्रो परिचय एउटै हो । त्यसैले शान्ति, मेलमिलाप, सहयोग र आपसी एकताजस्ता कुरा हामी सबैमा हुनुपर्छ । हामी सबै मिलेर देशको रक्षा गर्नुपर्छ भन्ने भावना गराउने यस एकांकीको मुख्य सन्देश हो । 

 

आह्वान


देशलाई मुटुभित्र संगालेर तन, मन, वचन र कर्मले अघि बढ्न अनुरोध गरिएको छ । जब मनहरु जागृतीका साथ अग्रसर हुन्छन् तब मात्र सचेतना सहितको जागरण आउँछ । देशरुपी माटोलाई मुटुभरी संगालेर राष्ट्रिय अस्तित्व जोगाउन, बोधिसत्वको वर्चस्व फैलाउन र कैलाशका आँगनमा बसेर आफ्नो देशलाई समुन्नत बनाउन आह्वान कवितामा मनहरु अझै जाग्नुपर्छ भनिएको छ । 

सबै ठाउँमा कुनै न कुनै सम्भावना लुकेको हुन्छ । ति सम्भावनालाई नयाँ सोच र योजनाको रुप दिन त्यहाँ हामीहरुले पाइला टेक्न आवश्यक हुन्छ । जति कठिन चट्टान भीरहरु त्यति ठूलो सम्भावना हुन्छ । त्यस्ता सम्भावनाहरुलाई साकार बनाउन पाइलाहरुले सम्भावनाका भीरहरुमा टेक्नुपर्छ भनिएको हो । 

देशमा धेरै गरिबीका समस्याहरु छन् । गाँस, बास, कपास सबैले प्राप्त गर्न सकेका छैन । नेपालीहरुलाई गरिबीका नाममा पेट भर्न, छाक टार्न र जाडोबाट जोगिन विदेशिनु परिरहेको छ । राष्ट्रियतामाथि कुनै आँच आउनु हुँदैन । भीर, पाखाहरुमा नयाँ सम्भावना खोज्नु पर्छ । देश र जनताका पीडा समस्याहरु समाप्त गर्न लागि रहनुपर्छ भनेर नेपालीहरुको गरिबीलाई प्रस्तुत गरिएको छ । 

देशलाई मुटुभित्र संगालेर तन, मन बचन र कर्मले अघि बढ्न अनुरोध आह्वान कविताबाट गरिएको छ । यो प्रखर राष्ट्रवादी कविता हो । इतिहासको काल खण्डमा भक्ति र बलभद्र जस्ता महान सपुतहरुले तन, मन, वचन र कर्मले देशलार्य मुटुभरी संगालेका थिए । पाखा, पखेरा, भन्ज्यांग चौतारी र बिसौनीहरुले नयाँ युग मागिरहेका छन् । बोधिसत्वको वार्चस्व, केलाशका कलेसा र आंगनहरु सबै नेपालीका हुन् । देशमा धेरै गरिबीका समस्याहरु छन् । गाँस, बास, कपास सबैले प्राप्त गर्न सकेका छैन । नेपालीहरुलाई गरिबीका नाममा पेट भर्न, छाक टार्न र जाडोबाट जोगिन विदेशिनु परिरहेको छ । राष्ट्रियतामाथि कुनै आँच आउनु हुँदैन । भीर, पाखाहरुमा नयाँ सम्भावना खोज्नु पर्छ । देश र जनताका पीडा समस्याहरु समाप्त गर्न लागि रहनुपर्छ भनेर नेपालीहरुको गरिबीलाई प्रस्तुत गरिएको छ ।  


मेची महाकाली हाम्रो वैदेशिक सीमाना हुन् । देशको अस्तित्व र प्रतिष्ठासँग गाँसिएका मेची र महाकाली बीचका सबै भुभागमा सुख, शान्ति, समृद्धी, सुरक्षा सम्मान तथा सुखद सचेतनाको अवस्था सिर्जना हुनुपर्छ । गरिबी, दुःख, अशिक्षा, अन्याय, युद्ध, हत्या र बलात्कार आदिका कारणले कसैका आँखाबाट आँसु उर्लनु हुँदैन । सर्वस्व भएको मुलुकमा सौन्दर्यको विसुद्धता जीवित रहुनपर्छ । देशका जनताहरु दुःख कष्टबाट मुक्त भएर सम्मानपूर्वक बाँच्न र व्यक्तित्व विकास गर्न पाउनुपर्छ । देशको राष्ट्रियता, एकता र सार्वभौमसत्तामाथि कुनै प्रकारको आँच, दुःख हस्तक्षेप, वेदना र चुनौती देखिनु हुँदैन । सँधै हाम्रा सीमाक्षेत्रहरु बलिया र मजबुद हुनुपर्छ र हामी सम्पूर्ण नेपालीहरु खुसी सुखी भइ बाँच्नुपर्छ । 

    
देशलाई मुटुभित्र संगालेर तन, मन बचन र कर्मले अघि बढ्न अनुरोध आह्वान कविताबाट गरिएको छ । यो प्रखर राष्ट्रवादी कविता हो । इतिहासको काल खण्डमा भक्ति र बलभद्र जस्ता महान सपुतहरुले तन, मन, वचन र कर्मले देशलार्य मुटुभरी संगालेका थिए । पाखा, पखेरा, भन्ज्यांग चौतारी र बिसौनीहरुले नयाँ युग मागिरहेका छन् । बोधिसत्वको वार्चस्व, केलाशका कलेसा र आंगनहरु सबै नेपालीका हुन् । देशमा धेरै गरिबीका समस्याहरु छन् । गाँस, बास, कपास सबैले प्राप्त गर्न सकेका छैन । नेपालीहरुलाई गरिबीका नाममा पेट भर्न, छाक टार्न र जाडोबाट जोगिन विदेशिनु परिरहेको छ । राष्ट्रियतामाथि कुनै आँच आउनु हुँदैन । भीर, पाखाहरुमा नयाँ सम्भावना खोज्नु पर्छ । देश र जनताका पीडा समस्याहरु समाप्त गर्न लागि रहनुपर्छ भनेर नेपालीहरुको गरिबीलाई प्रस्तुत गरिएको छ ।  

मेची महाकाली हाम्रो वैदेशिक सीमाना हुन् । देशको अस्तित्व र प्रतिष्ठासँग गाँसिएका मेची र महाकाली बीचका सबै भुभागमा सुख, शान्ति, समृद्धी, सुरक्षा सम्मान तथा सुखद सचेतनाको अवस्था सिर्जना हुनुपर्छ । गरिबी, दुःख, अशिक्षा, अन्याय, युद्ध, हत्या र बलात्कार आदिका कारणले कसैका आँखाबाट आँसु उर्लनु हुँदैन । सर्वस्व भएको मुलुकमा सौन्दर्यको विसुद्धता जीवित रहुनपर्छ । देशका जनताहरु दुःख कष्टबाट मुक्त भएर सम्मानपूर्वक बाँच्न र व्यक्तित्व विकास गर्न पाउनुपर्छ । देशको राष्ट्रियता, एकता र सार्वभौमसत्तामाथि कुनै प्रकारको आँच, दुःख हस्तक्षेप, वेदना र चुनौती देखिनु हुँदैन । सँधै हाम्रा सीमाक्षेत्रहरु बलिया र मजबुद हुनुपर्छ र हामी सम्पूर्ण नेपालीहरु खुसी सुखी भइ बाँच्नुपर्छ । 
यसरी कविले भोलीको नेपालको सुन्दर चित्र उतारेका छन् । 

 

 

सिंह र स्यालको कथा


सँधै सबैको भलो सोच्नुपर्छ । हामीले धर्मको रक्षा गर्नुपर्छ र धर्मले पनि हाम्रो रक्षा गर्छ । कहिल्यै पनि गर्नु नहुने कार्य गर्नु हुँदैन । जस्तो ठूलो समस्या आइपरे पनि धर्म छाड्नु हुँदैन । विद्धान, विदुषि, ब्रह्मचारी, बालबालिका, शरणार्थी कमजोर वर्गमाथि कहिल्यै दुरभाव राख्नुहुँदैन । सँधै हामीले पवित्र राम्रा काम गर्नुपर्छ । ज्यान भनेको एक पटक जान्त छर हामीले गरेका राम्रा कार्य सँधै बाँचिरहन्छन् । हामीले अमर हुने राम्रा कार्य गर्नु पर्छ । सत्य र तथ्यमा विश्वास गर्नुपर्छ । जसरी कथामा स्यालको सानो बच्चोलाई भाले सिंहले नमारेर शरणमा आएको बच्चोलाई संरक्षण गरेर राख्य यसबाट हामीले पाठ सिक्नुपर्छ । ज्यानै जाने अवस्था आइलाग्दा पनि कहिल्यै कसैले गर्नु हुँदैन । 

 

 

नेपाली संस्कृति

नेपाल बहुजाति, बहुभाषि, बहु सांस्कृतिक, बहु धार्मिक बहु भौगोगिक विशेषता भएको मुलुक हो । विविधतामा एकता नेपाली संस्कृतिको मुल विशेषता हो । नेपाली संस्कृतिको विविधतामा एकताले असल समाज र कल्याणकारी भावना निर्माण गर्न सहयोग पु¥याएको छ । नेपाली संस्कृतिमा देखिएको विविधता समस्याको रुप नभइ एकताको रुप सौन्दर्यको आधार हो । नेपालमा अनेक जाति, जातिका भाषा संस्कृति छन् । तिनका आ–आफ्नै परम्परा छन् । सबैमा परम्परा, एकता, सहिष्णुता, परोपकारको भावना, सभ्यता, शिष्टता, सम्मान छ । सबै धर्म संस्कृतिको सार आधार एउटै छ । तसर्थ विविधताभित्रको एकता नेपाली संस्कृतिको मुल खम्बा हो । 
सबै कल्याण गर्नु, सहयोग मित्रताको भावना राख्नु, शिष्ट आचरण, सभ्यता, सद्भाव, सेवा, सहकार्य, सुख–शान्ति आदि नेपाली संस्कृतिका मुख्य मुख्य विशेषता हुन् । 

 

 

सर आइज्याक न्युटन


वैत्रानिक आविष्कारहरुले गर्दा मानव जीवन सुखी र सम्पन्न बनेको छ । न्युटन विज्ञान क्षेत्रका अमर साधक हुन् । उनले टेलेस्कोप, गुरुत्वाकर्षको नियम, प्रकाश सम्बन्धी सिद्धान्तको प्रतिपादन गरे । उनका आविश्कारहरु सिद्धान्तहरु गणित, विज्ञान र दर्शनका क्षेत्रमा देखा परको अद्भुत उपलब्धीहरु हुन् । यिनै महत्वपूर्ण योगदानका कारण आधुनिक विज्ञानका जगतमा न्युटन वैत्रानिक, दार्शनिक र भौतिक शास्त्रीहरुको नजरमा निकै माथी उठे । जसले गर्दा न्युटनले जीवनमा धेरै मान सम्मान र पुरस्कारहरु पाए । 
न्युटन सानैदेखि अनुसन्धानतिर आकर्षित थिए । पन्ध्र वर्षकै उमेरमा गणित र यन्त्रहरुतर्फ आकर्षित भएका न्युटनले खोज र अनुसन्धान गर्दै जाँदा पानीघडी, धुपघडी र बायुघट्ट बनाएका थिए । 
न्युटनले प्रकाश हेर्दा सेतो देखिन्छ तर यो सात रंगले बनेको हुन्छ र ति सात रंगलाई प्रिज्मको सहायताले अलग गर्न सकिन्छ र ति सातै रंगलाई मिसाएर सेतो रंगमा बदल्न सकिन्छ भन्ने कुरा पत्ता लगाए । 
टेलिस्कोपबाट धेरै टाढाका वस्तुहरुलाई पनि सजिलै नजिकै देख्न सकिने भएकाले टेलिस्कोपको आविष्कारलाई विज्ञानका क्षेत्रमा महत्वपूर्ण उपलब्धी मानियो । 
दुई पिण्डबीचमा भएको आकर्षण बललाई गुरुत्वाकर्षण भनिन्छ  बढि द्रव्यमान भएको पदार्थको आकर्षण बल बढी भएकाले कम द्रव्यमान भएका पदार्थलाई आफुतिर खिच्छ । यही नियमअनुसार पृथ्वीको सूर्यको र चन्द्रमाले पृथ्वीको परिक्रम गर्छन् भन्ने विचारहरु समेटिएका छन् । 
न्युटनले जीवनमा जीवनमा धेरै मान, सम्मान र पुरस्कारहरु पाए जस्तै ब्रिटिस सरकारले सरको उपाधिबाट गरेको विभूषण उल्लेखनीय छ । 

न्युटनको जनम –            सन् १६४२
क्यालकुलसको आविष्कार –    सन् १६६७
नयाँ टेलिस्कोपको आविष्कार –  सन् १६६८
न्युटनको मृत्यु –               सन् १७२६
न्युटनको टेलिस्कोपको लम्बाइ – ३.३ सेमि

गुरुत्वाकर्षण
दुई पिण्डबीचमा भएको आकर्षण बललाई गुरुत्वाकर्षण भनिन्छ  बढि द्रव्यमान भएको पदार्थको आकर्षण बल बढी भएकाले कम द्रव्यमान भएका पदार्थलाई आफुतिर खिच्छ । यही नियमअनुसार पृथ्वीको सूर्यको र चन्द्रमाले पृथ्वीको परिक्रम गर्छन् भन्ने विचारहरु समेटिएका छन् । 


स्वाभिमान

 

गभर्नर हेस्टिङले आफ्ना सहयोगीहरुको मनोवल उठाउन उत्तेजक कुरा अद्धि सारेका थिए । नेपाल सुन्दर देश हो तर नेपालीहरु गरिब र कमजोर भएकाले उनीहरु अंग्रेजका अगाडि पर्नासाथ तत्काल आत्मसमर्पण गर्छन् अनी नेपाल अंग्रेजको अधिनमा आउँछ भन्ने हेस्टिङमा भ्रम थियो । त्यसैले उनी नेपालको शासक बनेर रमाइला कल्पना गर्थे । यो पनि उनको मनको लड्डु घिउसँग खाइरहेको कल्पना थियो ।  

        नेपाललाई औँलामा नचाउन सकिने नेपालीलाई लोभको पासो फालिदियो भने वत्तीको पुतलीझैँ झुम्मिने र त्यसपछि छानीछानी नेपालीहरुको अन्त्य गरेर जनरल हेस्टिङले नेपालको सुन्दर भुभाग आफ्नो हुन्छ भनेका थिए । 

ब्बतको बाटो भएर मंगोलियाको सुन नेपाल भित्र्याउने, अंग्रेज विरोधी देशसँग सम्पर्क बिस्तार गर्ने र फ्रान्सबाट विशेषज्ञ ल्याई आफ्ना सेनालाई तालिम दिने कार्यहरु नेपालले समुन्नतिका लागि गरिरहेको थियो । 

         जनरल हेस्टिङको योजनाअनुसार अंग्रेजले रौतहटका बाइस गाउँ, स्युराज र बुटबल आफ्नो भएको दाबी गर्दै पच्चिस दिन भित्र खाली गर्नु भन्ने चेतावनीपत्र दरबारमा आएपछि नेपाल दरबारमा सनसनी फैलियो । 

रंगनाथ पण्डितले हामी अंग्रेजसँग युद्ध गर्न सक्दैनौँ, उनीहरुले मागेका भुभाग दिए अंग्रेजलाई शान्त पारौँ, आफ्नो टाउकामा आफैँले बञ्चरो हान्नु ठीक होइन भनेपछि भीमसेन थापा राता राता आँखा पारेर उठे । 

          भीमसेन थापाले रंगनाथलाई शत्रुले माग्यो भन्दैमा आफ्नी आमालाई सुम्पन सकिँदैन्, आज बुटबल माग्नेले भोली राजधानी माग्छ, देशको एक टुक्रा जमिन पनि अंग्रेजलाई दिनु हुँदैन, युद्ध गर्नु पर्छ तपाइहरु मार्न र मर्न तयार हुनुस् भने । 

           स्वाभिमान कथा चेतन वशिष्ठद्धारा लिखित ऐतिहाँसिक कथा हो । तन, मन, वचनले, कर्मले सच्चा राष्ट्रभक्त बन्नुपर्छ । मातृभूमिको रक्षाका लागि प्राणको आहुति दिन पनि पछि पर्नु हुँदैन । आत्मवल बलियो छ भने हतियारलाई पनि परास्त गर्न सकिन्छ भन्ने स्वाभिमान कथाको मुख्य सन्देश हो ।

 

Post a Comment

0 Comments