{ Class(9) Nepali Guide Book } Grade 9 Nepali All Exercise solutions . Singsblogg


यात्रा सुरु गरौँ

शाराशं

कवि दुबसु क्षेत्री द्धारा लिखित कवितामा कविले विभाजित भएर होइन, एकताबद्ध भएर समयको माग अनुसार अघि बढ्नुपर्ने महत्त्वपुर्ण विचारलाई प्रस्तुत गरिएको छ । कवितामा सम्पुर्ण जातजाती, धर्म, संकृति भएको नेपालीहरुको  एकताबद्ध भई अघि बढ्न आह्वान गरिएको छ । आज  सबै जात, धर्म, संस्कृति मान्ने नेपालीहरु विभाजित भइ आपसमा वैपनस्यता साँध्नुको सटट पुर्खाको आदर्शलाई पछ्याउँदै र सहधर्मको यात्रा गर्दै अघि बढ्नुपर्छ ।
देशलाई अग्रगमनतर्फ डो¥याउन र नव निर्माणको यात्रा प्रारम्भ गर्न समय एकदमै अनुकूल बनेकाले कविले आफ्ना सकारात्मक सन्देशहरु प्रवाहित गरेको छन् ।
कठोर यात्रा पार गरी आज हाम्रो देश नेपाल नयाँ युगमा परिवर्तन भएको छ । नेपालीहरुले सजाएका मुल सपनाहरु शान्ति र समृद्धि हुन् । यसका लागि सबै नेपालीहरुले एकताबद्ध भई सह अस्तित्व, सहकार्य, सहिष्णुता र नव निर्माणको यात्रा तयार गरी नेपालीहरुका सपना साकार हुन सक्ने विश्वास कविले व्यक्त गरेका छन् । कविताले धर्म, संस्कृति, क्षेत्र, जात, जाति, भाषा भाषी सम्बन्धी  सकारात्मक सन्देशहरु दिन खोजेको छ ।
पहाड, हिमाल वा मधेसको नारा दिएर विखण्डनतिर जानुको सट्टा आस्थाको केन्द्र मानिएको जानकी धामको माटाको चन्दन लगाउदै र तामाङ वा शेर्पा जातिको सेले नाचसँगैं सहिष्णुताको यात्रा सुरु गर्न पनि कविले आह्वान गरेका छन् ।  कवितामा प्राकृतिक, सांकृतिक आदि विम्बका माध्यमबाट नेपालीहरु अनेक जात, जाति, धर्म, क्षेत्र आदिका आधारमा विभाजित नभई सह अस्तित्व, सहमति, स्वावलम्बन, सहिष्णुता, सहकार्य, नव निर्माण, सहधर्मको यात्रा सुरु गर्नका लागि आह्वान गरेका छन् ।

प्रश्नोत्तर

१ कविताको पहिलो गदंयाश सुनी मौखिक उत्तर दिनुहोस् ।
उत्तरहरु

क) समयको झरी भनेको कठोर पीडादायी समय हो ।
ख) बिहान भएकाले हामीले हाम्रो यात्रा सुरु गर्नुपर्छ ।
ग) आस्थाको टुकी बालेर उज्यालो छर्न सकिन्छन् ।
घ) कवि वसन्तको मौसममा गीत गुन्जाउन चाहन्छन् ।

२ 
उत्तर सोरठी, रादी, माघी, विवाह, पञ्चमी, छठ, सेलो, ल्होसार, गौरा, देउडा
३) कविताको तेस्रो गद्यांशा सुनी त्यसमा भन्न खोजिएको विचारलाई कक्षामा सुनाउनूहोस् ।
कवि दुबसु क्षेत्री द्धारा लिखित कवितामा कविले विभाजित भएर होइन, एकताबद्ध भएर समयको माग अनुसार अघि बढ्नुपर्ने महत्त्वपुर्ण विचारलाई प्रस्तुत गरिएको छ । कवितामा सम्पुर्ण जातजाती, धर्म, संकृति भएको नेपालीहरुको  एकताबद्घ भई अघि बढ्न आह्वान गरिएको छ । आज  सबै जात, धर्म, संस्कृति मान्ने नेपालीहरु विभाजित भइ आपसमा वैपनस्यता साँट्नुको सटट पुर्खाको आदर्शलाई पछ्याउँदै र सहधर्मको यात्रा गर्दै अघि बढ्नु पर्छ । नेपालीहरु सभ्याताको उषाकालदेखि नै एउटै आस्थाको गीत गाउँदै अघि बढेका थिए । 

बोलाइ

१ तलको शब्दहरु उदाहरणमा देखाए जस्तै गरी उच्चारण गर्नुहोस्  र तिनीहरुलाई उच्चारणअनुसार नै कापीमा लेख्नुहोस् ।
उत्तर
आरोहण  – आ. रो. हण्
झोक्क – झोक्. का
चकित – च. कित्
निस्पट्ट – निस्. पट्. ट्ट
प्राङ्रगर्ण – पाङ्.  गण्
सहिष्णुता – स. हिस्. स्णु. ता

२) निम्न दिखित अवस्था व्यक्त हुने गरी अभिनय गर्नुहोस् ।
चकित भएको अवस्था आफुले आटेको कुरा सफल हुदा झल्किने मुद्राको अभिनय गर्ने
३) आल्हादित भएको अवस्था – आफु कुनै कुरा नसोचे कुरा प्राप्त हुनु पाउँदा उत्पन्न खुसीको उपङ्ग झल्किने मुद्राको अभिनय गर्ने ।
४)  लालोएको अवस्था – रक्सी खाँदा लट्ठिँदा हुने अवस्थाको अभिनय गर्न अभ्यास गर्ने
५) थकाइ लागेको अवस्था हातखुट्टा् लुलो हुने हाई काट्दै निदाएको जस्तो  गरी अभिनय गर्ने  ।

३)   तलका शब्दलाई वाक्यमा प्रयोग गरी कक्षामा सुनाउनुहोस् ।
उत्तर
देउराली – कृष्ण देउरालीमा बसेर पिडाको गित गाउदैछ् ।
टुकी – अध्यारो भएको समयमा टुकी बालेर पढ्नुपर्छ ।
रोदी – रोदीमा गित गाउँन रमाईलो हुन्छ् ।
धिमे – कृष्णको बिहेमा धिमे बाजा बजाएको देखेर सबै गाउँले छक्क परे ।
देउडा – एउटै ताल र सुरमा देउडा नचेकाले दर्शकले झिम्म नगरी अवलोकन गरेका थिए ।
सेलो – तमाङ सेलो नाच देखेर दर्शकहरु सबै  छक््क परे ।

४)तपाई आफूले  आफूले आजैदेखी सुरु गर्न सक्ने कुनै दुई सकारात्मक कामहरु कक्षामा सुनाउनुहोस् ।
उत्तर 
क) आजसम्म घरमा आमालाई खाना बनाउन सघाएको छैन । मिठो खाना  बनाउन झेल्नुपर्ने अप्ठयाराहरु थाहा पाएको छैन । मिठो खानाको परिकार बनाउन म आजै आमालाई उपयुक्त समय निकालेर सघाउने छु ।
ख) आजसम्म मैले खेतबारीमा काम गरेको छैन्  । यो काम आजैबाट सुरु गर्छु । बाबासँग गएर खेतबारीमा गर्नुपर्न सम्पुर्ण कामहरु सिक्ने कोसिस गर्छु ।

५) शान्ति र समृद्धिका सपनाहरु कस्ता हुन सक्छन् ? आफ्नो विचार कक्षामा सुनाउनुहोस् ।
 समाजमा शान्ति कायम हुन नसके अशान्तिले घर जमाउँछ । अशान्तिले उन्नति र प्रगतिमा बाधा पु¥याउँछ । शान्ति र समृद्धिका सपनाहरु विशिष्ट हुन्छ । शान्ति विना देश, समाज र विश्वनै रहँदैन ।

जहाँ गरीबी र पछौटेपन हुन्छ, त्यहा अशान्ति हुने गर्छ । समृद्धिमा शान्ति र समुन्नतिको द्धार खुल्दै जान्छ । मानिसले शान्ति र समृद्धिको सपना लिएर अघि बढेका खण्डमा परिवार, समाज, देश र विश्वकै कल्याण हुने कुरामा शङ्का गर्ने ठाउँ रहन्न ।

६) माथिको कवितामा दीर्घ इकार लागेका शब्दहरु मात्र टिपोट गर्नुहोस् र ती शब्द दीर्घ देख्नुपर्ने कारणबारे शिक्षकसँग छलफल गरी निष्कर्षमा पुग्नुहोस् ।
उत्तर
झरी, हामी, पानी, थालनी, टुकी, गीत, सोरठी, त्यहीँ, काटी, रोदी, त्यही, चौतारी, माघी, न्वागी, पञ्चमी, जानकी, साक्षी , कर्णाली, सम्बोधी, आरती, तिमी, एकीकरण, फेदी, जीवन, जस्ता शब्दहरुमा दीर्घ इकारको प्रयाग गरिएको छ । यीमध्ये झरी, हामी, पानी, टुकी, सोरठी, त्यहीँ, रोदी, त्यही, चौतारी, माघी, न्वागी, साक्षी, साक्षी, तिमी, फेदी शब्दहरुको अन्तिमको इकार झर्रा, तद्भव र आगन्तुकशब्द भएकाले दीर्घ देखिन्छन् । भने गीत, जीवन एकीकरण जस्ता शब्दको सुरु र विचको इकार तत्सम शब्द भएकाले अनि पञ्चमी, जानकी, कर्णाली, सम्बोधी, आरती जस्ता शब्दहरु तत्मस भएका कारण अन्तिमको इकार दीर्घ लेख्न्छिन् ।

७) कोष्ठकमा दिइएका शब्दहरुमध्येबाट खाली ठाउँ भरी कक्षामा सुनाउनुहोस् ।
क) अनायास शब्दको पर्यावाची शब्द एकाएक हो ।
ख) ‘रहर’ र ‘झरी’ अनेकार्थी शब्द हुन् ।
ग) ‘आरम्भ’ को विपरीतार्थक शब्द अन्त्य हो ।
घ) ‘सब’ र ‘शव’ श्रुतिसम भिन्नार्थक शब्द हुन् ।
ङ) बत्ती को सानो बुझाउने शब्द ‘टुकी’ हो । 
पढाई 

१) ??

२) कविताको मौन पठन गरी सोधिएका प्रश्नहरुको सङ्क्षिप्त उत्तर दिनुहोस् ।
क) कस्तो यात्रा सुरु गर्नका लागि कविले आह्वान गरेका छन् ?
कवि दुबसु क्षेत्री द्धारा लिखित कवितामा कविले विभाजित भएर होइन, एकताबद्ध भएर समयको माग अनुसार अघि बढ्नुपर्ने महत्त्वपुर्ण विचारलाई प्रस्तुत गरिएको छ । कवितामा सम्पुर्ण जातजाती, धर्म, संकृति भएको नेपालीहरुको  एकताबद्ध भई अघि बढ्न आह्वान गरिएको छ । आज  सबै जात, धर्म, संस्कृति मान्ने नेपालीहरु विभाजित भइ आपसमा वैमनस्यता साँध्नुको सटट पुर्खाको आदर्शलाई पछ्याउँदै र सहधर्मको यात्रा गर्दै अघि बढ्नुपर्छ ।
पहाड, हिमाल वा मधेसको नारा दिएर विखण्डनतिर जानुको सट्टा आस्थाको केन्द्र मानिएको जानकी धामको माटाको चन्दन लगाउदै र तामाङ वा शेर्पा जातिको सेले नाचसँगैं सहिष्णुताको यात्रा सुरु गर्न पनि कविले आह्वान गरेका छन् ।  कवितामा प्राकृतिक, सांकृतिक आदि विम्बका माध्यमबाट नेपालीहरु अनेक जात, जाति, धर्म, क्षेत्र आदिका आधारमा विभाजित नभई सह अस्तित्व, सहमति, स्वावलम्बन, सहिष्णुता, सहकार्य, नव निर्माण, सहधर्मको यात्रा सुरु गर्नका लागि आह्वान गरेका छन् ।
ख) यात्रा सुरु गर्नका लागि समय किन अनुकूल छ ?
यात्रा सुरु गर्नका लागि समय एकदमै अुनुकूल रहेको छ । हाल देशले सयौँको बलिदानपछि गणतान्त्रिक सँविधान प्राप्त गरेको छ । यसले सबै जात , भाषा भाषी, धर्म, सँस्कृति र क्षेत्रलाई समान अवसर प्रदान गरेको छ ।
साथै नेपालीहरुमा विस्पट्ट अन्धकारको युग चिरेर नयाँ जीवन सुरु गरिसकेको अवस्था छ । वर्तमान समयमा नेपालीहरुले विगतका सारा असङ्गत कुराहरुलाई विर्सिएर राष्ट्र««««को नव निर्माणको यात्रा सुरु गर्नु आवश्यक छ । हामीले शान्ति र समृद्धिका सपना सजाएर अघि बढ्ने वातावरण भएको छ । त्यसैले समय एकदमै अनुकूल भएकाले राष्ट्रको नव निर्माणमा अघि बढ्न यात्रा बढ्न यात्रा सुरु गर्नका लागि समय अनुकूल रहेको कुरा कवितामा स्पष्ट पारेको छन् ।
ग) हामीले सजाएका सपना के के हुन् ?
नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातिय र भौगोलिक दृष्टिले विविधतामय छ । इतिहासको लामो कालखण्डमा यस देशले अनेकौँ समस्या र चुनौतीहरुको सामना गर्नुप¥यो । यहाँ हरेक क्षेत्रका आआफ्नै समस्या छन् ।  देशले नयाँ संविधान प्राप्त गरेकाले नेपाली जनताले शान्ति र समृद्धिको सपना सजाएका छन् ।
नेपालीहरुले सजाएका मुल सपनाहरु शान्ति र समृद्धि हुन् । यसका लागि सबै नेपालीहरुले एकताबद्ध भई सह अस्तित्व, सहकार्य, सहिष्णुता र नव निर्माणको यात्रा प्रारम्भ गर्नु पर्छ ।
घ)  यस कविताले के कस्ता सकारात्मक सन्देशहरु दिन खोजेको छ ?
उत्तर
देशलाइ अग्रगमनतर्फ डो¥याउन र नव निर्माणको यात्रा प्रारम्भ गर्न समय एकदमै अनुकूल बनेकाले कविले आफ्ना सकारात्मक सन्देशहरु प्रवाहित गरेको छन् ।
कठोर यात्रा पार गरी आज हाम्रो देश नेपाल नयाँ युगमा परिवर्तन भएको छ । नेपालीहरुले सजाएका मुल सपनाहरु शान्ति र समृद्धि हुन् । यसका लागि सबै नेपालीहरुले एकताबद्ध भई सह अस्तित्व, सहकार्य, सहिष्णुता र नव निर्माणको यात्रा तयार गरी नेपालीहरुका सपना साकार हुन सक्ने विश्वास कविले व्यक्त गरेका छन् । कविताले धर्म, संस्कृति, क्षेत्र, जात, जाति, भाषा भाषी सम्बन्धी  सकारात्मक सन्देशहरु दिन खोजेको छ । 

ङ)
‘नेपाल बहु साँस्कृतिक सम्पदाले भरिपूर्ण देश हो’  भन्ने कथनलाई कविताका आधारमा स्पष्ट पार्नुहोस् ।
उत्तर
दुवसु क्षेत्रीद्धारा लिखित एवम् बहु चर्चित ‘यात्रा सुरु गरौँ’ शीर्षकको कवितामा नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातिय र भौगोलिक दृष्टिले विविधतामय छ भन्ने स्पष्ट हुन्छ ।  यहाँ गुरुङ, मगर आदि जातिमा प्रचलित सोरठी र रोदी ज्यादै प्रचलित सांस्कृतिक स्वरुप हुन् भने तराईमा थारुहरुले मनाउने माघी पर्व र समग्र तराई क्षेत्रमा मनाइने छठ अर्काे महत्त्वपुर्ण राष्ट्रिय चाड हो । बहु धार्मिक, बहु सांस्कृतिक मुलुकका रुपमा परिचित नेपालमा बसोबास गर्ने नेपाली जनताले आआफ्नो धर्म, सँस्कृतिअनुसार निर्बाध रुपमा चाडपर्व मनाउने गर्छेन् । यहाँ हिन्दुहरुका मात्र मठमन्दिर होइन, क्रिस्चियनहरका मिर्जाघर, मुस्लिमहरुका मस्जिद र बौद्ध धर्मालम्बीहरुका गुम्बा पनि यत्रतत्र भेटिन्छन् । या सबैले आआफ्ना चाडपर्वहरु सहज र स्वतः सफूर्त रुपमा मनाउने गर्छन् । अतः नेपाल एक बहुसांस्कृतिक सम्पदाले भरिपूर्ण देश भन्ने कुरा कवितामा स्पष्ट हुन्छ
 ।
३) कविताको दोस्रो गद्यांश तल दिइएका विभिन्न यात्राहरु उल्लेख र्गिरएको पाइन्छ । ती यात्राहरुको अर्थ कविता पढेको आकारमा लेख्नुहोस् ।
 सह अस्तित्वको यात्रा – व्यक्ति र राष्ट्र बिचको सम्बन्धमा एकअर्काको हित वा मान–मर्यादालाई ध्यान दिई शान्तिका साथ रहि बाच्नु हो ।
 सहमतिको यात्रा– राष्टको शान्ति, उन्नति, समृद्धिका लागि सहमतिका साथ अघि  बढ्ने भावना ।
स्वावलक्बनको नयाँ यात्रा– कसैको भर नपरी आत्मनिर्भर रहने आफ्नै शक्ति र सामथ्र्यले बाच्न सिक्नु ।
 सहिष्णुताको यात्रा – जात, धर्म संस्कृतिमा विभेदलाई अस्वीकार गरी सबैप्रति सद्भाव र सहनशीलता अपनाई अघि बढ्ने नवीन सोच वा विचारको यात्रा ।
उज्यालोको यात्रा–  देशको समस्या नभएको बेला विना रोकटोक  नव निर्माणको  महायज्ञमा लाग्ने वातावरण भएकाले त्यस्तो सहज यात्राको लागि लागि अुकुल वातावरण भएको अवस्था
सहकार्यको यात्रा –  विभिन्न धर्म, जातजाती, संस्कृति मान्ने मानिसहरुले मिलेर गरिने विकास निर्माण सम्बन्धी सहमतिमा गरिने कार्यको थालनी । 
नव निर्माणको यात्रा – देशको विभिन्न धर्म, जातजाती, संस्कृति मान्ने मानिसहरुले मिलेर गरिने विकास निर्माण सम्बन्धी सहमतिमा गरिने कार्य ।
सहधर्मको यात्रा – विभिन्न धर्म धर्म बिच सद्भावको साथ अघि बढ्ने विचार ।
सगरमाथा शिखरको यात्रा – सानो विचारलाइै त्यागी उच्च भावना र मनेबलका साथ अघि बढ्ने र ठुलो लक्ष्यमा पुग्ने यात्रा ।

४) कविता पढेका आधारमा ‘आशावादी बन्नुपर्छ’ भन्ने विषयमा एउटा अनुच्छेद लेख्नुहोस् ।
आशावादी बन्नु
प्रस्तुत कवितामा  निराशलाई  परित्याग गरी आशवादी बन्दै  राष्ट्रको मुहार फेर्न सकिन्छ  त्यसैले अब हामीले जात,  धर्म, संस्कृति, क्षेत्र आदिका आधारमा विभेद सहेर बस्नुपर्न आवस्था छैन । हिमाल, पहाड र तराईका सबै जात  जाति, धर्म, संस्कृति मान्नेहरुका बिच सहिष्णुता कायम भएको छ । सबै मिलेर देशको नव निर्माणमा लाग्दै शान्ति र समृद्धिको शिखर चुम्ने अवसर सारा नेपालाीलाई प्राप्त भएको छ । अभाव, दरिद्रता, शोषण, विभेद आदिले ग्रस्त नेपालको विकास  गर्ने सुनौलो अवसर अहिले प्राप्त भएको छ । देशले नयाँ संविधान प्राप्त गरेकाले नेपाली जनताले शान्ति र समृद्धिको सपना सजाएका छन् । नेपालीहरुले सजाएका मुल सपनाहरु शान्ति र समृद्धि हुन् । यसका लागि सबै नेपालीहरुले एकताबद्ध भई सह अस्तित्व, सहकार्य, सहिष्णुता र नव निर्माणको यात्रा प्रारम्भ गर्नु पर्छ भन्ने कुरामा आशावादी बन्नुपर्छ ।



लेखाई 

१) सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
क) कविले कवितामा माला उन्ने प्रसङ्ग किन उल्लेख गरेका हुन् ?
उत्तर
दुवुस क्षेत्री द्धारा लिखित कवितामा एक देशप्रति सकारात्मक सोच भएका कविका रुपमा देखापर्छन ।  देश निर्माण गर्ने सुनौलो अवसर प्राप्त  भएकाले सबै नेपाली एकताबद्ध भई अघि बढ्न आवश्यक छ भन्ने सन्दर्भमा कविले माला उन्ने प्रसङ्ग उल्लेख गरेका हुन् । यस कवितामा राष्ट्रको नव निर्माण अनुकूल वातावरण तयार भएकाले सम्पूर्ण प्रणालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने चाहनालाई यहाँ प्रस्तुत गरेका हुन् । 
निश्चय नै आज देश निर्माण गर्ने अनुकूल वातावरण सिर्जना भएको  छ । लामो सङ्घर्षपछि देशले काँचुली फेरेको छ । नव निर्माण गर्ने वातावरण भएकाले यात्रा सुरु  गर्नु पर्ने अवस्था आएको छ । अप्ठ्यारा परिवेश र परिस्थिति समाप्त हुँदै आस्था र विश्वासका साथ अघि बढ्नुपर्छ । आज वासन्ती उत्सवको वातावरण भएकाले सबै नेपालीहरु एकताबद्ध भई अघि बढ्नुपर्छ ।

ख) सहिष्णुताको यात्रा सुरु गर्ने ध्यान दिनुपर्ने पक्ष के के हुन् ?
उत्तर 
   संस्कृति भन्ने कुरा अत्यन्त संवेदनशील हुने गर्छन् । आफ्नो धर्म, संस्कृतिमा अलिकति पनि असर पुगेमा त्यसले उग्र रुप लिन बेर लाग्दैन । सबै जातजातिका धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै अघि  बढ्न सके मात्र आपसमा सद्भाव विकसित हुन्छ ।  सहिष्णुतको यात्रा सुरु गर्न ध्यान दिनुपर्ने कुराहरु थुपै्र छन् ।  सर्वप्रथम सहिष्णुताको यात्रा सुरु गर्नुअघि अनेकौँ हाम्रा जातजाति, धर्म, संस्कृति, मान्ने मानिसहरुको सङ्गमस्थलका रुपमा रहेका नेपालको विशिष्टतालाई मनन गर्नु जरुरी छ ।  त्यसैले सहिष्णुताको यात्रा गर्दा गुरुङ मगर जातिमा प्रचलित सोरठी र रोदीm ताश्र  नापतका प्रचलित माघी र तराईमा प्रचलित छठ जस्तो चाडपर्व र उत्सवमा कुनै प्रकारको चोट नपुगोस् भन्ने कुरामा ध्यान दिनु जरुरी छ । त्यस्तै तामाङ, शेर्पा जातिले मनाउने ल्होसार, सुदूरपश्चिम तिरका गौरा र देउडा अनि काठमाडौँ उपत्यकामा प्रचलित नेवार समुदायको धिमे बाजाप्रतिको आस्था र विश्वासमा समेत चोट  पुग्नु हुन्न । यिनै कुराहरुमा सहिष्णुताको यात्रा सुरु गर्दा ध्यान दिनुपर्ने हुन्छ ।

 ग) एकताको यात्रा कवि कहाँबाट कसरी सुरु गर्न भनेका छन्् ?

उत्तर 
दुवुस क्षेत्री द्धारा लिखित कवितामा एक देशप्रति सकारात्मक सोच भएका कविका रुपमा देखापर्छन ।  यस कवितामा राष्ट्रको नव निर्माण अनुकूल वातावरण तयार भएकाले सम्पूर्ण प्रणालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने चाहनालाई यहाँ प्रस्तुत गरेका हुन् ।  
 नेपालीहरु आआफ्ना धर्म, संस्कृति र परम्पराप्रति आस्था राख्दछन् । उनीहरुले आफ्नो आस्थाका केन्द्रका रुपमा रहेका गुम्बा, मन्दिर, मस्जिद र गिर्जाघरको प्राङ्गणबाट सहधर्मको यात्रा  प्रारम्भ गरेका थिए । खास गरी नेपालको एकीकरणको अभियानताका नेपालीहरुले उपत्यकास्थित काष्ठ मण्डपको देव बाट धिमे बाजा बजाउँदै जुन उत्साह र  एकता प्रदर्शन गरेको थिए्, त्यसलाई पुनः आत्मसात् गरी अघि बढौँ भन्ने कविको चाहना छ ।

घ) नयाँ यात्रा सुरु गर्न कविले किन आह्वान गरेका छन् ?
उत्तर : 
नेपाली जनताको कठोर सङ्घर्षबाट नयाँ संविधान प्राप्त गरेका छन्  । संविधानमा हक, अधिकार र कर्तव्यका बारेमा स्पष्ट उल्लेख गरिएको छ र तिनमा भएका व्यवस्थाले हाम्रो स्वाभिमान बचाउने काम गरेको छन् । अतः ज्यादै नै अनुकूल वातावरण भएकाले कविले प्रस्तुत बचाउने काम गरेका छन् । नेपालीहरुले अनेकौँ लडाइँ सङ्घर्ष गरेर नवयुगको प्रारम्भ गरेका हुन् ।  नवयुग ल्याउने क्र्रममा यहाँ रगत पसिना बगाएका थिए । अत्यन्त कठोर समय पार गरेर आजको खुल्ला वातावरणमा प्रवेश गर्ने अवसर हामीलाई प्राप्त भएको छ । हिजो अन्धकारलाई चिर्ने क्र्रममा थकाइ लागेर यात्रा रोक्नु परेको भए पनि हिजोको जस्तो कठोर परिवेश आज छैन ।
 नेपालीहरुले केही समयका लागि आफ्नो राष्ट्रको नव निर्माणको यात्रा रोक्नु परेको भए पनि त्यो प्रतिकूल परिस्थितिको आज आएर अन्त्य भएको छ ।  नव निर्माणको यात्रामा नेपालीहरुले निकै चुनौतीहरुको सामना गर्नुप¥यो । जेलनेल, चाहना आदि कुरा त्यस समयमा शासकहरुका लागि सामान्य जस्ता लागे पनि देशभक्तहरुका लागि त्यो समय निकै नै प्रतिकूल थियो । संविधानमा हक, अधिकार  र कर्तव्यका बारेमा स्पष्ट उल्लेख गरिएको छ र तिनमा भएका व्यवस्थाले हाम्रो स्वभिमान बचाउने काम गरेको छन् । अतः ज्यादै नै अनुकूल वातावरण भएकाले कविले प्रस्तुत कवितामा नयाँ यात्रा सुरु गर्ने आह्वान गरेका छन् । 

२) कविताको प्रत्येक गद्यांशको आशय लेख्नुहोस् । 

उत्तर  
यात्रा प्रारम्भ गर्न अनुकूल वातावरण बनेको छ । कठोर  समयको अन्त्य भएकाले आस्थाको टुकी बाली अघि बढ्नुपर्ने र चारैतिर उज्यालो छर्नुपर्ने कुरामा कविले जोड दिएको छन् । वातावरण बडो उत्साह जनक भएकाले गीत गुन्जाउँदै एकताबद्ध भएर अघि बढ्नु पर्ने कुरा पहिलो अनुच्छेदको आशय हो ।
अनेक जात जाति, धर्म, संस्कृति आदिलाई मान्नेहरुका बिच बन्धुत्का भावना जागृत गराउँदै सहकार्य गर्दै नव निर्माणको यात्रा सुरु गर्न कवि आह्वान गर्छन । सांस्कृतिक उत्सवमा वातावरणमा रोकिएको हाम्रो यात्रालाई तिनकोटी नेपालीहरु मिलेर अघि बढ्न आह्वान गर्नु दोस्रो गद्यांशको आशय हो ।
नेपालीहरु आआफ्ना धर्म, संस्कृति र परम्पराप्रति आस्था राख्दछन् । उनीहरुले आफ्नो आस्थाका केन्द्रका रुपमा रहेका गुम्बा, मन्दिर, मस्जिद र गिर्जाघरको प्राङ्गणबाट सहधर्मको यात्रा  प्रारम्भ गरेका थिए । खास गरी नेपालको एकीकरणको अभियानताका नेपालीहरुले उपत्यकास्थित काष्ठ मण्डपको देव बाट धिमे बाजा बजाउँदै जुन उत्साह र    एकता प्रदर्शन गरेको थिए्, यसैलाई वर्तमान समयमा अनुकूल वातावरण सिर्जना भएकाले विश्वकै लागि नमुनायोग्य यात्रा सुरु गर्न आह्वान गर्नु तसा्रे गद्यांशको आशय हो ।
नेपालीहरुले कठोर समय पार गरी आजको विशिष्ट वातावणमा प्रवेश गरेका छन् । नयाँ जीवन सुरु गर्ने प्रशस्त मार्गहरु सिर्जना भएका छन् । हिजो अनेक परिस्थितिका कारण थाकेर आफ्नो यात्रा रोक्न बाध्य भएको भए पनि आज अनुकूल वातावरण भएकाले त्यहीँबाट  यात्रा प्रारम्भ गर्नुपर्छ भन्ने कविको भनाई छ । अब नेपालीले शान्ति र समृधिका लागि नयाँ यात्रा सुरु गर्नु आवश्यक छ भन्नु नै चौथो गद्यांशको आशय हो । 

३) सप्रसङ्ग व्याख्या गर्नुहोस् : 

क) अब एउटा नयाँ जीवन सुरु गरौँ
जाहाँबाट हामी थकान रोपेर भागेका थियौँ । 
उत्तर
दुवुस क्षेत्री द्धारा लिखित कवितामा एक देशप्रति सकारात्मक सोच भएका कविका रुपमा देखापर्छन ।  देश निर्माण गर्ने सुनौलो अवसर प्राप्त  भएकाले सबै नेपाली एकताबद्ध भई अघि बढ्न आवश्यक छ  भन्ने कुरामा कविले प्रस्तुत गरेका छन ।
यस कवितामा राष्ट्रको नव निर्माण अनुकूल वातावरण तयार भएकाले सम्पूर्ण प्रणालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने चाहनालाई यहाँ प्रस्तुत गरेका हुन् । नेपालीहरुले कठोर समय पार गरी आजको विशिष्ट वातावणमा प्रवेश गरेका छन् । नयाँ जीवन सुरु गर्ने प्रशस्त मार्गहरु सिर्जना भएका छन् । हिजो अनेक परिस्थितिका कारण थाकेर आफ्नो यात्रा रोक्न बाध्य भएको भए पनि आज अनुकूल वातावरण भएकाले त्यहीँबाट  यात्रा प्रारम्भ गर्नुपर्छ । नेपाली जनताको कठोर सङ्घर्षबाट नयाँ संविधान प्राप्त गरेका छन्  । संविधानमा हक, अधिकार र कर्तव्यका बारेमा स्पष्ट उल्लेख गरिएको छ र तिनमा भएका व्यवस्थाले हाम्रो स्वाभिमान बचाउने काम गरेको छन् ।
अतः ज्यादै नै अनुकूल वातावरण भएकाले कविले प्रस्तुत बचाउने काम गरेका छन् । नेपालीहरुले अनेकौँ लडाइँ सङ्घर्ष गरेर नवयुगको प्रारम्भ गरेका हुन् ।  नवयुग ल्याउने क्र्रममा यहाँ रगत पसिना बगाएका थिए । अत्यन्त कठोर समय पार गरेर आजको खुल्ला वातावरणमा प्रवेश गर्ने अवसर हामीलाई प्राप्त भएको छ । हिजो अन्धकारलाई चिर्ने क्र्रममा थकाइ लागेर यात्रा रोक्नु परेको भए पनि हिजोको जस्तो कठोर परिवेश आज छैन । 
ख) राष्ट्र नव निर्माणको यात्रा सुरु गरौँ त्यहीँबाट
जहाँ हामीले शान्ति र समृद्धिका सपनाहरु सजाउको थियौँ ।
उत्तर माथीको भावपूर्ण अभिव्यक्ति कवि दुवसु क्षेत्रीद्धारा लिखित ‘यात्रा सुरु गरौँ ’  कविताबाट उद्धरण गरिएको हो । लगभग तिन दशकदेखि कव्या साधना गर्दै आएका क्षेत्रीले गद्य लय अँगाली कविता कृतिको सिर्जना गरेको छन् । कवितामा राष्ट्रको नव निर्माण अनुकूल वातावरण तयार भएकाले सम्पूर्ण प्रणालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने चाहनालाई यहाँ प्रस्तुत गरेका हुन् ।
देशप्रति देशभक्तिको भावले ओतप्रोत माथिको उद्धरण राष्ट्रको नव निर्माणको यात्रामा अघि बढ्न आह्वानका साथै नेपालीहरुका मूल चाहनालाई आत्मसात् गर्नु पनि त्यत्तिकै आवश्यक छ भन्ने कुरा प्रस्तुत गर्ने क्र्रममा कविले उल्लेख गरेका हुन् । शान्ति र समृद्धिको चाहनालाई नेपालीहरुले धेरै अघिदेखि राख्दै आएका हुन् । उनीहरुका यी चाहना समनाकै  रुपमा रहेको थिए । शान्तिको अग्रदूत गौतम बुद्धका देशका बासिन्दाले शान्तिको चाहना गर्नु स्वाभाविक पनि हो ।
परिस्थिति अनुकूल भएकाले राष्ट्र निर्माणको यात्रामा लाग्न कविले नागरिकहरुलाई यहाँ आह्वान गरेका छन् । मानिसलाई शान्ति र समृद्धिले सुख र गौरवको अनुभूति हुन्छ । यस्तो चाहना नेपालीहरुका लागि सपनाकै रुपमा रहेका थिए । 

४) उपयुक्त लेख्य चिह्नहरु राखी पुनर्लेखन गर्नुहोस् : 
 उसले मलाई  भन्यो हे भाइ तिमी त ज्यादै अल्छी रहेछौ मैले आफ्नो व्यथा बताउँदै भनेँ होइन दाइ हिजोआज मलाई सन्चो छैन ।
उत्तर
उसले मलाई  भन्यो ‘‘हे भाइ तिमी त ज्यादै अल्छी रहेछौ ।’’ मैले आफ्नो व्यथा बताउँदै भनेँ, ‘‘होइन दाइ, हिजोआज मलाई सन्चो छैन ।’’
 ______________________________



सङ्गीतज्ञ रामशरण दर्नाल

शारांश
रामशरण दर्नालमा कला एवम् सङ्गीतप्रति रुचि जाग्ने अवसर घरबाटै प्राप्त भएको देखिन्छ । पछि उनले एकेडेमीमा जागिर पाएपछि उनमा कला र सङ्गीत प्रति थप प्रेरणा मिल्दै गयोे । फलतः उनले प्रशस्त अवसर र सम्मान पनि प्राप्त गरे । फलस्वरुप उनले सङ्गीत सम्बन्धी लेख, पुस्तक, साहित्यिक कृति लेखे । त्यति मात्र होइन, नेपाली लोकगीत, लोकबाजाहरुको खोज तथा अधुनिकीकरण गर्न देश विदेश जाने गर्नुका साथै याुवाहरुलाई नेपाली सङ्गीतका ताल, राग र स्वरप्रति आकर्षित गर्न धेरै प्रयत्न पनि गरे । उनले गरेका प्रयत्नहरु धेरै सफल पनि भए ।
दलित परिवारमा जन्मिएका कारणले उनले धेरै अपमान र दुःख खपेका थिए । उनले भोगेका जातीय अपमानका कुरा आजका मानिसले त कल्पनासम्म पनि गर्न सक्तैनौँ । स्थापित साहित्यकारसमेत कविताका आवरणमा उनीमाथि जातीय अपमान गर्न चुक्तैन थिए । उनी जातीय अपमान र भेदभावको यस कुरीतिलाई मिल्काउन  चाहन्थे । जातिका आधारमा गरिने अमानवीय व्यवहार मानवता विरोधी कर्म हो भन्ने मान्यता उनको थियो । उनका पिता सत्यकुमार दलितले पशुपतिमा प्रवेश पाउनुपर्छ  भन्ने आन्दोलनका अभियन्त थिए । जीवनको उत्तरार्धतिर रामशरणले जातीय मुक्ति अभियानअन्तर्गत आफ्ना समुदायका मानिसहरुलाई सङ्गठित  गर्ने काम गरेका थिए । यति भएर पनि  उनको मूल ऊर्जा भने प्राज्ञिक कर्मतर्फ नै समर्पित भयो । उनले आफूलाई असीमित सङ्घर्षको कसीमा घोटिएको अकबरी सुनको रुपमा उभ्यान सफल भए । उनी आफ्ना कृतिगत योगदाका कारणले नेपालीका मन मस्तिष्कमा सदैव जीवित रहेका छन् ।

प्रश्नोत्तर

१) प्रस्तुत जिवनीको दास्रो र पाचौँ अनुच्छेद शिक्षक वा कक्षाको कुनै एक विदे्यार्थीले वाचन गरेको सुनेर ठिक बेठिक छुट्याउनुहोस । 
क) रामशरण नेपाली सेनाको ब्यान्डका नाइके थिए ।
ख) रामशरणका पिता कामको खोजीमा विदेश गए ।
ग) रामशरणका पिता दबार हाइस्कुलमा पढ्दै थिए ।
घ) रामशरणको मामाघर थली र गोकर्ण थियो ।
ङ) रामशरणले प्रवेशिका परीक्षा मात्रै उत्तीर्ण गर्न पाएका थिए ।
उत्तर
क) बेठिक
ख) ठिक
गं) बेठिक
घ) ठिक
ङ) ठिक

२) तलको पाठ सुन्नुहोस् र उत्तर दिनुहोस् ।
क) कालुसिंह रनपहेलीको हुन् ?
कालुसिंह रनपहेली भारतीय नेपाली साहित्यकार हुन् ।
ख) उनलाई किन भारतीय नेपाली भनिएको हो ?
आमाबाबु रोजगारीका लागि भारतमा बसोबास गर्दा जन्म भएको र उनी त्यहीँको बासिन्दा समेत भएकाले उनलाई भारतीय नेपाली भनिएको हो ।
ग) उनका पितापुर्खा किन भारत पसेका थिए ।
उत्तरः राजगारीको सिलसिलामा भारत पसेका थिए ।
घ) उनको मुल परिचय के हो
उत्तरः  पत्रकार, साहित्यकार नै उनको मुल परिचय हो ।
ङ) उनी साहित्यका कुन कुन विधामा चिनिएका छन् ?
उत्तर
उनी साहित्यका कथा र कवितामा चिनिएका छन् ।

बोलाइ

१) तलका शब्दहरु ठिकसँग उच्चारण गर्नुहोस् र उदाहरणमा देखाए जस्तै गरी लेख्नुहोस,
उत्तर
आर्थिक/ आर्. थिक्
दृष्टि/दृस्/द्रिस.टि
बुद्धिजीवी/बुद्.धि.जि.बि
व्यवस्था/व्य. बस्.था

२) ओपचारिक शिक्षा प्राप्त नगरेको मानिस पनि विद्धान् बन्न सक्छ भन्ने विषयमा आफ्ना साथीहरुका बिचमा छलफल गर्नुहोस् । त्यसबाट प्राप्त निष्कर्षलाई कक्षामा प्रस्तुत गर्नहोस् ।
समयको घेरामा बाँधिएर  हासिल गरेको शिक्षाबाट मुस्किलले केही व्यक्तिहरु विद्धान् भए पनि मुल रुपमा अनौपचारिक शिक्षाबाटै मानिस विद्धान् बन्न सक्छ । कि पढेर जानिन्छ कि परेर जानिन्छ भन्न् कथन नेपाली समाजमा प्रचलित रह्ेको छ । हाम्रो मुल मान्यता औपचारिक शिक्षाबाटै विद्धान् हुन सकिन्छ भन्ने छ । धेरै मानिसहरु औपचारिक शिक्षाबाटै विद्धान भएका पनि होलानन् । तर औपचारिक शिक्षा प्राप्त नगरेको मानिस पनि विद्धान बन्न सक्छ । यसको उाहरणका रुपमा हामी स्व. स्वामी प्रपन्नाचार्यलाई लिन सक्छौँ  उनले औपचारिक रुपमा शिक्षा हासिल गरेको देखिँदैन तर उनी नेपालमा निकै उच्च कोटीका विद्धान्का रुपमा चिनिन्छन ।
अनैपचारिक शिक्षा हासिल गर्न समयको पावन्दीले मासिलाई कहिल्यै कज्याएर राख्दैन । स्वतन्त्रतापूर्वक उसले आफ्नो रुचि अनुसार ज्ञान हासिल गर्छ । यसरी हासिल गरेको अनौपचारिक शिक्षाबाट उसको दृष्टिकोणको दायर फराकिलो हुन सक्छ र उसले समाज, राष्ट्र« र विश्वलाई नै मार्ग निर्देशन गर्न सक्छ । त्यसैले विद्धान् हुन औपचारिक शिक्षामा नै जोड दिनुपर्छ भन्ने छैन । अतः अनौपचारिक शिक्षा प्राप्त नगरे पनि मानिस सजिलै विद्धान् बन्न सक्छ भन्ने कुरा स्पष्ट हुन्छ ।

३) घरको आर्थिक अभावले पढाइलाई निरन्तरता दिन नसकेको विषयलाई लिएर कक्षाका दुई जना साथी मिली अभिनय सहित कक्षामा कुराकानी गर्नुहोस् ।
उत्तर (शिक्षकको निर्देशनमा विद्याथीले तलको संवाद कक्षामा प्रस्तुत गर्न )
राम: (टाउकामा हात राख्दै) खै, सिता म त अब पढ्न पाउँला जस्तो छैन ।
सिता: हैन, यो तिमी के भन्दै छौ राम तिमी ?
राम: हो साथी, साँचो कुरा भनिरहेकी भनिरहेकी छु ।
सिता: कुरा के हो स्पष्ट भन न ।
राम: खै के भन्ने ...........................?
सिता: हँ, कतै आर्थिक अवस्थाका कारण तिमीलाई तिम्रा बुबाआमाले विद्यालय नपठाउन खोजेका छन । होइनन् ?
राम: हो , सिता, कुरा त्यही हो । मेरा बुबाआमा रातको दिन कृषि क्षेत्रमा मात्र ध्यान दिनुहुन्छ । त्यती धेरै मेहनेत गरेर फलाएको अन्न साहुलाई बुझाउदैमा ठिक्क हुन्छ । घरमा अरु केही आम्दानीको स्रोत छैन । त्यसैले हामी अब तिमीलाई पढाउन सक्दैनौँ भनेर उहाँहरुले भन्नु भएको छ । बुझ्यौ ?
सिता:  ए, समस्या त्यस्तो पो हो ।  तिमीले त्यस्तो आर्थिक अभावले पढ्न नपाउने नै भयौ । मलाई साह्रै दुःख लाग्यो ।
राम: के गर्नु बुबा आमाको समस्यालाई पनि त बुझ्नै प¥यो नि होइन ?
सिता : यस्ता समस्या त धेरै हुन्छ समस्या प¥यो भनेर आत्तिनु हुदैन सँघर्ष गरेर भए पनि पढ्न छोढ्नु हुदैन । हामीले सहयोग गर्न ठाउँमा सहयोग गर्छौ ।
राम: हुन्छ म पढ्न छाढ्दिन काम गरेर भए पनि पढ्छु ।

४)  तपाईँका वरिपरि उपलब्ध हुने बाजाका विषयमा केही बुँदा तयार गर्नुहोस् र त्यसकै आधारमा कक्षामा प्रस्तुति गनुहोस् ।
 मेरो वरिपरि  मादल, सनाई, नरसिङ्गा, बिनायो आदि पाइन्छन् ।  यिनका बा्मा तल बुँदा प्रस्तुत गरिएको छ:
क) मादल – काठको ग्वाङ्ग्रोबाट वन्ने छालाले तन्काएर छेउमा  खरीको लेप राखिने, अनेक लोक धुनहरु निकाल्न सकिने नेपालको अति नै लोकप्रिय बाजा हो ।
सनाई – मुखले फुकेर बजाईने, यसको संरचनामा तिन भाग  हुने सबभन्दा मथिल्लो टुप्पाको  भाग तारिकाको पातले बनेको र ध्वनिको मुख्य केन्द्र पनि यही हुने, दोस्रो भाग शरीरमा ७ वा ८ ओटा  प्वाल पारिएको काठको ढुङ्ग्रो वा नली आकारको हुने , औँला सञ्चालन  गरि बजाइने, अन्तिम भाग धातुले बन्ने, पञ्चैबाजा पर्ने  यसको आवज निकै तिखो हुने ।
ग) नरसिङ्गा – परापुर्वकालदेखि  बजाइने तामाको अर्धचन्द्राकार मुखदेखि फुक्दै गएको नेपाली  प्रसिद्ध बाजा, धातुले बन्न्े  पञ्चबाजाभित्र पर्ने एक पौराणिक वाद्य हो ।
घ) बिनायो – झ्वाट्ट हेर्दा हर्माेनियमको रिड जस्तै हुने प्राय: १ वा २ चौडाइदेखि ६ इन्चसम्मको चेप्टो बासको बिचका् भाग दुईपट्टि जिभ्रो जस्तो पारेर चिरिएको, ओठले च्यापेर बजाइने, एकापट्टि डोरीले बाँधिने, त्यही झडकार्दा मधुर आवाज आउने ।
पढाइ

१)    तेस्रो अनुच्छेदलाई दु्रत वाचन गनुैहोस् र ‘सो अनुच्छेद पढ्न तपाईलाई कति समय लाग्यो, त्यसको हेक्का राख्नुहोस् ।
२)  गति र यति ध्यान दिई पाठको अनुच्छेद सस्वर वाचन गर्नुहोस् ।
३) तलको अनुच्छेद पढी सोधिएका प्रशनहरुको उत्तर दिनुहोस्:
क ) कस्तो आले बार वर्षको कुरा भिन्नै हुन्छ ?
उत्तर    सङ्घर्षैैै र अभाव बिच बितेको बार वर्षको कुरा भिन्नै हुन्छ ।
ख) समयकाृ प्रवाहमा  मानिस कसरी हेलिन्छ ?
उत्तर     समयको परिवर्तनले  मानिस चाहेर वा नचाहेरै आशैआशाको मग्न गोरेटोमा हेलिन्छ ।
ग) प्रस्तुत अनुच्छेदमा नन्दलालको कस्तो अवस्थाको चित्रण छ ?
उत्तर प्रस्तुत अनुच्छेदमा नन्दलालको आर्थिक रुपले अत्यन्त  दयानक अवस्थाको चित्रण छ ।
घ) नन्दलाल र पवनी किन रोइरहेका थिए ?
उत्तर   बिरामी परेर सुतेका छोरालाई ओखती किन्ने पैसा नभएर नन्दलाल र पवनी रोइरहेका थिए ।
ङ) बिरामीका आँखा रसिला हुनुका दुई कारण के के हुन् ?
उत्तर बिरामीको आँखा रसिला हुनुको कारण आर्थिक अभाव र खानेकुराको समस्या हुनु हो ।
प्रस्तुत जिवनी पढी तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्:
क) रामशरणका पिता किन विदेश गएका थिए ?
उत्तर
रामशरणका पिताको घर परिवारको आर्थिक अवस्था अति नै दयनीय भएका कारण आर्थिक अवस्था सुदूढ बनाउने हेतुले विदेश गएका थिए । निम्न वर्गीय दलित परिवारका सदस्य भएपनि नेपाली सेनाका नायिके थिए । उनलाई ‘हवल्दार मेजर’ भनेर चिन्थे । उनी जागिरे भए पनि घरको आर्थिक अवस्था एकदमै कमजोर थियो । जागिर खाउन्जेल पनि परिवारको खर्च धान्न मुस्किल थियो । उनी नागिरकबाट निवृत्त भएपछि परिवारको आर्थिक अवस्था झनै नाजुक र जर्जर बन्न पुग्यो । युक्त अवस्थाबाट ऋण पाउनका लागि कामको खोजीमा उनी विदेश गए ।
ख)  उनको पुख्र्यौली पेसा के थियो ?
उत्तर पुख्र्यौली पेसा नै बाजा बझाउने भएकाले त्यसको पत्यक्ष प्रभाव रामशरणमा प¥यो । गाउँघर र सहर बजारका अतिरिक्त सेनामा पनि बाजा बजाएर जीविकोपार्जन गर्ने पेसालाई उनको पुर्खाले अंगालेको थियो ।  बाजा गाजा र सङ्गीतप्रति यस्तो असीम श्रद्धा र लगाबका कारण रामशरण पनि एक सफल सङ्गीतज्ञका रुपमा चिनिन पुगे ।
ग) रामशरणका लागि पठन पाठन किन स्वप्नसरि बन्न गयो ?
उत्तर
दलित परिवारमा जन्मिएका रामशरण तत्कालीन समयमा उनले समाजबाट अनेकैँ अपहेलना र तिरस्कार सहनुप¥यो । घरको आर्थिक अवस्था निकै जर्जर थियो । जीविकोपार्जन गर्न नै उनका लागि चुनौतिका विषय बनेको थियो । विपन्नतामा बाल्यकाल गुजारेका कारण रामशरणले विद्यालयको शुल्क समेत तिर्न सकेको पाइँदैन । केही समय आफ्नो पेसा गरे पनि विद्यालयको शुल्क तिर्न प्रबन्ध उनले नमिलाएका होइनन् । उनको पेशा गरेर उनले धेरै समय धान्न सकेनन् । आर्थिक अभावका कारण पढाइबाट उनले हात धुनुप¥यो । आर्थिक अवस्था धान्न असम्भव भएपछि रामशरणका लागि पठन पाठन स्वप्नसरि बन्न गयो ।
घ) उनको रुचि अध्ययनमा कसरी जाग्यो ?
उत्तर बाबुबाजेको पेसा बाजागाजा बजाएर जीविकोपार्जन गर्न रहेकाले रामशरण पनि युक्त पेशा प्रति आर्कषित हुनु स्वाभाविक थियो । घरमा आफ्ना पिताले सङ्कलन गरेका पुस्तकले उनमा पढ्ने चाहना विस्तारै विस्तारै जाग्दै गएको थियो । घरमा धेरै पुस्तक नभए पनि उनको पढाइप्रति रुचि जगाउन ती पुस्तक पर्याप्त थिए । उक्त समयमा उनका पिताले जतन गरि राखेका चर्चित उपन्यासहरु उनी खुब ध्यान दिएर पढ्थे । यसका अतिरिक्त रामायण, महाभारत, गीता, चण्डी नस्त धार्मिक पुस्तकहरु पनि पढ्न पाउने अवसर उनलाई प्राप्त भएको थियो । पिताको सङ्कन् र तिनको पठनप्रतिको आकर्षण र अगाबकै कारण उनको रुचि अध्ययनमा जाग्यो ।
ङ) उनको स्वास्थ्य बालक कालमा कस्तो थियो ?
उत्तर घरपरिवारको सदस्यालाई समेत उनको स्वास्थ्यको प्रतिकुल प्रति खुबै पिरोलेको थियो । बारम्बार रोगले सताइ रहने हुनाले  उनकी आमा सधैँ चिन्ता ग्रस्त हुन्थिन् ।  सानामा उनी रोगी थिए । हरेक समय उनलाई एउटा न एउटा रोगले सताइरहेका हुन्थ्यो । जन्मेको कही महिनामै नाकको डाँडीमा खटिरा आएर त्यसले सताउनसम्म सताएको थियो । त्यो खटिराले उनलाई जीवनको अन्तिम सास फेर्ने अवस्थामा पुर्याएको थियो । उनलाई बाल्याकालमा जुकाले र आउँले सताउने गथ्र्याे ।
च) उनकी आमाको निधन कसरी भयो ?
वि.स १९९० भूकम्पबाट क्षतविक्षत भएको पुरानै घरमा बस्न रामशरणको परिवार बाध्य थियो । आर्थिक समस्या र खानेकुराले समेत समस्याको चोटमा परेको अवस्थामा घरलाई मर्मेत संभार गरेको थिएन । उनको लागि घर बनाउने कुरा सपना सरि भएको थियो भने आर्थिक अभावका कारण चर्किएको घरको मर्मत गर्न समेत उनले सकिरहेको थिएनन् । २०२५ सालको बडादसैँपछि परेको अविरल वर्षाले उनको चर्किएको घर गल्र्यामगुर्लम ढल्ल्यो । घर भत्कँदा चेपिएर उनकी आमाको निधन भयो । समयमै चर्किएको घर मर्मत  गर्न नसक्दा सोही घरले चेपिएर उनकी आमाकी दुःखद निधन  भएको हो ।
च) वि.सं २०२८ मा उनीमाथि कस्तो विपद् आइलाग्यो ?
उत्तर:
आर्थिक समस्याको चोटहरु सहँदै जीवनगति प्रति स्घर्ष गर्दौ जीवनगति अघि बढेको छ । आर्थिक समस्याका कारण पढाई र समयमै चर्किएको घर मर्मत गर्न नसक्दा घर भत्किएर आमाको निधन भयो । समस्या नै समस्याको शोकमा परेका रामशरण वि.सं २०१८ बिना कसुर एकेडेमीको सेवाबाट अवकाश दिइयो । सानो तिनो जागिरबाट जेनतेन  गुजारा गरिरहेका रामशरणको  जागिर अचानक खोसिँदा उनलाई पर्नसम्म पिर प¥यो  । उनको जीवनमा ठुलो समस्या र पिडा भई सघर्षमै बिताउनुप¥यो ।
ज) नेपाल एकेडेमीको जागिरले उनलाई कस्तो अवसर प्रदान ग¥यो ?
उत्तर:
रामशरण सामान्या जागिरेको रुपमा एकेडेमीमा उनी कार्यरत थिए । उनले जागिरबाट अवकाश प्राप्त गरेपछि भने उनको व्यापक सामाजिक जविनको प्रारम्भ  भएको देखिन्छ । उनले एकेडेमीमा रहँदा देखाएको कार्य कुशलताकै प्रतिफलस्वरुप उनले जीवन उत्तराद्र्धतिर सफलता हासिल गरे । उनलाई विषय समिति सदस्य पनि बनाइयो । सांस्कृतिक संवर्धन समिति , नेपाल शास्त्रीय समाज, कलानिधि इन्दिरा सङ्गीत महा विद्यालय, लोकबाजा सङ्ग्रहालय, नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान , दलित बुद्धिजीवी प्रतिष्ठान, बिसे नगर्ची प्रतिष्ठान आदिका सल्लाहकार पनि उनलाई बनाइयो ।
झ) उनले के कारणले पेसा परिवर्तन गरे ?
उत्तर  रामशरण आफ्नो लोकबाजा जोगाइ राख्ने र त्यसलाई पुस्तान्तरण गर्ने उद्देश्यले आफ्नो पेसा गरेको पाइन्छ । आफ्ना लोकगीत र लोकबाजालाई बाचाई राख्न र नयाँ  पुस्तामा हसतान्तरण गर्न उनले नेपालका पश्चिम भेगका अनकन्टार  ठाउँमा गएर खोज अनुसन्धान गरे । आफ्ना लाकेगीत र लोकबाजालाई पछिल्लो पुस्ताका लागि जोगाएर राखिदिनुपर्न अमूल्या सम्पत्ति ठानेर अनेक दुःख गरे । नेपाली सङ्गीत र बाजालाई आधुनिकीकरण गर्नु आवश्यक छ भन्ने ठानेर भारत, थाइल्यान्ड, जापान जस्ता देशमा गई नयाँ प्रविधिका बारे ज्ञान हासिल गरे ।
ञ) युवा पुस्तामा स्गीततर्फको रुचि कसरी बढाउन सकिन्छ ?
उत्तर: लोकगीत र लोक बाजलाई आधुनिकीकरण गरी हाम्रा सङ्गीततर्फको रुचि बढाउन सकिन्छ । पाशचात्य सङ्गीततर्फ आकर्षित हुँदै गएको युवा पुस्तालाई हाम्रो सङ्गीततर्फ रुचि बढ्न विश्वासका साथ रामशरणले यस क्षेत्रमा निकै महत्वपूर्ण कामहरु गरेको  पाइन्छ ।
परम्परागत ढाँचामै अलमलिरहने हो भने नयाँ पुस्ताले नेपाली लोकगीत र लोक बाजालााई सहज रुपमा लिन  सक्दैनन् भन्ने कुरालाई हेक्का राखी हाम्रा लोक बाजालाई सहज रुपमा लिन सक्दैनन् भन्ने कुरालाई हेक्का राखी हाम्रा लोकबाजालाई जोगाउन आधुनिकीकरण गर्नुपर्छ भन्ने सोच रमाशरणले बनाए । हाम्रा युवा पुस्ताले हाम्रा आफ्नै  ताल, राग र स्वर नबुझेर पश्चिम सङ्गीततर्फ आकर्षित  भएको महसुस गरे । यस्ता नयाँ पुस्ताका युवालाई हाम्रो आफ्नै ताल राग र स्वरका बारेमा राम्ररी बुझाउन सके उनीहरुमा आफ्नै सङ्गीतको रुचि बढ्छ ।

३) पाठको आधारमा कम्तिमा दस ओटा  विाशेषण शब्द राखी रामशरणका चारित्रिक विशेषताहरु उल्लेख गर्नुहोस् ।
उत्तर: सङ्गीत तथा साहित्यका माध्यमबाट नेपाली समाजलाई विशिष्ट योगदान पु¥याने रामशरण अपमान र कुरीतिलाई उन्मूलन गर्न चाहन्थे । प्राज्ञिक कर्ममा समर्पित हुँदै असिमित सङ्र्घष गर्न कति पनि नहिचकिचाउने रामशरणमा यिनै विशेषताहरु भेट्न सकिन्छ । श्रमजीवी परिवारमा जन्मेका रामशरण कुशल सङ्गतिज्ञ थिए । उनले सङ्गीतको विकास र विस्तारमा ठुलो योगदान पु¥याएका थिए । जातीय अपमानहरु सहँदै नेपाली सङ्गीतको खोज अनुसधान गर्ने र त्यसलाई आधुनिकीकरण गरी युवा पुस्तामा समेत लोकप्रिय बनाउने काम उनले गरे ।
४) माथिको जीवनीबाट सिक्नुपर्ने कुराहरु के के हुन् ? बँुदागत रुपमा लेख्नुहोस् ।
१) जीवनमा धेरै समस्याहरु आइपरे पनि धैर्य गरी अगाडि बढ्नुपर्ने
२) निरन्तरको मिहिनेतले अवश्या नै सफलता प्राप्त गर्न सकिन्छ ।
३) सामाजिक कुरीति  उन्नति र प्रगतिका बाधक हुने भएकाले तिनको उन्मूलन गर्नुपर्न  ।
४) सामाजिक कुरीतिले सामाजिक सद्भाव तथा एकता समेत खलबलिने हुनाले त्यस्ता कुराका पछि लाग्नु नहुने ।
५)  हाम्रा युवा पुस्ताले हाम्रा आफ्नै  ताल, राग र स्वर नबुझेर पाश्चात्य सङ्गीततर्फ आकर्षित  भएको महसुस गरे । यस्ता नयाँ पुस्ताका युवालाई हाम्रो आफ्नै ताल राग र स्वरका बारेमा राम्ररी बुझाउन सके उनीहरुमा आफ्नै सङ्गीतको रुचि बढ्छ ।

५. व्याख्या गर्नुहोस्: 
क) मादलको तालबिना बन्दुको नाल पनि फितलो हुन्छ ।
 साङ्गीतिक परम्परामा मादलको तालको विशिष्ट स्थान रहेको छ । यसको ताल विना युद्धभूमिमा होमियका वीरयो्धाहरको रणकैशल पनि फिका बन्न सक्छ । त्यसैले नेपाली समाजमा मादलको तालको भूमिका र महत्तव उच्च रहेको स्पष्ट हुन्छ ।
 कलामा परिवर्तनको ठुलो सामथ्र्य हुन्छ । कतिपय मानिसहरु बन्दुकको नालबाट निस्किएको गोलीमा शक्ति हुन्छ भन्ने विश्वास गर्छन् । तर बन्दुकको नालबाट निस्किएको गोलीमा शक्ति हुन्छ भन्ने विश्वास गर्छन् । तर बन्दुकको नालबाट निस्किएको गोलीमा शक्ति प्रदान गर्ने काम मादलको तालबाट निस्किने ध्वनिले गर्छ । त्यसबाट संवेदनाको भाव जागृत हुन्छ । बन्दुकको नाललाई समेत सशक्त बनाउन मादलको तालले विशिष्ट भूमिका खेलेका हुन्छ ।
नेपाली बाजामा अति नै लोकप्रिय मानिएको मादलको तालबाट निस्कने धुनले हरेकको मनलाई सजिलै आकर्षित गर्छे । नेपाली कला जगत्मा मादलको तालको महत्व र विशिष्टता उच्च रहेको मान्न सकिन्छ ।
ख) आखिर मृत्युका अगाडि जीवनको केही लागेन ।
उत्तर   मानिसले जीवनमा  मृत्युबाट बाँच्ने उपाय गरे पनि आखिरमा मृत्युका चपेटामा पर्नै पर्छ भन्ने प्रस्तुत गरिएकोे छ ।  जीवनको लागि मृत्यु एउटा प्राकृतिक परिघटना हो । यसको सत्यता र सार्वभौमिकतालाई जुनसुकै प्राणीले पनि स्विकार्नै पर्छ । यसकोे विश्वव्यापी अजेय प्रभावका कारण कसैले पनि यससँग चुनौती गर्न सक्दैन ।
सरल व्यवहारका धनी र सङ्घर्षका इतिहास रहेको रामशरण दर्नाललाई आर्थिक लगायत थुप्रै समस्याहरुले जीवनको पूर्वार्धमा सताएको थियो । उनलाई उत्तरार्धमा आएपछि पार्किन्सन जामको रोगले दुःख दियो । यसबाट बाँच्न उनले अनेक उपाय गरे । लडेर बेहोस अवस्थामा अस्पतालमा एघार दिनसम्म मृत्युसँग लडिरहे पनि आखिर उनका केही चलेन । लेखनाथ पौड्यालले भनेझैँ ‘‘आयो टप्प टिप्यो मिति टारेर टर्दैन त्यो’’ भन्ने भनाइ चरितार्थ भयो ।  अजेय शक्ति मानिएका मृत्युका अगाडि कसैको जोरबल चल्दैन । उसले समय आएपछि हरेक प्राणीलाई आफ्नो चपेटामा पार्छ भन्ने शाश्वत सत्यलाई माथिको उद्धरणमा प्रस्तुत गरिएको छ ।
ग) साँचो अर्थमा लेखक त्यही हो, जो प्रतिकूल  परिस्थिति र कठिन अवस्थामा पनि आफ्नो लेखनलाई निरन्तरता प्रधान गरिरहन्छ , आफ्नो साधनाबाट कहिल्यै विमुख हुँदैन ।
उत्तर: लेखकका जीवनमा अनेकौँ अनुकूल र प्रतिकूल परिस्थितिहरु आउन सक्छन् । खास गरी प्रतिकूल र कठिन अवस्थामा लेखक आफ्नो लेखकीय धर्मबाट विचलित हुन सक्छ । कुनै पनि लेखकले आफ्नो ब्रह्मले ठह¥याएको सत्यको उद्घाटन गर्नुपर्छ मौलिकता र साधना बिनाको लेखन शाश्वत र कालजयी बन्न सक्दैन । त्यसैले आफ्नो मौलिक परम्परा र युगीन परिवेशलाई ख्याल गरी लेखकले आफ्नो लेखकीय धर्मको परिपालना गर्नुपर्छ भन्ने कुरालाई उक्त उद्धरणमा बताइएको छ ।
जत्तिसुकै प्रतिकूल र कठिन परिस्थितिमा पनि लेखकले आफ्नो लेखकीय धर्मलाई ख्याल गरी साधनालाई निरन्तरता दिनुपर्छ । जो प्रतिकूल र कठिन परिस्थितिबाट विचलित हुन्छ, त्यसले आफ्नो लेखकीय धर्मलाई निरन्तरता  दिन सक्दैन । 
६) निम्न लिखित बुँदाका आधारमा ‘साहित्यकार सम’ शीर्षकमा एउटा जीवनी रचना गर्ननुहोस् ।
साहित्यकार बालकृष्ण सम
बालकृष्ण सम  आधुनिक नेपाली साहित्यकारको जन्म वि. सं. १९५९ मा काठमाडौको ज्ञानेश्वरममा भएको थियो  आमा कर्तिराज्य लक्ष्मी र बुबा समरसमसेरका सुपुत्र बालकृष्ण सम तत्कालीन राणाहरुको वैभवमशााली परिवारमा जन्मिएका हुनाले बाल्यकालमा कुनै दुःख भोग्नु परेन । नेपाली साहित्यका निकै चर्चित व्यक्तित्व मानिएका पुष्कर समसेर उनको दाजु निकै हट्टकट्टा थिए भने समको स्वास्थ्य सानोमा निकै कमजोर थियो । त्यसबेला बाबुआमाले आफूले भन्दा दाजुलाई बढी माया गर्दा उनलाई पीडा हुने गथ्र्याे ।
 बालकृष्ण समको शिक्षारम्भ घरमै पं. तिलमाध देवकोटाद्धारा भएको हो । पछि उनले दरबार हाईस्कुलमा पढे र त्यहीँबाट म्याट्रिक उत्तीर्ण गरे । त्यसपछि उनले त्रिचन्द्र कलेजमा आइ. एस्सी. सम्मको अध्यान गरेका हुन् । पढ्दा पढ्दै उनलाई सैनिक बन्नुपरेकाले उनको उच्च शिक्षा हासिल गर्ने सपना अपुरै रह्यो । स्वअध्ययनबाटै विशिष्ट ज्ञान हासिल गरेका समले पछि त्रिचन्द्र कलेजमा प्राध्यापन गर्ने काम पनि गरे ।
घरको वातावरणले बालकृष्ण सम नाटक लेखन र निर्देशन तथा अभिनयमा आकर्षित भए । घरमै रङ्मञ्च थियो । राणा दरबारमध्ये सबैभन्दा उच्चस्तरको  रङ्गकञ्भ उनकै घरमा मात्र थियो । त्यहाँ सधैँ नाचगान र नाष्टक प्रदर्शन भइरहन्थे । यसले गर्दा उनको नाटकप्रति आकर्षण बढेको पाइन्छ । दरबार स्कुल पढ्दा स्वदेशी बाहेक विदेशी साहित्यकारहरुका रचना पढ्ने अवसर उनले पाएका थिए  । सोही क्रममा उनले विश्व प्रसिद्ध अङ्ग्रेजी  प्रसिद्ध साहित्यकार नाटककार विलियम सेक्सपियरका नाटकहरु पढे ।
बालकृष्ण समले विभिन्न प्रकृतिका नाटक लेख्नुका साथै आफैँ नाटकको अभिनय गर्न र नाटकको निर्देशन गर्ने काम समेत गरे । यिनले  विभिन्न व्यक्तिहरुलाई रङ्गमञ्चको तालिम दिने काम पनि गरे । विभिन्न व्यक्तिहरुलाई तालिम दिँदा लाग्ने खर्च पनि आफैँ गर्थे । उनले नेपाली नाटकको लेखन, प्रदर्शन, विकास र विस्तारमा अमूल्य योगदान दिए । नेपाली नाटक विधालाई उच्च शिखरमा पु¥याउने क्रममा समको विशिष्ट योगदान रहेको कुरा उनले पु¥याएको योगदानबाट स्पष्ट हुन्छ ।

७) जीवनमा प्राप्त अवसरले मानिसलाई प्रगति मार्गमा डो¥याउँछ भन्ने कुरालाई रामशरण दर्नालको जीवनीका् आधारमा विवेचना गर्नुहोस् । 
उत्तर
रामशरण दर्नालमा कला एवम् सङ्गीतप्रति रुचि जाग्ने अवसर घरबाटै प्राप्त भएको देखिन्छ । पछि उनले एकेडेमीमा जागिर पाएपछि उनमा कला र सङ्गीत प्रति थप प्रेरणा मिल्दै गयोे । फलतः उनले प्रशस्त अवसर र सम्मान पनि प्राप्त गरे । फलस्वरुप उनले सङ्गीत सम्बन्धी लेख, पुस्तक, साहित्यिक कृति लेखे । त्यति मात्र होइन, नेपाली लोकगीत, लोकबाजाहरुको खोज तथा अधुनिकीकरण गर्न देश विदेश जाने गर्नुका साथै याुवाहरुलाई नेपाली सङ्गीतका ताल, राग र स्वरप्रति आकर्षित गर्न धेरै प्रयत्न पनि गरे । उनले गरेका प्रयत्नहरु धेरै सफल पनि भए ।
दलित परिवारमा जन्मिएका कारणले उनले धेरै अपमान र दुःख खपेका थिए । उनले भोगेका जातीय अपमानका कुरा आजका मानिसले त कल्पनासम्म पनि गर्न सक्तैनौँ । स्थापित साहित्यकारसमेत कविताका आवरणमा उनीमाथि जातीय अपमान गर्न चुक्तैन थिए । उनी जातीय अपमान र भेदभावको यस कुरीतिलाई मिल्काउन  चाहन्थे । जातिका आधारमा गरिने अमानवीय व्यवहार मानवता विरोधी कर्म हो भन्ने मान्यता उनको थियो । उनका पिता सत्यकुमार दलितले पशुपतिमा प्रवेश पाउनुपर्छ  भन्ने आन्दोलनका अभियन्त थिए । जीवनको उत्तरार्धतिर रामशरणले जातीय मुक्ति अभियानअन्तर्गत आफ्ना समुदायका मानिसहरुलाई सङ्गठित  गर्ने काम गरेका थिए । यति भएर पनि  उनको मूल ऊर्जा भने प्राज्ञिक कर्मतर्फ नै समर्पित भयो । उनले आफूलाई असीमित सङ्घर्षको कसीमा घोटिएको अकबरी सुनको रुपमा उभ्यान सफल भए । उनी आफ्ना कृतिगत योगदाका कारणले नेपालीका मन मस्तिष्कमा सदैव जीवित रहेका छन् ।
८) तलको सूचीमा भएका शब्दसँग वाक्यमा रेखाङ्कित शब्दको जोडा मिलाउनुहोस्:
 क) उनी जागिरे जीवनबाट निवृत्त भएपछि परिवारको आर्थिक अवस्था झन् जर्जर बन्न पुग्यो ।
उत्तर मुक्त क) उनी जागिरे जीवनबाट निवृत्त भएपछि परिवारको आर्थिक अवस्था झन् जर्जर बन्न पुग्यो ।
ख) यस्तो विपन्नतामा बाल्यकाल गुजारेका रामशरणले विद्यालयको शुल्क समेत तिर्न सकेनन् ।
उत्तर गरिबी ख) यस्तो विपन्नतामा बाल्यकाल गुजारेका रामशरणले विद्यालयको शुल्क समेत तिर्न सकेनन् ।
घ) उनलाई बिना कसुर सो सेवाबाट अवकाश दिइयो ।
उत्तर छुट्टी घ) उनलाई बिना कसुर सो सेवाबाट अवकाश दिइयो ।
ङ) मादलको तालबिना बन्दुकको नाल पनि फितलो हुन्छ ।
उत्तर कमजोर ङ) मादलको तालबिना बन्दुकको नाल पनि फितलो हुन्छ ।
__________________



म को हुँ ?


शाराशं
निबन्धकार सुधा त्रिपाठीद्धारा लिखित ‘म को हुँ ’ निजात्मक अनुभूतिहरुलाई प्रस्तुत गरिएको एक विचार प्रदान निबन्ध हो ।   त्यस्तो लेखकको कर्मलाई यस निबन्धमा अन्यथा नलिन निबन्धकारले आग्रह गरेकी छन् । लेखकले फुलको सन्निकटताबाट कोमल भावका साथै जीवनको क्षणिकतालाई बोध गर्न सक्छ । बादलको रिसाहा र आँसु बर्साइ, पहाडबाट धैर्य, नदीनालाबाट सङ्गीत, हिंस्रक जनावरबाट हिंस्रकमन र चराहरुबाट उन्मुक्त भावका साथै प्रकृतिबाट शुष्कता र उत्साह आदि चोर्ने गरेको बताउँछिन् । प्रकृतिलाई सबैले चोरेको र ठगेको कुरा पनि उनी निर्धक्क उल्लेख गर्छिन । आमारुपी प्रकृति बाबुबाट कोमलता र स्वभिमान, गरिबहरुबाट पीडा र दासता, नेपाली महिलाहरुबाट निस्सारलागे रुवाइ र कुण्ठाको भाव, बालक साहित्यिक रचना आदिबाट पनि आफूले भान चोरी गर्ने गरेको लेखक बताउँछिन् । आमा सवयं सृष्टिकर्ता भएकाले सन्तानको वियागको पिडा र लेखकका लागि निकटतम साथी पनि हुने भएकाले आमाबाट धेरै भाव लिन सकिने कुरा उल्लेख गरिएको छ ।  आमाबाट छोराछोरीप्रति गरिने भेदभाव र सामाजिक विषमताको पनि लेखकलाई ज्ञान हुने भएकाले लेखकले आमाका संवेदनशील भाव र सामाजिक विषमत्लाई समेत उजागर गर्नुपर्छ भन्ने सन्देश यस निबन्धमा दिएको पाइन्छ ।
यसमा लेखक त्रिपाठीले लेखकले अँगाल्ने विभिन्न विषयवस्तु तथा भावहरु निजी सृष्टि नभएर जीवन जगत्सम्बन्धी परिवेशबाटै  लिएको हुन्छ र त्यसप्रति कसैले पनि नकारात्मक दृष्टिकोण राख्नु उचित हुँदैन भन्ने  सन्देश दिइएको पाइन्छ । बालकहरुका निश्छल, निष्कश्ट भाव र साहित्यबाट अनि मर्मस्पर्शी र हृदय विदारक विषयवस्तुलाई ग्रहण गरी सिर्जना गर्न सक्छ । यस्ता विविधतायुक्त विषय वा भावलाई नकारात्मक लिनु उपयुक्त  नहुने सन्देश पनि यस निबन्धले दिएको छ ।

प्रश्नोत्तर

१) निबन्धको पाँचौँ अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस ् :
क) फुलबाट क्षणिकताको भाव चोरिन्छ ।
ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ ।
ग) सल्लाघारीका सुसाइबाट पहडको चोटको भाव चोरिन्छ ।
घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ ।
उत्तर
क) ठिक
ख) बेठिक
ग) ठिक
घ) ठिक

२) निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएको प्रश्नहरुको उत्तर भन्नुहोस् :
क) चोरीको माल बाँड्ने माध्यम के हो ?
उत्तर : चोरीको माल बाँड्ने माध्यम साहित्य हो ।
ख) चोरीको कति भाव चाहिँ ढुकुटीमा जम्मा हुन्छ ?
उत्तर : चोरीको एक चतुर्थाश भाव चाहिँ ढुकुटीमा जम्मा हुन्छ ?
ग) लेखकले चोर्ने कुराको मुल्याङ्कन तपाईले कसरी गर्नुभयो ?
उत्तर लेखकले भाव चोर्नु सामान्या भएकाले त्यसलाई मैले सकारात्मक रुपमा मूल्याङकन गरेँ ।

३) तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् :
क) महिलाको भूमिकाको वर्णन पाइने सञ्चारका माध्याम कुन कुन हुन् ?
उत्तर  पत्र पत्रिका,  टेलिभिजन, चलचित्र आदि महिलाको भूमिकाको वर्णन पाइने सञ्चारको माध्याम हुन् ।
ख) सुरुमा ्महिला र पुरुषलाई कसरी हेरिन्थ्यो ?
उत्तर : पहिले पहिले पुरुषलाई घर बाहिर गएर काम गर्ने रुपमा हेरिन्थ्यो र महिलालाई घरमा बसी छोराछोरी हेर्ने र घरको काम गर्ने रुपमा हेरिन्थ्यो ।
ग) लैङ्गिडक न्याय किन आवश्यक छ ?
उत्तर : परम्परागत सामाजिक असमानता र विकृति हटाउन लैङ्गिक न्याय आवश्यक छ ।
घ) यस अनुच्छेदको मुख्या सन्देश के हो ?
उत्तर : समाजको साँस्कृतिक एवम् धार्मिक क्षेत्रमा महिला र पुरुष समान हुन्छ र समाजको स्थापनको लागि महिला पुरुषमा सम व्यवहार आवश्यक छ भन्ने यस अनुच्छेदको मुख्या सन्देश हो ।

बोलाइ

१ ) तलका शब्दहरुको ठिक उच्चारण गर्नुहोस् र उदाहरणमा देखाए जस्तै गरी उच्चारण गरिएको कुरा लेख्नुहोस् :
जस्तै : जीवन ÷जिबन, आज्ञाकारी÷आग्ग्याँकारि
क्षणिक, खुल्दुली, सहृलयी , प्रतिक्षा, अभीष्ट रिक्तता, स्मृतिपुञ्ज , मुल्याङ्कन, स्निग्ध, विस्मृत
उत्तर :
क्षणिक – छय.ण्क्
िखुल्दुली– खुल्.दु.लि
सहृदयी – स. रि. द. इ
प्रतीक्षा – प्र. तिक्.छ्या÷प्र.ति.छ्या
अभिष्ट –अ.भिस्.ट
रिक्तता– रिक्.त.ता
स्मृतिपुञ्ज – स्म्रि.ति.पुन्.ज
मुल्याङ्कन – मुल. ल्याङ्. कन्
स्निग्ध – स्निग्.ध
विस्मृत – बिस्. म्रित्
२) निबन्धमा लेखकले केका लागि किन चोरी गर्नै विचार बनाएकी हुन् भन्ने बारेमा समूहमा छलफल गरी त्यसको निष्कर्ष कक्षामा प्रस्तुत गर्नुहोस् ।
साहित्य संसारमा भएका र अर्काका गतिविधि एवम् सिर्जनालाई चोरी गरी लेखिने कुराको तथ्यपरक अभिव्यक्ति प्रस्तुत गर्नू नै लेखकको उद्देश्य रहेको देखिन्छ । निबन्धमा लेखकले साहित्य सिर्जनाका लागि समाज, परिवार, प्रकृति, संस्कृति, दन्तयकथा, साहित्य आदिबाट चोरी गर्न विचार बनाएकी हुन् ।  उनले आफ्नो सिर्जनालाई सशक्त एवम् प्रभावकारी बनाउन कसैको आलोचनालाई वास्तै नगरी भाव चार्ने  काम गरेकी छन् ।
जुनसुकै साहित्यकारले आफू बाँचेको वरिपरिको परिवेश र उसले देखेको  अनि सुनेको कुरालाई नै अनुभूतिमय बनाएर सिर्जनामा पस्किने गर्छ । लेखकले आफूले चोर्न खोजेको  कुरा कसैबाट पनि नपाइने हुँदा बाध्य भएर आपूmले चोरेको कुरा गरेकी छन् । आफू बाँच्नकै लागि पनि चोर्न बाध्य भएको कुरा नढाँटी उल्लेख गर्छिन । उनी आफूलाई सिर्जनात्मक क्षमताका दृष्टिले विपन्न वर्गका कारण पनि चोरी गरेको उनी बताउँछिन् । उनी आपूmलाई सिर्जनामा आवश्यक पर्ने फूलको क्षणिकता, बादलको रिसाहा र आँसु बर्साइ, पहाडबाट धैर्य, नदीनालाबाट सङ्गीत, हिंस्रक जनावरबाट हिंस्रकमन र चराहरुबाट उन्मुक्त भावका साथै प्रकृतिबाट शुष्कता र उत्साह आदि चोर्ने गरेको बताउँछिन् । प्रकृतिलाइ सबैले चोरेको र ठगेको कुरा पनि उनी निर्धक्क उल्लेख गर्छिन । आमारुपी प्रकृति बाबुबाट कोमलता र स्वभिमान, गरिबहरुबाट पीडा र दासता, नेपाली महिलाहरुबाट निस्सारलाग्दो रुवाइ र कुण्ठाको भाव, बालक साहित्यिक रचना आदिबाट पनि आफूले  चोरी गर्ने गरेको लेखक बताउँछिन् ।
भावयुक्त साहित्यिक कृतिको सिर्जनाका लागि जीवन भोगाइ र सम्पर्कमा आएका हरेक पक्षबाट आफूले चोरी गर्र्ने गरेको बताएकी छन् र त्यसले साहित्यलाई विविधता प्रदान गर्दै रोचक अनि सशक्त बनाएको कुरालाई समेत प्रस्तुत गरेकी छन् ।

३) मनिला र प्रवेश एउटा पुस्तक पसलमा भेट हुन्छन् । कस्तो पुस्तक पढ्ने भन्ने बारेमा उनीहरुका बिच हुने कुराकानी लेखी हाउभाउसहित कक्षामा प्रस्तुत गर्नुहोस् :
मनिला : प्रवेश तिमी पनि पुस्तक पसलमा आएको छौ नि किन ?
प्रवेश : पुस्तक किन्नुँ कि भनेर आएको ।
मनिला : कुन पुस्तक किन्न खोजेको हौ नि ?
प्रवेश : म त सामाजिक समस्या, भेदभाव सम्बन्धी पुस्तक हेर्न मन पर्छ ।
मनिला :  गुरुले पनि सामाजिक भेदभाव सम्बन्धी पुस्तक हेर्नै भन्नुभएको छ नि ।
प्रवेश : त्यसैले सामाजिक भेदभाव सम्बन्धी पुस्तक किनेर लैजाऊ भनी आएको ।
मनिला : प्रवेश मैले त सामाजिक भेदभाव भनेको कुरै बुझ्या छैन । तिमीलाई केही थाहा छ भने बताइदेऊ न ।
प्रवेश : मलाई पनि सबै थाहा छैन जानेको कुरा भन्छु, ध्यान दिएर सुन् ।
मनिला : ल भन त ।
प्रवेश : प्राचिन कालदेखी चली आएको भेदभाव जस्तै नारी र पुरुष, गरिब र धनी, छोरा र छोरीका बिच गरिने भेदभाव छ नि त्यसैलाई सामाजिक भेदभाव भनिन्छ, बुझ्यौ ?
मनिला : यसले के बेफाइदा गर्छ त । त्यो कुरा चाहिँ बताइदेऊ न त ।
प्रवेश : यसले समाजमा झगडा द्धन्द्ध सिर्जना गर्छ । समाजमा यस्ता समस्याले ठुलो असर पर्छ ।
मनिला : तिमीले धैरै कुरा बझेको रहेछौ गुरुले भनेको किताब किनेर घर तिर लागौँ ।
प्रवेश : हुन्छ घर जाऊ । (दुवै जना घर तिर लाग्छन्)
४) तपाई आफूलाई कसरी चिनाउनुहुन्छ ? आफ्ना बारेमा बुँदा बनाउनुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।
क) सामान्य परिवारको सदस्या कक्षा नौमा अययनरत छु ।
ख) अतिरिक्त क्रियाकलाप खेलकुद, साहित्य, वक्तृत्व कला , वाद विवाद आदिमा भाग लिएर प्राय प्रथम , द्धितिय हुँदै आएको छु ।
ग) साथीहरु र गुरुले मलाई धेरै माया गर्छन ।
घ) भविष्यमा राजनितिक क्षेत्रमा लागि देशको सेवा गर्न अठोट गरेको छु ।
पढाइ
२) पाठ पढेपछि लेखक कस्तो खालकी चोर हुन् भन्ने कुरा अनुमान गर्नुभयो, लेख्नुहोसे् ।
उत्तर   सुधा त्रिपाठीद्धारा लिखित कक्षा नौ को म को हुँ भन्ने पाठ पढेपछि लेखक अरुले सोचेको जस्तो चोर होइनन्  भन्ने लाग्यो । यस पाठमा लेखकले निधर्कले चोर्ने गरेको कुरा बताएकी छन् । उनले आफ्नो सृजना कार्यलाई सशक्त र प्रभावकारी बनाउन समाज, परिवार, प्रकृति, साहित्य, दन्त्य कथा आदिबाट भाव चोरी सिर्जन गर्ने गरेको कुरालाई उल्लेख गरेकी छन् । लेखकले आफ्नो वरिपरिको परिवेश तथा अरु बाट लेखिएका कृति तथा अरुबाट सुनिएका कुरालाई नै साहित्यमा उतार्न काम गर्छ ।
उक्त पाठ पढेपछि मैले लेखकलाई मानवीय भावना र संवेदनशील पक्षहरुलाई लिएर साहित्य  सिर्जना गर्ने एक बहुप्रतिभाशाली व्यक्तिका रुपमा रहेको अनुमान गरेँ । साहित्याको सिर्जनामा चोरी गर्ने काम हुन्छ र त्यसलाई आफूले पनि आफ्नै क्षमता र सामथ्र्यका आधारमा आफू वरिपरिको परिवेशलाई चोरी गरी साहित्य सिर्जना गरेको कुरा बताएकी छन् । उनको यो स्पष्ट वादिताका कारण उनी एक सफल लेखक हुन् भन्ने  मैले अनुमान गरेको छु ।

३) ‘म को हुँ निबन्ध पढी यसका सबै विषयलाई समेट्ने गरी समूहमा पाँच ओटा प्रश्न  निर्माण गर्नुहोस् र शिक्षकालाई देखानउनुहोस् ।
प्रश्न १) चोरी स्वीकार गर्दा पनि लेखकलाई लाज नलाग्नुको कारण के हो ?
प्रश्न २)  निबन्धकार किन चोरी गर्ने बाध्य छिन् ?
प्रश्न ३) ‘म को हु’ निबन्धको मुल आशय के हो ?
प्रश्न ४) लेखकले परिवारका कुन कुन सदस्यबाट बढी चोरीको काम गरेकी छन् ?
प्रश्न ५) लेखकप्रति के कस्ता आशङ्काहरु गरिएका छन् ?

४) उक्त प्रश्नको उत्तर पनि तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तर पश्न १
लेखकलाई मानवीय भावना र संवेदनशील पक्षहरुलाई लिएर साहित्य  सिर्जना गर्ने एक बहुप्रतिभाशाली व्यक्तिका रुपमा रहेको अनुमान गरेँ । साहित्याको सिर्जनामा चोरी गर्ने काम हुन्छ र त्यसलाई आफूले पनि आफ्नै क्षमता र सामथ्र्यका आधारमा आफू वरिपरिको परिवेशलाई चारी गरी साहित्य सिर्जना गरेको कुरा बताएकी छन् ।
लेखक त्रिपाठी  आफूलाई चोर भनेकोमा  खुसी हुन्छन् । आफू चोर भएको कुरा निर्धक्क स्विकार्छिन र पक्का चोर बन्न नसकेकोमा पछुतो गर्छिन । पक्का चोर बन्न  निकै अभ्यास गनुपर्ने कुरालाई समेत उनले महसुस  गरेकी छन् । सिर्जनामा भावहरु चार्ने पर्र्ने भएकाले लेखकलाई चोरी स्वीकार गर्ने पनि लाज नलाग्ंनुको प्रमुख कारण हो ।
प्रश्न २ को उत्तर
निबन्धकार त्रिपाठी इमानदार चोर बन्न प्रयासरत रहेको बताउँछिन् ।  साहित्य सिर्जना गर्दा विविध क्षेत्रबाट विविध भावहरु चार्नुपर्न भएकाले ती मागेर प्राप्त गर्न अवस्था हुन्न । अमूर्त भावहरु चोरेर मात्र लेखकले प्राप्त गर्न सक्छ । अतः अमूर्त भावहरु चोरी गर्ने  पर्ने बाध्याताले उनी चारी गर्न बाध्य छिन् ।
प्रश्न ३ को उत्तर
सुधा त्रिपाठीद्धारा लिखित कक्षा नौ को म को हुँ भन्ने पाठ पढेपछि लेखक अरुले सोचेको जस्तो चोर होइनन्  भन्ने लाग्यो । यस पाठमा लेखकले निधर्कले चोर्ने गरेको कुरा बताएकी छन् । उनले आफ्नो सृजना कार्यलाइ सशक्त र प्रभावकारी बनाउन समाज, परिवार, प्रकृति, साहित्य, दन्त्य कथा आदिबाट भाव चोरी सिर्जन गर्ने गरेको कुरालाई उल्लेख गरेकी छन् । लेखकले आफ्नो वरिपरिको परिवेश तथा अरुबाट लेखिएका कृति तथा अरुबाट सुनिएका कुरालाई नै साहित्यमा उतार्न काम गर्छिन ।
लेखकले आफ्नो सिर्जनामा प्रकृतिबाट कठोरता, कोमलता, निस्सारत, प्रतीक्षा र धैर्य, जन जीवनी छटपटी र निःश्वास, हिंस्रकता, उन्मुक्ता र निरसता जस्ता भावहरु चोरी गर्ने काम गर्छ । हरेक लेखकले प्रकृतिको भरमार उपयोग गरेको हुन्छ । त्यस्तै आफ्ना बाबाआमा, ससाना नानीहरु आदिबाट पनि भावहरु चोरी सिर्जनामा उतार्ने काम लेखकबाट भएकै हुन्छ । लेखक आफू मातृ हृदयले आप्लावित भएका कारण कोमल भावहरु प्रकृति आफ्नो आमा र कला तथा साहित्याबाट ग्रहण गर्ने गरेको कुरा बताउँछिन् ।
यस साहित्यमा  सिर्जनालाई चोरी भनी लान्छना लगाएर हेर्नुको सट्टा सम्मानित हिसाब हेर्नु उपयुक्त हुन्छ भन्ने आशय यस निबन्धको रहेको देखिन्छ ।
प्रश्न नम्बर ४ को उत्तर
सुधा त्रिपाठीका अनुसार आजसम्म सबभन्दा बढी चोरी आमाबाटै गरेको कुरा उनी बताउँछिन । उनका लागि जगत्भरकै आमा एकाकार भएर  आएका छन् । उनकी आमा आमा मात्रै नभएर निकटतम सँगिनी पनि हुन् । आमाले अनेक पिडा सहनुपर्छ । सन्तान वियोगको पीडादेखि लिएर मातृत्वको भाव प्रभाव गर्ने काममा आमाको भूमिका विशिष्ट किसिमको हुने गर्छ । संसारप्रति  कस्तो दृष्टि राख्नुपर्छ भन्ने कुरा आमाबाटै लेखकले ग्रहण गरेकी हुन् । छोरालाई भन्दा छोरीलाई माया नगरी नहुने भाव पनि लेखकले आमाबाटै चोरी गरिन् त्यस्तै छोरीलाई बन्धनमा राख्नुको सट्टा क्रियाशील बनाउनुपर्छ भन्ने पवित्र भाव पनि  आमाबाटै  चोरी गरिन । समाजले सिर्जना गरेका छोरीप्रति गरिने लैङ्गिक विषयतायुक्त भावको चोरी पनि आमाबाटै गरेको र यस्ता अनगिन्ती भावहरु आमाबाट प्रशस्त मात्रामा चोरेको लेखकले बताएकी छन् । आफ्ना परिवारका आमाबुबा जस्ता सदा आदर र सम्मान गरिने परिवारका सदस्या  वा अभिभावकबाट चोरीको काम गरेको उल्लेख गरेकी छन् ।
प्रश्न ५ को उत्तर सुधा त्रिपाठीद्धारा लिखित कक्षा नौ को म को हुँ भन्ने पाठ पढेपछि लेखक अरुले सोचेको जस्तो चोर होइनन्  भन्ने लाग्यो । यस पाठमा लेखकले निधर्कले चोर्ने गरेको कुरा बताएकी छन् । उनले आफ्नो सृजना कार्यलाई सशक्त र प्रभावकारी बनाउन समाज, परिवार, प्रकृति, साहित्य, दन्त्य कथा आदिबाट भाव चोरी सिर्जन गर्ने गरेको कुरालाई उल्लेख गरेकी छन् यसरी लेखकप्रति रहेको नकारात्मक धारणा चिरी सकारात्मक सोच निर्माणका निम्ति आफुले चोर्ने गरेको कुरालाई यस निबन्धमा प्रस्तुत गरिएको छ । तर समाजबाट लेखकको कर्मप्रति अनेक आशङका गरिएका छन । त्यस्ता आशङका मेटाउनका निम्ति लेखकबाट स्पष्टीकरण दिने काम भएको छ ।
आँखा ठुला ठुला पारेर शङका गर्दै सज्जन ठानिएकी लेखकप्रति चोरीको आरोप लगाउँदा लेखक आफू मानसिक रोगी ठानेर त्यस्तो शङका गरेको हो कि भनी उल्लेख गर्छिन् । आफु लाई चोर भनिएमा उनी रमाउने कुरा गर्छिन् । आफुले जतिसुकै स्पष्टिकरण दिएपनि मानिसले इमानदार हो होइन भनि शङका गर्छन । लेखक  त्यस्ता शङ्काहरुलाई मरिमेट्न प्रयासरत रहेको पनि बताउँछिन् ।
त्यस्तै चोर पनि इमानदार हुन्छन् भन्ने  शङ्का उपशङ्काका बारेमा समेत उनी आफ्नो अभिमत अघि सार्छिन् । पशुभन्दा केही बाँच्न मन लागे पनि आफूसँग सामेल नभएकाले चोरी  गरेको लेखकले उल्लेख गरेकी छन् । लेखकले आफूले चार्ने धर्मलाई नछोडेको बताए पनि अरुले उनलाई के के चेरेकी हालिन् भन्ने शङ्का उपशङ्का गर्न छोड्दैनन् । त्यसैले उनी आफूले चार्न पाएँ कुरा मात्र चोर्ने गरेको स्पष्टीकरण दिन्छिन् ।

लेखाइ

१ निबन्धको सातौ अनुच्छेदबाट मुख्य मुख्य पाँच बुँदा टिपी सारांश लेख्नुहोस् ।
क) निबन्धमा लेखकले आमाबाट सबैभन्दा धेरै भाव चोरेको ।
ख) सन्तानको वियोगको पिडा  र आमा निकटतम सँगिनीका रुपमा रहेकी  पिडा पनि आमाबाटै चोरेको ।
ग) छोरा छोरीप्रति गरीने सामाजिक  भेदभावप्रतिको दृष्टिकोण पनि आमाबाटै लिएको  ।
घ) छोरी जातका सामाजिक विषमताका साथै अनगिन्ती कुराहरु आमाबाटै लिएको ।
ङ) सृष्टिकर्ताका रुपमा रहेकी आमाबाट संसारलाई हेर्ने दृष्टिकोण बनाएको ।
आमाबाट लिएका भावहरु
सुधा त्रिपाठीका अनुसार आजसम्म सबभन्दा बढी चोरी आमाबाटै गरेको कुरा उनी बताउँछिन । उनका लागि जगत्भरकै आमा एकाकार भएर  आएका छन् । उनकी आमा मात्रै नभएर निकटतम सँगिनी पनि हुन् । आमाले अनेक पिडा सहनुपर्छ । सन्तान वियोगको पीडादेखि लिएर मातृत्वको भाव प्रभाव गर्ने काममा आमाको भूमिका विशिष्ट किसिमको हुने गर्छ । संसारप्रति  कस्तो दृष्टि राख्नुपर्छ भन्ने कुरा आमाबाटै लेखकले ग्रहण गरेकी हुन् । छोरालाई भन्दा छोरीलाई माया नगरी नहुने भाव पनि लेखकले आमाबाटै चोरी गरिन् त्यस्तै छोरीलाई बन्धनमा राख्नुको सट्टा क्रियाशील बनाउनुपर्छ भन्ने पवित्र भाव पनि  आमाबाटै  चोरी गरिन । समाजले सिर्जना गरेका छोरीप्रति गरिने लैङ्गिक विषयतायुक्त भावको चोरी पनि आमाबाटै गरेको र यस्ता अनगिन्ती भावहरु आमाबाट प्रशस्त मात्रामा पाइन्छ ।

२) निबन्धका मुख्य मुख्य सन्देशका बारेमा विवेचना गर्नुहोस् ।
 निबन्धकार सुधा त्रिपाठीद्धारा लिखित ‘म को हुँ ’ निजात्मक अनुभूतिहरुलाई प्रस्तुत गरिएको एक विचार प्रदान निबन्ध हो ।   त्यस्तो लेखकको कर्मलाई यस निबन्धमा अन्यथा नलिन निबन्धकारले आग्रह गरेकी छन् । लेखकले फुलको सन्निकटताबाट कोमल भावका साथै जीवनको क्षणिकतालाई बोध गर्न सक्छ । बादलको रिसाहा र आँसु बर्साइ, पहाडबाट धैर्य, नदीनालाबाट सङ्गीत, हिंस्रक जनावरबाट हिंस्रकमन र चराहरुबाट उन्मुक्त भावका साथै प्रकृतिबाट शुष्कता र उत्साह आदि चोर्ने गरेको बताउँछिन् । प्रकृतिलाई सबैले चोरेको र ठगेको कुरा पनि उनी निर्धक्क उल्लेख गर्छिन । आमारुपी प्रकृति बाबुबाट कोमलता र स्वभिमान, गरिबहरुबाट पीडा र दासता, नेपाली महिलाहरुबाट निस्सारलागे रुवाइ र कुण्ठाको भाव, बालक साहित्यिक रचना आदिबाट पनि आफूले भान चोरी गर्ने गरेको लेखक बताउँछिन् । आमा सवयं सृष्टिकर्ता भएकाले सन्तानको वियागको पिडा र लेखकका लागि निकटतम साथी पनि हुने भएकाले आमाबाट धेरै भाव लिन सकिने कुरा उल्लेख गरिएको छ ।  आमाबाट छोराछोरीप्रति गरिने भेदभाव र सामाजिक विषमताको पनि लेखकलाई ज्ञान हुने भएकाले लेखकले आमाका संवेदनशील भाव र सामाजिक विषमत्लाई समेत उजागर गर्नुपर्छ भन्ने सन्देश यस निबन्धमा दिएको पाइन्छ ।
                                                                       यसमा लेखक त्रिपाठीले लेखकले अँगाल्ने विभिन्न विषयवस्तु तथा भावहरु निजी सृष्टि नभएर जीवन जगत्सम्बन्धी परिवेशबाटै  लिएको हुन्छ र त्यसप्रति कसैले पनि नकारात्मक दृष्टिकोण राख्नु उचित हुँदैन भन्ने  सन्देश दिइएको पाइन्छ । बालकहरुका निश्छल, निष्कश्ट भाव र साहित्यबाट अनि मर्मस्पर्शी र हृदय विदारक विषयवस्तुलाई ग्रहण गरी सिर्जना गर्न सक्छ । यस्ता विविधतायुक्त विषय वा भावलाई नकारात्मक लिनु उपयुक्त  नहुने सन्देश पनि यस निबन्धले दिएको छ ।

३. व्याख्या गर्नुहोस् :
क)प्रकृति त  प्रकृति नै भयो, उसलाई चाहिँ चोरेको, ठगेको, लुटेको छ्रैन र ?
उत्तर   प्रकृति सबैको उपयोगी वस्तु हो । यसको उपयोग जो कोहीले पनि गरिरहेको हुन्छ ।  यसलाई कसैले पनि आफ्नो पेवा वा सम्पत्तिका रुपमा लिन सक्दैन ।   लेखकले त प्रकृतिलाई हरतरहले उपयोग गर्दै आफ्नो सिर्जनालाई सशक्त र प्रभावकारी बनाएको हुन्छ । लेखकले आफ्नो सिर्जनामा प्रकृतिबाट कठोरता, कोमलता, निस्सारत, प्रतीक्षा र धैर्य, जन जीवनी छटपटी र निःश्वास, हिंस्रकता, उन्मुक्ता र निरसता जस्ता भावहरु चोरी गर्ने काम गर्छ । हरेक लेखकले प्रकृतिको भरमार उपयोग गरेको हुन्छ । त्यस्तै आफ्ना बाबाआमा, ससाना नानीहरु आदिबाट पनि भावहरु चोरी सिर्जनामा उतार्ने काम लेखकबाट भएकै हुन्छ ।
प्रकृतिको अथाह भावहरु लुकेका हुन्छन् । त्यसलाई सबैले निर्बाध रुपमा उपयोग गर्न सक्छन् र लेखकले पनि प्रकृतिलाई आफ्नो अनुकूल उपयोग गरी साहित्य सिर्जना गर्छ भन्ने  कुरालाई माथिको अंशमा प्रस्तुत गरिएको छ ।
ख) आमाबाबाबाहेक मेरो अर्काै ईश्वर छैन ।
 आमाबाबाबाट सिर्जनाका क्र्रममा अनेकौँ विशिष्ट अनुभूतिहरुलाई उपभोग गरेको कुरा यहाँ सङ्केत गरेको पाइन्छ । लेखकलाई आफ्ना आमाबाबा नै सिर्जनका निम्ति सर्वेसर्वा प्रेरणाका स्रोत भएको लागेको छ । निश्चय नै लेखकले मूल रुपमा आफ्ना आमाबाबाबाटै सिर्जना गर्न प्रेरणापाउँछन् र ती प्रेरणहरु सर्जकलाई स्वीकार्य पनि हुन्छन् ।
लेखकले आमाबाट ज्यादै धेरै कुराहरु सिक्ने, बुझ्ने र अनुभव गर्न अवसर प्राप्त गरेको हुन्छ । व्यावहारिक र सामाजिक सम्बन्धका अनेक आयामहरुका बारेमा लेखकले आमाबाबाट ज्ञान हासिल गरी त्यसको प्रतिविम्बलाई साहित्यमा उतार्ने काम गर्छ ।  सृष्टिकर्ताका रुपमा परिभाषित आमाका अनेक आयाम हुन्छन् । आफ्ना सन्तानसँग उनको आत्मीय सम्बन्ध मात्र होइन, साथीभाइको जस्ता मित्रता पनि हुने गर्छ । भित्री कुराहरु साथीभाइहरुसँग मान गरिन्छ । आफ्ना सन्तानसँग आमाले आफ्ना सन्तान वियोगका साथै अन्य थुप्रै भित्री कुराहरु गर्ने सक्छिन् । हृदय खोलेर आमाले आफ्ना सन्तानलाई सबै कुरा बताउने गर्छिन् । यस्तै आमाले भोगेका र लेखकले सहजै ग्रहण गर्ने अवसर प्राप्त गर्दछ ।
४) ‘म फुल हुँ’ शीर्पकमा एउटा अनुच्छेद रचना गर्नुहोस् । 
म फुल हुँ
मेरो हरेक अङ्ग अङ्गमा कोपलता व्यप्त छ । म कसैप्रति कठोर व्यवहार गर्दिनँ र मानिसलाई म बाट प्रेरणा लिन अनुरोध गर्छु । मेरो चाहना ईश्वरको पाउमा सजिने र सधैँ मानिसलाई कठोरता त्यागी सरलता, कोमलता र स्निग्धता प्रदान गर्ने रहेको छ । मेरो रुपरङ्ग देखेर नलोभिने मानिस सँसारमा कमै हुन्छन् ।  मलाई घरको कौसी, आँगन, करेसाबारी, बगैँचा आदि जताततै फुल्न पाउँदा रमाइलो लाग्छ । म सधैँ हाँसेर जीवन बिताउने प्रेरणा पनि दिन्छु ।
५) ‘ मेरा सपनाहरु’ भन्ने शीर्षकमा सर्वप्रथम शिक्षकबाट बुँदाहरु प्राप्त गर्नुहोस् । शिक्षकबाट प्राप्त ती बुँदालाई निबन्धका रुपमा लेख्नुहोस् ।
क)  प्रत्येक व्यक्तिको लक्ष्य फरक हुन्छ । मेरो पनि आफ्नै प्रकारका रहेको छ ।
ख)  अङग्रेजी विषय लिई स्नातक तह सकी  पी एच डी गर्ने
ग) आफ्नै गाउँमा गएर शिक्षक बन्ने
घ) अशिक्षित गाउँलाई शिक्षित बनाउने 
ङ) देशकै शिक्षित गाउँ र चेतनशील समाज बनाउने ।
५. मेरा सपनाहरु
मेरो गाउँ मलाइै धेरै प्यारो लाग्छ । म जुन गाउँमा हुर्के, बढेँ र  कही सिक्ने मौका पाए त्यस गाउँलाई म कदापि भुल्न सक्दिनँ । आफ्नो  देशको चौतर्फि विकासबाट  हाम्रो गाउँको समृधि आउन सक्छ भन्ने मलाई लाग्छ । गाउँको विकासका लागि पहिलो सर्त स्वस्थ र  शिक्षीत जनशक्ति हुनु आवश्यक हुन्छ । शिक्षा जनशक्तिबाटै विकास निर्माणका काम सम्भव हुने गर्छन  । अनेक समस्या र विभिन्न समान्या कुराको पनि ज्ञान नहुँदा गाउँलेहरुमा जनचेतना फैलाउने सेवा प्रदान गर्न सपना लिएको छु ।
 संसारमा सपना सजाएर अघि बढ्ने चाहना सबै मानिसको हुन्छ । भविष्यमा गएर कसैले डाक्टर, कसैले वकिल, कसैले इन्जिनियर,कसैले प्राध्यापक त कसैले आफ्नै प्रकृतिका सपना छन् । म अरु जस्तो विदेशी भूमिमा गएर झिलीमिली संसारमा रमाउन चाहन्नँ आप्mनै जन्मभूमिमा उच्च शिक्षा हासिल गरी देशको सेवा गर्न मेरा सपना छन् । समयले साथ दिएमा आफ्ना सपना पुरा हुने कुरामा म ढुक्क छु ।
सपना आफैँ सही नहुन सक्छ । तर, मैले देखेका सपनाहरु मेरै मिहिनेत लगनशीलतामा भर पर्ने कुरा हुन् । मैले देखेका सपनाहरु मेरै मिहिनेत र प्रयासबाट आफूले देखेका सपना पुरा हुने छन् भन्ने मलाई पूर्ण विश्वास छ ।

६) ‘शारदीय आकाश’ शीर्पाकमा बुँदा तयार पारी एउटा आत्मपरक निबन्ध रचना गर्नुहोस् ।
क) आकाश सेतो धोती फेर्दै धर्तीमा टीका थाप्न ओर्लदै गरेको भान हुने,
ख) आकाशमा चम्किला तारा देखेर सबै आनन्दित हुने,
ग) सबैलाई स्वच्छता र पवित्रताको सन्देश दिएको ,
घ) वर्षा ऋतुलाई बिदा गरी सारा चरार जगत्मा नयाँ उमङ्ग ल्याउने शरद् ऋतुका रुपमा परिचित ।
शारदीय आकाश
वर्षा ऋतुलाइ पारगरी शरद् ऋतुमा पाइला टेक्छु तब मेरो फुर्ती नै अर्का हुन्छ । चारैतिरको उमङ्गले मेरो तन, मन त्यसै त्यसै प्रफुल्लित हुन्छ ।  त्यसमा पनि यस बेलाको आकाशका स्वच्छता, पवित्रता र निर्मल छटाले हामी सबै धर्तीबासीको जीवनमा ठुलो उत्साह थपी दिएको छ । यस बेलाको शारदीय आकाशमा प्राकृतिक सँसारका थुप्रै अपूर्व छटाहरु देख्न पाइन्छन् । आकाशले आफ्नो कञ्चन मुहार मुस्कुराएको देख्दा जो कोही सौन्र्दय प्रेमीलाई  सजिलै आकर्षित गर्दाे रहेछ । रसिलो  अनि भरिलो शारदीय आकाशमा लुकेर बसेका अनन्त तारपुञ्जको चमचमाहटले मेरो मन पनि चञ्चल बन्ने गर्छ र सेता सुकिला महसुस गर्छु ।
सन्ध्या कालमा शारदीय आकाशमा झन नयाँ रौनक एवम् जोस थपिँदै गएको अनुभूति भइरहेको छ । निर्मल, सफा र पवित्र आकाशको आँगनभरि चम्किरहेका तारालाई देखेर धर्तीलाई पनि खुबै ईष्र्या लाग्दोहो । धर्तीले जुनकिरीलाई दूत पठाएर आकाशमा तारा चीम्कनुको रहस्य बुझ्न खोज्दी हुन् ।
शारदीय आकाशमा अनेक भावहरु लुकेका हुन्छन् । तिनले हाम्रो जीवनलाई रसिलो, भरिलो र पवित्र मात्र होइन समृदध पनि पार्छन । यसको सौन्दर्य र पवित्रतामा नरमाउने यस जगत्मा कुनै जीवन पनि हुँदैन होला भन्ने अनुभव आज मेरो मन मस्तिष्कमा परिरहेको छ ।

७) रोखाङ्कित शब्दलाई तल दिइएका अर्थसँग जोडा मिलाउनुहोस् :
१) उत्तर
सुमधुर १) मलाई निश्छल, निष्कपट, पवित्र, स्निग्ध मायाको सागरमा चुर्लुम्म डुबाएका छन् ।
२) फुलको सौन्दर्यबाट शिल्प चोरेको छु ।
उत्तर कला २) फुलको सौन्दर्यबाट शिल्प चोरेको छु ।
३)   जीवन क्षणिक छ यस क्ष्णिकताबाट म सन्तुष्ट छैन ।
उत्तर : अनित्य ३)   जीवन क्षणिक छ यस क्ष्णिकताबाट म सन्तुष्ट छैन ।
४) मेरी आमा आमा मात्र होइनन्, मेरी निकटतम सँगिनी पनि हुन् ।
उत्तर : घनिष्ठ ४) मेरी आमा आमा मात्र होइनन्, मेरी निकटतम सँगिनी पनि हुन् ।
५) उनका वर्गीय एवम् लैङ्गिक विषमताले रन्थनिएका भावचोरेँ ।
उत्तर : असमानता ५) उनका वर्गीय एवम् लैङ्गिक विषमताले रन्थनिएका भावचोरेँ ।

 ८)निबन्ध पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) चोर स्वीकार गर्दा पनि लेखकलाई  लाज नलाग्नुको कारण के हो ?
लेखकलाई मानवीय भावना र संवेदनशील पक्षहरुलाई लिएर साहित्य  सिर्जना गर्ने एक बहुप्रतिभाशाली व्यक्तिका रुपमा रहेको अनुमान गरेँ । साहित्याको सिर्जनामा चोरी गर्ने काम हुन्छ र त्यसलाई आफूले पनि आफ्नै क्षमाता र सामथ्र्यका आधारमा आफू वरिपरिको परिवेशलाई चोरी गरी साहित्य सिर्जना गरेको कुरा बताएकी छन् ।
लेखक त्रिपाठी  आफूलाई चोर भनेकोमा  खुसी हुन्छन् । आफू चोर भएको कुरा निर्धक्क स्विकार्छिन र पक्का चोर बन्न नसकेकोमा पछुतो गर्छिन । पक्का चोर बन्न  निकै अभ्यास गनुपर्ने कुरालाई समेत उनले महसुस  गरेकी छन् । सिर्जनामा भावहरु चार्ने पर्र्ने भएकाले लेखकलाई चोरी स्वीकार गर्ने पनि लाज नलाग्ंनुको प्रमुख कारण हो ।
ख) लेखक किन चोरी गर्न बाध्य छिन् ?
निबन्धकार त्रिपाठी इमानदार चोर बन्न प्रयासरत रहेको बताउँछिन् ।  साहित्य सिर्जना गर्दा विविध क्षेत्रबाट विविध भावहरु चार्नुपर्न भएकाले ती मागेर प्राप्त गर्न अवस्था हुन्न । अमूर्त भावहरु चोरेर मात्र लेखकले प्राप्त गर्न सक्छ । अतः अमूर्त भावहरु चोरी गर्ने  पर्ने बाध्याताले उनी चारी गर्न बाध्य छिन
ग) लेखकले चोर्ने कुराहरु  के के हुन् ?
 उत्तर लेखकले फुलबाट सौन्दर्य र क्षणिकता, बादलबाट गम्भीरता, पहाडबाट प्रतिक्षा र धैर्य, वसन्तबाट नवजीवन ससल्लाघारीबाट छटपटी र निःश्वास वहिराबाट उकुसमुकुस,  त्यस्तै बाबाबाट सरतलता, निर्भीकता, स्वभिमान, जीवका अनेक घटनाबाटै संयोग, वियोग , प्रेम बालकहरुबाट, नाटकबाट दुःखान्तक र सुखान्तक आदि लेखकले चोर्न कुरा हुन् ।
घ) आमा र बाबाबाट लेखकले के के चोरी गरिन्
लेखकले आमाबाट आमाभाव , सन्तान वियोगको पीडा, संसारलाई हेर्न भाव, असमानले सिर्जिएको छोरी जातका लैङ्गिक विषमताले रन्थनिएका भावका साथै अन्य अनगिन्ती भावहरु चोरिन् । त्यसतै बाबाबाट सरतलता, निर्भीकता, स्वभिमान, जीवका अनेक लैङ्गिक विषमतले रन्थनिएका भावका साथै अन्य अनगिन्ती भावहरु चोरिन् । त्यसतै बाबाबाट सरतलता, निर्भीकता, स्वभिमानका साथै पितृभाव चोरिन् ।
ङ)   लेखकले बालकहरुसँग किन मित्रता गाँसेकी छन् ?
मित्रतामा यस किसिमका व्यवहारहरु पाच्य हुन्छन् ।अझ बालकहरुमा त यस्ता व्यवहारहरु प्रशस्त हुने गरेको भेटिन्छन् । त्यस्तै लेखकले साना नानीहरुसँग ठट्टा गर्ने , उनीहरुसँग हाँस्ने र रुने गरेर पनि उनीको भावलाई चोर्ने काम गरेकी छन् । उनीहरुमा छलछामको कुनै गुन्जायस  हुन्न । बालकहरु एकआपसमा पवित्र र स्निग्ध माया ममतामा चुर्लुम्म डुबेका हुन्छन् । यस्ता बालकहरुसँगको निकटताबाट उनीहरुमा रहेको निश्छल तथा निष्कपट भाव चोर्न लेखकले मित्रता गाँसेकी हुन् । 

९)म को हुँ निबन्धमा निबन्धकारले आफूलाई कसरी चिनाएकी छन, वर्णन गर्नुहोस् ।
 ‘म को हुँ’ निबन्धमा निबन्धकार त्रिपाठीले  मानवीय भावना र संवेदनशील पक्षहरुलाई लिएर साहित्य  सिर्जना गर्ने एक बहुप्रतिभाशाली व्यक्तिका रुपमा रहेको अनुमान गरेँ । साहित्याको सिर्जनामा चोरी गर्ने काम हुन्छ र त्यसलाई आफूले पनि आफ्नै क्षमाता र सामथ्र्यका आधारमा आफू वरिपरिको परिवेशलाई चोरी गरी साहित्य सिर्जना गरेको कुरा बताएकी छन् ।

आफु लाई चोर भनिएमा उनी रमाउने कुरा गर्छिन् । आफुले जतिसुकै स्पष्टिकरण दिएपनि मानिसले इमानदार हो होइन भनि शङका गर्छन । लेखक  त्यस्ता शङ्काहरुलाई मरिमेट्न प्रयासरत रहेको पनि बताउँछिन् ।
त्यसतै चोर पनि इमानदार हुन्छन् भन्ने  शङ्का उपशङ्काका बारेमा समेत उनी आफ्नो अभिमत अघि सार्छिन् । पशुभन्दा केही बाँच्न मन लागे पनि आफूसँग सामेल नभएकाले चोरी  गरेको लेखकले उल्लेख गरेकी छन् । लेखकले आफूले चार्ने धर्मलाई नछोडेको बताए पनि अरुले उनलाई के के चोेरी हालिन् भन्ने शङ्का उपशङ्का गर्न छोड्दैनन् । त्यसैले उनी आफूले चार्न पाएँ कुरा मात्र चोर्ने गरेको स्पष्टीकरण दिन्छिन् ।
 __________



मानव बेचविखन विरुदध हाम्रो दायित्य


छुवाछुत उन्मूलनमा विद्यार्थीको भूमिका
उत्तरः
श्रीमान् सभाध्यक्ष,
निर्णायक मण्डल, आरणीय गुरुवर्ग र उपस्थित सम्पुर्ण विद्यार्थी साथीहरु ! आको वक्तृतवकला प्रतियोगिताको विषय छ ‘‘छुवाछुत उन्मूलनमा विद्यार्थीको भूमिका ।’’ यस विषयमा अफूलाई लागेका कुराहरु प्रस्तुत गर्न पाउँदा मलाई गौरवको अनुभूति भइरहेको छ । मेरा विचारमा आजको एक्काइसौँ शताब्दीमा समाजमा छुवाछुत जस्तो अति नै घृणित परम्पराले गाँजरहेको छ भन्ने सुन्दा मात्रै पनि मलाई लज्जाबोध भइरहेको छ । छुवाछुत सामाजिक कलङ्को विषय हो यसले समाजलाई ठुलो नोक्सान पु¥याईरहेको छ ।
 सभाध्यक्ष महोदय,
समाजका सभ्य भनाउँदाहरुले सुनको काम गर्न, सिलाइको काम गर्ने फलामको काम गर्ने, छालाको काम गर्ने जस्ता मानिसलाई अछुत मानी व्यवहार गर्ने र अपहेलित गर्ने गरेको छ । यस्तो चलन परापुर्व कालदेखि आजसम्म नेपाली समाजमा देखिँदै आएको छ । कानुनले यस्तो घृणित काम गर्ने काम  गर्नैहरु प्रति कडा सजायको व्यवस्था गरेको भए पनि ती नियमहरु प्रभावकारी रुपमा लागू गर्न सकेको देखिँदैन । त्यसैले समाजमा विद्यमान छुवाछुत प्रथाको उन्मूलन लागि हामी विद्यार्थीहरु सक्र्रिया हुन जरुरी भइसकेको छ ।
 सभाध्यक्ष महोदय, विद्यार्थी भनेको परिवार र समाजमा सचेतना जगाउन सक्ने प्रमुख माध्यम हुन् । विद्यालयमा पढेका र बुझेका कुराहरुलाई उनीहरुले आफ्ना घर र टोलमा गई सजिलै सम्प्रेषित गर्न सक्छन् । उनीहरुले छुवाछुत साह्रै नराम्रो प्रथा हो, कुनै शक्तिशाली शासकले आफ्नो स्वार्थ पुरा गर्न यस्ता प्रथा समय समयमा चलाउँदै आएका हुन् यसले परिवार, समाज र राष्ट्रलाई फाइदा पुग्नुको सट्टा नोक्सान मात्र भएका छन्, जस्ता कुरालाई विद्यार्थीले समाजमा फैलान सक्छन् र समाजमा फैलाउन सक्छन् । यस काईमा विद्याथीको ठुलो भूमिका रहन्छ । त्यसैले  सामनिक कार्यमा सम्पुर्ण विद्यार्थीहरुले लाग्नु पर्दछ भन्दै मेरो भनाइ यहीँ अन्त्य गर्न चाहन्छु

प्रश्नोत्तर

सुनाइ 

१) चौबिसौँ अनुच्छेद सुनेका आधारमा मिलेको भनाइका अगाडि ठिक चिह्न दिनुहोस् :
क) कुनै पनि समस्याले समाधान आफैँ बोकेर आएको हुन्छ ।
ख) मानव बेचविखनको समस्या प्राकृतिक होइन ।
ग) मानव बेचबिखनको सपस्या समाधान गर्न राज्य जुर्मुराए पुग्छ ।
घ) मानव बेचबिखनको समस्या समाधानमा विद्यार्थीको कुनै भूमिका हुँदैन ।
ङ) मानव बेचबिखन निन्दनीय कार्य हो ।
उत्तर
 क) ठिक
ख) ठिक
ग) बेठिक
घ) बेठिक
ङ) ठिक 
२) पाठको प्रारम्भिक अनुच्छेद शिक्षकबाट सुनेका आधारमा निम्न लिखित प्रश्नहरुको मौखिक जवाफ दिनुहोस् ।
क) वक्तृत्वको विषय के हो ?
उत्तर
मानव बेचबिखान विरुद्ध हाम्रो दायित्व वक्तृत्वको विषय हो ।
ख) वक्तृत्व प्रतियोगिता कसको सभाध्यक्षतामा सञ्चालन भएको छ ?
उत्तर
विद्लयालयका प्रधानाध्यापक मिलन चेपाङको सभाध्यक्षतामा  वक्तृत्व सञ्चालन भएको छ ।
ग) निर्णयक मण्डलमा कति जना सदस्याहरु छन् ?
उत्तर निर्णय मण्डलमा तिन जना सदस्याहरु छन् ।
घ) उद्धोषण गर्ने व्यक्ति को हुन् ?
उत्तर
कक्षा ९ का विद्यार्थी सुमन मिजार उद्धोषण गर्ने व्यक्ति  हुन् ?
ङ) वक्तृत्व प्रतियोगितामा कति जना वक्ता तोकिएका छन ?
उत्तर
वक्तृत्व प्रतियोगितामा चार जना वक्ता तोकिएका छन् ।

बोलाइ
२) तलका उखान टुक्काहरुलाई वाक्यामा प्रयोग गरी कक्षामा सुनाउनुहोस् :
उत्तर
आङै जिरिङ्ग हुनु –बाघलाइ देखेर मेरो आङै जिरिङ्ग भयो ।
सिधै स्वर्ग पु¥याउनु – हतारले बाटो काट्दा सिधै स्वर्ग पु¥यान सक्छन् ।
लहैलहैमा लाग्नु – इमानदार मानिस पनि कहिले काहिँ  साथीको लहैलहैमा लागेर नराम्ररो काम गर्ने सक्छ ।
घाम जस्तै छर्लङ्ग हुनु – शिक्षकले घाम जस्तै छर्लङ्ग हुने गरी बुझाए विद्यार्थीले परीक्षामा राम्रो अङक् प्राप्त गर्न सक्छन ।
¥याल चुहाउनु – अरुको धन सम्पत्ति देखि ¥याल चुहाउनु हुदैन आफु पनि सङघर्ष गरी कमाउन सिक्नुपर्छ ।
सुइँको पाउनु – गाउँ चोर आउने कुराले सुइँको पाउदा गाउँमा प्रहरी जवान बोलाईयो ।
एक थुकी सुकी: सय थुकी नदी – एक जना व्यक्ति भन्दा गाउँको सबै जना एक ढिका भएर लाग्नुपर्छ । हुन पनि त एक थुकी सुकी, सय थुकी नदी हुन्छ ।
हुने बिरुवाको चिल्लो पात – हुने बिरुवाके चिल्लो पात भनेझै विमलघर्ती मगर सोह्र बर्ष देखी नै आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए ।
३) तपाईलाई वक्तृत्व प्रतियागितामा बोल्ने ४ जनामध्ये कसको विचार राम्रो लाग्यो ? कारणसहित भन्नुहोस् ।
मलाई वक्तृता प्रतियोगितामा बोल्ने ४ जनामध्ये रमा सापकोटाको अर्थात  अन्तिम मित्र को विचार राम्रो लाग्याृे । उनले मानव बेचबिखान र ओसारपोसार व्यापारले नेपाल र विश्व परिवेशमा  पारेको प्रभावतर्फ्  पनि ध्यान केन्द्रित गराएका छन । उनले मानव बेचबिखनसम्बन्धी समस्याहरु विश्वमै जटिल र संवेदनशील रुपमा बढ्दै गएको विचार प्रस्तुत गर्दाे नेपालमा रोजगारीको न्युन अवसर, अज्ञानता, आर्थिक विपन्नता, भेदभावपूर्ण  सामाजिक संरचना आदिका कारण मानिसहरु बेचबिखानको चपेटामा परेको वास्तविक तथ्य उजागर गरेका छन् । राज्यले कामदार पठाउन प्रतिबन्ध लगाएका मुलुकहरुमा पनि कानुनको आँखा छलेर र अर्काै देशको बाटो बनाएर मनिसहरुको बेचबिखान भइरहेको छ । यसतर्फ पनि सबैको ध्यान जान कुरामा आह्वान गरेकी छन् ।
बेचबिखन र ओसारपसार समस्याको समाधानका लागि केही समधानका उपाय पनि उनले प्रश्ट्र पारेको छिन । यस अपराधलाई नियन्त्रण गर्न सर्वप्रथम कानुनी प्रावधान बलियो बनाउनुपर्छ र भएको कानुनको उचित कार्यान्वयन हुनुपर्छ । वर्तमान कानुनमा रहेको कमजोरी सुधार गर्नुपर्छ । आवश्यक परे नयाँ कानुन पनि बनाउनुपर्छ । यस्तो अपराधको सुइँको पाएर सूचना दिने हरेक नागकिलाई सम्मान गर्न पछि पर्नु हुँदैन ।
मानव बेचबिखानबाट पीडित मानिसहरुलाई उपयुक्त क्षतिपूर्ति दिलाउने काम सुरु गर्नुपर्छ । पीडितहरुलाई पुनस्र्थापनाका लागि आवश्यक योजनाहरु ल्याउनुपर्छ । रोजगारीको अवसर दिलाउनुपर्छ । पारिवारिक पुनर्मिलन गराउने र समाजमा समायोजन गराउने जस्ता कार्यमा जोड दिनुपर्छ । हरेक सचेत मानिसले मानव बेचबिखन जस्तो अमानवीय दुष्कार्यका विरद्ध लाग्नुपर्छ । अन्त्यमा परिवर्तन आफैँमा सुरु गर्नुपर्छ भनिन्छ ।
नेपालमा मानव बेचबिखनका समस्या, मानव तस्करहरुका गतिविधि र तिनको सही समाधानका बारेमा सटीक एवम् तर्कपुर्ण विचारहरु प्रस्तुत गरेकाले वक्तृत्व प्रतियोगितामा बोल्ने चार जनामध्ये मलाई मित्र रमा सापकोटाकै विचार राम्रो लाग्यो ।

४) ‘विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने विषयमा समूहमा छलफल गर्नुहोस् र निष्कर्ष प्रस्तुत गर्नुहोस् ।
विद्यालय शान्ति क्षेत्र भएकाले त्यहाँ कुनै पनि प्रकारका गतिविधिले बालबालिकाहरुको पढाइमा खलल पुग्नु हुन्न । पढाइमा खलल पुग्ने कुनै पनि बालबालिकाहरुको मात्र नभएर देशकै भविष्य अन्धकारतर्फ धकेलिन्छ । विद्यालय ज्ञान आर्जन गर्ने पवित्र मन्दिर हो । यहाँ काँचो माटो समान रहेको कलिला विद्यार्थीले एकाग्र भएर ज्ञान आर्जन गर्ने वातावरण भएमा मात्र शिक्षाको  उद्देश्य पुरा हुन्छ ।
विद्यालयमा गई बालबालिकाहरुले निर्बाध रुपमा बढ्न पाउने अवसर सबैले दिनुपर्छ संयुक्त राष्ट्र सङ्घले व्यवस्था गरेका नियम र मानव अधिकारी सम्बन्धी कानुनलाई मनन गर्दै सम्बन्धित सबैले सजक र सचेत हुनु जरुरी छ । विद्यालयलाई राजनीति गर्ने अखडा बनाउनु हुन्न । जहाँ राजनीति हुन्छ । त्यहाँ अशान्ति हुन्छ । समूहको स्वार्थ बाझिएपछि झगडा हुने भएकाले विद्यालयमा कुनै पनि पार्टी वा पार्टीका भ्रातृ सङ्गठनहरुले राजनीति गर्ने अखडा बनाउनु हुन्न । अशान्ति भयो भने त्यहाँबाट उत्पादित जनशक्ति कस्तो होला ? त्यसैले विद्यालय शान्ति क्षेत्र हुनुपर्छ ।
पढाई 

माथिको वक्तृता पढेको आधारमा तलका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) लहैलहैमा लाग्नुको अर्थ के हो ?
उत्तर
मुख्या कुरा नबुझी अनेकौँ लोभ र बनावटी मायाजाल तथा तथा नक्कली विवाहको प्रपञ्च जस्ता कुरामा लाग्नु र जीवन बर्बाद पार्नु नै लहैलहमा लाग्नुको अर्थ हो ।
ख) मानव बेचबिखनमा परेका मान्छेहरुलाई कस्ता काममा लगाइएको पाइन्छ ?
उत्तर  मानव बेचबिखनमा परेका मान्छेहरुलाई वेश्यावृत्ति, धरायसी कामदार, सर्कस, उद्योगमा श्रमिक र खानीमा मजदुर जस्ता काममा लगाइएको पाइन्छ ।
ग) बेचबिखनबाट उम्केर आएका मानिसहरु कसरी बाँच्न बाध्य छन् ?
उत्तर
विभिन्न मानसिक र शारीरिक रोगले ग्रस्त भएर समाजमा अपमानित र तिरस्कृत हुँदै बेचविखनबाट उम्केर आएका मानिसहरु बाच्न बाध्य भएका छन् ।

 ४)   वक्तृततको छैटौँ अनुच्छेदलाई मनमनै पढ्नुहोस्  र त्यसमा अभिव्यक्त भएका विचारहरुलाई आफ्नै मौलिक शैलीमा लेख्नुहोस् । 

 सामाजिक बेचबिखनमा परेका मानिसहरु विभिन्न किसिमका शारीरिक् र मानसिक रोगका सिकार भएको छन् । उनीहरु घर फर्केपछि पनि परिवार तथा समाजबाट तिरस्कृत र अपहेलित जीवन सधैँ समस्यै समस्याले घेरिएको हुन्छ । नेपालमा रोजगारीको न्यून अवसर, अज्ञनता, आर्थिक विपन्नता, भेदभावपूर्ण सामाजिक संरचना आदिका कारण मानिसहरु बेचबिखनको चपेटामा परेको छन् । मानव तस्करहरुकले सिधासादा मानिसहरुलाई अनेकौँ प्रलोभन र झुठा आश्वासनहरु बाँड्ने गर्छन । 

लेखाइ 

१) तलका प्रश्नहरुको सङ्क्षिप्त उत्तर लेख्नुहोस्:
क) मानव बेचविखन र ओसारपसारको तस्करी बढ्नाका कारणहरु के के हुन् ?
उत्तर
चेतनाको कमी, गरिबी र बेरोजगारीका कारण मानव बेचबिखन र ओसारपसार आज बढ्दा क्रममा छ । नेपालका सन्दर्भमा भन्नुपर्दा  कानुन कार्यान्वयनमा फितलोपना भ्रष्टाचार, खुला सीमा आदि कारणले मानिव  बेचबिखान र ओसारपसार फसटाउँदै गएको छ । वैदेशिक रोजगारीप्रतिको मोह, राजनीतिक अस्थिरता र अवसरको खोजीमा सहर पस्ने प्रवृत्तिका कारण पनि मानव बेचबिखन र ओसारपसारको तस्करी बढ्ने कारणहरु हुन् ।
ख) मान्छेले मान्छेलाई नै बेच्ने दुस्साहस किन गर्छ ?
उत्तर
 पैसामुखी प्रवृत्ति र नैतिकताको दासले गर्दा नै मान्छेले मान्छेलाई बेच्ने दुस्साहस गर्छ । आजको मानिस नैतिकतालाई समेत ख्याल नगरी पैसा कमाउनेतर्फ बढी आकर्षित भएको छ । त्यसेले मानवलाई नै बेचबिखनको वस्तुका रुपमा लिन थालेको छ । आज विवेकशिल मानिएको मानव प्राणी पशु सरह बिक्री वितरण भइरहेको छ ।
ग) मानव बेचबिखन र ओसारपसारका कार्यलाई नियन्त्रण गर्ने उपाय के के हुन् ?
उत्तर
 मानव बेचबिखन र ओसारपसार जस्ता अपराधलाई नियन्त्रण गर्न सर्वप्रथम कानुनी प्रावधान बलियो बनाउनुपर्छ र भएको कानुनको उचित कार्यान्वयन हुनुपर्छ । वर्तमान कानुनमा रहेको कमजोरी सुधार गर्नुपर्छ । आवश्यक परे नयाँ कानुन पनि बनाउनुपर्छ । यस्तो अपराधको सुइँको पाएर सूचना दिने हरेक नागरिकलाई सम्मान गर्न पछि पर्नु हुँदैन ।
 मानव बेचबिखानबाट पीडित मानिसहरुलाई उपयुक्त क्षतिपूर्ति दिलाउने काम सुरु गर्नुपर्छ । पीडितहरुलाई पुनस्र्थापनाका लागि आवश्यक योजनाहरु ल्याउनुपर्छ । रोजगारीको अवसर दिलाउनुपर्छ । पारिवारिक पुनर्मिलन गराउने र समाजमा समायोजन गराउने जस्ता कार्यमा जोड दिनुपर्छ । हरेक सचेत मानिसले मानव बेचबिखन जस्तो अमानवीय दुष्कार्यका विरद्ध लाग्नुपर्छ । अन्त्यमा परिवर्तन आफैँमा सुरु गर्नुपर्छ ।
घ) तपाई कानुन बनाउने  ठाउँमा हुनुभएको भए यस्तो अपराध गर्नेलाई कस्तो सजायको व्यवस्था गर्नुहुन्थ्यो ?
उत्तर
मानव बेचबिखन सम्बन्धी अपराध गर्ने मानिसहरुलाई निरुत्साहित गर्ने कडा कानुनको व्यवस्थाको साथै त्यस्तो कामको सुइँको दिने व्यक्तिलाई प्रोत्साहित भत्ताको व्यवस्था र गाउँ गाउँमा संचेतना अभियान सञ्चालन गर्न उच्च स्तरको संयन्त्र निर्माणको व्यवस्था पनि गर्थे ।  मानवले मानवकै बेचविखन र ओसरपसार गर्नु जघन्य अपराध हो । यस्तो गतिविधि गर्न मतियारको काम गर्ने वा अलिकति पनि यस्तो काम गर्न प्रोत्साहित गर्ने सम्मका मानिसलाई उसको कसुर हेरी सजाय दिने व्यवस्था गर्थँ  मलाई मानव बेचविखन र ओसारपसार  गर्ने काम ज्यादै तल्लो स्तरको लाग्छ । यसको लागि विद्मान कानुनमा रहेको कमजोरीलाई सच्याएर प्रत्यक्ष रुपमा अनुभूत गर्ने खालका व्यवस्थाहरु गर्थे ।
ङ) मानव बेचबिखन र ओसारपसर किन जल्दोबल्दो विषय मानिन्छ ?
 वेश्यावृत्तिमा लागउन, श्रमशोषण गर्न , मजदुर बनाउन, मानव अङ्गको बेचबिखन गर्न, लागु ओषधको व्यापार गर्ने, अश्लील चलचित्रमा काम गर्न र सर्कसमा काम गर्नका लागी नेपालभित्रै नेपालीहरु बेचिने क्र्रम तीव्र बन्दै गएको छ । यसको सञ्जाल नेपालमा मात्र जभएर विश्वमै फैलिएको छ । कुनै एउटा देशको कानुन र सक्र्रियताले मानव बेचबिखन र ओसारपसार जस्तो कार्य रोक्न र नियन्त्रण गर्नृ सम्भव छैन । त्यसैले, विश्वकै लागि यो चुनौतीको विषय बनेको छ । त्यसकारण मानव बेचबिखन र ओसारपसार आज जल्दो विषय मानिन्छ र गरिबी, युद्ध, अशान्ति, अशिक्षा, पछौटेपन आदि कारणले मानव बेचबिखन र ओसारपोसार जस्ता कुरालाई अत्यन्त जघन्य अपराधका रुपमा लिइन्छ । आज बेचिनु, ठगिनु र बिचल्लीमा पर्नु जस्ता कुरा सामान्या बन्दै गएका छन् ।

२) मानव बेचबिखानका विरुद्ध सचेतना उभियान सञ्चालन गर्दा जुलुसमा लगाउन सकिने उपयुक्त कुनै पाँच ओटा नाराहरु लेख्नुहोस् ।
१) मान्छेलाई पशु सरह बिक्री गर्ने कार्यको विरोध गरौँ ।
२) मानव बेचबिखन अपराध हो ।
३) मानव बेचबिखनमा लाग्नेलाई कारबाही गरौ ।
४) पीडितको सबैले संरक्षण गरौं ।
५) मानव बेचबिखनमा लाग्नेलाई कारबाही गर ।

३) पाठको सातौँ अनुच्छेदबाट मुख्य चार ओटा बुँदाहरु टिपोट गर्नुहोस् ।
१) सामाजिक समस्यालाई नियन्त्रण गर्न परिवार, सङघ सस्ंथा र सरकारको सहयोग चाहिने ।
२) मानव बेचबिखानको बारेमा सबैलाई सचेत गराउनु आवश्यक रहेको ।
३) रोजगारीमुलक शिक्षाका अवसरहरु र गरीबी निवारणका कार्यक्रमहरु सञ्चालन  गरिनुपर्ने ।
४) तस्करीहरुलाई सामाजिक बहिष्कार तथा कडा सजाय दिने र मानव बेचबिखन विरुद्ध लाग्ने व्यक्तिलाई राज्यले प्रोत्साहन दिनुपर्ने ।
४) पाठको अठारौँ अनुच्छेदबाट एक तृतीयांश गरी सङ्क्षेपीकरण गर्नुहोस् । 
उत्तर
हाम्रा शौक्षिक पाठ्यत्रमलाई व्यावसायिक र रोजगारमुलक बनाउँदै विद्यार्थी वर्गलाई चेतनाका कार्यमा सरिक गराउनुपर्छ । गरिबी निवारणका लागि स्थानीय निकायदेखि माथिल्लो तहसम्मका निकायहरु जिम्मेवार भए सजिलै अपराध नियन्त्रण गर्न सकिन्छ ।
५) ‘सत्मार्ग र शान्तिले नै समाजलाई सभ्य बनाउँछ’ भन्ने विषयमा ५० शब्दसम्मको एउटा अनुच्छेद लेख्नुहोस् ।
उत्तर
 शान्ती भनेको रिसराग, असन्तुष्टि वा तनाव नहुँदाको अवस्था र सत्मार्ग भनेको असल वा उपयुक्त बाटो भन्ने बुझिन्छ । समाजमा बसोबास गर्न मानिसहरु खराब आचारणका भए भने शान्तिको कलपना गर्न सकिन्न । असल मार्ग अवलम्बन गर्ने मानिसहरु विवेकशील हुन्छन । यस्ता मानिसहरु समाजमा भए कहिल्यै रिसराग, असन्तुष्टि वा आपसमा तनाव हुन्न । यस्तो समाजमा बस्ने हरेक मानिसले उन्नति र प्रगति गर्दे जान्छ । फलस्वरुप समाज सभ्य र सुसंस्कृत बन्छ । त्यसैले सत्मार्ग र शान्ति सभ्य समानका गहना हुन्  । यिनको परिपालना गर्ने समाज सबैका लागि उदारणीय बन्न सक्छ ।
_______



बहिनीलाई चिठी

शारंश
 भान्जाले मामालाई लेख्ने चिठी
                                                                                                       
कृष्ण मामा,                                      ग्रामिण आर्दश उ मा वि सादर नमस्कार ।                                  नेपालटार २०७३/३/१२

म यहाँ  सन्चै छु । त्यहाँ  मामा माईजु पनि आरामै होस् भन्ने कमना गर्दछु । तपाईले पठाउनुभएको चिठी हिजो मात्र हात लाग्यो । गाउको खबर सबै राम्रो सुन्न पाउँदा खुसी लाग्यो ।
हजुरले मलाई चिठीमा खानेकुराको बारेमा केही कुरा राख्नुभएको रहेछ । त्यसको लागी हजुरलाई धेरै धेरै धन्यावाद पत्रमा म आफ्ना कुरा राख्न चाहन्छु  । मामा मानव जीवनमा स्वास्थ्यको ठुलो महत्त्व रहेको हुन्छ भन्ने कुरा मैले हुजुरलाई भनिरहनु पर्देन । आजकाल बच्चाहरु बजारिया खाना खान मरिहत्ते गर्छन् ।  यो स्वास्थ्यका लागि ज्यादै हानिकारक छ । कुनै पनि जंग फुट, तारेका वा अन्य मसलादार वस्तुहरु बाल बालिकालाई खुवाउने काम पटक्कै नगर्नुहोला । बजारिया खानाकै कारणहरु आजकालका बालबालिका सानैदेखी रोगी हुन थालेका छन् ।
आफ्ना बालबालिकालाई घरेलु खानेकुरामा अभ्यस्त गराउनु होला । घरमा उपलब्ध हुने मकै, भटमास, कोदो फापर ,गहुँ, सागसबजी , फलफुल आदिको सेवन गराउन सके बालबालिका निरोगी हुने मौका छ ।  त्यसैले मामाले यसतर्फ ध्यान दिनु होला भन्ने आग्रह गर्दछु । आजलाई कलम यहीँ बन्द गर्न चाहन्छु केही जिज्ञासा राख्नु भएमा आगमी दिनमा पत्रमा लेख्ने नै छु ।

तपाईको प्यारो भान्जो  
विष्णु पाण्डे


खामको नमुना

प्रेषक                                       प्रापक  
विष्णु पाण्डे                                श्री कृष्ण पौडेल
काठमाडौँ नेपालटार                         धादिङ् ज्यामरुङ्

प्रश्नोत्तर

सुनाइ

१) चिठीको तेस्रो अनुच्छेद सुन्नुहोस् र खाली ठाउँ भर्नुहोस् ।
क)  ............... को अभावले मानिसहरु बढी मात्रामा अग्निमान्द्य खाना खान्छन्   । ( बुद्धि÷ चेतना)
उत्तर
 क) चेतनको अभावले मानिसहरु बढी मात्रामा अग्निमान्द्य खाना खान्छन् ।
ख) बजारिया खोनेकुराहरु ............खानेकुराभित्र पर्दछन् । (अग्निमान्द्य÷ अप्रशिोधित)
उत्तर
ख) बजारिया खोनेकुराहरु अग्निमान्द्य .खानेकुराभित्र पर्दछन् ।
ग) हामीले विशेष गरी . . . . . . . प्रधान  खानामा जोड दिनुपर्न रहेछ ।
 (प्रधान ÷ क्षार ÷ मसलादार)
उत्तर
ग)  हामीले विशेष गरी  क्षार प्रधान  खानामा जोड दिनुपर्न रहेछ ।
घ) क्षार प्रधान खानामा ............ पर्दछ ।( मकै÷ मासु )
उत्तर
घ) क्षार प्रधान खानामा मकै पर्दछ ।
ङ) ................ आहार नै उत्तम औषधी हो । ( संयमित÷ प्रशिोधित )
उत्तर
ङ) संयमित  आहार नै उत्तम औषधी हो ।

२) चिठीको चौथो अनुच्छेद शिक्षकबाट सुन्नुहोस्  र सोधिएका प्रश्नहरुको उत्तर भर्नुहोस् :
क) वर्तमान समाजमा के कस्ता औषधीजन्य विकृतिहरु पाइन्छन् ?
उत्तर
हिजोआज चिकित्सकका परीक्षण र पुर्जा बिना हचुवाका भरमा औषधी किनेर खाने विकृति बढ्दो छ । टाउको दुख्दैमा सिटामल, पेट दुख्दैमा पेन किलर र सामान्य ज्वरो आउँदा सोझै एन्टिबायोटिक खाने प्रवृतित्त जताततै देखिन्छ । यसरी अन्दाजमा औषधी खाँदा तत्काललाई त रोग निको भए जस्तो देखिन्छ तर पछि ओषधीजन्य विकृतिहरु पाइन्छन् ।
ख) डाक्टरको सल्लाहबिना औषधी खाँदा कस्तो प्रभाव पर्न सक्ने सम्भावना हुने रहेछ ?
उत्तर
डाक्टरको सल्लाहविना औषधी खाँदा पक्षाघात हुने, मिर्गौलाले काम नगर्ने र विविध प्रकारका आपाङ्गता हुने र घातक रोगहरुले प्रतिकुल असर  पार्छ ।
ग) कुनै पनि औषधी सेवन गर्नुपूर्व बिर्सनै नहुने कुरा के हो ?
उत्तर
कुनै पनि औषधी सेवन गनुपूर्व बिर्सनै नहुने कुरा त्यसको म्याद समाप्त भए नभएको हेर्नुपर्छ । 

बोलाई

१) तलको शब्दहरुको उदाहरणमा देखाए जस्तै गरी ठिक उच्चारण गर्नुहोस् :
व्यस्तता ÷ व्यस्.त.ता
रक्तचाप ÷ रक्.त.चाप्
हृदयाघात, अर्बुद, क्षार प्रधान, चिकित्सक, परीक्षण
हृदयाघात – हि.द.या.घात्
अर्बुद – अर.बुद्
क्षार प्रधान – छ्यार प्र.धान्
चिकित्सक – चि.कित्.सक्.
परीक्षण – प.रिक्.छ्यण् ÷ प. रि.छयण् 

२) चिठीमा भनेअनुसार तपाईका आसपासका बजारमा पाइने खानै नहुने प्रकारको के के वस्तुहरु पर्दा रहेछन् ? समूहमा छलफल गर्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तर
बजारमा पाइने खानै नहुने प्रकारको वस्तुहरु निम्न प्रकारका छन् ।
क) खसीको मासु, कुखुराको मासु, राँगाको मासु ,लड्डु, पेडा, निम्की ,पुडी समोसा , चिप्स आदि

३)  जथाभावी औषधी खाँदा पर्ने प्रभावका बारेमा समूहमा छलफल गरी त्यसको निष्कर्ष कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तर
कसैले पनि स्वस्थ रहन र दीर्घजीवन बाँच्नका लागि जथाभावी औषधी सेवन गर्नुहुन्न । सानोतिनो बिमारले छुँदैमा आत्तिहाल्नु हुन्न । बिरामी भएपछि अस्पताल जानुपर्छ । बिरामीलाई राम्ररी जँचाएपछि चिकित्सकले दिएको औषधीमात्र खानुपर्छ । चिकित्सकको परीक्षण र पुर्जा बिना हचुवाका भरमा बिरामीलाई अथाभावीऔषध िखुवाइयो भने त्यसको नराम्ररो प्रभाव पर्छ । अन्दाजका भरमा औषधी खाँदा तत्काल बिरामीलाई सन्चो भएको जस्तो लागे पनि त्यसले स्वास्थ्यमा दीर्घकालीन असर गर्छ । जथाभावी ओषधी सेवन गर्दा पछि गएर अङ्ग प्रत्यङ्गमा प्रतिकूल प्रभाव पर्ने सम्भावना रहन्छ । पक्षाघात हुने, मृगौलाले काम नगर्ने र विविध प्रकारका अपाङ्गता हुने जस्ता खतरनाक रोगहरुले मानिसलाई दुःख दिन सक्छ ।

४) चिठीमा आधुनिक चिकित्सा सम्बन्धी नर्स पढेकी श्रद्धा नेपालीले आयुर्वेद विज्ञानलाई पनि महत्त्व दिएकोमा तपाईलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया दिनुहोस् । 
आधुनिक चिकित्सा विज्ञान पढेकी श्रेद्धा नेपालीले पूर्वीय आयुर्वेद विज्ञानलाई महत्त्व दिनु ज्यादै उचित देखिन्छ ।उनको सोच र चिन्तन एकदमै व्यावहारिक छ  उनको दृष्टिकोण अनुसार हामीले आहार विहार गर्न क्यौँ भने निरोगी भई बाँच्ने र दीर्घजीवन पाउने निश्चित छ । त्यसैले उनको यो स्वास्थ्य सम्बन्धी सरल अनि व्यावहारिक दृष्टिकोण मलाई एकदमै उत्तम लाग्यो ।
उनका अनुसार चिकित्सा विज्ञानले विभिन्न रोगहरुको उपचार गर्छ तर त्यसले आयुर्वेद विज्ञानले जस्तो  आहार विहार आदिको बारेमा सम्यक् चिन्तन गर्दैन । आयुर्वैद विज्ञानले मानिसलाई औषधीमुलो गर्नुभन्दा आहार विहारमै ध्यान दिएर स्वस्थ र दिर्घजीवी बन्ने बाटो देखाउँछ ।

५) चिठी लेख्ने श्रद्धा दिदीको बानी तथा व्यवहार कस्तो होला ? चिठी पढेका आधारमा कक्षामा छलफल गर्नुहोस् ।
उत्तर
श्रद्धा नेपालीले जीवनको पहिलो धन स्वास्थ्य रहेको र दीर्घ जीवनको आधार नियमित स्वास्थ्य वर्धक भोजन हो भन्ने प्रस्ट बुझेको देखिन्छ । चिठी लेख्ने श्रद्धा दिदीलाई उनले चिठीमा व्यक्त गरेका विचारहरबाट उनको बानी र व्यवहार थाहा पाइन्छ । उनी आफू मिहिनेत र अरुलाई पनि मिहिनेत गर्ने सल्लाह दिन्छिन । अनियमित र अधिक आहारले मधुमेह, हृदयाघात, मोटोपना, अर्बुद, उत्त रक्तचाप जस्ता रोगहरुले च्याप्ने हुनाले खानपिनमा सावधानी अपनाउनुपर्छ भन्ने उनको सोच उत्तम रहेको छ ।

उनी  फुर्सर्दको बेला आयुर्वेद सम्बन्धी पुस्तक पढ्ने उनको बानी छ । उनी घर परिवारका सदस्यालाई आफूले जानेको र बुझेको स्वास्थ्य सम्बन्धी कुरालाई चिठी मार्फत सम्प्रेषित गरी जानकारी गराउँछिन् । मानिसलाई रोग लागिहालेमा सुरुका अवस्थामा हाम्र्रै घर वरिपरि रहेका जडीबुटी वा घरेलु औषधी सेवन गर्नु राम्रो हुने विचारले पनि उनको स्वासथ्यसम्बन्धी बानी र व्यवहार निकै सरल र व्यावहारिक लाग्दछन् । श्रद्धा जथाभावी औषधी सेवन गर्दिनन् र अरुलाई पनि जथाभावी औषधी सेवन नगर्न सचेत गराउँछिन्  । उनको बानी र व्यवहारलाई हामीले पनि अनुसरण गर्न सके उत्तम हुने स्पष्ट छ ।

पढाई 

२) पाठका आधारमा तलका वाक्यको क्र्रम मिलानुहोस् :
क) स्वास्थ्य नै जीवनको पहिलो धन हो ।
ख) खासै नौलो खबर त केही छैन ।
ग) आजलाई कलम यहीँ बन्द गर्दछ ।
घ) औषधी सेवन गर्नुपूर्व त्यसको म्याद समाप्त भए नभएको हेर्नुपर्छ ।
ङ) जीवनका लागि सर्वश्रेष्ठ आहार भनेको ऋताहार, हिताहार र मिताहार हुन् ।
उत्तर 
क)  खासै नौलो खबर त केही छैन ।
ख) स्वास्थ्य नै जीवनको पहिलो धन हो ।
ग) जीवनका लागि सर्वश्रेष्ठ आहार भनेको ऋताहार, हिताहार र मिताहार हुन् ।
घ) औषधी सेवन गर्नुपूर्व त्यसको म्याद समाप्त भए नभएको हेर्नुपर्छ ।
ङ) आजलाई कलम यहीँ बन्द गर्दछ । 

३) तल दिइएको अनुच्छेद राम्ररी पढ्नुहोस् र तल सोधिएको प्रश्नहरुको उत्तर लेख्नुहोस् :
ज्ञान पुस्तकमा मात्र सििमत हुँदैन । प्रकृतिमा, जनताका जीवनमा र तिनका सुख दुःखमा ठुलो ज्ञान हुन्छ । तिनीहरसँग भिजेर ज्ञानको उपार्जन गर्न सकिन्छ । समाजका केटाकेटी, बुढाबुढीसँग सम्पर्क राख्नाले र लेकबेसी, गाउँघर, खेतखलो, मेला उत्सवमा घुमने फिर्ने गर्नाले पनि धेरै अनुभवी तथा पारख िबनाउँछ । लोक साहितयमा चलेका राम्रा राम्रा गीत, उखान टुक्का, लोककथा, गाउँखाने कथा आदि सुन्ने, बटुल्ने गर्नाले लोक साहित्यको संवर्धन र विकासमा मदत पनि हुन्छ । कुनै चिज, घटना वा दृश्य देख्दा उठेका विचार र मनमा आएका भावहरुलाई अभिव्यक्त गर्नुपर्छ । यो वास्तविक अनुभूति यथार्थ पन हुन्छ । यसरी नै नयाँ चिज खोज्ने उत्सुकता र नयाँ चिज ग्रहण गर्ने सँस्कार बसाउनुपर्छ पर्यवेक्षण र कल्पना गर्ने शक्ति बढाउनुपर्छ । लेखन कलाका सम्बन्धमा अर्नेस्ट हेमिङ्वे भन्छन्, ‘‘वर्णन मात्र गर्नुको साटौ त्यसलार्य माझ्दै खँदिलो आधार दिनुपर्छ, जीवन दिनुपर्छ । त्यो रचिन्छ, वर्णन गरिन्न । त्यो तिम्रो सिर्जनात्मक योग्यताको समिासम्म सत्य एवम् उन्मुक्त हुन्छ ।’’
प्रश्नहरु
क) हामीले ठुलो ज्ञान कहाँबाट गर्न सक्छौँ ?
उत्तर
हामीले ठुलो ज्ञान प्रकृति, जनताको जीवन र तिनका सुख दुःखबाट प्राप्त गर्न सकिन्छ ।
ख) मान्छेहरु कसरी अनुभवी र पारखी हुन सक्छन् ?
मान्छेहरु समाजका केटाकेटी, बुढाबुढीसँग सम्पर्क राख्नाले र लोकबेसी, खेतखलो मेला उत्सवमा घुम्ने फिर्ने गर्नाेले अनुभवी र पारखी हुन सक्छन् ।
ग) ‘संस्कार’ र ‘पर्यवेक्षण’ शब्दको अर्थ लेख्नुहोस् ?
उत्तर
संस्कार – दोष, कमजारी आदि हटाउने काम
पर्यवेक्षण – निरीक्षण , अवलोकन, जाँचबुझ
ङ) माथिको अनुचछेदका लागि उपयुक्त शीर्षक के हुन सक्ला लाख्नुहोस् ।
उत्तर
माथिको अनुच्छेदको लागि ‘लोक साहित्य शीर्षक उपयुक्त हुन सक्छ । 

 लेखाई 

१)   निम्नलिखित प्रश्नहरुको उत्तर लेख्नुहोस् ।
क)  यो चिठी कसले कसलाई लेखेको हो ?
उत्तर
श्रद्धा नेपालीले बहिनी अनुपमा नेपालीलाई  यो चिढी लेखेको हो ।
ख) श्रद्धाले बहिनीलाई चिठी लेख्नुको मुख्या उद्देश्य के देखिन्छ ?
उत्तर :
 श्रद्धाले बहिनीलाई चिठी लेख्नुको कारण आहारविहार र स्वास्थ्यापचारका बारेमा जानकारी दिने रहेको देखिन्छ ।
ग) आफुलाई स्वस्थ राख्न हामीले कुन कुन कुराहरु गर्नुपर्छ ?
उत्तर : आफुलाई स्वस्थ राख्न हामीले ऋताहार, हिताहार र मिताहार जस्ता कुराहरु गर्नुपर्छ ।
घ) तपाई श्रद्धाको स्थानमा भएको भए कुन विषयमा बहिनीलाई चिठी लेख्नुहुन्थ्यो, किन ?
उत्तर
म श्रद्दधाको स्थानमा भबउको भए समाजमा रहेको विभेद, असमानता र अशान्ति व्याप्त छ । यसको निर्मूल गर्न जागरण अभियान सञ्चालन गर्नु आवश्यक भएकोले छुवाछुतले समाजमा पु¥याएको असरबारे बहिनीलाई लेख्थेँ ।
 ङ) माथिको चिठीलाई अझ राम्रो बनाउन के गर्न सकिन्छ, आफ्नो विचार  लोख्नुहोस् ।
उत्तर  माथिको चिठीलाई  अझ राम्रो बनाउन स्वास्थ आहारका बारेमा विद्यार्थीले खेल्न सक्ने भूमिका आदिका बारेमा स्पष्ट रुपमा थप्न सके चिठीलाई अझ राम्रो बनाउन सकिन्छ । 

२. व्याख्या गर्नुहोस्ः 
स्वस्थ्य नै जीवनको पहिलो धन हो ।
उत्तर
स्वस्थ मानिसले धन कमाउनु त परैजाओस् भएको धन सम्पत्ति पनि उपचार गर्दैमा सकिने गर्छे । त्यसलै स्वास्थ्य जीवको सबभन्दा ठुलो धन हो भन्ने प्रस्ट हुन्छ ।
 संसारका महापुरुषहरु स्वस्थ भएकै कारण अद्धितीय  योगदान दिन सकेका हुन् । अस्वस्थ मान्छेले न परिवारको रेखदेख गर्ने सक्छ न त समाज, देश र विशवको नै अस्वस्थ मानिस सबैका लागि समस्या बन्छ । मानिसले सधैँ आहार विहारमा ध्यान दिएर स्वस्थ रहन सक्नु पर्छ । स्वस्थ मानिसले नै धन सम्पत्ति पनि कमाउन सकिन्छ । मानिसका लागि स्वास्थ्य सबभन्दा ठुलो कुरा हो । शारीरिक तथा मानसिक रुपमा स्वस्थ  मानिसले नै सम्पत्ति कमाउन सक्छ । मानिसका लागि स्वास्थ्य नै पहिलो धन हो भन्ने प्रष्ट हुन्छ । 

३) आजकालको मोबाइल, इमेज र इन्टरनेटमा पनि श्रद्धा नेपालीले हुलाकबाट पठाउने कागजी चिठी लेखेको तपाईलाई कत्तिको उपयुक्त लाग्यो ? आफ्नो प्रतिक्र्रिया एउटा अनुच्छेदमा लेख्नुहोस् ।
उत्तर
विज्ञानले मानव जीवनका व्यवहार सहज बनाइदिएको छ  आजको युग विज्ञानको युग हो । आज मानिसहरु सजिलाका लागि मोबाईल, इमेल वा इन्टरनेटका सहायताले आफ्ना विचारहरु अरु समक्ष्य सम्प्रेषण गर्छन । यो भरपर्दाे र विश्वसनीय सम्प्र्ेषणको माध्यम भए पनि भनेका समयमा सेवा लिन कहिले काहीँ निकै कठिनाई बेहोर्नुपर्छ । त्यसैले श्रद्धा नेपालीले यस्ता कठिनाइ महसुस गरी कागजी चिठी लेख्नुलाई अनुपयुक्त मान्न सकिन्न । कागजी चिठीमा सम्प्रेषित भावलाई जुनसुकै ठाउँमा बसेर पढ्न सकिन्छ  र त्यसलाई लामो समयसम्म सुरक्षित राख्न पनि सकिन्छ । त्यसैले श्रद्धा नेपालीहरु बहिनीलाई स्वास्थ्य र आहार सम्बन्धी आफ्ना अनुभवलाई  कागजी चिठीमा लेख्नु  मेरो विचारमा उपयुक्त लाग्यो । 

४) बालबालिकालाई बजारिया खाना खाजाका रुपमा नदिई घरेलु खानेकुरामा नै  जोड लिन आग्रह गर्दै गाउँमा खेती गरी बस्नु भएको मामााई चिठी लेख्नुहोस् ।
उत्तर
                                                                                                       
कृृृृष्ण मामा,                                      ग्रामिण आर्दश उ मा वि सादर नमस्कार ।                                  नेपालटार २०७३/३/१२
   म यहाँ  सन्चै छु । त्यहाँ  मामा माईजु पनि आरामै होस् भन्ने कमना गर्दछु । तपाईले पठाउनुभएको चिठी हिजो मात्र हात लाग्यो । गाउको खबर सबै राम्रो सुन्न पाउँदा खुसी लाग्यो ।
 हजुर मलाई चिठीमा खानेकुराको बारेमा केही कुरा राख्नुभएको रहेछ । त्यसको लागी हजुरलाई धेरै धेरै धन्यावाद पत्रमा म आफ्ना कुरा राख्न चाहन्छु  । मामा मानव जीवनमा स्वास्थ्यको ठुलो महत्त्व रहेको हुन्छ भन्ने कुरा मैले हुजुरलाई भनिरहनु पर्देन । आजकाल बच्चाहरु बजारिया खाना खान मरिहत्ते गर्छन् ।  यो स्वास्थ्यका लागि ज्यादै हानिकारक छ । कुनै पनि जंग फुट, तारेका वा अन्य मसलादार वस्तुहरु बाल बालिकालाई खुवाउने काम पटक्कै नगर्नुहोला । बजारिया खानाकै कारणहरु आजकालका बालबालिका सानैदेखी रोगी हुन थालेका छन् ।
आफ्ना बालबालिकालाई घरेलु खानेकुरामा अभ्यस्त गराउनु होला । घरमा उपलब्ध हुने मकै, भटमास, कोदो फापर ,गहुँ, सागसबजी , फलफुल आदिको सेवन गराउन सके बालबालिका निरोगी हुने मौका छ ।  त्यसैले मामाले यसतर्फ ध्यान दिनु होला भन्ने आग्रह गर्दछु । आजलाई कलम यहीँ बन्द गर्न चाहन्छु केही जिज्ञासा राख्नु भएमा आगमी दिनमा पत्रमा लेख्ने नै छु ।
तपाईको प्यारो भान्जो  
विष्णु पाण्डे
खामको नमुना

प्र्ेषक                                       प्रापक    
विष्णु पाण्डे                                श्री कृष्ण पौडेल
काठमाडौँ नेपालटार                         धादिङ् ज्यामरुङ्

५) चिढी पढेको आधारमा मिल्दो पर्यावाची शब्द खोजी जोडा मिलाउनुहोस् : 
उत्तर
आराम            सन्चो
अल्पाहार          अल्प भोजन
व्यस्तता            बेफुर्सदी
मिहेनत           परिश्रम
प्रतिकूल           उल्टो 

६. तलका शब्दहरुलाई वाक्यमा प्रयाग गरेर कक्षामा सुनाउनुहोस् :
उत्तर
अल्पाहार – सन्चो नहुँदा अल्पाहार गर्नु राम्ररो हुन्छ ।
छाउपडी – विकट ठाउँहरुमा अझै पनि छाउपडी प्रथाबाट पिडत भएको छन ।
क्षार प्रधान – स्वास्थयको लागी क्षार प्रधान खाना उत्तम हुन्छ ।
श्रेयस्कर –  उचित मैसम अनुसार उचित खाना खानाको सेवन गर्नेु श्रेयस्कर हुन्छ ।
सेवन  – रक्सी सेवन गर्न मानिसलाई क्यानसर रोग लाग्ने सम्भावना धेरै हुन्छ ।
शल्य चिकित्स – कुनै रोगको उपचार शल्य चिकित्स माध्यमबाट गर्न सकिन्छ । 

 ७) तल दिइएका शब्दको फरक अर्थ आउने गरी वाक्यमा प्रयाग गर्नुेहोस् ।
तर  – रामलाई दुधको तर मनपर्छ ।
तर – देशको मन्त्री परिवर्तन हुन्छ तर देश परिवर्तन हुदैन ।
तर – उकालो हिँडदा पसिना तर आएको छ ।
फुल –बाबु फुल टिपेर भगवान्लाई चढाउ ।
फुल  – पत्यक दिन कुखुराको फुल खायो भने स्वास्थ्यलाई फाइदा गर्छ ।
जाल – खेलमा जाल भयो भयो भनी पराजित टोलीलाई दुःख लाग्छ ।
जाल – रामले माछा जालमा पा¥यो ।
साँचो – म सधैँ साँचो कुरा गर्छुै  ।
साँचो – घरको साँचो भाइलाई राख्न दिएको छु ।
साल – म यो साल कक्षा ९ मा प्रथम हुने गरी पढ्छु ।
साल – हाम्रो देशमा सालका रुखहरु प्रसस्त पाईन्छ ।
काल – उन्धया कालमा घुमफिर गर्नै राम्रो हुन्छ ।
काल –  काल सबैको लागि बराबर हुन्छ ।
मास – बर्खा मास रोपाईमा धरै मानिसरु व्यस्त हुनछन् ।
मास – तरकारी र मासको दालसँग खाना माठो हुन्छ ।
पेटी – सुकुम्बासीहरु सडकको पेटीमा सुतेर नै रात कटाउँछन ।
पेटी –मलाई पेटी नलाइै हिड्न गाह्रो लाग्छ ।
उत्तर – सरले सोध्नुभएको उत्तर मैले दिए ।
उत्तर – भाईको उत्तरोत्र प्रगति होस् भन्ने चाहन्छु ।
उत्तर – म देशको उत्तरी क्षेत्रमा बस्छु  ।
कर – देशको लागी कर तिरी सभ्य नागरिकको परिचय दिनुपर्छ ।
कर – मलाई स्कुल जान कर नगर्नु ।
हार – म विहेमा सुनको हार बनाईदिन्छु ।
हार – खेल खेलेसकेपछि हार र जित अवस्या हुन्छ ।
हार – बुबाले दाउराको हार बनाई राख्नुभएको छ  । 

८) दुई दुई समूहमा बसी तलका वाक्यहरुलाई शुद्ध गरी कापीमा  सार्नुहोस्् । 
उत्तर मलाई विस्वास छ, तिमीले यस्ता जानेका कुराहरुलाई आफ्नो  जीवनमा उतार्ने छौ । आफ्ना साथीभाइ र गाउँघरमा पनि प्रसार गर्नेछौ । आशा छ, हाम्रा गाउँलेहरुले यस्ता नयाँ जानकारी प्राप्त गर्दै जाने छन् ।
 ९)  तपाईको आफ्नो संस्कृतिअनुसार निम्न लिखित तातागोतालाई घरायसी चिढी सुरुमा के भनेर सम्बोधन  र अभिवादन गर्नुहुन्छ, लेख्नुहोस् :
 नातागोता      सुरुको सम्बोधन       अभिवादन
माता       आदरणीय मुमा          साष्टाङ्ग दण्डवत्
पिता         आदरणीय पिता          साष्टाङ्ग दण्डवत्                     
दाजु          आदरणीय दाजु         साष्टाङ्ग दण्डवत्
दिदी            आदरणीय दिदी         साष्टाङ्ग दण्डवत्
बहिनी     प्यारी बहिनी        शुभाशीर्वाद तथा प्यार 
______

निद्रा

शारंश
श्री ३ बडामहारानकिा रुपमा दरबारमा भित्रिएको केही दिनमै बालकुमारी देवीले आफ्ना पति महाराज चन्द्रशमशेरमा गहिरो बेचैनी र छटपटाह देखिन । चन्द्रशमशेर राती राम्ररी निदाउन सक्तैनथे । उनी निद्रामै बर्बराउने , दारा किट्ने र एक्कासि बिउँझिने गर्थे । पतिको यस्तो व्यवहार देखेर बालकुमारीले एक दिन चन्द्रशमशेरसँग भनिन्, ‘‘हजुर किन राम्ररी निदाइ बक्सन्न? जान्नेलाई देखाउन पाए हुन्थ्यो । ’’ जवाफमा चन्द्रशमशेरले भने ,‘‘ मैले कलकतताका ठुला डाक्टरहरुसँग जँचाइसकेको छु । मलाई कुनै रोग छैन । चिन्ता मान्नु पर्दैन । जस्ता कुरा गर्छन ।
 चन्द्रशमशेर प्राय ः रिसाइरहन्थे । उनी आफ्ना भाइ भतिजाहरुसँग पनि झर्काेफर्काे गरेर बोल्थे । रोलक्र्रममा जनुपर्ने भएकाले भाइहरुको कुनै भरोसा थिएन । त्यसै कारण उनले इमानदार फतयलाई हजुरियाबाट र गेहेन्द्रलाई दरबारमै आउन रोक लगाउनेसम्मको काम गरे । उनको व्यवहारबाट  भाइ , भतिजाहरु पनि वाक्क भइसकेका थिए । यस थितिले भाइ, भतिजा पनि शत्रु हुने कुरा उनले बुझेका थिए ।  बालकुमारी आफ्ना पतिका बारेमा अनेक खराब कुराहरु सुन्नु परेकोमा पनि उनी चिन्तित बनेकी छन् ।
 चन्द्रशमशेरले त्रिभुवन चन्द्र कलेजको उद्घाटन गरे । त्यस कलेजको उद्घाटन गरेपछि उनलाई ठुलो पछुतो भयो । कलजमा पढेर शिक्षित भएपछि जनता जहानिया शासनका विरुद्ध आन्दोलनमा सरिक हुन्छन, । आफ्नो सत्ता गुम्छ भन्ने उनले ठानेका थिए । 

प्रश्नोत्तर

सुनाई

  १) पाठको पहिलो र दोस्रो अनुच्छेद सुन्नुहोस् र ठिक बेठिक छुट्यानुहोस् । 
क)  बालकुमारी देवी श्री ५ बडामहारानीका रुपमा दरबारमा भित्रिएकी थिइन् । ख) बालकुमारीले चन्द्रशमशेरमा गहिरो बेचैनी र छटपटाहट देखिन्न् ।
ग) चन्द्रशमशेर निद्रामै बर्बराउने, दारा किट्ने र एक्कासि बिउँझिने गर्थे । 
घ) चन्द्रशमशेर नेपालका ठुला डाक्टरहरुसँग जँचाइसकेका थिए ।
ङ) चन्द्रशमशेर मुख्तियार, जङ्गीलाठ भइसकेको भाइहरुलाई गाली गर्थ ।
उत्तर
 क) बेठिक
ख) ठिक
ग) ठिक
घ) बेठिक
ङ) ठिक

 २) पाठको तेस्रो अनुच्छेद सुन्नुहोस् र तलका प्रश्नको उत्तर दिनुहोस् : 
क) चन्द्रशमशेर भाइ भतिजासँग कसरी बोल्थे ?
उत्तर
चन्द्रशमशेर भाइ भतिजासँग झर्काैफर्काे र रिसाहा बनी बोल्थे ।
ख) किन चन्द्रशमशेरमा भाइहरुप्रति विश्वास थिएन ?
उत्तर   सबैलाई रोलक्रममा जनुपर्न भएकाले  सत्ताको डरले चन्द्रशमशेरमा भाइहरुप्रति विश्वास थिएन ।
ग) चन्द्रशमशेरले  फत्य र गेहेन्द्रलाई के के गरे ?
 चन्द्रशमशेरले गेहेन्द्रलाई दरबारमा आउन रोक लगाए र फत्यालाई हजुरियाबाट हटाउने काम गरे ।
घ) चन्द्रशमशेर र गेहेन्द्रशमशेरका बिचमा कस्तो नाता सम्बन्ध थियो ?
उत्तर चन्द्रशमशेर र गेहेन्द्रशमशेरका बिचमा काका र भतिजको सम्बन्ध थियो ।
 ङ)  भमिशमशेरले किन राजीनामा दिन्छु भनेका थिए ?
उत्तर चन्द्रशमशेरको रिसले गर्दा राजीनामा दिन्छु भनेका थिए । 
बोलाई 

१) तलका शब्दहरुको शुद्ध उच्चारण गनुहोस् :  

२ ) पाठका आठौ, नवौ र दसौँ अनुच्छेदका आधारमा तलका प्रश्नका उत्तर भन्नुहोस् । 
क) चन्द्रशमशेरले कुन कलेजको उद्घाटन गरे ?
उत्तर चन्द्रशमशेरले त्रिभुवन चन्द्र (त्रिचन्द्र) कलेजको उद्घाटन गरे ।
ख) कलजको उद्धाटनमा चन्द्रशमशेरले के भने ?
उत्तर : कलेजको उद्घाटनमा चन्द्रशमशेरले  कलेज खोलेर मैले आफ्ना खुट्टामा आफैँले बन्चरो हानेँ भने ।
ग) बालकुमारीका अनुसार कलेज खोल्दा किन राम्ररो हुन्छ ?
उत्तर बालकुमारीका अनुसार आफ्ना मानिसले पढ्न पाउने भएकाले कलेज खोल्दा राम्रो हुन्छ ।
घ) पढे लेखेका शिक्षितहरु के थाहा पाउँछन् ?
उत्तर पढे लेखेका शिक्षितहरु संसारमा के कस्ता शासन व्यवस्था छन् भन्ने कुरा थाहा पाउँछिन ।
ङ) राणा वंशको शासन समाप्त हुने कारण के हो ?
उत्तर  पढ्े लेखेका पाविारिक र जहानिय शासनका विरुद्ध प्रजातान्त्रिक आनदोलप्रति आकर्षित हुनु नै राणा वंशको शासन समाप्त हुने कारण हो । 
३) पाठको सत्रौँ अनुच्छेदमा उल्लेख भएका पात्रहरु चन्द्रशमशेरका सपनामा किन आएका होलान् ? समूहमा छलफल गर्नुहोस् र छलफलबाट निकालिएको निष्कर्ष कक्षामा सुनाउनुहोस् ।
उत्तर अनेकौँ  षडयन्त्र र हत्याबाट सत्ताको बागडोर समालेका चन्द्रशमशेर त्यसबेलाको शक्तिशाली शासक भए पनि उनी आफ्नो सत्ता गुम्छ कि भनी सधैँ त्रसित देखिन्छिन । मरेका बडाबाउ, दाइभाइ र भतिजाहरुसँग भने सारै  डराउन थालेको छन् । जिउँदा मानिसबाट भन्दा मरेका मानिसबाट डराउनुको कारण उनको मनमा उत्पन्न सत्ता खोसिन सन्त्रास नै हो । सन्त्रासकै कारण वनको वाघले खाओस्  वा नखाओस्  मनको बाघले उनलाई खाएको छ । जसरी उनले अनेकौँ षड्यन्त्र र हतया गरी सत्ता हत्याएका थिए , त्यसै गरी आफ्नो सत्ता गुम्छ भन्ने कुराबाट विपनामा मात्र होइन सपनामा पनि उनी त्रसित बन्ने गरेको छन् । 

पढाई 
१) पाठको तेरौँदेखि सोरौँ अनुच्छेदसम्म पढी सारांश लेख्नुहोस् । 
 प्रथम विशवयुद्धमा लाखौँ नेपाली युवाहरु पठाइ त्यसबाप्त  लाखौँ पैसा आफ्नो कोषमा जम्मा गरे  स्वार्थी चन्द्रशमशेरले आफ्ना छोराहरुका रोक्र्रमलाई सुरक्षित गर्दै भारतमा रहेको अङ्ग्रेज सरकारसँग सम्बन्ध बढाए ।  अन्तर्राष्ट्रिय  स्तरको विभूषणबाट उनी विभूषित हुनाका साथै करोडौँ पैसा र मूल्यवान् सामानहरु जम्मा गरे पनि उनको झन्झन् बढ्दै गयो । उनको उपचारका लागि तत्कालै विदेशबाट डाक्टर झिकाउने कि भनी बालकुमारीले प्रश्न गर्दा आफुलाई केही नभएको कुरा उनी बताउँछन् । 

३) पाठका बाइसौँदेखि अन्तिम अनुचछेदसम्म पढी कुनै पाँच ओटा प्रश्न बनाउनुहोस् । 
उत्तर
क) चन्द्रशमशेर के कुरामा बढी डर देखिन्थ्य् ?
ख) चन्द्रशमशेर चरित्र तपाइलाई कस्तो लाग्यो ?
ग) चन्द्रशमशेरलाई के भनेर बालकुमारीले सम्झाइन् ?
घ) चन्द्रशमशेरले गरेको काम मध्य कुन चाँही राम्रो हो ?
ङ) चन्द्रशमशेरले के के नराम्रो काम गरे ? 

४ पाठको बाइसौँदेखी अन्तिम अनुच्छेदसम्म पढी मुख्या मुख्या घटना टिपनुहोस् । 
उत्तर
क) अन्तर्राष्टिय रुपमा स्लेभ कमिसन बनेको,
ख) सती प्रथा जस्तै नराम्रा प्रथाहरु भारत, अमेरिका लगायत देशमा हटाइएको,
ग) दासप्रथा राज्यकोषबाट क्षतिपूर्ति दिएर भए पनि यो प्रथा हटाउनुपर्छ भन्ने लागेको छ,
घ) नेपालभरिबाट उनन्साठी हजार आठसय त्रिपन्न दासदासी मुक्त भएका ,
ङ) असल कामबाट चन्द्रशमशेरलाई आनन्द सुख प्राप्त भएको । 

५) तलको अघुकथा पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।
फाटेको मैलो लुगा लगाएको एक  माग्ने खाली खुट्टामा एक नव धनढ्यकहाँ माग्दै पुग्यो । नव धनाढ्यले एक मुठी भिक्षा दिनुको सट्टा एक जोर नयाँ नै दियो ।माग्नेले सर्ट उठाएर लुगा हे¥यो र त्यहीँ राख्यो, जहाँबाट उठाएको थियो । प्यान्ट उठायो, हे¥यो र त्यही राख्यो । त्यसरी आफूलपे दिएको सामानलायृ तिरस्कार गरेको ठानी धनी व्यक्तिले कड्केर भन्यो, लपे दिएको सामानलाई तिरस्कार गरेको ठानी धनी व्यक्तिले कड्केर भन्यो, ‘‘हैन, के खोजेको  तैँले ? माग्न हिँडने, दिएको नलिन ?’’
माग्नेले  सकरुण भन्यो, ‘‘मालिक , मलाई बस्, एक पेट अन्न चाहिएको छ , जसले पेट भर्न सकूँ ।  यतिका लुगा लगाएर हिँडे मलाई कसले दिन्छ फेरि ? त्यसैले यी लुगा लगाएन बाध्य गराएर मेरो पेटमा लात किन हान्नुहुन्छ ? मैले हजुरको के पो बिराँएको छु र ? ’’

प्रश्नहरु
क) माग्नेलाई धनी व्यक्तिले के दियो ?
उत्तर माग्नेलाई धनी व्यक्तिले एक जोर नयाँ लुगा दियो ।
ख)   धनाढ्य व्यक्तिले दिएको कुरा माग्नेले किन लिन मोनेन ?
उत्तर धनाढ्य व्यक्तिले दिएको कुरा माग्नेले लिन नमान्नुको कारण कसैले उसलाई नयाँ लुगा लगाएर माग्न हिँडदा्  भोकाएको पेट भर्न अन्न नदिनु हो ।
ग) माग्नेले धनाढय् व्यक्तिलाई ‘ मेरो पेटमा लात किन हान्नुहुन्छ ?’ भन्नुको तात्पर्य के हो ?
उत्तर  आवश्यकता पेट भर्ने भए पनि अरु नै कुरा दिएर पन्छिन खोज्नु नै माग्नेले धनाढय् व्यक्तिलाई मेरो पेटमा लात किन हान्नुको तात्पर्य हो ।
घ) माथिको अनुच्छेदमा रेखाङ्कित शब्दहरुको अर्थ के के हुन् ?
उत्तर   भिक्षा – मागेर पाएको अन्न वा खानेकुरा , भिख
तिरस्कार – कसैलाई गरिने अनादार वा उपेक्षा
सकरुण – दया वा करुणा 
६) पाठको पाँचौँ र छैटौँ अनुच्छेद पढ्नुहोस् र जोडा मिलाउनुहोस् ।
बालकुमारी देवी –जाजरकोटे ठकुरीकी छोरी
फत्य – हजुरियाबाट निकालिएको
जङ्गबहादुरले बाँधेको थिति – आफ्नै भाइ , भतिजासँग डराउनुपर्छ
कुरा काट्नेहरु – ‘फिस्टे महाराज’ भनेर हँस्सी मजाक गर्छन् ।
दुब्लाएर – सिट्ठो भइबक्स्यो
गेहेन्द्र – मेसिन गन बनाउने 
लेखाई 

१) तलका प्रश्नको उत्तर छोटकरीमा  लेख्नुहोस् । 
क) बिहे भएर आएको केही  दिनमै बालकुमारी देवीले चन्द्रशमशेरका बारेमा के कुरा थाहा पाइन् ?
उत्तर
 श्र ि३ बडामहारानकिा रुपमा दरबारमा भित्रिएको केही दिनमै बालकुमारी देवीले आफ्ना पति महाराज चन्द्रशमशेरमा गहिरो बेचैनी र छटपटाह देखिन । चन्द्रशमशेर राती राम्ररी निदाउन सक्तैनथे । उनी निद्रामै बर्बराउने , दारा किट्ने र एक्कासि  निद्रामै बर्बराउने, दारा किट्ने र एक्कासि बिउँझिने गर्थे ।
ख) चन्द्रशमशेर आफ्ना भाइ भतिजाहरुसँग कस्तो व्यवहार गर्थे ?
उत्तर
सबैलाई रोलक्रममा जनुपर्न भएकाले  सत्ताको डरले चन्द्रशमशेरमा भाइहरुप्रति विश्वास थिएन । चन्द्रशमशेरले गेहेन्द्रलाई दरबारमा आउन रोक लगाउने र फत्यालाई हजुरियाबाट हटाउने काम गरे । उनी आप्mना भाइ, भतिजाहमरुलाई समेत शत्रुका रुपमा हेर्थे  ।  चन्द्रशमशेरलाई भाइ, भतिजाहरुप्रति  रिस उठ्ने गथ्र्याे । उनको व्यवहारले भाइ, भतिजाहरु पनि वाक्क भइसकेका थिए । यसरी चन्द्रशमशेर भाइ, भतिजासँग असामान्य किसिमको व्यवहार गर्थ ।
ग) चन्द्रशमशेरलाई किन आफ्नै भाई भतिजाप्रति शङका थियो ।
उत्तर   जङ्गबहादुरको शेषपछि दाजुभाईका बिचमा हानथाप भइरहन्थ्यो । यसरी दाजु पछि भाइहरुमा र भाइहरु पछि भतिजाहरुमा सत्ता जाने रोलक्रमको स्थिति चलेको हुनाले चन्द्रशमशेरलाई आफ्नै भाई भतिजा हरुप्रति आफुलाई सिध्याउँछन् कि भन्ने शङका थियो । राणा शासनको बागडोर समाल्ने व्यक्ति अनेक षड्यन्त्र  गरी सत्तामा आएको हुन्थ्यो सत्तामा जान राणाहरु आपसमै झगडा र काटमार गर्थे । जङगबाहादुरले आफ्नै दाजुभाई बा हातबाट अरुका हातमा सत्ता नजाओस् भनी रोलक्रमको थिति बसाई दिएका थिए । 
घ) चन्द्रशमशेरले कसरी शासनलाई बलीयो बनाएका थिए ?
उत्तर  चन्द्रशमशेरले आफ्ना शत्रु पक्षलाई दबाएका थिएभने अर्कातिर छिमेकी भारतमा रहेको अङग्ेज सरकारसँग राम्रो सम्बन्ध कायम गरेका थिए । उनले एकातिर आफ्ना विरोधीका रुपमा चिनिएकालाई कित जिम्मेवारीबाट हटाएका थिए कि त समाप्त नै गरेका थिए । त्यस्तै उनले सती प्रथा, दास प्रथाको अन्त्य गर्ने जस्ता असल काम पनि गरेका थिए । त्यस्तैगरी आफ्ना छोराहरुको रोलक्रमलाई पनि सुरक्षित पारेका थिए । यसरी सबैतिर बाट चन्द्रशमशेरले आफ्नो शासनलाई बलियो बनाएका थिए ।
ङ) चन्द्रशमशेरलाई सपनामा ककसले के के गर्थ ?
उत्तर     विशवयुद्धमा मारिएका लाखौँ मानिसहरु  आएर उनीहरुलाई  हाम्रो ज्यान बेचेर कति कति कमाइस्  भनेर सताउने काम गर्छन । अपराध बोधका कारण उनीबाट अन्यायमा परेका व्यक्तिहरुले सपनामा आएर विभिन्न हिसाबले उनलाई सताउने गरेका छन् ।  चन्द्रशमशेरले सत्ता पा्रप्त गर्न र टिकाउन अनेक षड्यन्त्र, जालझेल र हत्या एवम् आताङ्क मच्चाएका थिए । उनी विपनामा मात्र होइन, सपनामा पनि गहिरो बेचैनमा परेका थिए । उनलाई अपराधबोधले सताईरहेका थियो ।  त्यसैले उनलाई सपनामा रणोद्ीपपले गाली गर्छन्  भने जगतजङहरु आएर डर देखाउने काम पनि गर्छ्न । 

२) शिक्षकलाई सोधेर सती प्रथाको बारेमा एक अनुच्छेद लेख्नुहोस् ।
उत्तर
सती प्रथा
अमानविय प्रथा प्राचिन कालदेखि नै नेपाल र भारतीय राज्यमा समेत प्रचलनमा थियो । मृतक शरीरसँग प्राण त्याग गर्नु र अति कष्टकर उवम् हृदयविदारक चित्कार सुन्न पनि नपरोस्  भनी अनेकौँ बाजा बजाउने प्रचलन सती प्रथामा थियो । यो प्रथा अवस्था हेरी सती जाने कुराको निर्धारण गरिन्थ्यो । मानदेव नाबालक भएको कारण आमा राज्यवतीलाई सती जानबाट रोकेको घटना र राणा नरभूपालको मृत्युमा जेठी आमालाई रोकेको घटनालाई उदाहरणका रुपमा लिन सकिन्छ । आफ्नो स्वार्थका लागि सती जान बाध्य परिएका घटना पनि प्रशस्त छन् ।  नेपालको इतिहासमा  सती प्रथा एउटा सामाजिक कलङ्कका रुपमा रहेको भयो । लोग्नेको मृत्यु भएमा उसकी श्रीमती लोग्नेकै चितामा जल्ने प्रथालाई सती प्रथा भन्ने चलन थियो ।
 वीरशमशेरका पालामा सरकारसँग अनुमति लिएर मात्रै सती जान पाइने व्यवस्था गरिएको थियो भने चन्द्रशमशेरले सन् १९२० जुन २८ (वि.स )  का दिन एउटा कानुनद्धारा यस अमानवीय प्रथालाई नेपालको सम्पुर्ण भागमा अवैध घोषित गरेर पुर्ण बन्द गरे । भारतमा यस प्रथालाई सन् १८२९ डिसेम्बर ४ मा लर्ड विलियम बेन्टिकले अन्त गरेको थिए ।

३) भाव विस्तार गर्नुहोस् : 
क) जङ्गबहादुरले बाँधेको स्थिितिमा यही कमजोरी छ , शासनमा रहनेले आफ्नै भाइ, भतिजासँग डराउनुपर्छ ।
जङ्गबहादुरले बाँधेको स्थिितिमा यही कमजोरी छ , शासनमा रहनेले आफ्नै भाइ, भतिजासँग डराउनुपर्छ । दाजुपछि भाइहरुमा र भाइहरुपछि भतिजाहरुमा रोलक्र्रम जाने भएपछि आफ्नै भाइ भतिजा त शत्रु हुँदा रहेछन् । रणोद्दीप, जगतजङका शत्रु को भए ? देव दाइका शत्रु का भए ,  जङ्गबहादुरले दाजुपछि भाइहरुमा र भाइहरुपछि भतिजाहरुमा रोलक्र्रम जाने स्थििति बसाइदिएका कारण आफ्नो पनि राज्य सत्ता गुम्ने हो कि भन्ने पिर चन्द्रशमशेरलाई परेको छ । यसले उनलाई सताउनसम्म सताएको छ  ।
 जङ्गबहादुर आफ्नो समयका बडो शक्तिशाली शासक थिए । उनले बनाएको नियमलाई कसैले उल्लङ्घन गर्ने हिम्मत गर्दैनथे । फलतः उनले आफ्नो समयमा अनुकूल किसिमका स्थििति बसाले पनि भावी पुस्ताका लागी उनले बसालेका कतिपय स्थिितिहरु शासन सत्ता सञ्चालन गर्दा सहज किसिमका थिएनन् । सत्तामा बसनेहरु सधैँ आफ्नो सत्ता सुरक्षित भइरहोस्  भन्ने चाहन्छन् । आफनो सत्ता गुम्ने हो कि भन्ने उनीहरुलाई चिन्ता हुने गर्छ । त्यस्तो बेला असल र राम्रा काम गर्नुको सट्टा पुर्खाहरुलाई दोष दिन पनि मानिस पछि पर्दैन भन्ने कुरालाई स्पष्ट पारिएको छ ।
ख) कलेज खोलेर मैले आफ्ना खुट्टमा आफैले बन्चरो हानेँ ।
उत्तर
सामान्यातया कसैले पनि आफ्नो खुट्टाम बञ्चरो प्रहार गर्दौन ।  आफ्ना खुट्टामा आफैँले बन्चरो प्रहार गर्नु असामान्य अवस्थामा मात्र सम्भव हुन्छ । त्यसैले यहाँ चन्द्रशमशेर आफुबाट त्यस्तै कमजोरी भएको स्वीकार गर्दै कलेज खोलेकोमा नेपाली जनता शिक्षित हुन्छन र आफ्नो सत्ता खोस्न आकर्षित हुन्छन् । भनेर पशचत्ताप गरेको कुरालाई माथिको अंशमा उल्लेख गरिएको छ ।
नाताले पढ्न पाए भने बिग्रन्छन् भन्ने कूर शासक चन्द्रशमशेरलाई लागेको छ पढे लेखेका शिक्षितहरुले संसारमा के कस्ता शासन व्यवस्था छन् । भन्ने थाहा पाउँछन् । नेपालीहरुले पनि पढेर आफ्नो शासनको अत्याचार बुझ्न सक्छन्  र आफ्नो राज्य सत्ता समाप्त हुन सक्छ भन्ने उनलाई लागेको  छ ।
ग) शक्ति, सत्ता र सम्पत्ति नै सबै थोक भन्ने ठानियो र मान्यजन पनि भनिएन , आफन्त पनि भनिएन ।
मानिस शक्ति, सत्ता र सम्पत्तिका कारण जस्तो सुकै अपराध कार्य गर्न पनि  तयार गर्न पछि हड्दैन ।  सत्तामा बस्ने मानिस आफूलाई सधैँ शक्तिशाली हुन प्रयत्न गर्छ । शासनको अधिकार वा प्रभुत्व कार्य गर्न साम, दाम, दण्ड र भेदको नीति अपनाएर ऊ अघि बढ्छ । 
 शक्ति, सत्ता र सम्पत्ति आर्जन गर्न मान्यजन र आफन्त केही नभनी अन्धो भएर निर्मम व्यवहार देखाए । यसल उनलाई सत्तामा टिकिरहन अुनकूल वातावरण मिले पनि उनी बडो बेचैनमा जिन्दगी बिताइरहेका छन् ।  अमन चयन र शान्ति बिनाको शक्ति, सत्ता र सम्पत्तिले मानिसलायै सुखी होइन, दुःदी मात्र बनाउँछ । अतः मानिस सुखी हुन जुनसुकै ठाउँमा पुगे पनि विवेकशील हुनुपर्छ र सन्तोषको जीवन बिताउन पाएमा नै उसको जीवन सार्थक हुन्छ । शक्ति, सत्ता र सम्पत्तिले मानिसलाइ अन्धो बनाउँछ । यिनको उपभोग गर्दा मानिस विवेकहीन वा संवेदनहीन बन्छ ।  यी यस्ता वस्तु हुन् जसले मानिसलाई मानिसको श्रेणीमा बस्न निकै कठिन हुन्छ । 
घ)  सुख र सन्तुष्टि भन्ने कुरा सम्पत्ति , पद र प्रतिष्ठाबाट हैन, असल कामबाट प्राप्त हुँदो रहेछन ।
उत्तर
असल कामबाट मानिसलाई सुख र सन्तुष्टि प्राप्त हुन्छ भन्ने कुरा चन्द्रशमशेरका गतिविधि र क्र्रियाकलापबाट स्पष्ट हुन्छ । मानिसको अन्तिम चाहना सुख र सन्तुष्टि हुने गर्छ । गलत तरिकाले आर्जन गरेको मानिसलाई सन्तुष्टि प्राप्त हुने  कुरा उसले गर्ने असल कर्म नै हो  । अवश्या नै मानिस सम्पत्ति आर्जन गर्न , उच्च पदमा पुग्न र प्रतिष्ठा प्राप्त गर्न सदा लालयित हुने गर्छ । यो मानवीय स्वभाव पनि हो  । तर उसले गलत तरिकाले सम्पत्ति आर्जन ग¥यो भने  पद र प्रतिष्ठा प्राप्त ग¥यो भने त्यसले उसलाई सुख वा सन्तुष्टि आर्जन ग¥यो भने  वा पद र सन्तुष्टि प्राप्त गर्न त असल कमै गर्नै पर्छे ।  प्रशंसा पाउँदा देवताहरु त खुसी हुन्छन् भने प्रशंसा पाउँदा मानिस खुसी नहुने कुरै भएन । अतः  अरुको प्रशंसा पाउन र सुखी एवम् सन्तुष्टिको जीवन बिताउन असल कर्म गर्ने पर्छै ।

४) पाठको सारांश लेख्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।
 श्री ३ बडामहारानकिा रुपमा दरबारमा भित्रिएको केही दिनमै बालकुमारी देवीले आफ्ना पति महाराज चन्द्रशमशेरमा गहिरो बेचैनी र छटपटाह देखिन । चन्द्रशमशेर राती राम्ररी निदाउन सक्तैनथे । उनी निद्रामै बर्बराउने , दारा किट्ने र एक्कासि बिउँझिने गर्थे । पतिको यस्तो व्यवहार देखेर बालकुमारीले एक दिन चन्द्रशमशेरसँग भनिन्, ‘‘हजुर किन राम्ररी निदाइ बक्सन्न? जान्नेलाई देखाउन पाए हुन्थ्यो । ’’ जवाफमा चन्द्रशमशेरले भने ,‘‘ मैले कलकतताका ठुला डाक्टरहरुसँग जँचाइसकेको छु । मलाई कुनै रोग छैन । चिन्ता मान्नु पर्दैन । जस्ता कुरा गर्छन ।
 चन्द्रशमशेर प्राय : रिसाइरहन्थे । उनी आफ्ना भाइ भतिजाहरुसँग पनि झर्काेफर्काे गरेर बोल्थे । रोलक्र्रममा जनुपर्ने भएकाले भाइहरुको कुनै भरोसा थिएन । त्यसै कारण उनले इमानदार फतयलाई हजुरियाबाट र गेहेन्द्रलाई दरबारमै आउन रोक लगाउनेसम्मको काम गरे । उनको व्यवहारबाट  भाइ , भतिजाहरु पनि वाक्क भइसकेका थिए । यस थितिले भाइ, भतिजा पनि शत्रु हुने कुरा उनले बुझेका थिए ।  बालकुमारी आफ्ना पतिका बारेमा अनेक खराब कुराहरु सुन्नु परेकोमा पनि उनी चिन्तित बनेकी छन् ।
 चन्द्रशमशेरले त्रिभुवन चन्द्र कलेजको उद्घाटन गरे । त्यस कलेजको उद्घाटन गरेपछि उनलाई ठुलो पछुतो भयो । कलजमा पढेर शिक्षित भएपछि जनता जहानिया शासनका विरुद्ध आन्दोलनमा सरिक हुन्छन, । आफ्नो सत्ता गुम्छ भन्ने उनले ठानेका थिए ।
अर्थ खुल्ने गरी वाक्य बनाउनुहोस् ।
उत्तर
बेचैनी – गाउँमा झगडा भएकाले बेचैनी भएको छ ।
बिनासित्तीमा – आज मैले  स्कुल गएर बिनासित्तीमा दःख पाए ।
रोलक्र्रम – प्राचिन कालमा सत्तामा जान रोलक्र्रम हुन्थ्यो ।
राजीनामा – मेरो लोकसेवामा नाम निक्लेकोले अब पढाउन राजीनामा दिन्छु ।
पदच्युत – नराम्रो काम गर्न कर्मचारीलाई मदच्युत गर्नुपर्छ ।
आकर्षित – फुल देखेपछि जो पनि आकर्षित हुन्छन ।
विभूषण – भानुभक्त आचर्यले सरकारबाट थुप्रै विभूषण पाएका छन ।
प्रायश्चित्त – उसले आफूले गरेको भूलको प्रायश्चित गरेको छ ।
षडयन्त्र – षडयन्त्र हुनु राम्रो होईन ।
उन्मूलन –  समाजमा भएको विकृतिहरुको उन्मूलान गर्नुपर्छ ।
प्रतिष्ठा – हामीले आफ्नो प्रतिष्ठा बड्ने काम गर्नुपर्छ । 

६) निम्न लिखित अनुकरणत्मक शब्दहरुको प्रयाग गरी वनभोज जाँदाको अनुभव लेख्नुहोस् ।
उत्तर
वनभोज रमाइलो कार्यक्रम
ज्यमारुङ गा वि स स्थित सल्लेघारी भन्ने ठाउँमा सबै जना साथीहरु मिली विहान ठिक सात बजे स्कुल प्राङगणमा सबै विद्यार्थी भेला भई गयौ । त्यहाँ नजिकै कलकल गरी खोली बगिरहेको थियो । साथीहरु सबै जना मिली त्यस खोलाबाट पानी ल्याईन्थ्यो । वनभोजमा साथीहरु सबै मिली नाचगान गरी रमाईलो गरईयो । 

७)  पाठबाट हलन्त प्रयोग भएका शब्दहरु खोजेर लेख्नुहोस् । 
उत्तर  भनिन, सुनिन, गरिनन्, पाउँछन, गर्लान, हुन्, भइन्, पाएनन् 

८)  पाठको शब्दार्थ पढी उही अर्थ आउने शब्द खोजेर शिक्षकलाई देखाउनुहोस् ।
 बेचैनी – चिन्ता,  तनाव
प्राय –  धेरैजसो
बिनासित्ती – बेकाममा, अकारण
राजीनामा – त्यागपत्र
शङ्कालु – अविश्वास गर्ने
रिट्ठो – दुर्बल
फिस्टे – ज्यादै सानो
बर्खास्त – आवकाशप्राप्त, खारेज,
आकषर््िात – खिचिएको
कलङ्क – आरोप, फत्तुर
उन्मूलन – मूलोच्छेदन
प्रतिष्ठा – ख्याति प्राप्त 

 ९ ) पाठ पढ्दा दोहोरो उद्धरण चिह्नको प्रयोगमा ध्यान दिनुहोस् र यस्तो चिह्न प्रयोग गरी छोटो संवाद लेख्नुहोस् । 
उत्तर
राम पढाई भन्दा बढी धेरै ध्यान खेलकुदमा दिन्छ । उनको दाईले उनलाई सम्झाउदै भने ‘‘ भाई तिमीले खेलकुदमा भन्दा बढी पढाई ध्यान देऊ ’’तर ऊ पढाईमा भन्दा खेल्ननै बढी चाहन्थ्यो । उसको पढाईको अवस्था देखेर दाईलाई चिन्ता पथ्र्याै र सधै सम्झाउथ्यो । उसले यो कुरा एक दिन बुबालाई सुनायो उसको बुबाले भन्नुभयो ‘‘ म एक पटक सम्झाउछु भन्नुयो’’ । 

व्याकरण

१) तलको अनुच्छेदमा वर्तमान काल जनाउने क्र्रियाकपदलाई रेखाङ्कन गरिएको छ, तिनलाई भूतकालमा रुपान्तरण  गरी कापीमा सार्नुहोस् : 
 सुदर्शन र स्वस्तिका उठिसकेका छन् । अहिले उनीहरु खाजा खाँदै छन् । जेनिस र आशुतोष पनि आँखा मिच्दै उठ्छन् । सुजन र युजन कपडा लगाउँदै छन् । करुणा र  नारायण ठिक परिसकेका छन् । अनिता, प्रनिसा, प्रतीक र सचिन पनि जम्मा हुन्छन् । सबै मिलेर एकै छिनमा चाहिने सामानको भारी लगाउँछन् । पुजन क्यामेर बोक्छन् । मुनाल गितार भिर्छन् । आज उनीहरु वनभोन आउँदै छन् । सबैको चेहरामा खुसी देखिन्छ ।
उत्तर  उठिसकेका छन् – उठिसकेका थिए
खाँदै छन् – खाँदै थिए
उठ्छन् –उठे
लगाउँदै छन् – लगाउँदै थिए
परिसकेका छन् – परिसकेका थिए
हुन्छन – भए
लगाउँछन् – लगाए
भिर्छन् – भिरे
जाँदै छन् – जाँदै थिए
देखिन्छ – देखे 

२) तलको अनुच्छेद पढी वर्तमान कालका पक्षहरुको पहिचान गर्नुहोस् र हरेक पक्षका वाक्यलाई अलग अलग तालिकामा राख्नुहोस् : 
 डोल्मा, रेखा, हसिना र शान्ति मेरा मिल्ने साथी हुन् ( सामान्य वर्तमान) । सुम्निमा,चित्रलेखा, हाकुमायसँग पनि म सारै मिल्छ ( सामान्य वर्तमान) । उनीहरु पनि मसँग असाध्यै मिल्छन् । (सामान्य वर्तमान) । अमरेश, रामकृष्ण, सुवास, सलिम, अष्वास, सलिम, अष्टमान प्रविण, पासाङ, योगेन्द्रहरुसँग हामी सँगै पढ्दै छौँ –अपूर्ण वर्तमान) । उनीहरु पनि मेरा राम्रा साथी बन्दै छन् (अपूर्ण वर्तमान )  हामीहरु मेचीदेखि महाकालीसम्म अनि हिमाल, पहाड, मधेस, तरार्य सबैतिरका छौँ (सामान्य वर्तमान) । जात, संस्कार मातृभाषा, वेषभूषा अलग अलग भए पनि हामी सबै नेपाली हौँ भन्ने हामीले थाहा पाएका छौँ  (पूर्ण वर्तमान )  । यसैले हामी सबै आपसमा मिलेर बसेका छौँ ( पूर्ण वर्तमान ) यसैले हामी सबै आपसमा मिलेर बसेका छौँ ( पुर्ण वर्तमान) । यसैले हामी सबै आपसमा मिलेर बसेका छौँ ( पूण वर्तमान ) एक अर्कको भावनाको कदर गरेका छौँ । ( पूर्ण वर्तमान)
उत्तर
सामान्य वर्तमान
हुन्, मिल्छु, मिल्छन्, छैन
अपूर्ण वर्तमान
पढ्दै छौँ, बन्दै छन्
पूर्ण वर्तमान
पाएका छौँ, बसेका छौँ, गरेका छौँ 

३) पाठको पहिलो अनुचछेदलाई सामान्य वर्तमान कालमा बदली पुनर्लेखन गर्नुहोस् । 
उत्तर
श्री ३ बडामहारानकिा रुपमा दरबारमा भित्रिएको केही दिनमै बालकुमारी देवीले आफ्ना पति महाराज चन्द्रशमशेरमा गहिरो बेचैनी र छटपटाहट देख्छिन् । चन्द्रशमशेर राती राम्ररी निदाउन सक्छन् । उनी निद्रामै बर्बराउने, दार किट्ने र  एक्कासि बिउँझिने गर्छन् । पतिको यस्तो व्यवहार देखेर बालकुमारी एक दिन चन्द्रशमशेरसँग भन्छिन्, ‘‘ हजुर किन राम्ररी निदाइ बक्सन्न ? जान्नेलाई देखाउन पाए हुन्छ । ’’ जवाफमा चन्द्रशमशेर भन्छन्, ‘‘म कलकत्ताका ठुला डक्टरहरुसँग जँचाउने छु । मलाई कुनै रोग छैन । चिन्ता मान्नु पर्दैन । ’’

४) पाठको तेइसौँ अनुच्छेदलाई अपूर्ण वर्तमान कालमा बदली पुनर्लेखन गर्नुहोस् ।
 उत्तर ‘‘ यो त ठिकै भन्दै छ्यौ । यस सम्बन्धमा मेरा मनमा पनि कुरा खेल्न थान्दै छन् । अमेरिकामा दास प्रथा हटाएकामा अब्राहम लिङ्कनको कत्रो इज्जत हुँदै छ । भारतमापनि यो प्रथा हट्दैछ । संसारबाटै दास प्रथा हट्नुपर्छ भनेर अन्तर्राष्ट्रिय रुपमा स्लेभ कमिसन पनि बन्दै छ भन्ने सुन्दै छु । अब हामीले यो प्रथा राख्दै छौँ भने संसारभरि हाम्रो बेइज्जत पनि हुँदै छ । त्यसैले अब दास प्रथा त हटाउने पर्छ तर दास मालिकहरु रिसाउँदै छन् कि भन्ने डर छँदै छ ।’’ चन्द्रशमशेर भन्दै छन् । ५)  पाठको छब्बिसौँ अनुच्छेदलाई पूर्ण वर्तमान कालमा बदली पुनर्लेखन गर्नुहोस् ।
उत्तर  श्री ३ चन्द्रशमशेरले टूँडिखेलमा आयोजित समारोहमा नेपालबाट दास मुक्त भएको घोषणा गरेका छन् । पशुपतिनाथको ढुकुटीबाट छत्तिस लाख सत्तरी हजार रुपैयाँ झिकेर मालिकहरुलाई दासदासीको मूल्य चुक्ता गरेकोछ । यसरी नेपालभरिबाट उनन्साठी हजार आठ सय त्रिपन्न दासदासिहरु मुक्त भएका छन् । 

६)  कोष्ठकमा दिएको सङ्केतअनुसार खाली ठाउँ भर्नुहोस् ।  
क) जसदीप पढाइका साथसाथै घरका काममा पनि सहायोग .....................। ( गर् – सामान्य वर्तमान)
उत्तर जसदीप पढाइका साथसाथै घरका काममा पनि सहायोग गर्छ ।
ख) कृतिका कक्षा ९ मा ...................... । ( पढ् – पुर्ण वर्तमान)
उत्तर कृतिका कक्षा ९ मा पढ्दै छिन् ।
ग) आङ्काजी आज काठमाडौँ  ......................... । (जा – सामान्य वर्तमान
उत्तर आङ्काजी आज काठमाडौँ गएका छन् ।
घ) लछुमनियाँ  बिदाका दिन लुम्बिनी.....................। (घुम् सामान्य वर्तमान )
उत्तर लछुमनियाँ बिदाका दिन लुम्बिनी घुम्छन् ।
ङ) महेश गीत ........................... ।(गाउ – उपूर्ण वर्तमान)
उत्तर  महेश गित गाउँदै छन् ।
च) खालिदाले चित्र ................... ।(बन्– पूर्ण वर्तमान)
उत्तर खालिदाले चित्र बनाएकी छन् । 

७) तलको अनुच्छेदबाट विशेषण र क्र्रियापद छानी अलग अलग तालिकामा लेख्नुहोस् : 
हामी गुराँसे पाखातिर लाग्यौँ । उकालो बाटो,माटो मान्छेलाई उकालो बाटो चढन् धेरै गारो हुँदो रहेछ, केही शिक्षकलाई सारै गारो भयो । बाँकी हामी दुब्ला, पातला भए पनि फुर्तिला थियौँ, खासै गारो भएन । पाखैभरि राता गुराँस फुलेका अनि साना, ठुला र रङ्गीबिरङ्गी चरा चुरुङ्गीको चिरबिराहटले गर्दा मनै आनन्द भयो । डाँडाको शिखरमा पुग्दा चेप्टा, थेप्चा, लाम्चा, गोला, काला, राता विभिन्न आकार र रङका ढुङ्गाहरु थुपारेर बनाएको देउरालीलाई फुलपाती र सेता कपडाको ध्वजा चढायौँ । शिखरमा पुग्दा हामीलाई ठुलो विजय हासिल  गरेको महसुस भयो ।
उत्तर
विशेषण
गुराँसे, उकालो, मोटो, धेरै, केही, बाँकी, दुब्ला,  पातला , राता, साना, ठुला, रङ्गीबिरङ्गी, चेप्टा, थेप्चा, लाम्चा, गोला, काला, राता, विभिन्न, सेता, ठुलो ।
क्र्रियापद
लाग्यो, हुँदोरहेछ, भयो, थियौँ, भएन, भायो , चढायौँ । 

८) समूह बनाई पाठबाट विशेषण शब्दहरु छान्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् । 
उत्तर विदेशी, जिउँदा, सारै, राम्रा, अलिकति, दुई, चार, सय , कति छत्तिस, सत्तरी केही , गहिरो, लामो इमानदार, जाजरकोट, एउटा, शङ्कालु 

९) पाठको अन्तिम अनुच्छेदमा प्रयाग भएका क्रियापदहरु वाक्यमा प्रयोग गरी कापीमा सार्नुहोस् । 
उत्तर थाले – नेपालीहरु देशको विकासमा सरिक हुन थाले ।
हुन्थे – एस उल सी परीक्षामा सबै विद्यार्थी उत्तीर्ण हुन्थे ।
भयो – मैले पसल राख्ने नै भयो ।
भइन् – म परीक्षामा पास भएको भएर ममी खुसी हुनु भयो ।
भनिन् – सिताले आज राम्रो कथा भनिन् ।
हैन – मैले भनेको कुरा असत्य हैन ।
रहेछ – राम्रो काम गरे फल पनि राम्रो नै पाइने रहेछ । 

  


 वसन्त कोकिला

शारंश
प्रस्तुत सुन्दर प्रस्तुत मेरो नेपाली किताब कक्षा ९ को पाठ आठ वसन्त कोकिला भन्ने कविताबाट सिर्जित गरिएको हो । युक्त कविताका कवि लेखनाथ पौड्याल ( वि.सं १९४१ – २०२२) द्धारा लिखित कवितामा वसन्त ऋतुको समयमा कोइलाीले प्रदर्शन गर्ने गतिविधिलाई प्रस्तुत गरेका छन ।
कैली घरी एउटा रुखको हाँगामा त घरी अर्का रुखको हाँगामा चाहर्दै बहाडी रसिक झैँ बनी पालुवामा ढलीमली गर्छ । चुच्चोले मञ्जरी ठड्याएर घरी यता घरी उता फरक्क पर्कने कोइली आफ्नो पुच्छरले लतार्दै प्रकिृतिक संसारमा रमाउने गर्छ । वसन्त हावा र पुष्प परागमा मस्त हुँदै आँप, कटहर आदिको रस पिएर सुरिलो गलाबाट वनै थर्किने गरी खुसीसाथ मिठो आवाज निकाल्छ । यसरी वसन्त ऋतुमा कोइलीले दिन बिताइरहेको हुन्छ ।
बसन्त ऋतुको आफ्नै महत्व छ । यस ऋतुले सबैलाई हर्षित एवम् आनन्दित तुल्याएको हुन्छ । चारैतिर ढकमक् फुलेका हजारैँ फुल तथा लतावृक्ष आदिमा ढपक्कै ढाकेको पालुवाले सौन्दर्य बढाइरहेको हुन्छ । सिरीसिरी हावा चल्नु न जाडो न गर्मी न त अति वृष्टिको भय पनि यस समयमा हुदैन । यस्तो गौरव बढाई रहेको वसन्त  ऋतुमा प्राकृतिक संसारमा रमाउने कोईली खुसी नहुने कुरै भएन । ऊ भित्रैैदेखी सारै खुसी भएको छ । ऊ प्रकृतिको निर्बाध उपभोग गर्न पाउदा गौरवबोध समेत गरिरहेको छ । वसन्त ऋतुले उसका जीवनमा बाहार ल्याईदिएको छ । यस अंशमा वसन्त ऋतुको गौरवगान गरिएको छ । परिष्कृत एव्म परिमार्जित भाषाशैली गरीकन मन जस्ता अन्त्यानुप्रासयुत पदावलि र उपजाति जस्तो शास्त्रीय छन्दका माध्यमबाट प्रकृतिप्रेम सम्बन्धी भावलाई सशक्त र प्रभावकारी बनाइएको छ ।
 यहाँ वसन्त ऋतुको गौरवले कोईली जस्तो मानवेतर प्राणी पनि खुसीले गद्गद् भएको उल्लेख गरेर कविले प्रकृतिको मानविकरण समेत गरेको पाईन्छ ।

प्रश्नोत्तर

सुनाई 

२) कविताको पहिलो र दास्र्रो श्लोक सुन्नुहोस् र त्यसका आधारमा निम्न प्रश्नको उत्तर दिनुहोस् । 
क) रुख तथा लहरामा वसन्त ऋतुमा कस्तो परिवर्तन आउँछ ?
उत्तर रुख तथा लहरामा वसन्त ऋतुमा लता वृक्ष आदिमा नवीन र लाखौँ फुलहरु फुलेर अनि पालुवाहरु पलाएर परिवर्तन आउँछ ।
ख) कोइलीले वसन्त ऋतुको शोभा कसरी बढाउँछ ?
उत्तर कोइलीले वसन्त ऋतुको शोभा वसन्त आयो भन्दै गौरवसाथ गाना खाएर बढाउँछ ।
ग) वसन्त ऋतुभन्दा पहिले कोइली आफ्ना दिन कसरी बिताउँथ्यो ?
उत्तर लुकी लुकी दुःखमा वसन्त ऋतुभन्दा पहिले कोइली आफ्ना दिन बिताउथ्यो ।
घ)  कोइली वसन्त ऋतुलाई कुन रुपमा लिन्छ ?
उत्तर आनन्द र सुखको ऋतुका रुपमा वसन्तलाई लिन्छ । 
बोलाई 
तलका शब्द प्रयोग गरेर साथीसँग कोइलीका बारेमा कुरा गर्नुहोस् । 
सारै, केवल, शरीर, चुच्चो
उत्तर
 राम : भाई तिमीले कोइली देखेका छौ ?
भाई : देखेको छु ।
राम : कोइलीको स्वर कस्तो हुन्छ बताइ देऊ त ।
भाई : कोइलीको स्वर धेरै मिठो हुन्छ । यसलाई मन नपराउनी कोइ हुदैन । सबैले मन पराउँछन ।
राम : यसको रङ्गको र क्र्रियाकलापको बारेमा पनि थाहा छ तिमीलाई बताईदेऊ न त ।
भाई : मलाई सबै कुरा थाहा छ । वसन्त ऋतुमा मात्र वनजङ्गलमा देख्न पाइन्छ । अरु बेला यो लुकेर बस्छ । जब वसन्छ ऋतु आउँछ यसले प्राकृतिक सौन्दर्यको मोज मस्ती लुट्छ । यसको सारा शरीर कालो हुन्छ । यसको मुख चराको जस्तो चच्चो हुन्छ ।
राम : धन्यवाद तिमीलाई सबै कुरा थाहा रहेछ कोहीलीको बारेमा,
भाई : हुन्छ । (दुवै जना घर तर्फ जन्छन ।) 

३) तलका प्रश्नको उत्तर भन्नूहोस् :
क) ‘वसन्त कोकिल’ कविताका कवि को हुन् ?
उत्तर ‘वसन्त कोकिल’ कविताका कवि लेखनाथ पौड्याल हुन् । 
ख) कवितामा कुन श्लोक बढी राम्रो लाग्यो र किन ?
उत्तर वसन्त ऋतुमा आँपको रसहरु पिएर खुसी हुँदै वन घन्काउने कोइलीको वर्णन यस  छैटौँ  श्लोकमा गएिकाले बढी राम्रो यो श्लोक लाग्यो ।
ग)  कविताको शीर्षक ‘वसन्त कोकिल’ कत्तिको उपयुक्त छ र किन ?
उत्तर वसन्त ऋतुमा  रमाउने कोइलीको वर्णनमै केन्द्रित भएकाले यो शीर्षक उपयुक्त र विषयवस्तु अनुकूल छ ।
घ) कविले कोइलाीलाई के के नाम दिइएका छन् ?
उत्तर कविले कोइलीलाई कलकण्ठ र कोकिल नाम दिइएका छन् ।
 ४) पाठका आधारमा वसन्त ऋतुमा देखिने परिवर्तनका बारेमा समूहमा छलफल गर्नुहोस् ।
 कवितामा उल्लेख भए अनुसार वसन्त ऋतुका समयमा प्राकृतिक जगत्मा धेरै परिवर्तन देखिन्छ । शिशिरपछि वसन्छ ऋतुको आगमन हुन्छ । । शिशिर ऋतुमा उराठ लग्दा लता, रुख आदिमा प्राकृतिक नयाँ लाखौँ फुल फुतिरहेका र पालुवाले भरिभराउ भएको देख्न पाइन्छ । यस बेला कोइलीले वसन्त आयो भनेर यस ऋतुको गौरव बढाउने काम गर्छ । आँपका रुखमा नयाँमञ्जरी पलाएका छन् । त्यसलाई चपाएर कोइली कुहू गर्दै छ । वसन्ती हावा सिरिरि चन्दैछ भने वसन्तको बहारमा कोइली मस्तसँग झुलिरहेको छ । वसन्त ऋतुमा ठन्डी र गर्मी डर छैन । बगैँचाहरु भरिभराउ छन् भने यस बेला वर्षाको पिर पनि छैन । 

पढाई 

१) ‘टनाटन’, ‘पालुवकन’ जस्ता अनुप्रासयुक्त शब्द पाठबाट खोजेर शिक्षकलाई भन्नुहोस् । 
उत्तर
 लुकीकन, दिन, परी मञ्जरी, बेसरी, घरी, हवा, पालुवा, मन, किन, झरी, परी, रस, मदालस, गलाकन, वन, अलिकति, यताउति, तहाँ, मञ्जरी, गरी, पछिल्तिर, पुच्छर, डर, पिर गरीकन, मन 

२) कविताको चौथो श्लोकका पङ्क्ति पढेर् उदाहरणअनुसार लेख्नुहोस् र कक्षामा सुनाउनुहोस् । 
उदाहरणः हावा सिरिसिरी चलिरहेको छ ।
सबै मञ्जु झुलिरहेछन् । सबै पालुवा झुलिरहेन् ।
जता दृष्टि दियो उतै मन सुखी हुन्छ । प्रमोदले त्यो किन पुरा नहोस् । 

३) पाठका सातौँ र आठौँ श्लोक पढी तलका प्रश्को उत्तर दिनुहोस् । 
क)  कोइलीले आफ्नो प्रसन्नतालाई कसरी व्यक्त गरेको छ ?
उत्तर  आफ्नो चुच्चो ठाडो  पारेर मञ्जरी चट्ट ठुगेर टिप्छ र सबैले दख्ने गरी चुच्चो ठाडो पारेर मञ्जरी चट्ट ठुगेर टिप्छ र घरी घरी अलिअलि भुर्र उड्दै एउटा एउटा रुखको हाँगोबाट अर्का हाँगोमा जाने बडो बहाडी रसिक झैँ भई पालुवामा ढलीमली गर्छ ।
ख) ‘ शाखान्तर’, ‘बहाडी’ , ‘रसिक’, ‘पालुवा’ र मञ्जरी शब्दको अर्थ के हो ?
उत्तर
शाखान्तर – एउटा हाँगाबाट अर्का हाँगामा जाने
बहाडी – फराकिलो
रसिक –  मन प्रसन्न पार्ने
 पालुवा – कलिला पात
मञ्जरी –मुजुर वा पलुवा
ग) ‘भुर्र, ‘चट्ट’, ‘परक्क’ यी अनुकरणातमक शब्दलाई वाक्यमा पयोग गर्नुहोस् ।
भुर्र – आगोलाई देख्नसाथ चरो भुर्र उड्यो ।
चट्ट – कैँचीले कपडा काटेर चट्ट मिलायो ।
फरक्क – मेरो डरले खेल्न गएको भाई डराएर फरक्क  फर्की घर आयो ।
 घ) ‘घरिघरि’, ‘ढलिमली’ जस्तै अन्य पाँच ओटा द्धित्व शब्द शिक्षकसँग सोधेर लख्नुहोस् ।
उत्तर : कालोकाले, राम्राराम्रा, मिठोमिठो, अलिअलि, उकुसमुकुस

४) पाठको पाँचौँ र छैटौँ श्लोक पढी छोटो उत्तर आउने तिन ओटा प्रश्न निर्माण गरी कक्षामा प्रस्तुत गनुहोस् । 
उत्तर
क) उक्त अनुच्छदेको मुल भाव के हो ?
ख) काइलीले हर्षलाई प्रस्तुत गर्ने तरिका कस्तो छ ?
ग) समीरले पुष्प– परपागको झरी भन्नुको अर्थ के हो ? 

लेखाई 
१) पाठका आधारमा उत्तर लेख्नुहोस् :
क) वसन्त ऋतुका विशेषताहरु के के हुन् ?
उत्तर  वसन्त ऋतुमा लता, वृक्ष आदिमा नयाँ नयाँ लाखौँ फुलहरु फुलेको देख्न पाइन्छ । पालुवाहरुले लता, वृक्ष आदिलाई ढपक्कै ढाकेका हुन्छन । यस बेला कोइलीले ‘वसन्त आयो’ भनी सुरिलो स्वार घन्काइसरहेको हुन्छ ।  वसन्त ऋतुमा न त जाडोको डर हुन्छ न त घामको नै डर हुन्छ । ठन्डी र गर्मी बराबर हुने भएकाले सारा प्राणीलाई यस ऋतुले आनन्द प्रदान गर्छ । यस्तै बगैँचाहरु अनेकौँ फुल र पालुव आदिले ढाकिएका हुन्छन् भने वर्षाको पनि कुनै पिर हुन्न । वसन्त ऋतुमा मानव र मानवेतर प्राणीलाई समेत आनन्द प्रदान गर्न वातावरण र मौसम हुन्छ । त्यसैले यस ऋतुका विशेषताहरु थुप्रै रहेका छन् ।
ख) वसन्त ऋतुमा कोइलीका दिन कसरी बित्छन् ?
उत्तर
यसरी कोइलीका दिन रमाइलो र उल्लासमय वातावरणमा बित्छन् । घरी एउटा रुखको हाँगामा त घरी अर्का रुखमा हाँगामा चाहर्दै बहाडी रसिक झैँ बनी पालुवामा ढलीमली गर्छ । चुच्चोले मञ्जरी ठड्याएर घरी यता घरी उता फरक्क फर्कने कोइली आफ्नो पुच्छरले लतार्दै प्रकिृतिक संसारमा रमाउने गर्छ । वसन्त हावा र पुष्प परागमा मस्त हुँदै आँप, कटहर आदिको रस पिएर सुरिलो गलाबाट वनै थकिने गरी खुसीसाथ मिठो आवज निकाल्छ । यसरी वसन्त ऋतुमा कोइलीले दिन बिताइरहेको हुन्छ ।
ग) वसन्त ऋतु कोइलीका लागि किन रमाइलो हुन्छ ?
उत्तर यस ऋतु कोइलाको लागि धेरै रमाइलो हुन्छ । निकै कठिनत न त उसले आहारा नै पाउँछ न त उपयुक्त वातावरणमा रमाउन पाउँछ प्रकृतिक संसारमा रमाउने यस प्राणीले वसन्त ऋतुमा लता, वृक्ष्हरुमा जतातै फुल फुलेको पालुवाले ढपक्कै ढाकेको पाउँछ । बडो दुःखी बन्दै बिताइरहेको कोइली बगैँचाका बिचमा बसी मञ्जरी चपाउँदै कुहू  आवज निकाल्छ । यसरी कोइलीका दिन रमाइलो र उल्लासमय वातावरणमा बित्छन् । घरी एउटा रुखको हाँगामा त घरी अर्का रुखको हाँगामा चाहर्दै बहाडी रसिक झैँ बनी पालुवामा ढलीमली गर्छ । चुच्चोले मञ्जरी ठड्याएर घरी यता घरी उता फरक्क फर्कने कोइली आफ्नो पुच्छरले लतार्दै प्रकिृतिक सँसारमा रमाउने गर्छ । वसन्त हावा र पुष्प परागमा मस्त हुँदै आँप, कटहर आदिको र पिएर सुरिलो गलाबाट वनै थाकिने गरी खुसीसाथ मिठो आवज निकाल्छ । यसरी वसन्त ऋतुमा कोइलीले दिन बिताइरहेको हुन्छ ।
घ) कोइलीले वनको शोभा कसरी बाढाउँछ ?
उत्तर
 चुच्चोले मञ्जरी टिप्ने, ठुँगेर चुच्चोमा मञ्जरी च्याप्ने अनि फरक्क फर्कदै पुच्छर लतारेर अर्कातिर फर्की मिठो स्वर निकाली कोइलीले वसन्तको शोभा बढाउँछ । प्रकृतिक संसारमा रमाउने यस प्राणीले वसन्त ऋतुमा लता, वृक्ष्हरुमा जताततै फुल फुलेको पालुवाले ढपक्कै ढाकेको पाउँछ । बडो दुःखी बन्दै बिताइरहेको कोइली बगैँचाका बिचमा बसी मञ्जरी चपाउँदै कुहू  आवज निकाल्छ । अनि  प्रकृतिलाई  नै उलासमय बनाई दिन्छ ।
ङ) कविले वसन्तको गौरवका रुपमा के के कुरा उल्लेख गरेका छन् ?
 आवाज, शीत तथा धामको कुनै डर नहुनु अनि बगैँचाहरु नाङ्गा तथा उराठ लाग्दा नहुनु र वर्षाको पिर नहुनु आदि कुरालाई वसन्तको गौरवका रुपमा उल्लेख गरेका छन् । 

 २) सप्रसङ्ग व्याख्या गर्नुहोस् । 
क)
चमाउँदै मस्त भएर बेसरी
कुहू कुहू गर्दछ त्यो घरी घरी ।
उत्तर
             प्रस्तुत सुन्दर पङ्क्तिहरु मेरो नेपाली किताब कक्षा ९ को पाठ आठ वसन्त कोकिला भन्ने कविताबाट सिर्जित गरिएको हो । युक्त कविताका कवि लेखनाथ पौड्याल ( वि.सं १९४१ – २०२२) द्धारा लिखित कवितामा वसन्त ऋतुको समयमा कोइलाीले प्रदर्शन गर्ने गतिविधिलाई प्रस्तुत गरेका छन ।
वसन्त ऋतुमा कोइलीले आफ्ना सारा दुःखहरु बिर्सन्छ । प्रकृतिक संसारमा रमाउने यस प्राणीले वसन्त ऋतुमा लता, वृक्ष्हरुमा जताततै फुल फुलेको पालुवाले ढपक्कै ढाकेको पाउँछ । बडो दुःखी बन्दै बिताइरहेको कोइली बगैँचाका बिचमा बसी मञ्जरी चपाउँदै कुहू  आवज निकाल्छ । यसरी कोइलीका दिन रमाइलो र उल्लासमय वातावरणमा बित्छन् ।
घरी एउटा रुखको हाँगामा त घरी अर्का रुखमा हाँगामा चाहर्दै बहाडी रसिक झैँ बनी पालुवामा ढलीमली गर्छ । चुच्चोले मञ्जरी ठड्याएर घरी यता घरी उता फरक्क पर्कने कोइली आफ्नो पुच्छरले लतार्दै प्रकिृतिक संसारमा रमाउने गर्छ । वसन्त हावा र पुष्प परागमा मस्त हुँदै आँप, कटहर आदिको रस पिएर सुरिलो गलाबाट वनै थर्किने गरी खुसीसाथ मिठो आवाज निकाल्छ । यसरी वसन्त ऋतुमा कोइलीले दिन बिताइरहेको हुन्छ ।
ख) वसन्तको गौरवले गरीकन
खुसी छ सारै कलकण्ठको मन ।
उत्तर  प्रस्तुत सुन्दर पङ्क्तिहरु मेरो नेपाली किताब कक्षा ९ को पाठ आठ वसन्त कोकिला भन्ने कविताबाट सिर्जित गरिएको हो । युक्त कविताका कवि लेखनाथ पौड्याल ( वि.सं १९४१ – २०२२) द्धारा लिखित कवितामा वसन्त ऋतुको समयमा कोइलाीले प्रदर्शन गर्ने गतिविधिलाई प्रस्तुत गरेका छन ।
बसन्त ऋतुको आफ्नै महत्व छ । यस ऋतुले सबैलाई हर्षित एवम् आनन्दित तुल्याएको हुन्छ । चारैतिर ढकमक् फुलेका हजारैँ फुल तथा लतावृक्ष आदिमा ढपक्कै ढाकेको पालुवाले सौन्दर्य बढाइरहेको हुन्छ । सिरीसिरी हावा चल्नु न जाडो न गर्मी न त अति वृष्टिको भय पनि यस समयमा हुदैन । यस्तो गौरव बढाई रहेको वसन्त  ऋतुमा प्राकृतिक संसारमा रमाउने कोईली खुसी नहुने कुरै भएन । ऊ भित्रैैदेखी सारै खुसी भएको छ । ऊ प्रकृतिको निर्बाध उपभोग गर्न पाउदा गौरवबोध समेत गरिरहेको छ । वसन्त ऋतुले उसका जिबनमा बाहार ल्याईदिएको छ । यस अंशमा वसन्त ऋतुको गौरबगान गरिएको छ । परिष्कृत एव्म परिमार्जित भाषाशैली गरीकन मन जस्ता अन्त्यानुप्रासयुत पदावलि र उपजाति जस्तो शास्त्रीय छन्दका माध्यमबाट प्रकृतिप्रेम सम्बन्धी भावलाई सशक्त र प्रभावकारी बनाइएको छ ।
 यहाँ वसन्त ऋतुको गौरवले कोईले जस्तो मानवेतर प्राणी पनि खुसीले गदगद भएको उल्लेख गरेर कविले प्रकृतिको मानविकरण समेत गरेको पाईन्छ ।

३)  कविले ‘वसन्त कोकिल’ कवितामा प्रकृतिको बयान कुन रुपमा गरेका छन्, विस्तारपुर्वक लेख्नुहोस् । 
उत्तर : 
उद्धृतंश कविशिरोमणि लेखनाथ पौड्याल ( वि.स १९४१  २०२० ) लिखित वसन्त कोकिल शीर्षकको कविताबाट साभार गरिएको हो । पौड्याल नेपाली साहित्यका प्रथम आधुनिक कविका रुपमा परिचित रहेका छन् ।  उनले यस कवितामा वसन्त  ऋतुका समयमा कोइलीले गर्ने गतिविधि क्र्रियाकलापका बारेमा सौन्दर्यपुर्ण चित्रण गरेका छन् । यसमा भावुक बन्दै कविले प्रकृतिको बयान गरेका छन् । 
चारैतिर ढकमक् फुलेका हजारैँ फुल तथा लतावृक्ष आदिमा ढपक्कै ढाकेको पालुवाले सौन्दर्य बढाइरहेको हुन्छ । सिरीसिरी हावा चल्नु न जाडो न गर्मी न त अति वृष्टिको भय पनि यस समयमा हुदैन । यस्तो गौरव बढाई रहेको वसन्त  ऋतुमा प्राकृतिक संसारमा रमाउने कोईली खुसी नहुने कुरै भएन । ऊ भित्रैैदेखी सारै खुसी भएको छ । ऊ प्रकृतिको निर्बाध उपभोग गर्न पाउदा गौरवबोध समेत गरिरहेको छ । बसन्त ऋतुले उसका जिवनमा बाहार ल्याईदिएको छ । यस अंशमा वसन्त ऋतुको गौरबगान गरिएको छ ।
 वसन्त ऋतुमा प्रकृति सबै प्राणीका लागि सुखदायक हुने गर्छ । जाडो र गर्मी तथा वर्षाको कुनै डर हुन्न र सारा प्राकृतिक संसार रमणीय बनेको हुन्छ । सबै प्राणीका निम्ति खुसी व्यक्त गर्ने प्रकृतिक वातावरण यसै बेला प्राप्त हुन्छ ।

४) ‘वसन्त कोकिल’ कविताको सारांश लेख्नुहोस् । 
वसन्त ऋतुमा लता, वृक्ष आदिमा नयाँ नयाँ लाखौँ फुलहरु फुलेको देख्न पाइन्छ । पालुवाहरुले लता, वृक्ष आदिलाई ढपक्कै ढाकेका हुन्छन । यस बेला कोइलीले ‘वसन्त आयो’ भनी सुरिलो स्वार घन्काइरहेको हुन्छ ।  वसन्त ऋतुमा न त जाडोको डर हुन्छ न त घामको नै डर हुन्छ । ठन्डी र गर्मी बराबर हुने भएकाले सारा प्राणीलाई यस ऋतुले आनन्द प्रदान गर्छ । यस्तै बगैँचाहरु अनेकौँ फुल र पालुवा आदिले ढाकिएका हुन्छन् भने वर्षाको पनि कुनै पिर हुन्न । वसन्त ऋतुमा मानव र मानवेतर प्राणीलाई समेत आनन्द प्रदान गर्न वातावरण र मौसम हुन्छ ।
हावाले पुष्प परागलई झार्दा वातावरण उत्सवमय बन्छ । त्यसबेला कोइलीले आँप कटहर आदिको रस पिई आफ्ना गलाबाट हर्षको सुरिलो स्वरले वन नै घन्काइरहेको हुन्छ । खुसीले कोइली अलिअलि भर्र उड्दै एउटा हाँगोबाट अर्के हाँगोमा गएर बस्छ । र बडो बहाडी रसिक झैँ बनी पालुवामाथि ढलीमली राखी बेलाबेला फरक्क पछि फर्कदा पुच्छरले पालुवा लर्तार्दै प्रसन्नता व्यक्त गर्छ ।  

४)  तलका विविध किसिमका शब्दहरुलाई समूह मिली अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् र कक्षामा सुनाउनुहोस् । 
उत्तर
कल – दाई कल भएको ठाउँमा कपडा सिलाउन गायो ।
कल – बच्चाले कल गरे भने काम गर्न समस्या आउँछ ।
पिर – गाउँलेहरुसँग झगडा गर्छ कि भनेर भाईको विषयमा मलाई पिर पर्छ ।
पिर – सालको पातबाट पिर पिर बजाउन मिल्छ ।
पिर – भाई ममीलाई धेरै पिरछ ।
पुरा – तिम्रो काम पुरा कति बजे हुन्छ ।
पुरा – पहिलेको पुराकथा मलाई खुब मन पथ्र्यौ  । 
आ )
श्रुतिसम भिन्नार्थक शब्द
उत्तर
दिन – म दिनमा धेरे काम गर्छैु ।
दीन – दीन दुःखीको सधैँ समस्या हुन्छ ।
घरि – तिमी घरि घरि किन म भएको ठाउँमा आउँछौ ।
घरी – मेरो भाईले एक घरी केरा ल्ययो ।
सित – मसित अहिले समस्याहरु धेरै छ ।
शित – शित परेको समयमा बाहिर हिँडदा विरामी पर्नै सक्छ ।
इ) विपरीतार्थक शब्द
उत्तर
भरि – गाउँभरि रहेको समस्या देखेर मानिसहरु दङ्ग  पर्नुभयो ।
आधा – मलाई आधा मात्र पैसा दिनुभए पनि हुन््छ ।
अगाडि – मेरो अगडि कसैले नराम्रो कुरा गर्नै सक्दैन ।
पछाडि – मानिसले अगाडि र पछाडिको कुरा सोचेर काम गनुपर्छ ।
दुःख – मैले दुःख गरेर काम गरेको छु ।
सुख – सुख नै जिवन होइन ।
दिनु – कसैलाई पनि बेकाममा दुःख दिनु हुदैन ।
लिनु – कसैको ज्यान लिनु राम्रो काम होइन् ।
नवीन – म सधै नवीन कार्य गर्छु ।
प्राचीन  – प्राचीन समयमा मानिसहरु अशिक्षित थिए ।
पूर्ण – उसले निर्माणका काम पूर्ण ग¥यो ।
अपूर्ण – काम गर्दा सधै अपूर्ण गर्नूहुदेन ।
कलिलो – हुने बिरुवाको चिल्लो पात भनेजसरी कलिलो उमेरमा नै भविष्यको जग बसाल्नुपर्छ ।
छिप्पिएको – रामले छिप्पिएको लैका खाएन ।
पछि – म पछिसम्म राम्रो काम गर्छु ।
अघि – केही छिनअघि राम यहीँ थियो तर अहिले यहाँ छैन ।
ई ) अनुकरणत्मक शब्द
घनक्क – बिहेमा धनक्क बाजा घन्किन थालेपछि सबै नाच्न थाले ।
 फरक्क – मेरो आवाज सुन्नासाथ रामले मलाई फरक्क फर्केर हे¥यो ।
भुर्र – चराहरु भुर्र उड्यो ।
चट्ट – उ आज चट्ट राम्रो भएर आएको छ । 
६ ) पाठमा भएका तलका शब्दहरुलाई प्रचिलित वर्ण विन्यासअनुसार सच्याएर कपीमा साुर्नुहोस् :
उत्तर
भरी – भरि
चलीरहेको –चलिरहेको
अलीकति – अलिकति
झुलीरहेछन् – झुलिरहछन्
लतारि – लतारी 

व्याकरण

२) कोष्ठकमा दिएको सङ्केतका आधारमा तलका वाक्य परिवर्तन गर्नुहोस् :   
क)  पूणिमान कविता ले कविता लेख्छ । (स्त्रीलिङ्ग)
उत्तर  पूणिमा कविता लेख्छे ।
ख) माधुरी गीत गाउँछे । (पुलिङग)
उत्तर तिमी कहाँ गएकी थियौ ?
ग) तिमी माछा मा¥यो । ( बहु वचन)
उत्तर उनीहरुले माछा मारे ।
घ) तिमी कहाँ गएका थियौ ?(स्त्रीलिङ्ग)
उत्तर तिमी कहाँ गएकी थियौ ।
ङ) हामी सिेनेमा हेर्न गएका थियौँ । (एक वचन)
उत्तर म सिनेमा हेर्न गएको थिएँ ।
च) मैले घाँस काट्ेँ । ( तृतिय पुरष)
उत्तर उसले घाँस काट्यो ।
छ) ऊ माइत गई ( अकरण)
उत्तर ऊ माइत गइन ।
ज) साथी घर गयो । (उच्च आदर )
उत्तर साथी घर जानुभयो । 

३) तलका वाक्यलाई पक्षका आधारमा जोडा मिलाउनुहोस् :
उत्तर
क) जुनेलीले खसी पालेकी छ । पुर्ण वर्तमान
ख) मञ्चला चित्र कोर्दै छिन् । अपूर्ण वर्तमान
ग) अष्टमान घर गयो । सामान्य भूत
घ) आज राती पानी परेछ । अज्ञात भूत
ङ) मीरा सानामा निकै पढ्थी । अभ्यस्त भूत
च) हामी भोलि मामाघर जाने छौँ । सामान्य भविष्यत् 
४) सामान्य वर्तमानका क्रियापदहरु प्रयोग गरी आफ्नो विद्यालयका बारेमा एक अनुच्छेद लेख्नुहोस् । 
उत्तर
मेरो विद्यालयको नाम श्री स्थानपति माध्यमिक विद्यालय हो । मेरो विद्यालयमा कक्षा दस सम्म पढाई हुन्छ ।  विद्लयमा टाढा टाढा बाट पनि विद्यार्थी पढ्न आउँछन । स्वच्छ वातावरण रहेको मेरो स्कुलको भौतिक संरचना पनि निकै उत्कृष्ट रहेको छ । वरिपरिको वातावरण सुन्दर भएकाले निकै नै सफा र लोभ लाग्दो ठाउँमा रहेको छ । 

५ ) भविष्यत् कालका तिन ओटै पक्षमा दुई दुई ओटा वाक्य लेख्नुहोस् ।  
उत्तर
सामान्वय भविष्यत्
क) राम सहर जाने छ ।
ख) उ धेरै पढ्ने छ ।
ग) हामी काठमाडौँ जाने छौँ ।
अपूर्ण भविष्यत्
क) राम खेल्दै हुने छ ।
ख) कृष्ण परीक्षा लेख्दै हुने छ ।
ग) म खाना खाँदै हुनेछु ।
पूर्ण भविष्त् ।
क) मैले काम गरेको हुने छु ।
ख) उ कामबाट आइसकेको हुने  छ ।
ग) रामले खाना खाईसकेको हुनेछ । 

६ ) तलका पद सङ्गति मिलेका वाक्यमा ठिक (√) र पद सङ्गति नमिलेका वाक्यमा बेठिक (×) चिह्न लगाउनुहोस् । 
क) साथीको आमा आयो ।
ख) आज विद्यालयमा विद्यार्थी छैनन् ।
ग) चरो आकासमा उड्छन् ।
घ) तिनीहरु बिहानै बजार गयन ।
ङ) तिमी नेपाली राम्ररी बोल्छौ ।
 उत्तर
क)   (×)
ख)  (√)
ग)  (×)
घ) (×)
ङ) (√)
७. धातु र सङकेतको  आधारमा खाली ठाउँ भर्नुहोस् :
क) कविले कविता .............. । ( लेख : पूर्ण भूत )
उत्तर कविले कविता लेखेका थिए ।
ख) गुरुले पाठ ..............। (  पढाउः सामान्य भूत )
उत्तर गुरुले पाठ पढाउनुभयो ।
ग) उसले खेल .......... । (खेल् : अज्ञात भूत )
उत्तर  उसले खेल खेलेछ ।
घ) भरियाहरु भात ............ । (  खा : अपूर्ण भूत )
उत्तर  भरियाहरु भात खाँदै थिए ।
ङ) हामी मङ्गलबार व्रत ........ । ( लि : अभ्यस्त भूत )
उत्तर हामी मङ्गलबार व्रत ..... लिन्थ्यौँ । 

८) तलको अनुच्छेदबाट ‘सम्’ उपसर्ग लागेका शब्द छानेर शिक्षकलाई देखाउनुहोस् :
लेखनाथ पौड्याल ( वि. सं. १९४१ –२०२२) कुशल कवि हुन् । उनको जन्म कास्ककिो अर्घौअर्चलेमा भएको थियो । उनले संकृत शिक्षामा मध्यमासम्मको अध्यान गरेका थिए । उनको उदयले नेपाली साहित्यको काव्य विधा निकै समृद्ध भयो । पूर्वीय साहित् सिद्धान्तअनुसार नेपाली भाषामा काव्य सिर्जना गर्ने कविहरुमा कवि शिरोमणि लेखनाथ पौड्याल अग्र पङ्क्तिमा छन् । उनका कवितामा विशेष गरेर नेपालको सामाजिक अवस्था, सांस्कृतिक परिवेश तथा प्राकृतिक दृश्यको चित्रण पाइन्छ । ऋतु विचार, बुद्धि विनोद, सतयकलि संवाद, भर्तृहरि निर्वेद, गीताञ्जली लक्ष्मीपूजा, त्याग र उद्यको युगन प्रकाश, सत्यस्मृति, मेरो राम, तरुण तपसी, लालित्य भाग १ र २ उनका उत्कृष्ट , संवाद ।
उत्तर
संस्कृत, समृद्ध, सांस्कृतिक, संवाद । 
९) उदाहरणअनुसार तलका उपसर्ग लगाएर तिन तिन ओटा शब्द निर्माण गर्नुहोस् :
उत्तर
प्र – प्रति, प्रयोग, प्रयास
वि – विना, विजोक्, विनायक
अनु – अनुशासन , अनुमान, अनुदान
सु – सुचना, सुस्केरा, सुकुमारी
अ –अज्ञान, अजान, अशिक्षा
बद – बदनियत, बदला, बदमास
अधि – अधिकार, अधिराज्य, अधिपति
अभि – अभिमत, अभिवक्ता, अभिज्ञान
उप – उपकार, उपचार, उपयोगी 
१० तलका शब्दबाट उपसर्ग र आधार पदलाई छुट्याउनुहोस्ः 
उत्तर
अभिभावक – अभि + भावक
अनुशासन – अनु + शासन
नातागत – ना + तागत
बेमतलब – बे + मतलब
निराहार – निर् + आहार
संहार – सम् + हार
सङ्कट – सम् + कष्ट 
११ तलका आधार पदमा उपसर्ग लगाई तिन तिन ओटा शब्द निर्माण गर्नुहोस् : । 
उत्तर
हार – विहार, आहार, जुहार
कार – उपकार, अपकार, नमस्कार
चार – उपचार, आचार , लाचार
देश – प्रदेश, उपदेश, आदेश
सार – संसार, निम्सार, असार
भाव – विभाव, अनुभाव, प्रभाप 



जैविक खेती

शारंश
नेपालमा प्राङ्गारिक मल उत्पादन गर्ने कुनै गारो छैन । यहीँ उपलब्ध वनस्पति अन्य सडेगलेका चिजबाट प्राङ्गारिक मल बनाएर खेती गर्दा जमिनको उर्वर शक्ति बढ्ने तथा खाद्यान्नको उत्पादनमा समेत वृदधि हुने देखिन्छ । आज नेपालीहरु वैदेशिक रोजगारबाट फर्किएपछि जैविक खेतीमा समेत आकर्षित हुन थालेको छन् । नेपाल विविधतायुक्त हावापानी भएको देश हो । यस देशमा  अनेक किसिमका जीवजन्तुहरुको अस्तित्वव रहको छ । अनेक प्राणी र वनस्पतिले युक्त यस देशमा जैविक खेतीको सम्भावना प्रचुर मात्रामा रहने कुरालाई सहजै स्विकार्न सकिन्छ । आज नेपालीहरु  सहजै स्विकार्न सकिन्छ ।
 निश्चित रुपमा रासायनिक खेतीबाट क्षणिक लाभ हुने कुरामा दुईमत हुन सक्दैन तर दीर्घकालीन असर भयावह बन्दैगएको कुरालाई पनि नकार्न सकिन्न । नेपालको भौगोलिक बनावट विविधतामय छ । हावापानी पनि विविधतमय रहेको छ । यसले गर्दा जैविक खेती नेपालमा सहज रुपमा फस्टाउने सम्भावना छ । परम्परागत रुपमा भन्दा केही नयाँप्रविधिको प्रयोग र आधुनिकीकरण गर्दै लैजान सकेका खण्डमा यसबाट पर्याप्त लाभ लिन सकिने देखिन्छ ।
धेरै बाली उब्जाउने र छिटै पैसा कमाउने लालसाले नेपालीहरुको स्वस्थ्यमा दिनँहु गम्भीर सङ्कट उत्पन्न हुन थालेको छ । खेती किसानी गर्ने मानिसहरु आफ्नो बालीनाली जोगाउन विषादी युक्त रसायनको प्रयोग गर्दा आफ्नो स्वास्थ्यलाई  ख्यालै गर्दैनन् । त्यस्तै रसायन र विषादी युक्त रक्तचाम, हृदयघात जस्ता डरलाग्दा रोहरुले आक्र्रमण गर्न थालेको छ । राष्ट्रलाई नेपालीहरुको स्वास्थ्य कसरी बचाउने भन्ने कुरो ठुलो चुनौती बनेर आएको छ । 

प्रश्नोत्तर

सुनाइ

१) पाठको पहिलो अनुच्छेद सुन्नुहोस् र ठिक बेठिक छुट्यानुहोस्ः 
क) रासायनिक मल र कीट नाशक विषादीको प्रयाग भएको खेती रासायनिक हो ।
ख) रासायनिक मल र कीट नाशक विषादीको प्रयोग नभएको खेती जैविक हो ।
ग) जैविक र प्राङ्गारिक मलको प्रयोग हुँदैन ।
घ) जैविक खेतीमा प्राङ्गारिक मलको प्रयोग हुँदैन ।
ङ) मानिस, पशुपन्छी, कीट, पतङ्ग र वनस्पतिमा  निर्भर खेती नै जैविक हो ।
उत्तर
क) ठिक
ख) ठिक
ग) बेठिक
घ) बेठिक
ङ्) ठिक

 २) पाठको दोस्रो अनुच्छेद सुन्नुहोस् र तलका प्रश्नको उत्तर दिनुहोस् । 
क)  जैविक खेतीको सुरुआत कहिले भयो ?
उत्तर  जैविक खेतीको सुरुवात कृषि युगको आरम्भसँगै भयो ।
ख) उद्योग धन्दाको सुरुआतपछि के भयो ?
उत्तर  उद्योग धन्दाको सुरुवातपछि  जनसङ्ख्याको ठुलो हिस्सा कृषिबाट विमुख भयो ।
ग) रासायनिक मलका रुपमा कस्ता खाद्य तत्त्वहरु उत्पादन गरिन्छ ?
उत्तर  रासायनिक मलका रुपमा नाइट्रोजन, फोस्फोरस, पोटास जस्ता खाद्य तत्त्वहरु उत्पादन गरिन्छ ।
घ) के कारणले थोरै जमिनमा धेरै उब्जनी हुन थाल्यो ?
उत्तर ःरासायनिक मलबाट उत्पादन बढने,  विषादीको प्रयागबाट रोग र किरा नियन्त्रण हुने भएका कारण थोरै जमिनमा धेरै उत्पादन हुन थाल्यो ।
 ङ)   रासायनिक खेती कसरी लोकप्रिय भयो ?
उत्तर थोरै मिहिनेतबाट धेरै उब्जनी दिन सकेकाले रासायनिक खेती लोकप्रिय भयो । 

बेलाइ

 २) रासायनिक खेतीका फाइदा र बेफाइदाका बारे कक्षामा छलफल गर्नुहोस् । 
कृषि युगको आरम्भसँगै जैविक खेतीको सुरुआत भएको हो । उद्योग धन्दाको विकाससँगै जनसङ्ख्यको ठुलो हिस्सा कृषिबाट विमुख भयो । थोरैले काम गरेर धेरैलाई पाल्नुपर्ने भयो । यसैको उपायका रुपमा १९ औँ शताब्दीमा रासायनिक मलको आविष्कार भयो । रासायनिक मलमा आविष्कार भयो । रासायनिक मलमा बाली बिरुवाका लागि अधिक मात्रामा चाह्निे नाइट्रोजन, फोस्फोरस, पोटास जस्ता खाद्य तत्त्वहरु मिश्रण गरिएकाले उत्पादन बढ्न थाल्यो । यसै गरी २० औँ शताब्दीदेखि बालीनालीमा लाग्ने कीट पतङ्गहरुलाई नियन्त्रण गर्न विषादीको पनि प्रयोग हुन थाल्यो । रासायनिक मलबाट उत्पादन बढ्ने, विषादीको प्रयोगबाट रोग र  किरा नियन्त्रण हुने भएपछि  थोरै जमिनमा धेरै उत्पादन हुनु स्वाभाविक हो । यसरी थोरै मिहेनतबाट धेरै उब्जनी दिन  सकेकाले रासायनिक खेती चाँडै लोकप्रिय हुन थाल्यो ।  रासायनिक खेतीमा यी फाइदा भएर पनि यसका बेफाइदा पनि देखा पर्न थाले । यसले गर्दा रासायनिक खेतीका विषयमा अनुसन्धान र अध्ययन गर्नुपर्ने अवस्था आयो । यसका नकारात्मक असरहरुका बारेमा हुन थालेको अध्ययनले यसको विकल्पको खोजी गर्नुपर्ने तत्थ्यलाई प्रस्तुत गर्यो ।  रासायनिक खेतीका फाइदाहरुका साथै बेफाइदाहरु पनि थुपै्र रहेका छन् । यसका बारेमा अनुसन्धाताहरुले थुप्रै अध्ययन एवम् अनुसन्धान गरेका छन् । रासायनिक मलको प्रयागले पृथ्वीको पर्यावरण, मानव स्वास्थ्य र वानस्पतिक चक्र्रमा प्रतिकूल असर पारेको कुरा उनीहरुले पत्ता लगाए । रासायनिक मलको प्रयोगले माटाको अम्लीयपन बढाएर प्राकृतिक बनावट बिगार्ने काम गर्छ । जैविक तत्त्वकै कमी भएर जमिन मरुभूमिमा परिणत हुने अवस्था सिर्जना हुन्छ । रासायनिक खेतीले बालीबिरुवाका मित्रलाई पनि असर पुर्याएको हुन्छ ।  शत्रु किराहरुको प्रतिरोधात्मक क्षमता बढ्न गई तिनलाई नियन्त्रण गर्ने क्र्रममा कडा विषादीको प्रयाग गर्दा मानव स्वास्थ्यमा समेत गम्भीर असर पुग्न थालेको पाइन्छ । रासायनिक मलको प्रयागले कयान्सर, उच्च रक्तचाप, हृदयघात, मुटू, कलेजो र फोक्सो बिग्रिएको पनि पाइन्छ । यसरी रासायनिक मलको खेतीले मानव स्वास्थ्य, पर्यावरणीय सन्तुलन र जैविक विविधतामा गम्भीर सङ्कट उत्पन्न गर्नु यसका बेफाइदाहरु  हुन् ।
गाउँघरमै रहेको विभिन्न वस्तुहरु  जैविक प्रविधिबाट बाली बिरुवामा लाग्ने किरा र रोगको निदान गर्ने उपाय थुपै्र छन् । सागपातमा किरा वा लाइ लागेमा गाईको गहुँत पानीमा मिसाएर छर्किदा सजिलै नियन्त्रण गर्न सकिन्छ । यस्तै मकै, धान, गहुँ आदि बालीमा लाग्ने किरालाई पनि गहुँतको प्रयोग गरी निदान गर्न सकिन्छ भने सुर्तीपानी, खरानी आदिले रोगको निदान गर्न सकिन्छ । यस्तै धोक्रेफुलको जराको प्रयोग गरेर पनि बिरुवामा लाग्ने किरा र रोगको निदान गर्न सकिन्छ । विभिन्न सेउलाहरले विरुवाहरुको फेदमा राख्ने वा टुक्रा बनाएर जमिनमा छर्ने  गर्नुपर्छ यसरी जैयविक प्रविधिबाट पनि किरा वा अन्या रोगहरु हटाउन सकिन्छ ।

 पढाइ 

२) पाठको नवौँ अनुच्छेद पढी ठिक बेठिक छुट्याउनुहोस्:
 क) नेपालको प्राकृतिक, भौगोलिक, सामाजिक, सांस्कृतिक पर्यावरण जैविक खेतीका लागि अनुकूल छ ।
ख) नेपालमा व्यावसायिक रुपमा पशु पालन गर्न सकिन्छ ।
ग) नेपालमा कम्पोस्ट मल बनाउने कच्चा सामग्रीको अभाव छ ।
घ) नेपालमा बहु सङ्ख्यक मानिसहरुको पुख्र्यौली व्यवसाय व्यापार हो ।
ङ) नेपालमा जैविक खेतीलाई थोरै आधुनिक र व्यावसायिक बनाइदिए पुग्छ ।
च) अब नेपालका गाउँ गाउँसम्म सडक यातायात पुग्न थालेको छ ।
छ) नेपालबाट बर्सेनि अरबौँ रुपियाँको खाद्य पदार्थ निर्यात हुने गरेको छ ।
उत्तर
क) ठिक
ख) ठिक
ग) बेठिक
घ) बेठिक
ङ) ठिक
च) ठिक
छ) बेठिक

३) पाठको अनुच्छेद पढी तलका प्रश्नको उत्तर दिनुहोस्:
क) रासायनिक खेतीले माटोलाई के गर्छ ?
उत्तर रासायनिक खेतीले माटोको अम्लीयपन बढाउने काम गर्छ ।
ख) मित्र किराहरुले बाली बिरुवालाई कसरी सहयोग पुर्याउँछन् ?
उत्तर बिरुवालाई सखाप पार्न कीट पतङ्गलाई धपाएर  मित्र किराहरुले सहयोग पुर्याउँछन् ।
ग) किन रासायनिक खेतीको विकल्प सोच्न थालिएको हो ?
उत्त्र
जैविक विविधताका गम्भीर सङ्कट उत्पन्न गर्न थालेकाले रासायनिक खेतीको विकल्प सोच्न थालिएको हो ।
घ) उर्वरा शक्ति, पराग सेचन, प्रतिरोधात्मक क्षमता, पर्यावरणीय सन्तुलन र जैविक विविधताको अर्थ बताउनुहोस् ।
उत्तर
उर्वर शक्ति – धेरै उब्जनी गराउने शक्ति
पराग सेचन – फूलको परागलाई मौरी, भमरो आदिले अर्काे फुलमा पुर्याउने काम, परागण, बीजाधान
प्रतिरोधात्मक क्षमता – रोगसँग लड्न सक्ने शक्ति
जैविक विविधता – जीवहरुको अनेकता, धेरै जीवहरु भएको अवस्था 

४) पाठमा प्रयोग भएका प्राङ्गारिक, उर्वरा शक्ति, पराग सेचन जस्ता प्राविधिक शब्द टिपोट गर्नुहोस् । 
उत्तर
 कीटनाशक, रासायनिक मल, रासायनिक खेती, जैविक खेती, कृषि युग, उद्योग धन्दा, वनस्पतिक चक्र्र, जैविक तत्त्व, वातावरणीय प्रदूषण, पर्यावरणीय सन्तुलन, जैविक विधि, बालीचक्र, उत्पादकमूलक, आत्मनिर्भर, व्यवसाय 

 लेखाइ

पाठको आधारमा उत्तर दिनुहोस्:
क) रासायनिक खेती र जैविक खेतीका बिचमा के फरक छ ?
उत्तर   विषादी लगायत हानिकारक तत्त्व प्रयोग नगरी गरिने खेती जैविक हो । यसमा मानिस तथा जीवका लागि हानिकारक हुने तत्त्वको प्रयोग हुँदैन । आफ्नै परिवेशमा  पाइने वनस्पति, जडीबुटी तथा अन्य वस्तुबाट जैविक खेतिका सामग्री तयार पारिने हुँदा यी सामग्री जीवनका लागि हानिकारक नभई लाभदायक हुने गर्छन् । तर  रासायनिक मल तथा कीट नाशक विषादीको प्रयोग गरेर गरिने खेती रासायनिक खेती हो भने परम्परागत जैविक वस्तुमा मात्र निर्भर रहेर गरिने खेती जैविक खेती हो । जो जन्मिन्छ, बढ्छ र मर्छ अनि जसलाई बाँच्नका लागि खाना, पानी र हावा चाहिन्छ , त्यसलाई जीव भनिन्छ । त्यसैले विषादी लगायत हानिकारक तत्त्व प्रयोग नगरी गरिने खेती जैविक हो ।
ख)   रासायनिक खेतीका बेफाइदाहरु के के हुन् ?
उत्तर रासायनिक मलको प्रयागले पृथ्वीको पर्यावरण, मानव स्वास्थ्य र वनस्पतिक चक्र्रमा प्रतिकूल असर पारेको कुरा उनीहरुले पत्ता लगाए । रासायनिक मलको प्रयोगले माटाको अम्लीयपन बढाएर प्राकृतिक बनावट बिगार्ने काम गर्छ । जैविक तत्त्वकै कमी भएर जमिन मरुभूमिमा परिणत हुने अवस्था सिर्जना हुन्छ । रासायनिक खेतीले बालीबिरुवाका मित्रलाई पनि असर पुर्याएको हुन्छ ।  शत्रु किराहरुको प्रतिरोधात्मक क्षमता बढ्न गई तिनलाई नियन्त्रण गर्ने क्र्रममा कडा विषादीको प्रयोेग गर्दा मानव स्वास्थ्यमा समेत गम्भीर असर पुग्न थालेको पाइन्छ । रासायनिक मलको प्रयागले कयान्सर, उच्च रक्तचाप, हृदयघात, मुटू, कलेजो र फोक्सो बिग्रिएको पनि पाइन्छ । यसरी रासायनिक मलको खेतीले मानव स्वास्थ्य, पर्यावरणीय सन्तुलन र जैविक विविधतामा गम्भीर सङ्कट उत्पन्न गर्नु यसका बेफाइदाहरु  हुन् ।
ग) विषादीको प्रयोगले मानव स्वास्थ्यमा के कस्तो असर गर्देछ ?
उत्तर
विषादीको प्रयोगमा  मानव स्वास्थ्यमा धेरै उत्पादन गर्ने लोभमा  उसले आफ्नो स्वास्थ्य नराम्ररी बिगारि रहेको हुन्छ । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको पाइन्छ ।  यसले क्यान्सर, उच्च रक्तचाप, हृदयाघात, मुटू, कलेजो र फोक्सो बिग्रने खालका रोगलाई निम्त्याउँछ । यसरी विषादीको प्रयोगले मानव स्वास्थ्यमा अति नै गम्भीर असर गर्दछ ।
घ) पर्यावरणीय सन्तुलन र जैविक विविधताका बिचमा के अन्तर छ ?
उत्तर
पर्यावरणीय सन्तुलनका लागि पृथ्वीमा रहेको सबै  प्राणी लगायत वनस्पति आपसमा अन्तर निर्भर हुने भएकाले यिनको संरक्षण तथा संवर्धन आवश्यक हुन्छ ।
पार्यवरणीय सन्तुलन राख्न विभिन्न प्रकारका जीवहरुको अन्तर सम्बन्ध रहेको हुन्छ वा यो प्रक्र्रिया जल तथा थलमा खाद्य जनका रुपमा रहेको हुन्छ । त्यसैले खाद्य जालको प्रक्र्रियाबाट वातावरण्मा सन्तुलन कायम हुने हुनाले पर्यावरणीय सन्तुलन र जैविक विविधताको बिच यही सामान्य अन्तर छ ।
ङ) जैविक खेतीबाट कसरी आत्म निर्भरत बढाउन सकिन्छ ?
उत्तर
जैविक खेतीलाई  सर्वप्रथम रोजगारीको मुख्य आधार बनउनुपर्छ । नेपालको प्रकृतिक, भौगोलिक, सामाजिक, सांस्कृतिक पर्यावरण खेतीका लागि अनुकूल रहेकाले जैविक खेतीबाट प्रशस्त लाभ लिन सकिन्छ । नेपालमा प्रशस्त मात्रामा जङ्गल, चरन सुविधा र पानीको स्रोत भएकाले जैविक खेतीलाई व्यावसायिक र आधुनिकीरण गर्दै उत्पादनमा वृद्धि गरी निर्यात गर्न सके विदेशमा गई श्रमबेच्ने स्थितिको अन्त्य भई स्वदेशमै आत्मनिर्भरता बढाउन सकिने अवस्था छ । त्यसैले हामीसँग भएका मैलिक वस्तु र श्रम तथा सिपको सदुपयोग गरी योजनाबद्ध तरिकाले अघि बढेका खण्डमा जैविक खेतीबाट  आत्म निर्भरता बढाउन सकिन्छ । 
३) ‘ नेपाललाई रसायन र विषादी मुक्त राष्ट्र बनाऔँ’ शीर्षकमा एउटा अनुच्छेद लेख्नुहोस् । 
विषादी मुक्त राष्ट्र नेपाल
धेरै बाली उब्जाउने र छिटै पैसा कमाउने लालसाले नेपालीहरुको स्वस्थ्यमा दिनँहु गम्भीर सङ्कट उत्पन्न हुन थालेको छ । खेती किसानी गर्ने मानिसहरु आफ्नो बालीनाली जोगाउन विषादी युक्त रसायनको प्रयोग गर्दा आफ्नो स्वास्थ्यलाई  ख्यालै गर्दैनन् । त्यस्तै रसायन र विषादी युक्त रक्तचाम, हृदयघात जस्ता डरलाग्दा रोहरुले आक्र्रमण गर्न थालेको छ । राष्ट्रलाई नेपालीहरुको स्वास्थ्य कसरी बचाउने भन्ने कुरो ठुलो चुनौती बनेर आएको छ ।
व्याख्या गर्नुहोस्:
क) पृथ्वीका प्राणी र वनस्पतिबिचमा लिने दिने प्रक्र्रिया चक्र्र झैँ घुमिरहन्छ ।
उत्तर
प्राणीले बोट बिरुवाबाट खाद्य तत्त्व र अक्सिजन प्राप्त गर्दछन् । यस्तै बोट बिरुवाहरुले पनि आफूलाई चाहिने हावा र खाने कुरा जीवनजन्तुबाट लिने गर्दछन् । पार्यवरणीय सन्तुलन राख्न विभिन्न प्रकारका जीवहरुको अन्तर सम्बन्ध रहेको हुन्छ व यो प्रक्र्रिया जल तथा थलमा खाद्यजनका रुपमा रहेको हुन्छ । त्यसैले खाद्य जालको प्रक्र्रियाबाट वातावरण्मा सन्तुलन कायम हुन्छ । 
 मानिस तथा जनावरहरुका मलमूत्र बोट बिरुवाका उत्तम खाना मानिन्छन्  । अर्कातिर सडेगलेका पात पतिङ्गरलाई कुहाएर बोट बिरुवाका लागि खान योग्य  मल बनाउने काम कीट पतङ्गरहरुले गरिरहेका हुन्छन् ।  यो एक अर्कामा लेनदेन गर्ने प्रक्र्रिया हो ।
ख) प्राणी र वनस्पतिका बिचमा रहेको अन्योन्याश्रित सम्बन्धले पृथ्वीमा जीवको अस्तित्व सम्भव भएको हो ।
उत्तर
मानिस वनस्पति जगत्बाट खाद्य तत्त्वका साथै अक्सिजन प्राप्त गर्दछन् । खाद्य तत्त्व र अक्सिजनका अभावमा प्राणीको अस्तित्व कायम हुन सक्दैन । त्यस्तै वनस्पति जगत्ले पनि आफूलाई चाहिने हावा र खाने कुरा जीवजन्तुबाट प्राप्त गर्दछन् । मानिसका मलमूत्र, सडेगलेका चिज बोट बिरुवालाई अस्तित्ववान् बनाउने प्रमुख खाद्य सामगी्र हुन् । यिनको अभावमा वस्पति जगत् वा बोट बिरुवाको अस्तित्व सङ्कटग्रस्त बन्दछ ।
पृथ्वीका सम्पूर्ण प्राणी र वनस्पतिको सम्बन्ध नङ र मासुको जस्तो हुने गर्दछ । यस्तो सम्बन्ध हरेक प्राणी र वनस्पतिसँग रहेको हुन्छ । प्राणी र वनस्पतिको अस्तित्व कायम गर्न यिनीहरुका बिच गहिरो र अटुट सम्बन्ध रहेको तथ्यलाई माथिको अंशमा उल्लेख गरिएको छ । 

५ उत्तर नेपालमा व्यवसायिक रुपमा जैविक खेतीको सम्भावनाका बारेमा एउटा निबन्ध लेख्नुहोस् । 
उत्तर
नेपालमा जैविक खेतीको सम्भावना
नेपालमा प्राङ्गारिक मल उत्पादन गर्ने कुनै गारो छैन । यहीँ उपलब्ध वनस्पति अन्य सडेगलेका चिजबाट प्राङ्गारिक मल बनाएर खेती गर्दा जमिनको उर्वर शक्ति बढ्ने तथा खाद्यान्नको उत्पादनमा समेत वृदधि हुने देखिन्छ । आज नेपालीहरु वैदेशिक रोजगारबाट फर्किएपछि जैविक खेतीमा समेत आकर्षित हुन थालेको छन् । नेपाल विविधतायुक्त हावापानी भएको देश हो । यस देशमा  अनेक किसिमका जीवजन्तुहरुको अस्तित्वव रहको छ । अनेक प्राणी र वनस्पतिले युक्त यस देशमा जैविक खेतीको सम्भावना प्रचुर मात्रामा रहने कुरालाई सहजै स्विकार्न सकिन्छ । आज नेपालीहरु  सहजै स्विकार्न सकिन्छ ।
 निश्चित रुपमा रासायनिक खेतीबाट क्षणिक लाभ हुने कुरामा दुईमत हुन सक्दैन तर दीर्घकालीन असर भयावह बन्दैगएको कुरालाई पनि नकार्न सकिन्न । नेपालको भौगोलिक बनावट विविधतामय छ । हावापानी पनि विविधतमय रहेको छ । यसले गर्दा जैविक खेती नेपालमा सहज रुपमा फस्टाउने सम्भावना छ । परम्परागत रुपमा भन्दा केही नयाँप्रविधिको प्रयोग र आधुनिकीकरण गर्दै लैजान सकेका खण्डमा यसबाट पर्याप्त लाभ लिन सकिने देखिन्छ । 

६) शब्दार्थमा प्रयाग भएका पर्यावाची शब्दहरुको सूची बनउनुहोस् । 
उत्तर
हिंसा – भाग, अंश, खण्ड
पराग सेचन – परागण, बीजाधान
प्रतिरोधात्मक – प्रतिरोधक
चक्र्र – वृत्त, मण्डल
अस्तित्व – सत्ता, विद्यमानता
पुख्र्यौली – पुस्त्यौली, वंशावली
पुँजी – धन, सम्पत्ति, रुपियाँ, पैसा
समुन्नत – सम्पन्नता, समृद्धिि
हेय – निच, खराब, हेला, उपेक्षा

७) तलका शब्दालाई फरक फरक अर्थ आउने गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस्:
उत्तर
तर – दुधको तर मन पर्दैन ।
तर – म खोला तर्छु ।
तर – राम आयो तर सिता आएन् ।
तिर – कृष्ण घर तिर गयो ।
तिर – उसले तिरले हानेर मान्छे मार्यो ।
कल – बच्चाहरु कल गरे भने रिस उठ्छ ।
कल – म कपडा सिलाउन कल भएको ठाउँमा जान्छु ।
कल – म पानी कल कल खान्छु ।
अर्थ – अर्थहिन काममा समय खेर फ्याल्नु हुदैन ।
अर्थ – पैसा शब्दको अर्थ धन हो ।
फुल – बगैँचामा फुलहरु धेरै फुलेका छन् ।
फुल – मलाई कुखुको फुल मन पर्दैन ।
फल – कमजोर मान्छेले फलफुल खुवाउनु पर्छ ।
फल – आज परिक्षाफल प्रकाषित भयो ।
बस – भाई बस अनी कुरा गर ् ।
बस – म अस्ती बसमा चढेको थिए । 
८) तलका शब्दको विपरीत अर्थ हुने शब्द लेख्नुहोस् । 
उत्तर
ठुलो – सानो
शत्रु – मित्र
सफा – फोहोर
मरुभूमि – उर्वराभूमि
कृत्रिम – अकृत्रिम
निर्यात – आयात
सकारात्मक – नकारात्मक
आधुनिक – पुरातन 

९) पाठको तेस्रो अनुच्छेदबाट सुरु, विचमा र अन्त्यमा दीर्घ हुने पाँच पाँच शब्द खोजी कापीमा लेख्नुहोस् । 
उत्तर
 सुरुमा
भौगोलिक – भूगोल + इक
जैविक – जीव + इक
बिचमा – अनुकूल
अन्त्यमा – खेती, पानी, दही, गाई , पुख्र्यौली 

१० ) पाठको ‘श’ को प्रयोग भएका शब्दहरु खोजी लेख्नुहोस् । 
उत्तर
शक्ति, धनराशि, श्रेयस्कर, प्रशस्त, देश, स्वदेश, पशुपन्छी, आवश्यकता, आवश्यक 

व्याकरण

१) उदाहरणका आधारमा प्रत्येक कारक र विभक्तिको उचित प्रयोग गरी एक एक ओटा वाक्य बनाउनुहोस्:
क) कर्ता कारक र प्रथमा विभक्तिको प्रयोग
हसिना हाँसिन् । म कविता लेख्छु । रामले खाना खायो । नानीमैयाँले कविता लेखिन् ।
उत्तर बुबाले चिठी लेख्नुभयो ।
ख) कर्म कारक र द्धितीया विभक्तिको प्रयाग
मैले आँप खाएँ । पासाङले सीतालाई किताब पढायो । आमाले रामलाई बोलाउनुभयो ।
उत्तर ः भाइले मलाई बोलायो ।
ग) करण कारक र तृतीया विभक्तिको प्रयोग
 मैले लाठाले आँप झारेँ । हरिले खुकुरीले दाउरा चिरे । गुरुआमाले हामीलाई प्रोजेक्टरले पढाउनुभयो ।
उत्तर मैले लट्ठीले सर्प  मारेँ ।
घ) सम्प्रदान कारक र चतुर्थी विभक्तिको प्रयोग
मैले सिर्जनालाई उपहार दिएँ । हाकुमैयाले रञ्जजनादेवीलाई रुमाल दिइन् । सुलोचनाले हामीलाई गीत सुनाइन् ।
उत्तर ः  मैले भाइलाई कलम दिएँ ।
ङ) अपादान कारक र पञ्चमी विभक्तिको प्रयोग
मैले रुखबाट सुन्तला झारेँ । हरिले बिहानैदेखि केही खाएको छैन । सुम्निमाले झोलाबाट किताब निकालेर मैयाँलाई दिइन् ।
उत्तर पोखराबाट म हिजो मात्र आएँ ।
षष्टी विभक्तिको प्रयाग
मेरा एक एक जना बहिनी र भाइ छन् । मेरो भाइको नाम भोगेन्द्र हो । रञ्जना मेरी बहिनी हुन् । सरिता , सन्देश र गेल्बु भाइका मिल्ने साथी हुन् । बहिनीको मिल्ने साथी चित्रलेखा हुन् । रञ्जना र भोगेन्द्र दुबै जना आआफ्ना सामानको हिफाजत गर्न सिपालु छन् । आफ्नो भाइ र आफ्नी बहिनीको यस्तो राम्रो बानी देख्दा मलाई खुसी लाग्छ ।
उत्तर:
मेरो भाइ घर गयो ।
छ) तलको अनुच्छेदमा रहेका कारक र विभक्ति पहिल्याई शिक्षकलाई देखाउनुहोस् ।
बेगम नेपालगन्जमा बस्छिन् । मञ्जु दार्चुला पुगिन् । उनको मनमा पाप छैन ।
उत्तरः मैले टेबुलमा समान राखेँ । 
तलको अनुच्छेदमा रहेका कारक र विभक्ति पहिलयाई शिक्षकलाई देखाउनुहोस्:
निनामा धेरै महेनती छन् । उनी अत्यन्त दयालु र सहयोगी पनि छन् । उनी दुःखी गरिबहरुलाई सहयोग गर्छिेन् । उनी बेला बेलामा असहायहरुलाई खानेकुरा र कपडा दिन्छिन् । निनामाका बाबु अमरबहादुर चाम्लिङ अवकास प्राप्त बेलायती सैनिक हुन् । उनी श्रमलाई धेरै महत्त्व दिन्छन् र धेरैजसो कोदालाले बारी खनिरहेका भेटिन्छन् । उनी रुखबाट डाले घाँस झार्न र बाँसबाट चोया काढ्न पनि उत्तिकै सिपालु छिन् । निनामाकी आमा धनशोभा याक्खा कलेजमा पढाउँ छिन् । आमाकै छत्रछायामा रहेर निनामाले पाढाइमा धेरै राम्रो गरेकी छन् । पढाइका अतिरिक्त घरको काममा पनि निनामा उत्तिकै जाँगरिली छन् । बगैँचामा जाने, पाकेका फलफुल रुखबाट टिपेर जम्मा गर्ने बजारमा लगेर बेच्ने आदि काममा उनी सिपालु छिन् । त्यसो त कविता लेख्ने, चित्र बनाउने कलामा पनि उनी निपुण छिन् ।
उत्तर
निनिमा –कर्ता कारक
उनी –  कर्ता कारक
गरिबहरुलाई   –  कर्मकारक    ‘लाई’ द्धितीय विभक्ति
असहायहरुलाई –  सम्प्रदान कारक      ‘लाई’ चतुर्थी विभक्ति
 निनाका बाबु  –          .....        षष्ठी विभक्ति
श्रमलाई – सम्प्रदान कारक       ‘लाई’ चतुर्थी विभक्ति
 कोदालाले – करण कारक           ‘ले’ तृतिया विभक्ति
रुखबाट – अपादान कारक       ‘बाट’ पञ्चमी विभक्ति
बाँसबाट – करण कारक          ‘बाट’ तृतिया विभक्ति
निनामाकी आमा –................... षष्ठी विभक्ति
कलेजमा  अधिकरण कारक       ‘मा’ सप्तमी विभक्ति
 आमाकै............................   षष्ठी विभक्ति
 छत्रतायामा   अधिकरण कारक      ‘मा’ सप्तमी विभक्ति
निनामाले  – कर्ता कारक      ‘ले’ प्रथमा विभक्ति
 घरको        ..............    ‘को’ षष्ठी विभक्ति
 काममा  अधिकरणकारक     ‘मा’ सप्तमी विभक्ति
बगैँमा – अधिकरणकारक      ‘मा’ सप्तमी विभक्ति
 पाकेका –   ....................    का षष्ठी विभक्ति
रुखबाट – अपादान कारण    ‘बाट’ पञ्चमी विभक्ति
 बजारमा –  अधिकरण कारक      ‘मा’ सप्तमी विभक्ति
काममा –  अधिकरण कारक       ‘मा’ सप्तमी विभक्ति
 कलामा –  अधिकरण कारक      ‘मा’ सप्तमी विभक्ति
पाठको दसौँ अनुच्छेदमा प्रयुक्त फरक फरक विभक्ति चिह्न प्रयाग भएका शब्दको टिपोट गर्नुहोस् ।
 कृषिमा (मा)
बचतलाई (लाई)
क्षेत्रमा (मा)
यसबाट (बाट)
स्वास्थ्यमा (मा)
संस्कृतिको (को)
लगानीको (को)

४) सबै प्रकारका कारकको प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् । 
म गोरखा घुम्न जाने कुरा भयो । मैले साथमा भाईलाई पनि लिएर गएँ । बाटोमा जाँदै गर्दा बाटोमा नयाँ नयाँ ठाउँहरु हेर्दौ रमाइलो मानेर घुम्यौ । बाटाका छेउमा बसिरहेको माग्नेलाई पनि पैसा दियौ । बसबाट  गोरखा दरवार पुगेपछि हामी  ओर्लियौँ । हामीले गोरखामा रमाइलो गर्यौँ । 


मङ्गलाका तिन दिन

शाराशं
प्रतिस्पर्धा भनेपछि एक प्रकारको छटपटाह भने हुँदो रहेछ । स्वभाव वा प्रकृति हो । यही स्वभावजन्य कुराले गर्दा मानिसका मनमा प्रतिस्पर्धाको भावना हुन्छ । प्रतिशपर्धामा सबैले आफूले जित्ने दाबी गरिरहेका हुन्छन । जतिसुकै दाबी गरे पनि प्रतिस्पर्धामा एकजनाले जित्नु र बाँकीले हार्नुृ स्वभाविक मानिन्छ ।  प्रतिस्पर्धा समान बोद्धिक स्तर  वा हैसियत भएका व्यक्तिहरुका बिचमा हुने गर्छ । त्यसबेला अरुभन्दा आफू जान्ने छु  र प्रतियोगीहरुलाई सजिलै परास्त गर्छु भन्ने भावनाका साथ प्रतिस्पर्धामा उसले भाग लिन्छ ।
हरेक कामलाई महत्त्व र जुनसुकै कामलाई सम्मान गर्ने बानीको विकास गर्नु आजको आवश्यकता हो युगको माग हो । मानव जीवनमा श्रमको ठुलो महत्त्व रहेको छ । श्रमले परिवार, समाज र राष्ट्रको उन्नति र प्रगति हुन्छ । श्रम गर्न मानिसहरु अल्छी गर्छन । अल्छी मात्र होइन, शारीरिक श्रम गर्नेलाई हेराईको दृष्टिले समेत हेप्छन । विद्यार्थी वर्गले बौद्धिक र शारीरिक श्रम गर्नु आवश्यक छ । जसले श्रम गर्दैन त्यसले जीवनमा सफलता पनि प्राप्त गर्न सक्दैन । शारीरिक श्रम गर्नेको स्वास्थ्य राम्रो हुन्छ र उसले पढाइमा पनि राम्रो प्रगति गर्छ । बल  गाउनुपर्नैै  कामलाई पनि मानिसहरु सम्मानित दृष्टिले हेर्दैनन् । शारीरिक श्रम र बलको कामलाई पनि अरु काम सरह सम्मान गर्नु बुद्धिमानी हुने कुरा उक्त अशंमा बताइएको छ ।

प्रश्नोत्तर

सुनाई 
 १) पाठको बिसौँ र एक्काइसौँ अनुच्छेद सुनी ठिक बेठिक छुट्याउनुहोस् ।
क) मङ्गला भविष्यामा कलाकार बन्न चाहन्छिन् ।
ख) मङ्गलाकी भाउजु भविष्यमा शिक्षक बन्न चाहन्छिन ।
ग) मङ्गलाका दाजुलाई साइबर अपराधबारे केही थाहा छैन ।
घ) आफ्नो रुचिअनुसार पेसा गर्नुपर्छ तर आफूले रोजेको क्षेत्रमा गहन अध्ययन भने गर्न आवश्यक हुन्छ ।
उत्तर
 क) ठिक
ख) बेठिक
ग) बेठिक
घ) ठिक

२) माठको दास्रो र तेस्रो अनुच्छेद सुनेर तलका प्रश्नको उत्तर दिनुहोस् : क) मङ्गला कति बजे उठिन्  र के गरिन् ? 
उत्तर  मङ्गला पाँच बजे उठिन् र हातमुख धोइ कसरत गरिन् ।
खं)  मङ्गला १२ गते बिहान किन घाँस काट्न गइनन् ?
उत्तर मङ्गला १२ गते बिहान घाँस काट्न नजानुको कारण अतिरिक्त क्र्रियाकलापको तयारी गर्नु हो ।
ग) मङ्गलाका विद्यालयका हुने अतिरिक्त क्रियाकलापहरु के के हुन् ?
उत्तर   मङ्गलाका विद्लयमा हुने अतिरिक्त क्रियाकलापहरु खेलकुद, गायन, नृत्य, कविता, निबन्ध , हाजिीर जवाफ ,वक्तृत्व कला, वाद विवाद चित्रकला आदि हुन ।
घ) मङ्गलालाई मन पर्न अतिरिक्त क्रियाकलाप कुन कुन हुन् ?
उत्तर नृत्य र गीत मङ्गललाई मन पर्न अतिरिक्त क्रियाकलाप हुन ।
ङ)  मङ्गलाका सङ्कोच र डरहरु कसरी हटे ?
उत्तर अतिरिक्त क्रियाकलापहरुमा पटक पटक सहभागी हुन थालेपछि डरहरु हटे ।

बोलाई 
२) तलका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :  
उत्तर
प्रतिभा – कृष्णले खेलकुद् क्षेत्रमा आफ्नो प्रतिभा देखायो ।
प्रस्फुटन – आफुमा भएको ज्ञान र प्रतिभालाई आफुमा गुम्साई राख्नु भन्दा बाहिर प्रस्फुटन गरे चर्चित हुन् सकिन्छ ।
अगेनो – अगेनोको छेउमा बसेर आगो ताप्नु राम्रो बानी होइन ।
 मन्त्रमुग्ध  – कृष्णले फुटबल खेलेको देखेर हामी त मन्त्रमुग्ध भयौ ।
परित्र्रmमा – मडण्ली माईको दर्शन गर्न जाँदा मन्दिरको परिक्रमा गरौँ ।

३) तलका प्रश्नको मौखिक उत्तर दिनुहोस् । 
क) मङ्गलालाई के मन पर्छ ?
उत्तर  मङ्गलालाइ कटुस मन पर्छ ।
ख) मङ्गला र उनको भाइले जङ्गलमा जाँदा के खाजा लगेका थिए  ?
उत्तर  मकै र भटमास भुटेर मङ्गला र उनको भाइले जङ्गलमा खाजा लगेका थिए ।
ग)   मङ्गला र उनकी भाउजू सदरमुकाम किन गएका हुन् ?
उत्तर  मङ्गला र उनकी भाउजू सदरमुकाम बैङ्क खाता खोल्न र केही सामान किन् बेच् गर्न गएका थिए ।
घ)  ‘‘ मानिसले गर्न  काम र सिप ठुला र साना भन्ने  हुँदैनन्’’ कसले र किन भनेको हो ?
प्रजिअले मङ्गलाको पढाइ र सिर्जनात्मक क्रियाकलापमा देखिएको रुचिका बारे जानकारी प्राप्त गरेपछि ‘‘ मानिसले गर्ने काम र सिप ठुला र साना भन्ने हुँदैनन्’’ भनेको हो  ।
ङ) मङ्गलाका तिन दिनमा दैनिकीमध्ये तपाईलाई कुन दिनको दैनिकी मन प¥यो, किन ?
उत्तर  उनको तिन दिनको क्रियाकलाप मध्य अन्तिम दिनको मन प¥यो । किन भने यसमा बैङ्कमा खाता खोल्ने र स्काइपमा प्रत्यक्ष कुराकानी भएको छ । आधुनिक जमना अनुसारको ज्ञानबर्धक कुरा उल्लेख भएका छन् । 

४) तपाईलाई कुन अतिरिक्त क्रियाकलापमा बढी रुची छ र किन, भन्नुहोस् ।
मलाई अतिरिक्त क्रियाकलाप मध्य बढी रुची खेलकुदमा छ । किन कि शारिरिक कसरत देखी लिएर खेलकुदले नै विश्वमा चर्चित हुन सकिन्छ । विश्वभर नै लोकप्रिय हुन्छ  र शरीर फुर्तिलो बनाउनुका साथै स्वस्थ जीवन बाँच्न मद्दत गर्छ । मनोरञ्जन पनि त्यत्तिकै मात्रामा दिने गर्छ । 

५)  मङ्सिर १३ गते मङ्गलाले गरेका कामहरुका बारेमा कक्षामा  छलफल गर्नुहोस् ।
उत्तर
क) मङ्गला वन जान बिहान ५ बजे उठेर उसले मकै, भटमासको खाजा तयार पारेकी,
ख) उसले वनमा गीत गाउदै कटुस टिप्ने काम गरेकी,
ग) सबै जना मिली खाजा खान सामेल भएको,
घ) घरमा आई दिनभरिका घटनाको बारेमा घरको अभिभावकलाई सुनाउनु,
६) भविष्यामा सरकारी कर्मचारी बन्न चाहने मङ्गलाकी भाउजूले महिला प्रजिअ आफ्नो कार्यकक्षामा बसिरहेका देख्दा मनमनै सोचेको कूरा अनुमान गरी भन्नुहोस् ।
उत्तर
 सरकारी कर्मचारीको इज्जत र प्रतिष्ठाको बारेमा थाहा नपाएकी होइन । आज भने प्रत्यक्ष देख्न पाइयो । महिला भएर आज प्रजिअ जस्तो विशिष्ट पदमा  पुग्न पाउनु चानचुने कुरा हाइन । यिनले थुप्रै पढेर अनि मिहिनेत गरेर यस्तो गरिमामय पदमा आसीन हुने मौका पाएको हुनुपर्छ । म पनि पढाइ सकेर सरकारी सेवामै प्रवेश गर्छु र इज्जतिलो जागिर खान्छु । महिला पनि पुरुषभन्दा कम हुन सक्दैनन् । आज मलाई ज्यादै ठुलो ज्ञान प्राप्त भयो । आजैदेखी म पनि सरकारी कमैचारी बन्न मिहिनेत गर्छु र भविष्यमा जस्तै गरिमामय पदमा पुगेर सानसँग जीवन बिताउँछु । 


पढाई

२  मङ्गलाको दोस्रो दिनको दैनिकी पढी तलको प्रश्नको उत्तर दिनुहोस् :
क)  मङ्गला किन वनमा गएकी हुन् ?
उत्तर  मङ्गला चिराइतोको बोटहरु लिन कटुस टिप्न र वनमालाका लहरा लिन वनमा गएकी हुन् ।
ख) वनका रुखहरु काट्न कसको अनुमति लिनुपर्छ ?
उत्तर बनको रुखहरु काट्न सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालयको अनुमति लिनुपर्छ ।
ग) मङ्गलाहरुले वनमा के के गरे  ?
उत्तर  मङ्गलाले वनमा गीत गाउने, गोठका लागि घोचा, हलो कोदालाका लागि बिँड बनाउने, सगरमाथाको मनोरम दृश्य हेर्ने, सामूहिक रुपमा खाजा खाने जस्ता काम गरे ।
घ)  मङ्गलाका साथीहरुले के के खाजा लगेका थिए ?
उत्तर मङ्गलाको साथीहरुले सेल, चाम्रे, उसिनेको इस्कुस र आलू खाजा लगेका थिए ।
ङ)मुटू छेड्ने हावा हुरी भनेको के हो ?
उत्तर  मुटू छेड्ने हावा हुरी भनेको ज्यादै चिसो हावा हुरी चलेको भन्ने हो । 

३) तेस्रो दिनको दैनिक पढी मुख्य मुख्य चार ओटा बुँदा टिप्नुहोस् ।
उत्तर
क)  स्थानीय विदाको मैका पारेर  बैङ्क खाता खोल्न र केही सामान किन् बेच् गर्न  दिग्तेलितिर लाग्नु ,
ख) जिप्रकामा कार्यरत मामालाई भेट्नु, बैङ््कको शाखामा गई खाता खोल्नु र सामानहरु किनबेच गर्नु ।
ग) प्रजिअसँगको भेटमा पढाइसँगै श्रम गर्न कुराको प्रशंसा गर्नु ,
घ) विदेशमा बस्ने दाजुसँग साइबरमा लामो कुरा हुनु र दाजूको स्वादेश फर्केर कुनै व्यवसाय गर्ने कुरा सुनाउनु । 

४) पाठ पढी तलका भनाइ कसले कसलाई भनेका हुन, पत्ता लगाउनुहोस् ।
क) हरेक मासिमा कुनै न कुनै प्रकारको प्रतिभा हुन्छ, सबैको प्रतिभाले प्रस्फुटन हुने अवसर पाउनुपर्छ ।
उत्तर : शुक्र्रबारको अतिरिक्त क्र्रियाकलापका दिन  प्रअले विद्यार्थीलाई भनेका हुन् ।
ख) कलाकार, रजनीतिज्ञ, डक्टर, इन्जिनियर, प्राध्यपक आदि जोसुकै बन्नुहोस्  आफ्नो रोजाइ हो ।
उत्तर प्रजिअले मङ्गला र उनकी भाउजूलाई भनेकी हुन् ।
ग) हाम्रो देशमा धेरै काम गर्न सकिने रहेछ । यहाँ हामी मरुभूमिमा फूल उमारिरहेका छौँ । त्हाँ त्यत्रो उब्जाउ जमिन बाँझै छ ।
उत्तर मङ्गलाका दाजुले मङ्गला र भाउजूलाई भनेका हुन् । 

 ५) पाठका शब्दार्थ खण्डमा नपरेका कठिन शब्द टिपी तिनको अर्थ शब्दकषको सहायताले लेख्नुहोस् । 
उत्तर : 
अभ्यास – कुनै व्यवहार वा सिपलाई निरन्तर दोहो¥याएर गरिने काम
सङ्कोच – असजिलोपन, धक
एकल – एक्लो
तुलबुल – चञ्चलाता, खुलदुल
सामुदायिक – सर्वसाधरण सम्बन्धि
घोचा – तिखारिएको लामो किलो
व्यवसाय – जीवन निर्वाहका लागि गरिने काम, इलाम, जीविका
लेखाइ

१) तलका प्रश्नको छोटो उत्तर लख्नुहोस्ः
क) मङ्गलाको विद्यालयको नाम के हो ?
उत्तर मङ्गलाको विद्यालयको नाम श्री कालिका माधयमिक विद्यालय हो ।
ख) मङ्गला र उनका भाइ हरेक बिहान के काम गर्छन ?
उत्तर उनीहरु बिहान ५ बजे उठेर नित्य कर्म र केही कसरत पश्चात् एक एक भारी घाँस काट्छन् ।
ग) मङ्गलाहरु किन जङ्गल गएका हुन् ?
उत्तर
 मङ्गलाले वनमा गीत गाउने, गोठका लागि घोचा, हलो कोदालाका लागि बिँड बनाउने, सगरमाथाको मनेरम दृश्य हेर्ने, सामूहिक रुपमा खाजा खाने जस्ता काम जस्ता काम गर्ने मङ्गलाहरु जङ्गल गएका हुन् ।
घ) मङ्गलाको घरबाट जिल्ला सदरमुकाम पुग्न कति समय हिँड्नुपर्छ ? 
उत्तर मङ्गलाले घरबाट जिल्ला सदरमुकाम पुग्न लगभग तिन घन्टा हिँडनुपर्छ ।
ङ) मङ्गला र उनकी भाउजूले दिक्तेल बजारमा के के सामान किने ?
उत्तर मङ्गला र उनकी भाउजूले दिक्तेल बजारमा कापी, कलम, चिनी, मसला र रिचार्जकार्डहरु किन ।
च) भविष्यमा तपाई के बन्न चाहनु हुन्छ ?
उत्तर भविष्यमा म डक्टर बन्न चाहन्छु । 

 २) तलका भनाईहरुको भाव विस्तार गर्नुहोस् :  
क्) प्रतिस्पर्धा भनेपछि एक प्रकारको छटपटाह भने हुँदो रहेछ । स्वभाव वा प्रकृति हो । यही स्वभावजन्य कुराले गर्दा मानिसका मनमा प्रतिस्पर्धाको भावना हुन्छ । प्रतिशपर्धामा सबैले आफूले जित्ने दाबी गरिरहेका हुन्छन । जतिसुकै दाबी गरे पनि प्रतिस्पर्धामा एकजनाले जित्नु र बाँकीले हार्नुृ स्वभाविक मानिन्छ ।  प्रतिस्पर्धा समान बोद्धिक स्तर  वा हैसियत भएका व्यक्तिहरुका बिचमा हुने गर्छ । त्यसबेला अरुभन्दा आफू जान्ने छु  र प्रतियोगीहरुलाई सजिलै परास्त गर्छु भन्ने भावनाका साथ प्रतिस्पर्धामा उसले भाग लिन्छ । 
ख) शारीरिक श्रम पर्ने र बल लगाउनुपर्ने कामलाई हेला होइन, अरुलाई जत्तिकै सम्मान गर्नुपर्छ ।
उत्तर हरेक कामलाई महत्त्व र जुनसुकै कामलाई सम्मान गर्ने बानीको विकास गर्नु आजको आवश्यकता हो युगको माग हो । मानव जीवनमा श्रमको ठुलो महत्त्व रहेको छ । श्रमले परिवार, समाज र राष्ट्रको उन्नति र प्रगति हुन्छ । श्रम गर्न मानिसहरु अल्छी गर्छन । अल्छी मात्र होइन, शारीरिक श्रम गर्नेलाई हेराईको दृष्टिले समेत हेप्छन । विद्यार्थी वर्गले बौद्धिक र शारीरिक श्रम गर्नु आवश्यक छ । जसले श्रम गर्दैन त्यसले जीवनमा सफलता पनि प्राप्त गर्न सक्दैन । शारीरिक श्रम गर्नेको स्वास्थ्य राम्रो हुन्छ र उसले पढाइमा पनि राम्रो प्रगति गर्छ । बल  गाउनुपर्नैै  कामलाई पनि मानिसहरु सम्मानित दृष्टिले हेर्दैनन् । शारीरिक श्रम र बलको कामलाई पनि अरु काम सरह सम्मान गर्नु बुद्धिमानी हुने कुरा उक्त अशंमा बताइएको छ । 

३) पाठको २१ औँ अनुच्छेदलाई एक तृतींश हुने गरी सारांश लेख्नुहोस् । 
उत्तर
हामी जिल्ला प्रशासन कार्यालयबाट निस्केर साइबर पुगी दाजुसँग दुवैले स्काइपमा हेराहेर गर्दै कुरा ग¥योैँ । दाइले आमाबुवाको स्वास्थ्य, साथीहरुका हालखबर र इन्टरनेटलाई पढाइसँग जाड्नु पर्ने कुराको साथै साइबर अपराधदेखि सतर्क हुने कुराका साथै साइबर अपराधदेखि सतर्क हुने कुरा पनि बताउनु भयो । 

४) कुनै ठाउँमा भ्रमण गर्दाको स्मरण गरी एक दिनको दैनिकी लेख्नुहोस् । 
उत्तर
गोरखा दरवारको भ्रमण
गोरखा दरवारको घुम्ने इच्छा पहिलेदेखि नै जागेर आएको थियो ।   नववर्षको उपलक्ष्यमा वनभोजको आयोजना गरेको हुँदा केही शिक्षक  अनि ९ र  १०  का विद्यार्थीसाथीहरुको यो जमघट निकै रमाइलो भयो । गोरखा  पुगेपछि पर्वप्रथम हामीले खाना बनाउने ठाउँ चयन ग¥यौँ । त्यस ठाउँबाट हिमाल, पहाड र  गोरखाको दृश्य छर्लङ्गै देखिन्थ्यो । खाना तयार गर्ने काममा मैले निकै सहयोग पु¥याएँ । साथीहरुले गीत गाउँने र रमाइलो गर्ने अन्य प्रसिद्ध हिमालहरु हेर्न उद्देश्यले अलि मास्तिर रहेको टावरमा गयौँ । टावरमा चढ्न सबै डराए  तर म नडराई चढेपछि सबै टावरमा चढ्यौ र त्यहाँ वरिपरिको हिमालहरु हेरीयो । दुई बजेतिर हामीले खाना खायौँ अनि गुराँसका फुल र हरिया बुट्यानहरुसँग केहीबेर जिस्क्यौँ । प्रकृतिको काखबाट विमुख हुनुपरेको मैले सहरिया जीवनलाई धिक्कारेँ । त्यहीँको प्रकृतिमा सधैँ  खेलिरहन पाए हुन्थ्यो जस्तो मलाई लाग्यो । गोरखा र त्यहाँको सौन्दर्यपूर्ण दृश्य नाचिरह्यो । आज साह्रै थाकिएकाले निद्रादेवीले स्वागत गर्न थालिन्् ।  मेरो  मस्तिष्कमा गोरखाको रमाइलो दृृृृश्य नाचिरह्यो । 

५) तलको गद्यांशबाट सङ्क्षिप्त उत्तर आउने पाँच ओटा प्रश्न बनाउनुहोस् :
उत्तर : पोखरा प्रकृतिका रुपमा मात्र चर्चित नभई भाषा, साहित्या र कलाका क्षेत्रमा पनि चर्चित छ । पाँ्रकृतिका अनुपम सौन्दर्य माछापुच्छे, फेवाताल, बेगनास ताल, रुपा तालमा जसरी छरिएको छ त्यसरी नै सेतीको गहिरो सुसाइमा छ । महेन्द्र गुफाको कालो ओढार आश्चर्यमा लेखिएको । आफृना जीवनका अनुभूाति साटृनेहरुसँग  संस्कृति भएर घाटु हुर्केको छ, सोरठी गुन्जिएको छ । संस्कारसँगै रोध िर सेलो, झ्याउरे ताल, तयामचा तथा नाच पनि हुर्किएको छ । पोखरेली सुतला जस्तै रसिलो भएर पोखरेली परिवेश लेखिएको छ । यही भूमिमा लेखनाथ पौड्यालको वार्णिक लयको गुञ्जन छ । अविल मिया र धर्मराज थापाको लोकगलाको मिठास छ र भूपि शेरचनको गद्यको ललित रन्को अटाएको छ । 
उत्तर
क) पोखरा कुन कुन क्षेत्रमा चर्चित छ ?
ख) पोखरेली सुन्तला जस्तै रसिलो के लेखिएका छ ?
ग) संस्कारसँगै हुर्किएका कुराहरु के के हुन् ?
घ) प्रकृतिको अनुपम सौन्दर्य के केमा छरिएको छ ?
ङ) पोखरामा बसेर साहित्य सिर्जना गर्ने व्यक्तित्वहरु को  को हुन् ? 

६) अर्थ खुल्ने गरी वाक्य बनाउनुहोस् :  
उत्तर
सराहना – प्रतियोगितामा भाग लिने सबैको म सराहना गर्छु ।
हुल – हुल बाँधेर घुम्न जान रमाईलो हुन्छ ।
अतिरिक्त क्र्रियाकलाप – मलाई अतिरिक्त क्रियाकलापमा भाग लिनुपर्छ ।
साइबर अपराध – नेट बढी चलाउनाले साइबर अपराध धेरै बढेको छ । 

७) उदाहरणमा लिए जस्तै गरी सङ्क्षिप्त शब्द बनाउनुहोस् :  
उत्तर
प्राध्यापक : प्रा.
डाक्टर : डा.
पण्डित : पं.
जिल्ला विकास समिति : जिविस÷जि.वि.स
राष्ट्रिय समाचार समिति :  रासस÷ रा.स.स.
संयुक्त राष्ट्र सङ्घ : सं.रा.स.

८) पाठको प्रयोग भएका सङ्क्षिपत शब्दहरु खोजेर तिनको पूर्ण रुप लेख्नुहोस् । 
उत्तर
प्रअ : प्रधान अध्यापक (प्रधानाध्यापक)
विनि : विद्यालय निरीक्षक
रावबै :  राष्ट्रिय वाणिज्य बैङ्क
जिप्रका :  जिल्ला प्रशासन कार्यालाय
प्रजिअ : प्रमुख जिल्ला अधिकारी 

९) पाठबाट ह्रस्व उकार ( ु) र दीर्घ ऊकार (ू) लागेका शब्दहरु खोजी लेख्नुहोस् । 
 ह््रस्व उकार लागेका शब्दहरु : गाउँ, उनी, बेलुका, मुख, स्कुल, शुक्र्रबार,खेलकुद खुसी, उत्साहित, सुरु हाकुममाया, युगल, मन्त्रमुग्ध, परशुराम,  सुब्बा, प्रस्फुटन, कुरा युवती, सामुदायिक अनुमति, उपभोक्ता, स्कुल, आलु घँगरुँ, एउटा, उकालो, थुप्रा, लुगा, मुख्य, बुबा , फुर्सद, कुखुर , कुरुवा, प्रमुख, कुरा, सुविधा, अनुहार, फुल, कुरा
दीर्घ उकार लागेका शब्दहरु :
समूह, भाउजू, अनुभूति, फर्किनू आफू मरुभूमि

१० ) पाठको खुट्टो काटेका (हलन्त) शब्दहरु खोजेर लेख्नुहोस् । 
उत्तर
उछिनिन्, रहेछन्, छन्, राख्छन्, हुँदैनन्, बन्नुहोस् 

व्याकरण


तलको अनुच्छेदमा रहेका विभक्ति चिनेर तपाई पनि विभक्ति प्रत्ययको प्रयोग गरी कुनै मेला वा जात्रामा जाँदाको अनुभव लेख्नुहोस । 
कृष्णाकी मितिनी डोल्मा उनको घर गइन् र उनले आफ्नो विवाहको निमन्त्रणा दिइन् । विवाहमा कृष्णाले पनि डोल्मालाई सक्दो सहयोग गरिन् । विवाहको अन्त्यमा डोल्माले भनिन्,‘‘ तिम्रो सहयोगका लागि धेरै धेरै धन्यावाद छ ।’’ विवाहपछि कृष्णा खुसी हुँदै आफ्ना घर गइन् ।
उत्तर
 म मेरो साथीहरुसँग मिलेर गाई जात्रा हेर्न गए । मैले साथीलााई खाजा किनेर खान दिएँ । जात्रामा मैले रमाइला दृश्यहरु देखेँ । यो खबर घरमा गई मैले बाआमालाई पनि सुनाएँ ।
उपयुक्त विभक्ति प्रयोग गरी खाली ठाउँ भर्नुहोस् : 
उत्तर 
सुजन युजनका दाजु हुन् । स्वस्तिका उनीहरुकी बहिनी हुन् । सुजनलाई मन पर्ने विषय कविता र चत्रकला हो । त्यसैले हरेक बिहान एक घण्टा सुजन र स्वीस्तकालाई चित्र बनाउन र कविता लेख्न सिकाउँछन् । उनीहरु खराब साथीबाट टाढै रहन्छन् । 

३) पाठको १६ औँ अनुच्छेदमा प्रयोग भएका विभक्तिहरु लेख्नुहोस् । 
उत्तर
मेरी – षष्ठी विभक्ति
भाइ – प्रथमा विभक्ति
काम – द्धितीया विभक्ति
बुवा – प्रथमा विभक्ति
हामी – प्रथमा विभक्ति
हामीले – प्रथमा विभक्ति 

४) तलको अनुच्छेदमा रेखाङ्कित द्धित्व शब्दलाई कापीमा सार्नुहोस् । 
सहरमानले साथीहरुका घर घरमा गएर उनीहरुलाई छिटो छिटो उठायो । साथीहरुले पनि हतार हतार आआफ्ना सामान झोलामा पोको पारे । ससाना झोला बोकेर उनीहरु बाटो लागे । हतार भएकाले उनीहरुले भातसातल खान भ्याएनन्, बिस्कुटसिस्कुट खाएर हिँडे ।
उत्तर घर घर, छिटो छिटो, हतार हतार आआफ्ना,ससाना, भतसात, बिस्कुटसिस्कुट 

५) तलका पूर्ण, आंशिक र आपरिवर्तित द्धित्व शब्दहरुलाई वाक्यमा प्रयोग गर्नुहोस् :  
अ) पूर्ण द्धित्व : छिटो छिटो, घर घर, सबै सबै, आफ्नो आफनो्, समय समय, स्कुल स्कुल
उत्तर
छिटो छिटो – हामीले छिटो छिटो काम सक्यौँ ।
सबै सबै – म आफु भन्दा ठुला सबै सबैलाई सम्मान गर्छु ।
आफ्नो आफ्नो – हामी सबै जना आफ्नो आफ्नो काममा जाऊँ ।
समय समय – समय समयमा पानी खानु स्वस्थ्याको लागी राम्रो हुन्छ ।
स्कुल स्कुल – तिमी स्कुल स्कुल गएर राम्रोसँग पढ् ।
आ) आंशिक द्धित्व : 
आआफ्नो – उनीहरु ऋाआफ्नो किताब पढ्छन् ।
ससाना – म ससाना कुरामा पनि चिन्ता लाग्छ् ।
ठुल्ठुला – आफु भन्दा ठुल्ठुलालाई सम्मान गर्नुपर्छ ।
झझल्को – मलाई उनकाृ झझल्कोले सताउँछ ।
झैझगडा – हामी कोही सँग पनि झैझगडा गर्नु हुदैन ।
इ) आपरिवर्तित द्धित्व – : 
उत्तर
भातसात – तिमी आज भातसात नखाने सुरुमा छौ कि के हो ?
गोदगाद – प्रहरीले चोरलाई गोदगोद गरी तह लगायो ।
टिपनटापन – घाँस सगाल्दा टिपनटपन सबै सगाल्नु पर्छ है ।
 पैसापैसा –  जहिले पनि भाई पैसा पैसा भनेर सताउँछ ।
ऐँचोपैँचो – छिमेकमा परिआएका बेल ऐँचोपैँचो गर्नुपर्छ ।
बाटोसाटो – बाटोसाटो काट्दा ध्यान दिनुपर्छ । 

६) पाठमा प्रयोग द्धित्व शब्दहरु खोजेर  शिक्षकलाई देखानुहोस् । 
उत्तर
 पटक पटक, सानोतिनो, रुखरुख, आसपास, आआफ्ना पर्लापर्ला, मुख्य मुख्य, सानोतिनो 

७) तल केही धातु र नाम धातु दिइएको छन् । उदाहरणमा दिए जस्तै गरी ती धातुमा ‘नु’ प्रत्यय लगाई शब्द बनाउनुहोस् ? 
उत्तर
बस् – बस् +नु = बस्नु
धु – धु + नु = धुनु
हाँस् – हाँस + नु = हा्ँस्नु
बोल् – बोल् +नु = बोल्नु
लेख् – लेख् + नु = लेख्नु
गर् – गर् + नु = गर्नु
उठ् – उठ् + नु = उठ्नु
देख् – देख् + नु = दे्ख्नु
नाम धातु : छोटि, चेप्टि, घिनाउ, नङ्ग्याउ, मोटाउ, बङ्ग्याउ
उत्तर
छोटि – छोटि + नु =छोटिनु
घिनाउ –घिनाउ + नु = घिनाउनु
नङ्ग्याउ – नङ्गयाउ + नु = नङ्ग्याउनु
मोटाउ – मोटाउ + नु = मोटाउनु
बङ्ग्याउ – बङ्ग्याउ + नु = बङ्ग्याउ + नु = बङ्ग्याउनु 

 पाठको १२ औँ अनुच्छेदमा प्रयोग भएका क्र्रियापदहरु टिपोट गरी तिनको धातुहरु पहिल्याउनुहोस् । 
उत्तर
रोकियो = रोक्
लाग्यौँ = लाग्
रहेछन् = रह
दौडियौँ = दौडि
उघ्रियौँ = उघ्रि
रोकियो = रोक्
रहेनछ = रह
रहेछ = रह
सुस्तायौँ = सुस्ताउ
थाल्यौँ = थाल् 

९) तलको धातुबाट शब्द निर्माण गरी वाक्यमा प्रयोग गर्नुहोस् :  
उत्तर
गर् : गर् + नु = गर्नु – म राम्रो काम गर्छु ।
सुत् : सुत् + नु = सु्त्नु – मलाई धेरै सुत्ने मान्छे मन पर्दैन् ।
हिँड् : हिँड् + नु = हिँडनु – मलाई धरै  हिँडन मन पर्दैन ।
फेर् : फेर् + नु = फेर्नु – पानीले कपडा भिजाइ दिएकोले फेर्न लागेको हो ।
लेख् : लेख् + नु = लेख्नु – मलाई कविता लेख्नुभनेको थिइन बहिनीले तर मैले लेखेको छैन ।
भन् : भन् + नु = भन्नु – आफूलाई लागेको कुर प्रधानध्यापकसँग प्रष्ट भन्नुपर्छ । 




आङ सान सुकी

शारंश
नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको जन्म सन् १९४५ जुन १९ मा भएको हो । उनका बाबुको  आङ सान र आमाको नाम दा खिन की हो उनको बाबु आङ सानले म्यानमारलाई सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त गर्ने कार्यमा मध्यस्थता गरेका थिए । आमा राजदूत हुँदा नेपाल आउने अवसर आङ सान सुकीलाई प्राप्त भएको थियो । उनका दुई जना दाजु थिए । पाँचजना परिवारकी एक्ली छोरी सुकी आफ्नो देश, जनता र प्रजातन्त्र तथा मानव अधिकारका लागि गरेको त्याग र सङ्घर्षकै कारण विश्वभर परिचित छन् ।  सुकीको औपचारिक शिक्षा मध्य चाङगुन (रङ्गुन) स्थित सेन्ट फ्रान्सेस कन्भेन्ट स्कुलबाट भयो  ।  नौ वर्षकै उमेरदेखि साहित्यिक किताब पढ्ने र  त्यसबारे टीका टिप्पणी गर्ने काम पनि गर्न थालिन् । बुद्ध दर्शन र आदर्शबाट प्रभावित सुकी देशलाई सङ्टबाट मुक्त गर्न सधैँ चिन्तन  गरिरहन्थिन् ।
र    राजनीतिक चलखेल र राम्रो काम गर्ने मान्छेलाई सरकारले शान्ति र स्थायित्वमा खलल पु¥याउने कार्य गरेको भन्ने आरोप लगाइयो ।  सुकीलाई नजरबन्दमै राख्दा उनका पक्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक जनमत तयार भयो  । त्यसले सैनिक सरकारको ठुलो भत्र्सना ग¥यो ।  प्रजातन्त्रमा, मानव अधिकार र शान्तिप्रतिको आस्था र निष्ठाको कदर गर्दै उनलाई सन् १९९१ को नोबेल शान्ति पुरस्कार प्रदान गरियो । उनको नजरबन्दले म्यानमारप्रति विश्वको ध्यानकर्षण भयो । यसरी सुकीको ‘ नजरबन्द’ जीवले म्यानमारको राजनीतिमा निकै ठुलो प्रभाव पर्यो ।
दार्शनिक, सांस्कृतिक  र राजनीतिक तहमै नेपाल र सुकीको सम्बन्ध गहिरो रुपमा रहेको हुन्छ । नेपाल र आङ सान सुकीको सम्बन्ध गहिरो रुपमा विकास भएको छ ।  उनी बाल्याकालमै नेपाल आएकी थिइन् र गौत्म बुद्धको अहिंसावादी चिन्तनबाट प्रभावित भएकी थिइन् । यसलाई उनले जीवन दर्शनकै रुपमा आत्मसात् गरेकी छन् । आफूमात्र  होइन श्रीमान् र छोराहरु समेत बौद्ध दर्शनप्रति नतमस्तक हुनुले नेपाल र सुकीको सम्बन्ध सांस्कृतिक र दर्शनकै तहमा भएको स्पष्ट हुन्छ । प्रजातान्त्रिक आन्दोलन, मानव अधिकार र विश्व  शान्तिप्रतिको नेपाल र सुकीको चाहना पनि  मननयोग्य नै रहेको छ ।
विभिन्न देशहरुको अध्ययन भ्रमणपछि आङ सान सुकी लन्डनमा रहिन् । त्यहाँ रहँदा उनले आफ्नो छोराहरुको पढाइमा ध्यान दिइन् । यसै अवसरमा उनले यात्रा संस्मरणका रुपमा लेट्स भिजिट नेपाल, लेट्स भिजिट जापान नामको बालेपयोगी कृतिहरु लेखिन् ।  उनले आफ्ना बुबा आङ् सानको जीवनी अस्ट्रेलियाबाट प्रकाशन गरिन् । त्यसपछि उनले निबन्धकार हग रिचार्डसनका तिब्बत र बौद् धर्म सम्बन्धी निबन्धहरु सङ्कलन गरी तिनलाई सङग्रहका रुपमा प्रकाशिन गरिन । उनी बेजलायतको राजधानी लन्डन गएर त्यहाँको अक्सफोर्डस्थित सेन्ट हग कलेजबाट राजनीति शास्त्र, दर्शन शास्त्र र अर्थशात्रमा उच्च शिक्षा हासिल गर्दौ लन्डनको विश्वविद्यलयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजबाट आधुनिक बर्मेली साहित्यमा उम. फि पनि गरिन् । यसपछि सन् १९६९ देखि १९७२ सम्ममा उनले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा जागिर पनि खाइन् । सन् १९७२  मा बेलायती नागरिक माहयकल एरिससँग उनको बिहे भयो । उनका अलेक्जेन्डर एरिस र किम एरिस नामक दुई जना छोरा नन्मिए । श्रीमानका साथ उनले धेरै देशको भ्रमण गरिन् ।

प्रश्नोत्तर

सुनाइ 

१) पाठको दोस्रो अनुच्छेद सुन्नुहोस् र निम्न लिखित प्रश्नहरुको उत्तर भन्नुहोस् : 
क) आङ सान सुकी कहिले कहाँ जन्मिइन ?
उत्तर
आङ सान सुकी सन् १९४५ जुन १९ मा मध्य म्यानमार ( बर्मा ) को नात्मुक भन्ने ठाउँमा जन्मिइन् ।
ख) आङ सान र आङ सान उ ककसको नाम हो ?
उत्तर आङ सान र आङ सान सुकीका बाबु र दाजुको नाम हो ।
ग) दा खिन की कहाँका लागि राजदूत भइन् ?
उत्तर : दा खिन की भारत र नेपालका लागि राजदूत भइन् ।
घ) आङ सान सुकीका कान्छा दाजु कसरी मरे ?
उत्तर आङ सान सुकीका कान्छा दाजु पानीमा डुबेर मरे ।
ङ ) बर्मेलीहरु कसलाई स्वतन्त्रताका पिता भन्छन् ?
उत्तर  बर्मेलीहरु आङ सान सुकीका बाबु आङ सानलाई स्वतन्त्रताका पिता भन्दछन् । 

२) पाठको चौथो तथा पाँचौँ अनुच्छेद सुन्नुहोस् र निम्न लिखित भनाइमा कुन ठिक र कुन बेठिक छुट्यानुहोस् : 
उत्तर
क) म्यानमार सन् १९८४ मा जापानबाट स्वतन्त्र भएकोे हो ।
ख) म्यानमारमा सैनिक शासन सन् १९६२ बाट लागु भएको थियो ।
ग) आङ सान सुकी सन् १९९० मा आमासँग दिल्ली आइन् ।
घ) सन् १९५८ मा म्यानमारका प्रधान मन्त्री ने बिन थिए ।
ङ) आङ सान सुकी दिल्लीमा रहँदा पनि म्यानमारको राजनीतिका बारेमा जानकारी राख्थिन् ।
 उत्तर
क) बेठिक
ख) बेठिक
ग) ठिक
घ) बेठिक
ङ) ठिक

बोलाइ 

 ३) पाठको पाँचौँ तथा छैटौँ अनुच्छेदका आधारमा निम्न लिखित प्रश्नको उत्तर मौखिक रुपमा दिनुहोस् : 
 क) आङ सान सुकीले दिल्लीका कुन कुन स्कुलमा पढिन् ?
उत्तर : उनले दिल्लीको  कन्भेन्ट जेसस र कन्भेन्ट मेरी स्कुलमा पढिन् ।
ख) लेडी श्रीराम कलेजमा सुकीले कुन विषय कहिलेसम्म पढिन् ?
उत्तर : ले श्रीराम कलेजमा सुीले रानीतिशास्त्र सन् १९६४ सम्म पढिन् ।
ग) सुकी लेडी श्रीराम कलेजमा पढ्दा  कुन कार्यक्र्रममा भाग लिन्थिन् ?
उत्तर : सुकी लेडी श्रीराम कलेजमा पढ्दा नाटक कार्यक्र्रममा भाग लिने गर्थिन ।
घ) आङ सान सुकीले लन्डनको सेन्ट हग कलेजमा कुन कुन विषय पढिन् ?
उत्तर  आङ सान सुकीले लन्डनको सेन्ट हग कलेजमा राजनीति शास्त्र, दर्शन शास्त्र र अर्थशास्त्र पढिन् ।
ङ) सुकीले के विषयमा एम. फिल. गरेकी छन् ?
उत्तर :  सुकीले बर्मेली साहित्यमा एम. फि. गरेकी छन् । 
५) आङ सान सुकीको जीवनी सारांशमा सुनाउनुहोस् । 
उत्तर
 आङ सान सुकी
नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको जन्म सन् १९४५ जुन १९ मा भएको हो । उनका बाबुको आम आङ सान र आमाको नाम दा खिन की हो उनको बाबु आङनले म्यानमारलाई सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त गर्ने कार्यमा मध्यस्थता गरेका थिए । आमा राजदूत हुँदा नेपाल आउने अवसर आङ सान सुकीलाई प्राप्त भएको थियो । उनका दुई जना दाजु थिए । पाँचजना परिवारकी एक्ली छोरी सुकी आफ्नो देश, जनता र प्रजातन्त्र तथा मानव अधिकारका लागि गरेको त्याग र सङ्घर्षकै कारण विश्वभर परिचित छन् ।  सुकीको औपचारिक शिक्षा मध्य चाङगुन ( रङ्गुन ) स्थित सेन्ट फ्रान्सेस कन्भेन्ट स्कुलबाट भयो  ।  नौ वर्षकै उमेरदेखि साहित्यिक किताब पढ्ने र  त्यसबारे टीका टिप्पणी गर्ने काम पनि गर्न थालिन् । बुद्ध दर्शन र आदर्शबाट प्रभावित सुकी देशलाई सङ्टबाट मुक्त गर्न सधैँ चिन्तन  गरिरहन्थिन् ।
विभिन्न देशहरुको अध्ययन भ्रमणपछि आङ सान सुकी लन्डनमा रहिन् । त्यहाँ रहँदा उनले आफ्नो छोराहरुको पढाइमा ध्यान दिइन् । यसै अवसरमा उनले यात्रा संस्मरणका रुपमा लेट्स भिजिट नेपाल, लेट्स भिजिट जापान नामको बालेपयोगी कृतिहरु लेखिन् ।  उनले आफ्ना बुबा आङ् सानको जीवनी अस्ट्रेलियाबाट प्रकाशन गरिन् । त्यसपछि उनले निबन्धकार हग रिचार्डसनका तिब्बत र बौद् धर्म सम्बन्धी निबन्धहरु सङ्कलन गरी तिनलाई सङग्रहका रुपमा प्रकाशिन गरिन । उनी बेजलायतको राजधानी लन्डन गएर त्यहाँको अक्सफोर्डस्थित सेन्ट हग कलेजबाट राजनीति शास्त्र, दर्शन शास्त्र र अर्थशात्रमा उच्च शिक्षा हासिल गर्दौ लन्डनको विश्वविद्यलयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजबाट आधुनिक बर्मेली साहित्यमा उम. फि पनि गरिन् । यसपछि सन् १९६९ देखि १९७२ सम्ममा उनले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा जागिर पनि खाइन् । सन् १९७२  मा बेलायती नागरिक माहयकल एरिससँग उनको बिहे भयो । उनका अलेक्जेन्डर एरिस र किम एरिस नामक दुई जना छोरा नन्मिए । श्रमानका साथ उनले धेरै देशको भ्रमण गरिन् । 

६) कुनै परिचित समाज सेवीको जीवनीका बारेमा कक्षामा कुराकानी गर्नुहोस् । 
समाजसेवी दमर दमर टेरेसा
राम – दमर टेरेसाको जन्म १९१० अगस्ट १०, स्कोब्जे, अल्बानियामा भएको हो  ।
श्याम – उनी जन्मस्थलमै प्रारम्भिक शिक्षा हासिल गरी समाज सेवामा सरिक भएकी हुन् । उनी असहायको आड भरोसा र त्यागी आदर्श नारीका रुपमा परिचित छन् ।
राम – भारतमा गई विद्यालयमा अध्यापन कार्यमा संलग्न हुँदा उनी अनाथ दीन, दुःखीको सेवा गर्न ईसाइ भिक्षुणी समेत बनेकी थिइन् ।
कुमार – दुनियाक दीन दुःखीको सेव ागर्न सन् १९५० मा मिसिनरिज अफ चयारिटीको  समेत स्थापना गरी समाजसेवाको कार्यलाई विस्तार उनले गरेकी थिइन् ।
 अर्जुन – उनले १२० देशमा ६०० केन्द्रहरुको स्थापना, शिक्षण संस्था र स्वास्थ्य चौकीको स्थापना गरेर संसारभर समजसेवालाई विस्तार गरेकी थिइन् ।
भिमसेन – विश्वकै समाजसेवी टेरेसाको सन् १९९७ सेप्टेम्बर ५ का दिन दुःखद अन्त्य हुँदा संसारका दीन दुःखीले आफ्नो प्यारो अभिभावक गुमाएको अनुभव गरेका थिए । 

पढाई 

२) पाठको उघारौँ अनुच्छेद मौन पठन गरी त्यहाँका विषय वस्तुलाई बुदाँका रुपमा टिमोट गर्नुहोस् । 
उत्तर
१) गान्धी र बुद्को आदर्श पछ्याउँदै गठित राजनीकि दलको नेतृत्व आफैँले गरेकी
२) देशको दुर्दशा देखेवर राजनीतिक आन्दोलनमा समाति भएकी
३) आङ सान सुकीले २४ सेप्टेम्बर १९८८ मा नेसनल लिग पर डेमोक्र्रसी नामको राजनीतिक गठन गरेकी ,
४) प्रजातन्त्र र जनताका हितमा दत्तचित्त भएर निरन्तर  लागेकी । 

३ ) पाठको आठौँ तथा नवौँ अनुच्छेद पढ्नुहोस् र निम्न लिखित प्रश्नको उत्तर दिनुहोस् । 
क) सुकीका बालोपयोगी कृतिहरु कुन कुन हुन् ?
उत्तर  ससुकीको बालोपयोगी कृतिहरु लेट्स भिजिट नेपाल, लेट्स भिजिट भुटान र देट्स भिजिट जापान हुन् ।
ख) सुकीले कसको जीवनी लेखेकी छन् र त्यो कहाँबाठ प्रकाशन गरेकी हुन् ?
उत्तर : सुकीले आफ्ना बुबा आङ सानको जीवनी लेखेकी छन् र त्यो अस्ट्रेलियाबाट प्रकाशन गरेकी छन् ।
ग) हग रिचार्डसन कुन विधाका लेखक हुन् ?
उत्तर : हग रिचार्डसन निबन्ध विधाका लेखक हुन् ।
घ) आङ सान सुकी लन्डनको बोडियन पुस्तकालयमा के काम गर्थिन् ?
उत्तर  आङ सान सुकी लन्डनको बोडियन पुस्तकालयमा बर्पेली साहित्यको सङ्कलनको नाम गर्थिन् ।
ङ) आङ सान सुकीलाई राजनीतिक व्यक्तिहरुको कस्तो नीति मन पर्दैन ?
उत्तर बाहिर बसेर देश चलाउने व्इक्तिलाई गाली गर्ने र आफू सच्चा राष्ट्रभक्त हुँ भन्ने राजनीतिक व्यक्तिहरुको नीति आङ सान सुकीलाई मन पर्दैन । 

४) तलका रेखाङ्कित शब्दको अर्थ कोष्ठबाट छान्नुहोस् : 
उत्तर
क) आन्दोलनले उग्र रुप लिएको थियो (विशाल, चर्काे धेरै )
उत्तर आन्दोलनले उग्र (चर्काे) रुप लिएको थियो ।
ख) सुकीको अध्ययनप्रति विशेष  अभिरुचि थियो । ( प्रेरणा, लक्ष्य, चाख )
उत्तर  सुकीको अध्ययनप्रति विशेष अभिरुचि  (चाख ) थियो ।
ग) आङ सानले धेरै लडाइँ लडेको थिए । (युद्ध, आन्दोलन, विद्रोह)
उत्तर : आङ सानले धेरै लडाइँ (युद्ध)  लडेका थिए ।
घ) उनको सम्मान सहिद तथा विभूतिका रुपमा हुन्छ । (अभिमान, महत्त्व, आदर)
उत्तर : उनको सम्मान (आदर) सहिद तथा विभूतिका रुपमा हुन्छ । 

 ५)  पाठको आधारमा जोडा मिलाउनुहोस् । 
स्वतन्त्रताका पिता                    हग रिचार्डसन्
राजदूत                              आङ सान सुकी
नोबेल पुरस्कार विजेता                  आङ सान
बौद्ध दर्शनका ज्ञाता                     ने बिन
सैनिक प्रमुख                             माइकल एरिसन
म्यानमारका प्रधान मन्त्री                  उ नु
निबन्धकार                                 दा खिन की     
उत्तर
स्वतन्त्रताका पिता                    आङ सान
राजदूत                              दा खिन की
नोबेल पुरस्कार विजेता                  आङ सान सुकी
बौद्ध दर्शनका ज्ञाता                     माइकल एरिसन
सैनिक प्रमुख                             ने बिन
म्यानमारका प्रधान मन्त्री                  उ नु
निबन्धकार                             हग रिचार्डसन्
        
लेखाइ 

१) तलका प्रश्नको उत्तर सङ्पमा लेख्नुहोस् : 
क) आङ सान सुकीको बाल्यकाल सम्बन्धी चिनारी के हो ?
उत्तर सन्
नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको जन्म सन् १९४५ जुन १९ मा भएको हो । उनका बाबुको आम आङ सान र आमाको नाम दा खिन की हो उनको बाबु आङनले म्यानमारलाई सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त गर्ने कार्यमा मध्यस्थता गरेका थिए ।  उनी बाल्यकालमा शान्त स्वभावकी थिइ्न । उनी अनुशासनपूण जीवन बाँच्न मन पराउँथिन् । उनको औपचारिक शिक्षा मध्य याङ्गुन ( रङ्गुन )   स्थित सेन्ट फ्रान्सेस कन्भेन्ट स्कुलबाट भयो । अध्ययनप्रति उनको रुचि थियो । उनी पाठ्यपुस्तक बाहेक साहित्यिक किताब खोजी खोजी पढ्ने र तिनका बारेमा टिप्पणी पनि गर्थिन् । बाल्यकालमै उनी आमा भारत र नेपालका लागि राजदूत भएपछि नेपाल समेत आएकी थिइन् ।
ख) सुकी दिल्ली रहँदाका उल्लेखनीय कुराहरु के के हुन् ?
उत्तर
सुकी  दिल्ली रहँदा त्हीँ उनले आफ्नो पढाइलाई निरन्तरता दिइन् ।   कला, संस्कृति आदिको बारेमा रुचि राख्दै उनले नाटक कार्यक्र्रममा पनि भाग लिने काम गरिन् । राजनीति शास्त्रमा उच्च शिक्षा हासिल गर्ने क्र्रममा उनले आफ्नो देशको राजनीति बारे सङ्घको अखण्डताको बहानामा सन् १९६२ मा सैनिक शासन लागु  गर्दै उनको प्रजातान्त्रिक सरकार र देशको सम्पूर्ण राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाउँदा सुकीलाई सो कार्य इतिहसमै राष्ट्रघातक हो भन्ने लागेको थियो  यसरी सुकी दिल्लीमा रहँदाका उल्लेखनीय कुराहरुमा उनको पढाइ  र आफ्नो देशको राजनीतिक उथल पुथल हुन् ।
ग) आङ सान सुकीले आफ्ना श्रीमान्सँग कुन कुन देशको भ्रमण गरिन् ?
उत्तर
उनले श्रीमान्सँग नेपाल, भुटान, तिब्बत, जापन र भारतको भ्रमण गरिन् । तयस क्रममा उनले  त्यहाँको भौगोलिक, सामाजिक र राजनीतिक अवस्थाको राम्रो अनुभव गरिन् । उनको भ्रमणको उद्दश्य बौद्ध संस्कृति र धर्मका बारेमा विशेष ज्ञान हासिल गर्नु रहेको थियो ।
घ) आङ सान सुकीले राजनीतिमा प्रवेश गरेको घोषणा कहिले र किन गरिन् ?
उत्तर  आङ सान सुकीले राजनीतिमा प्रवेश गरेको घोषणा सन्  १९८८ अगस्त ८ मा गरिन् । सैनिक शासनको विरेधमा प्रजातान्त्रिक आन्दोलन चर्किरहेको बेला ऐतिहासिक जनसभालार्य सम्बोधन गर्ने क्र्रममा उनले आफू आजनीतिमा प्रवेश गरेको घोषणा गरिन् । प्रजातन्त्रको पुनर्बहाली एवम् देश तथा जनताकको स्वतन्त्रताका लागि उनले आफु राजनीतिमा प्रवेश गरेको घोषणा गरिन् ।
 ङ)  सुकीको ‘नजरबन्द’ जीवनले म्यानमारको राजतीतिमा कस्तो प्रभाव प¥यो ?
उत्तर    राजनीतिक चलखेल र राम्रो काम गर्ने मान्छेलाई सरकारले शान्ति र स्थायित्वमा खलल पु¥याउने कार्य गरेको भन्ने आरोप लगाउइयो ।  सुकीलाई नजरबन्दमै राख्दा उनका पक्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक जनमत तयार भयो  । त्यसले सैनिक सरकारको ठुलो भत्र्सना ग¥यो ।  प्रजातन्त्रमा, मानव अधिकार र  र शान्तिप्रतिको आस्था र निष्ठाको कदर गर्दै उनलाई सन् १९९१ को नोबेल शान्ति पुरस्कार प्रदान गरियो । उनको नजरबन्दले म्यानमारप्रति विश्वको ध्यानकर्षण भयो । यसरी सुकीको ‘ नजरबन्द’ जीवले म्यानमारको राजनीतिमा निकै ठुलो प्रभाव प¥यो ।
 च) नेपाल र आङ सान सुकीको सम्बन्ध कुन रुपमा विकास भएको छ ?
 उत्तर
दार्शनिक, सांस्कृतिक  र राजनीतिक तहमै नेपाल र सुकीको सम्बन्ध गहिरो रुपमा रहेको हुन्छ । नेपाल र आङ सान सुकीको सम्बन्ध गहिरो रुपमा विकास भएको छ ।  उनी बाल्याकालमै नेपाल आएकी थिइन् र गनैतम बुद्धको अहिंसावादी चिन्तनबाट प्रभावित भएकी थिइन् । यसलाई उनले जीवन दर्शनकै रुपमा आत्मसात् गरेकी छन् । आफूमात्र  होइन श्रीमान् र छोराहरु समेत बौद्ध दर्शनप्रति नतमस्तक हुनुले नेपाल र सुकीको सम्बन्ध सांस्कृतिक र दर्शनकै तहमा भएको स्पष्ट हुन्छ । प्रजातान्त्रिक आन्दोलन, मानव अधिकार र विश्व  शान्तिप्रतिको नेपाल र सुकीको चाहना पनि  मननयोग्य नै रहेको छ । 

३) निम्न लिखित उद्धरणको व्याख्या गर्नुहोस् :
क) संसारका सबै मानिसले स्वतन्त्रताका आधारभूत कुरा चाहेको हुन्छन्, चाहे तिनीहरु बिल्कुलै भिन्न सांस्कृतिक वातावरणमा बाँचेका किन नहुन् । 
 आङ सान सुकीले राजनीतिमा प्रवेश गरेको घोषणा सन्  १९८८ अगस्त ८ मा गरिन् । सैनिक शासनको विरेधमा प्रजातान्त्रिक आन्दोलन चर्किरहेको बेला ऐतिहासिक जनसभालार्य सम्बोधन गर्ने क्र्रममा उनले आफू आजनीतिमा प्रवेश गरेको घोषणा गरिन् । राष्ट्रिय विभूतिका रुपमा सम्मानित उनका बुबा आङ सानको सन् १९४७ मा हत्या भएको थियो । उनको कान्छा दाजु नौ वर्षको उमेरमा पानीमा डुबेर मरे ।  सन् १९६०मा उनी आमा  दा खिन की भारत र नेपालको राजदूत भएपछि उनी नेपाल आएकी थिइन् । १९६९ देखि १९७२ सम्म अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालायमा जागिर खाइन् । उनले श्रीमान्को साथ नेपाल, भुटान, तिब्बत, जापान र भारतको भ्रमण गरिन् । सन् १९६७  मा सुकीले सैनिक सरकारसँग रुष्ट विभिन्न व्यक्तिहरुसँग भेटघाट गरिन् । त्यस क्र्रममा उनले  देशको राजनीतिक विषयमा कुराकाली गरिन् ।
लन्डनमा बस्दा विभिन्न साहित्यिक कृतिको रचनाका साथै बर्माको स्वतन्त्रता सङ्ग्रामका बारेमा अनुसन्धानमुलक अध्ययन पनि गरिन् । राजनीति शास्त्रमा उच्च शिक्षा हासिल गर्ने क्र्रममा उनले आफ्नो देशको राजनीति बारे सङ्घको अखण्डताको बहानामा सन् १९६२ मा सैनिक शासन लागु  गर्दै उनको प्रजातान्त्रिक सरकार र देशको सम्पूर्ण राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाउँदा सुकीलाई सो कार्य इतिहसमै राष्ट्रघातक हो भन्ने लागेको थियो  यसरी सुकी दिल्लीमा रहँदाका उल्लेखनीय कुराहरुमा उनको पढाइ  र आफ्नो देशको राजनीतिक उथल पुथल हुन् । प्रजातन्त्र, मानव अधिकार र शान्तिप्रतिको उनको आस्था  र निष्ठाको कदर गर्दै उनलाई सन् १९९१ को नोवेल शान्ति पुरस्कार दिइयो । क्यान्सर रोगबाट उनका श्रीमान्को मृत्यु सन् १९९९ मा भयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको व्यापक दबाबमा सन्  १९१०, नोभेम्बरमा उनी रिहा भइन् । 
ख) बाहिर बसेर देश चलाउनेलाई गाली गर्नुभन्दा त्यही बसेर देश बनाउने अभियानमा लाग्नुपर्छ ।
उत्तर विदेशी भूमिबाट शासकका विरुद्ध गाली गलौजको भाषा प्रयोग गर्छन् । राजनीति गर्ने र मनमा साहस हुनेले विदेशमा बसी आफ्ना देशका शासकहरुलाई गाली गर्नुको कुनै तुक छैन । विदेशमा बसेर पाँडे गाली गर्नुृभन्दा स्वेशमै बसी देश विकाश गर्ने अभियानमा लाग्नु राम्रो हुन्छ ।
 देश र जनताप्रति समर्पित हुनेहरुका जीवनमा अनेक सङ्कटहरु आउन सक्छन् । जतिसुकै अप्ठ्यारो परिस्थिति आए पपनि आफ्नो देशबाट पलायन हुनु बुद्धिमानी हुन्न । स्वदेशमै बसेर राजनीतिक गर्नु उपयुक्त हुने धारण उक्त अंशमा प्रस्तुत गरिएको छ ।

४) पाठमा प्रयोग भएका निम्न लिखित पारिभाषिक शब्द र तिनका अर्थका बिचमा जोडा मिलाउनुहोस् : 
शब्द समूह                      अर्थ समूह
कलेज –                मित्र राष्ट्रका लागि पठाइएको राज्यको प्रतिनिधि
सरकार –                जीवन र जगत्लाई चिनाउने विद्या
प्रजातन्त्र –              उच्च शिक्षा हासिल गर्ने शिक्षण संस्था
सेना –                राज्यले सुरक्षाका लागि तैनाथ गरेका जवानको समूह
एपनिवश –            जन प्रतिनिधिद्धारा गरिने शासन व्यवस्था
राजदूत –             देशको शासन सञ्चालन गर्ने राज्यको महत्त्वपूर्ण अङ्ग
दर्शन –               शक्तिशाली देशले अन्य देशमा अधिपत्य जमाउनु
उत्तर
 कलेज –                उच्च शिक्षा हासिल गर्ने शिक्षण संस्था
सरकार –                देशको शासन सञ्चालन गर्ने राज्यको महत्त्वपूर्ण अङ्ग
प्रजातन्त्र –              उच्च शिक्षा हासिल गर्ने शिक्षण संस्था
सेना –                राज्यले सुरक्षाका लागि तैनाथ गरेका जवानको समूह
एपनिवश –           शक्तिशाली देशले अन्य देशमा अधिपत्य जमाउनु
राजदूत –             मित्र राष्ट्रका लागि पठाइएको राज्यको प्रतिनिधि
दर्शन –               जीवन र जगत्लाई चिनाउने विद्या

७) तलका अनुच्छेदमा रहेका त्रुटिहरु सच्यानुहोस् : 
ग्यान विज्ञानमा धनि म्याडम क्युरीको वीद्यार्थी जिवन अर्थ अभावका कारण निकै कष्ट मय थियो । उनका ति दिन अँध्यारो चिरो सानो कोठा मा चिया विस्कुटका भरमा बित्थे । उनलाई विश्व विद्यालयको खर्च धान्न धौ धौ थियो । उनी धेरै कमजोरीले  मुर्छा समेत परेका थिए । तर पनि उनी दिनरात अध्ययनमा व्यस्त हुन्थिन ।
उत्तर ज्ञान विज्ञानमा धनी म्याडम क्युरीको विद्यार्थी जिवन अर्थ अभावका कारण निकै कष्टमय थियो । उनका ती दिन अँध्यारो चिरो सानो कोठामा चिया विस्कुटका भरमा बित्थे । उनलाई विश्व विद्यालयको खर्च धान्न धौ धौ थियो । उनी धेरै कमजोरीले  मच्ुर्छा समेत परेकी थिइन  । तर पनि उनी दिनरात अध्ययनमा व्यस्त हुन्थिन । 

व्याकरण

१) तलको तालिकामा समस्त शब्दका केही उदाहरण छन् । तपाईँ पनि विभिन्न्न पाठहरुबाट त्यस्ता समस्त शब्द सङ्कलन गरेर शिक्षकलाई देखाउनुहोस् : 
विग्रह            समस्त            वाक्यमा प्रयोग
छात्र र छात्रा         छात्रछात्रा       छात्रछात्रा इमानदारी छन ।
दुई मनको समूह        दोमन      उ पढ्न जान देमन छ ।
गुरु आमा           गुरुमा    गुरुमालाई सबैले मान्नुपर्छ ।
प्रत्येक दिन       प्रतिदिन     प्रतिदिन काम धेरै बढेको छ ।
कर्म रहित         अकर्मक       अकर्मक क्र्रियाले कर्म लिँदैन ।
कक्षाका लागि कोठा      कक्षाकोठा     कक्षाकोठा सफा राख्नुपर्छ
उत्तर
विग्रह              समस्त      वाक्यमा प्रयोग
विश्वको वीर       विश्ववीर     गोरखालीहरु विश्ववीर देखिन्छन् ।
चाचा र चाची      चाचाची     मैले चाचाचाचीलाई सम्मान गरेँ ।
सत्यको बोध       सत्यबोध     विद्धानले प्रकृतिका बारेमा सत्यबोध गराउन सक्नुपर्छ ।
राजनीतिक शास्त्र      राजनीतिशास्त्र    मलाई राजनीतिशास्त्र पढ्न मन लाग्छ् । 
२) समस्त शब्दको निर्माण गर्नुहोस् : 
उत्तर
माना र पाथी = मानापाथी
सानी नानी = सान्नानी
भानिज दाइ = भान्दाइ
रातमा अन्धो = रतन्धो
लामा कान भएको = लाम्काने
बाढीले पीडित = बाढीपीडित
चार कुना भएको = चारकुने
अभावले ग्रस्त = आभवग्रस्त
शक्ति भएसम्म = यथाशक्ति
लाज नभएको = निर्लन्न 

३) तलको शब्दहरुबाट समस्त शब्द मात्र कापीमा सार्नुहोस् : 
प्रेमपूर्ण, वनवास, उपकार, जीवन धन, पापपुण्य, मुख्र्याइँ, खै खै
उत्तर : प्रेमपूण, वनवास, जीवन धन, पापपुण्य 

४) तलका समस्त शब्दलाई बिग्रह गर्नुहोस् : 
उत्तर
शक्तिहीन = शक्तिले हीन
नदीकाट = नदीले काटेको
अकाल = काल नभएको
ग्रन्थकार = जसले ग्रन्थको रचना गर्छ
कालीमाटी = कालो माटो
भाइ बहिनी = भाइ बहिनी
वारिपरि = वारि र पारि
हात्ती पाइले = हात्तीको जस्ता पाइला भएको
त्रिवेणी = तिन नदीको सङ्गम 
५. उपयुक्त उत्तरमा ठिक चिन्ह दिनुहोस् : 
क) पूर्ण भूतकालको वाक्य कुन हो ?
–    कवि काव्य लेख्छन् ।
–    कविले काव्य लेखेका थिए ।
–    कवि कविता लेख्दै छन् ।
उत्तर :   कविले काव्य लेखेका थिए । 

ख) पूर्ण वर्तमान कालको वाक्य कुन हो ?
–    भरियाले भारी बोक्यो ।
–    भरिया भारी बोक्छ
–     भरियाले भारी बोकेको छ ।
उत्तर भरियाले भारी बोकेको छ ।
पूर्ण भविष्यत् कालको वाक्य कुन हो ?
–    तिमी दसैँमा आउने छौ ।
–    हामीले दसौमा पिङ खेलेको हुने छौँ ।
–    मैले जाँचमा यसपटक राम्रो गरेको छु । 
६) कोष्ठकमा दिएको निर्देशनको आधारमा वाक्यमा भएको खाली ठाउँ भर्नुहोस् : 
क) लेकमा लाली गुराँस ....................... । (फुल् : पुर्ण वर्तमान )
उत्तर : लेकमा लाली गुराँस फुलेको छ ।
ख) आज आकशमा बादल ..........................।(लाग् : पूर्ण वर्तमान )
उत्तर आज आकासमा बादल लागेको छ ।
ग) गत वर्ष धरै मकै ................ । (फल् : पूर्ण भूत )
उत्तर गत वर्ष धेरै मकै फलेको थियो ।
घ) हामीले असारमा रोपाइँ ................ । (गर् : पूर्ण भूत )
उत्तर हामीले असारमा रोपाइँ  गरेका थियौँ ।
ङ) तिमी परीक्षामा सफल ................... । (हु पुर्ण भविष्यत् )
उत्तर तिमी परीक्षामा सफल भएका हुने छौँ । 

७) उदाहरणका आधारमा तलका धातुबाट क्रियापद बनाउनुहोस् :
उत्तर धु –  धोएको थियो, धोएको छ, धोएको हुने छ
पकाउ – पकाएको थियो, पकाएको छ, पकाएको हुने छ
 खा – खाएको थियो, खाएको छ, खाएको हुने छ
नुहाउ – नुहाएको थियो, नुहाएको छ, नुहाएको हुने छ
सुत् – सुतेको थियो, सुतेको छ, सुतेको हुने छ
रु – रोएको थियो, रोएको छ, रोएको हुनेछ
ठोकि – ठोकिएको थियो, ठोकिएको छ, ठोकिएको हुने छ
किन् – किनेको थियो, किनेको छ, किनेको हुने छ
बेच् – बेचेको थियो, किनेको छ, किनेको हुने छ 

८) तलको कृदन्त शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् : 
उत्तर
लेखेका : हामीले किताबमै लेखेका छौँ ।
लेखेकी : हामीले परीक्षा लेखेकी छौँ ।
खेलेको : भाईले पहिला पहिला फुटबल खेल्ने थियो ।
गएकी : बहिनी दसैँमा मामाधर गएकी थिई ।
उठेका : हिजो हामी चाँडै उठेका थियौँ ।
हिँडेको : म उकालो बाटा हिँडेको छु ।
खनेका : भाइहरुले खेत खनेका थिए ।
काटकी : बहिनीले भोलि घाँस काटेकी हुने छे । 

९) आफूले मनाएको चाडको सम्बन्धमा पूर्ण पक्षका क्रियापद प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् । 
उत्तर : गत साल हामीले तिहार धुमधामसँग भनाएका थियौँ । मलाई त्यो तिहार खुब रमाइलो लागेको थियो । त्यस तिहारमा बहिनी र बुबाआमा पनि खुबै रमाउनु भएको थियो । यस पालिको तिहार पनि रमाइलो भएको छ ।  काठमाडौँबाट म तिहार मनाउन घर गएको कारण पनि सबैले रमाइलो मानेका छन् । 

१० तलको तालिकामा ‘नाच’ धातुका विभिन्न रुपहरु पढ्नुहोस् र त्यसैअनुसार तपाईँ पनि ‘जा’ धातुका रुपहरु तयार गर्नुहोस् : 
उत्तर
पुरुष      

    प्रथम पुरुष
 पुरुष     एक वचन       
 करण        अकरण कराण    अकरण
 प्रथम    
म जान्छु ।
 

हामी जाँदिनँ ।     

हामी जान्छौँ ।
हामी जाँदैनौ  

हामी जाँदैनौँ । 
द्धितीय
    तँ जान्छस् ।
तिमी जान्छौ ।  
 तँ जाँदैनस्।
तिमी जाादैनौ ।
 तिमीहरु जान्छौ ।
तपाइहरु जनुहुछ । 

तिमीहरु जाँदैनौ ।
तपाईँ जानुहुन्न
तृतिय    ऊ जान्छ
ऊ जान्छे         
ऊ जाँदै ।
ऊ जाँदिन ।  
 उनीहरु जान्छन्।
उहाँ जानुहुन्छ ।
उनी जाँदैनन् । 
उनीहरु जाँदैनन् ।
उहाँ जानुहन्न । 


११) सत्रीलिङ्गी क्र्रियापदको प्रयोग गरेर महिला साथीका बारेमा एक अनुच्छद लेख्नुहोस् । 
रोमी मेरो असाध्यै मिल्ने साथी हो । उनी मसँग मनको भित्री कुर गर्छिन । मसँग कुरा गर्न पाउँदा खुसी मान्छिन् । उनी मेरी बाल्कालदेखिकै साथी हुन् । उनी साथीहरुसँग पनि खुबै मिल्छिन् । उनको मिलनसारिता लोभलाग्दो छ । उनी सबैको प्रशंसा गर्न पनि पछि पर्दिनन् । पढाइमा पनि उनी अब्बल छिन् । उनले खेलकुद, वाद विवाद र साहित्यिक प्रतियोगितामा भाग लिएर थुप्रै पुरस्कार पनि हात पारेकी छिन् । 

५) तलका शब्द पाठमा खोज्नुहोस् र तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : 
उत्तर
राजनीति – कोरियामा हाल सैनिक शासन चलिरहेको छ ।
सङ्घ – आङ् सान सुकीले दुई दशकभन्दा बढी समयसम्म सैनिक शासन चल्यो ।
कार्यालय – संयुक्त राष्ट्र सङ्घको कार्यालयमा जागिर खाँदा आङ सान सुकी निकै व्यस्त रहन्थिन् ।
साहित्य – नेपाली साहित्यमा महाकवि लक्ष्मी प्रसाद देवकोटालाई चिनिन्छ ।
 कानुन – नेपालमा पनि नयाँ कानुन बनेको छ ।
अभियान – आङ सान सुकीको देश बनाउने अभियानमा लाग्नु पर्छ भन्ने मान्यता थियो ।
आन्दोलन – नेपालमा धेरै आन्दोलन पछि प्रजातन्त्र स्थापन भएको हो ।
नजरबन्द – आङ सान सुकीलाई सैनिक सरकारले विभिन्न अभियोग लगाएर नजरबन्दमा राख्यो ।
समाजवाद –आङ सान सुकी देशमा प्रजातान्त्रिक समाजवाद स्थापना गर्ने लक्ष्यका साथ अघि बढेकी थिइन् । 

६) पाठका आधारमा आङ सान सुकीको जीवनीमा घटेका प्रमुख घटनाहरुको वर्णन गर्नुहोस् । 
उत्तर
आङ सान सुकीको जीवनमा घटेका प्रमुख घटनाहरु निम्नानुसार रहेको छन् : 



सय न्द्रेनी

शारांश
कवि वासुदेव त्रिपाठीद्धारा रचित एक चर्चित कविता ‘सय रङ इन्द्रेनी’ कवितामा इन्द्रेनी स्वयम्मा अनेक रङ्युक्त हुने गर्छ भनि प्रस्तुत गरेका छन् । अनेक रङको संयुक्त मेलबाटै इन्दे्रनीको शोभा र गरिमा बढ्ने गर्छ । यो कवितामा कविले गाउँ र सहर मेरै हो । मानसले रच्ने कुरा सुख हो । ज्याुँने र पौरख गर्ने यही समाज हो । आँसु र पीडा नभएको जीवन होस् र मुस्कुराउँदा जीवन मिठो पनि होस् । मिलीजुली बस्न पाइयोस्  बाँच्दा भरेसा पनि मिलोस् । सयपत्री फुलेको ठाउँमा जहारी फुल पनि फुल्छ । मानिसले गर्ने सिर्जनामा समाज सबभन्दा ठुलो हुन्छ । घरमा जे पाकेको छ त्यही खाँदा अमृतभन्दा मिठो हुने गर्छ । गौरा, सीता र भृकुटीको साइनो के हो ? सलहेश फुलबारी बुद्ध  र जनकको फुलबारी हो । मञ्जुली र यलम्बरले रचना गरेको रस मिठो छ । भावनाले भिजेपछि जुनसुकै कुरा मिठो हुन्छ । नेपाल आर्य, मङ्गोल, खस, किरात, थारु, यादव आदिको शूरवीरको थलो हो । यी वीरले जहाँ पाइला टेके त्यहाँ विजय हासिल गरे अनि नेपालीहरु विश्ववीर भनेर चिनिए ।
सयौँ जात जाति रहेको र अनेक थर, उपथरमा विभाजित नेपालीहरुले मिलीजुली  गरेर आर्जेको पौरख सारै मिठो छ । त्यस्तै दिलको माया र साइनो झनै मिठो हुन्छ । होस्टे, हैँसे गर्ने सहसृजनको जोस झनै मिठो हुन्छ । प्रकृति हिमाल, पहाड, तराई मधेस जोड्ने सिप छभ । जसले रच्यो तिनलाई प्रणाम छ । पुर्खाले दिएको हाम्रो नासो देश हो ।  बरगाछी, पीपलगाछी र  चौतारीको शतिल हावा पनि मिठो छ । तिमी र म आउने जनने हो । यहाँ रहने भनेकोे समाज मात्रै हो । मरेपछि साथ लैजाने के छ र । आपूm्ले सिर्जना गरे जति सबै नेपालकै हो । मानिसको नाता प्यारो हुन्छ । मानिस समाजमै जन्मिन्छ । ऊ समाजमै हुर्किन्छ  । अनि समाजमै देखभेट हुन्छ  र साइनो जोडिन्छ । रोजीरोटीको जाहो, भेटघाट आदिलाई देसै जोड्ने साइनोका रुपमा लिनुपर्छ । अब आपसी द्धन्द्ध होइन, देश नै प्यारो छ भन्दै संवादबाट दिलको दोस्ती गाँस्नु पर्छ ।
जुनसुकै ठाउँको बासिन्दा भए पनि सबै मिलेर देशनिर्माणमा लाग्ने नेपालीहरुले आफ्नो पुर्खाले नासोका रुपमा छोडेर गएको यस देशको इज्जत र प्रतिष्ठालाई बचाउँदै आएका छन् । नेपालीहरुका बिच न  त कुनै किसिमको कटुता छ, न द्धन्द्ध नै । त्यसैले विविध जात जातिहरुका बिचमा एकता र सद्भाव भएकोमा कविले गौरव बोध गरेका छन् ।
 मानिसको जीवन नाशवान् छ । मानिसको धर्तीमा आउने जाने क्र्रम चलि नै रहन्छ । उसले बनाएको समाज मात्रै सधैँ रहने कुरा हो । तसर्थ मृत्युपश्चात् मानिसले साथमा केही पनि लैजान नसक्ने भएकाले आफ्नो देश नेपालकै लगि असल काम गर्नु आवश्यक छ । त्यसैले विविध जात जातिहरुका बिचमा एकता र सद्भाव भएकोमा कविले गौरव बोध गरेका छन् , बिना एकता राष्ट्रियता समेत कमजोर हुन्छ । एकतामै शक्ति र सामथ्र्य हुन्छ । यसरी कवितामा राष्ट्रिय एकताको भावलाई कवितामा सश्क्त रुपमा प्रस्तुत गरिएको कुरा प्रश्ट हुन्छ । 

प्रश्नोत्तर

१) पाठको पहिलो श्लोक सुनी ठिक बेठिक छुट्याउनुहोस् :
क) गाउँ पनि हाम्रै हो सहर पनि हाम्रै हो ।
ख) जसरी पनि मान्छेले आखिर दुःख नै रच्ने हो ।
ग) यही देशमा हामी पनि जिउनुपर्छ, यहीँ पौरख गर्नुरख गर्नुपर्छ ।
घ) आँसु र पीडाबिनाको मुस्कुराहटमा नै जीवन मिठो हुन्छ ।
ङ) जीवनमा एक आर्काको भरोसा आवश्यक पर्दैन ।
उत्तरः क) ठिक
ख) बेठिक
ग) ठिक
घ) ठिक
ङ) बेठिक 

२) पाठको दोस्रो श्लोक सुनी तलका प्रश्नको उत्तर दिनुहोस् :
क) सयपत्री फुलेको ठाउँमा फुल्ने अर्काे फुल कुन हो ?
उत्तरः यसपत्री फुलेको ठाउँमा फुल्ने अर्काे फुला हजारी हो ।
ख) समाज कसको सिर्जना हो ?
 उत्तरः समाज मानिसको सिर्जना हो ।
ग) भारापर्म र ऐँचोपैँचोलाई मिठो मान्नको आशय के हो ?
उत्तर ऐँचोपैँचोलाई मिठो मान्नको आशय आत्मीयता र सहयोगको भावना हुनु नै हो ।
घ) तपाईलाई आँटोपिठो र सिस्नो कस्तो लाग्छ ?
उत्तर  मलाई आँटोपिठो र सिस्नो मिठो लाग्छ ।
ङ) घरमा जे पाक्यो त्यसलाई अमृातभन्दा मिठो मानका कारण के हुन् ?
उत्तर शुद्ध र  पवित्र हुने भएकाले घरमा जे पाक्यो त्यसलाई अमृत मिठो मान्नको कारण हो ।
                                                                                                                                                                                                                                                          बोलाई 

१) पाठको सातौँ र आठौँ श्लोकका आधारमा तलका प्रश्नको अति छोटो मौखिक उत्तर दिनुहोस् :
क) हामीले सिर्जना गरेका कुरा कहाँ रहन्छन् ?
उत्तरः हामीले सिर्जना गरेका कुरा समाजमा रहन्छन् ।
ख) मानिसहरुलाई के प्यारो हुन्छ ?
उत्तरः नाता नै मानिसलाई प्यारो हुन्छ ।
ग) कसरी जिउँदा मिठो हुन्छ ?
उत्तरः मिलीजुली जिउँदा मिठो हुन्छ ।
घ) कस्तो नाता मिठो हुन्छ ?
उत्तरः चाचाचाची र तता आमैको नाता मिठो हुन्छ ।
                                                                                                                                                                                                 
उत्तरः देश जोड्ने कुरा साइनो हो ।
च) द्धन्द्धभन्दा कुन कुरा प्यारो हुन्छ ?
उत्तरः द्धन्द्धभन्दा देश र दिलको दोस्ती संवाद प्यारो हुन्छ । 

३) तलका प्रश्नको उत्तर भन्नुहोस् : 
क) यस कबिताका रचनाकार को हुन् ?
उत्तरः यस कविताका रचनाकार कवि वासुदेव त्रिपाठी हुन् ।
ख) पाठमा कति ओटा श्लो छन् ?
उत्तरः यस पाठमा आठ ओटा श्लोक छन् ।
ग) समाजका के के कुरा मिठा हुन्छन् ?
उत्तरः समाजका पाछाहरु मिलीजुली गरेको पौरख, दिलको माया, मोह र साइनो जस्ता कुरा मिठा हुन्छन् ।
घ) पाठका श्लोकहरुमध्ये तपाईँलाई सबैभन्दा बढी मन पर्ने श्लोक कुन हो र किन ?
उत्तरः मलाई यस पाठको श्लाकेमध्ये चौथो श्लोक मन प¥यो । यस श्लोकमा हामी नेपालीहरु एक आपसमा मिलेर बस्ने विविध जात जाति र नेपाली वीरताको प्रस्तुत गरिएकोले उक्त श्लोक मन परेको हो ।
ङ) आउने र जाने र रहने कुरा के के हुन् ?
उत्तरः आउने र जाने कुरा तिमी, म हो भने रहने कुरा समाज हो । 

४) मानिस र समाजको सम्बन्धका बारेमा समूहमा छलफल गर्नुहोस् र छलफलमा व्यक्त भएका मुख्य मुख्य कुराहरु कक्षामा सुनाउनुहोस् । 
१) नङ र मासुको जस्तो सम्बन्ध मानिस र समाजमा रहेको हुन्छ ।
२) समाजमा बस्ने मानिसहरुमा एक आपसमा मेलमिलाप र सहयोगको भावना  हुन्छ ।
३) समाजमा सभ्यता स्थापित गर्ने कुरामा मानिस सधैँ सक्र्रिया हुनुपर्छ ।
४) मानिसमा भएको डाह र अवनति चिताउने प्रवृत्ति देखिन्छ, भने यस्तो कुरालाई सभ्य समाजले मन पराउदैन् ।
५) जहाँ असल र शान्ति समाज हुन्छ त्यहाँ असल मानिस र सभ्य र समृद्धिले बास गर्छ ।
६) मान्छे मरेर जान्छ तर उसको कला कहिल्यै मर्दैन । 

पढाई
२) पाठको पाँचौ र छैटौँ अनुच्छेद पढी पाँच ओटा प्रश्न बनाउनुहोस् ।
क) कवितामा डोबलाई मान्नुको कारण के हो ।
ख) देश कसको नासो हो ?
ग) प्रकृतिले कसरी कुन कुन कुरालाई जोडेको छ ?
घ) मिठो लाग्ने कुरा के हो ?
ङ) मिठो लाग्ने कुरा के हो ? 

३) पाठको पहिलो श्लोकमा भन्न खोजिएको कुरा उदाहरुणका रुपमा तल दिइएको छ । यसरी नै  पाठ पढेर अन्य श्लोकमा भन्न खोजिएका कुराहरु टिप्नुहोस् : 
उदाहरण :
–    सबै मानिसको चाहना सुख हो ।
–    मासिको बाँच्ने र पौरख गर्ने आधार देश र समाज हो ।
–    दुःख र पीडाबिनाको हाँसो नै जीवनको सफल पक्ष हो ।
–    समाजमा मिलेर जिउनाले जीवन रमाइलो बन्छ ।
उत्तर श्लोक
–    हजारी फुल सयपत्री फुल्ने ठाउँमा पनि फुल्छ ।
–    मानिसको सिर्जनाले नै समाजको विकार हुन्छ ।
–    असल समाजको मानिसहरुमा एकअर्केमा सहयोगको भावना हुन्छ ।
–    भोक लागेको समयमा खान पाउँदा अमृत भन्दा प्यारो हुन्छ ।
श्लोक –३
–    गौर, सीता र भृकुटीको साइनो के हो ? बताऊ ।
–    सलहेश फुलबारी बुद्ध र जनकको उपवन हो ।
–    यो मञ्जुश्री र यलम्बरले रचना गरेको मिठो रस हो ।
–    भावनामा भिजेपछि जुनसुकै कुरा मिठो हुन्छ ।
श्लोक – ४
–    यो विश्वमा वीर भनेर चिनिएको वीर गोर्खा जातिको प्यारो डोब हो ।
–    यो दोश आर्य, मङ्गोल, खस, किरात, थारु, यादव र शुरवीरको हो ।
–    सयौँ जाति र थरहरु मिलेर गरिने पौरख मिठो हुन्छ ।
–    दिलको माया र समाजको मायाँ मिठो हुन्छ ।
श्लोक – ५
–    पाल्पा, मुस्ताङ, नाम्चे, सिमरौनगढको डोब पनि प्यारो छ ।
–    मिथिला, कपिलवस्तु, चाँगु, सिन्जा र अजैमर एतिहासिक स्थल हुन् ।
–    सयौँ भाषा, भेष भूषा र संस्कृतिको रस मिठो हुन्छ ।
–    सबै मिलेर होस्टे, हैँसे गर्दै सहसृजनको जोस झनै मिठो हुन्छ ।
श्लोक –६
–    हिमाल पहाड र तराईलाई प्रकृतिको सिपले जोडेको छ ।
–    पुर्खाले रचेको वस्तुलाई प्रणम गर्नुपर्छ ।
–    जुनसुकै थातथलोमा बाँचे पनि यहाँको सृष्टिको रस मिठो हुन्छ ।
–    बगरगाडी, पीपलगाडी र चौतारीकिो शीतल मिठो हुन्छ ।
श्लोक –७
–    तिमी र म आउने जाने हो  भने यहाँ रहने समाज मात्रै हो ।
–    शरिर मर्छे तर उसको सृजना सधै अमर रहन्छ ।
–    मानिसको नाता प्यारो हुन्छ र एक आर्केमा सहयोगको भावना हुन्छ ।
–    चाचाचाची, तता, आमै जुनसुकै नाता मिठो हुन्छ ।
श्लोक – ८
–    जन्मनु, हुर्कनु, देख्नु, भट्नु, आदि समाजको साइनो हुन् ।
–    रोजीरोटी, भेटघाट आदि देश जाड्ने मिठा साइना हुन् ।
–    देश बाहिर जुनसुकै

लेखाइ 

१) तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस् :
क) गौरा, सीता र भृकुटी नेपालका कुन कुन विषयसँग सम्बन्धित छन् ?
उत्तर राजा रामकी पत्नी र जनककी छोरीको रुपमा प्रसिद्ध नेपालकै विभूति सीता नेपालकी गौरव हुन् । त्यस्तै लिच्छवी कालको राजा अंशुवर्माकी छोरी र तिब्बती राजा स्रङचन गम्पोसँग बिहे गरी नेपाल र चिनसँग मधुर सम्बन्ध स्थापित गर्ने विशिष्ट नारीका रुपमा भृकुटीको नाम लिइन्छ । गौरा नेपालको प्रसिद्ध चाडपर्व हो । गौरालाई गौरी वा पार्वती पनि भनिन्छ । डोटी, डडेल्धुरातिर कृष्ण अष्टमीको अघिल्लो दिनदेखि सम्ताहव्यापी रुपमा यो चाड मनाइन्छ ।
ख) ‘सलहेश फुलबारी’ ले नेपालको कुन सन्दर्भलाई देखाउन खोजेको छ ?
उत्तरः विद्धान्हरुको वासस्थान, ऋषिमुनिहरुको तपोभूमि, नेपालका गौरव जनकको राजधानी र सीता जस्ता नेपालकै परम श्रद्धेय छोरीको माइतीघर भएकाले यस क्षेत्रको ऐतिहासिक, पौराणिक र सांस्कृतिक महत्तव रहेको छ भन्ने सन्दर्भलाई देखाउन खोजेको छ ।
ग) मञ्जुश्री र यलम्बरको रचनाको रस भनेको के हो ?
उत्तरः मञ्जुश्री र यलम्बर एतिहासिक व्यक्तित्व हुन् । मञ्जुश्रीले पानीले भरिएको काठमाडौँ उपत्यकामा चोभारको डाँडो काटी बस्ती बसाउने जस्तो महत्वपुर्ण काम गरेको पाइन्छ । भने यलम्बरले किरात वंशको प्रथम राजा भएर नेपाल विर नेपालीहरुको ऐतिहासिक परम्परालाई स्थापित गर्दै त्यसलाई निरन्तरता दिएको पाइन्छ । यी दुई एतिहासिक व्यक्तित्वको कठोर तपस्या र कार्यकै परिणामस्वरुप आज संसारभर नेपालको नाम चम्किएको छ । यिनीहरुको रचनाको रस नेपाल, नेपाली संस्कृति र परम्परा हो । आज सारा नेपाली यसैमा राइरहेका छन् ।
घ) गोर्खा जाति विश्ववीर भनेर के भन्न खोजेका हुन् ?
उत्तर   नेपालीलाई स्वतन्त्र र सार्वभौम राख्न इतिहासको विभिन्न काल खण्डहरुमा नेपालीहरुले देखाएको वीरताको जति प्रशंसा गरे पनि सकिन्न । नेपालीहरुले जहाँ जहाँ लडे त्यहाँ त्यहाँ शत्रुलाई पराजित गरेरै छाडे । त्यस्तै एतिहासिक युद्धहरुमा नेपालीहरुले आफ्नो विजय अभियानलाई तीव्रताका साथ अघि बढाए । निकै ठुला र शक्तिशाली देशलाई घुँडा टेकाउन समेत नेपालीहरु समर्थ भए । स्वदेशमा मात्र होइन, विश्वभर नै नेपालीहरुको वीरताको कीर्ति पनामा फैलियो । त्यसैले गोर्खा जाति विश्ववीर भनेर भन्न खोजेका हुन् ।
ङ) कवितामा कुन कुन ऐतिहासिक तथा सांस्कृतिक स्थानको उल्लेख भएको छ ?
उत्तरः यस कवितामा गोर्खा, मिथिला, कपिलवस्तु, चाँगु, सिन्जा, अजैमिर, सिमरौनगढ जस्ता ऐतिहासिक र सांस्कृतिक स्थानको उल्लेख भएको छ । यी स्थानहरु नेपालको इतिहास निर्माणको प्रारम्भिक स्थल हुन् भने सांस्कृतिक दृष्टिले पनि यी स्थानहरुको विशिष्ट महत्तव रहेको छ । हाम्रो प्राचीन सभ्यता र संस्कृतिको धरोहरुका रुपमा यी स्थानको नाम लिने गरिन्छ ।
च) नेपाल बहु जातीय देश भएकामा कविलाई कस्तो लाग्छ ?
उत्तरः नेपाल बहुजातीय बहुसंकृतिक र बहुधर्म भएको कुरा कविले कवितामा प्रश्ट पारेका छन् । सबैको साझा फुलबारीका रुपमा रहेको नेपालमा धेरै जात, जाति, भाषा, भाषी र धर्म संस्कृति मान्नेहरु बसोबास गर्छन् । विश्व समुदायका लागि उदाहरणीय विषय बनेको हाम्रो देश गौरवको कुरा हो । हाम्रो यस जनतजाती बिच गहिरो मेलमिलाप रहँदै आएको छ । यिनीहरुका बिच कहिल्यै जातीय विभेद वा झगडा भएको छैन ।

२) कविताको मूल भावको विवेचना गर्नुहोस् । 
उत्तरः कवि वासुदेव त्रिपाठीद्धारा रचित एक चर्चित कविता ‘सय रङ इन्द्रेनी’ कवितामा इन्द्रेनी स्वयम्मा अनेक रङ्युक्त हुने गर्छ भनि प्रस्तुत गरेका छन् । अनेक रङको संयुक्त मेलबाटै इन्दे्रनीको शोभा र गरिमा बढ्ने गर्छ । सयौँ नेपाली जातिहरुको ऐतिहासिक एकताको गौरवगान गरिएकाले यस कवितामा सयौँ नेपाली जातीहरुको ऐतिहासिक एकताको गौरवगान गरिएकाले यस कवितामा राष्टियताको भावलाई नै मुख्य रुपमा प्रस्तुत गरिएको छ ।
नेपाली समाजमा खुसी र आनन्दका साथ बाँच्न पाएकोमा कवि गौरव बोध गर्छन् । नेपाली समाजमा आ्फ्नो विशेषता छन् । नेपालीहरु एकआर्कामा भारापर्म वा ऐँचोपैँचो गर िव्यवहार गर्न रुचाउँछन् । आँटोपिठो र मिठो सिस्नो खाएर रमाउने नेपालीहरु जसका घरमा जे पाक्यो त्यही बाँडी चुँडी गरेर खान्छन् । सांस्कृतिक विविधता भए पनि सबैले सबैलाई सम्मान गर्ने परिपाटीका कारण गौरा जस्तो चाडपर्व र सीता अनि भृकुटी जस्ता ऐतिहासिक पात्रलाई सबैले सम्मान गर्छन् । अनेक जात जाति मिलेर बनेको नेपाली समाजमा खुी र आनन्दका साथ बाँच्न पाएकोमा कवि गैरव बोध गर्छन् ।  सयौँ भाषा, भेष, संस्कृतिले सम्पन्न नेपाल भौगोलिक दृष्टिले पनि विविधतामय छ ।
जुनसुकै ठाउँको बासिन्दा भए पनि सबै मिलेर देशनिर्माणमा लाग्ने नेपालीहरुले आफ्नो पुर्खाले नासोका रुपमा छोडेर गएको यस देशको इज्जत र प्रतिष्ठालाई बचाउँदै आएका छन् । नेपालीहरुका बिच न  त कुनै किसिमको कटुता छ, न द्धन्द्ध नै । त्यसैले विविध जात जातिहरुका बिचमा एकता र सद्भाव भएकोमा कविले गौरव बोध गरेका छन् ।
 मानिसको जीवन नाशवान् छ । मानिसको धर्तीमा आउने जाने क्र्रम चलि नै रहन्छ । उसले बनाएको समाज मात्रै सधैँ रहने कुरा हो । तसर्थ मृत्युपश्चात् मानिसले साथमा केही पनि लैजान नसक्ने भएकाले आफ्नो देश नेपालकै लगि असल काम गर्नु आवश्यक छ । त्यसैले विविध जात जातिहरुका बिचमा एकता र सद्भाव भएकोमा कविले गौरव बोध गरेका छन् , बिना एकता राष्ट्रियता समेत कमजोर हुन्छ । एकतामै शक्ति र सामथ्र्य हुन्छ । यसरी कवितामा राष्ट्रिय एकताको भावलाई कवितामा सश्क्त रुपमा प्रस्तुत गरिएको कुरा प्रश्ट हुन्छ । 

३) ‘ सय रङ इन्द्रनी’ कवितालाई गद्यमा रुपान्तर गरी लेख्नुहोस् ।
उत्तरः कवि वासुदेव त्रिपाठीद्धारा रचित एक चर्चित कविता ‘सय रङ इन्द्रेनी’ कवितामा इन्द्रेनी स्वयम्मा अनेक रङ्युक्त हुने गर्छ भनि प्रस्तुत गरेका छन् । अनेक रङको संयुक्त मेलबाटै इन्दे्रनीको शोभा र गरिमा बढ्ने गर्छ । यो कवितामा कविले गाउँ र सहर मेरै हो । मानसले रच्ने कुरा सुख हो । ज्याुँने र पौरख गर्ने यही समाज हो । आँसु र पीडा नभएको जीवन होस् र मुस्कुराउँदा जीवन मिठो पनि होस् । मिलीजुली बस्न पाइयोस्  बाँच्दा भरेसा पनि मिलोस् । सयपत्री फुलेको ठाउँमा जहारी फुल पनि फुल्छ । मानिसले गर्ने सिर्जनामा समाज सबभन्दा ठुलो हुन्छ । घरमा जे पाकेको छ त्यही खाँदा अमृतभन्दा मिठो हुने गर्छ । गौरा, सीता र भृकुटीको साइनो के हो ? सलहेश फुलबारी बुद्ध  र जनकको फुलबारी हो । मञ्जुली र यलम्बरले रचना गरेको रस मिठो छ । भावनाले भिजेपछि जुनसुकै कुरा मिठो हुन्छ । नेपाल आर्य, मङ्गोल, खस, किरात, थारु, यादव आदिको शूरवीरको थलो हो । यी वीरले जहाँ पाइला टेके त्यहाँ विजय हासिल गरे अनि नेपालीहरु विश्ववीर भनेर चिनिए ।
सयौँ जात जाति रहेको र अनेक थर, उपथरमा विभाजित नेपालीहरुले मिलीजुली  गरेर आर्जेको पौरख सारै मिठो छ । त्यस्तै दिलको माया र साइनो झनै मिठो हुन्छ । होस्टे, हैँसे गर्ने सहसृजनको जोस झनै मिठो हुन्छ । प्रकृति हिमाल, पहाड, तराई मधेस जोड्ने सिप छभ । जसले रच्यो तिनलाई प्रणाम छ । पुर्खाले दिएको हाम्रो नासो देश हो ।  बरगाछी, पीपलगाछी र  चौतारीको शतिल हावा पनि मिठो छ । तिमी र म आउने जनने हो । यहाँ रहने भनेकोे समाज मात्रै हो । मरेपछि साथ लैजाने के छ र । आपूm्ले सिर्जना गरे जति सबै नेपालकै हो । मानिसको नाता प्यारो हुन्छ । मानिस समाजमै जन्मिन्छ । ऊ समाजमै हुर्किन्छ  । अनि समाजमै देखभेट हुन्छ  र साइनो जोडिन्छ । रोजीरोटीको जाहो, भेटघाट आदिलाई देसै जोड्ने साइनोका रुपमा लिनुपर्छ । अब आपसी द्धन्द्ध होइन, देश नै प्यारो छ भन्दै संवादबाट दिलको दोस्ती गाँस्नु पर्छ । 
४) सप्रसङ्ग व्यख्या गर्नुहोस्ः 
क) जहाँ फुल्यो सयपत्री हजारी फुल त्यहाँ फुल्यो
मानिसको सिर्जनामा समाज हो कति ठुलो
भारापर्म ऐँचोपैँचो आँटोपिठो सिस्नो मिठो
जसको घरमा जे पाक्यो त्यो अमृतभन्दा मिठो
उत्तर :
माथिको सुन्दुर पङ्क्तिहरु मेरो नेपाली किताबको कक्षा ९ को ‘सय रङ इन्द्रेनी’ भन्ने कविताबाट साभार गरिएको हो । कविताको लेखक कविकार वासुदेव त्रिपाठीद्धारा सिर्जित भएको हो । यस कवितामा नेपाली प्रकृति, नेपाली, संस्कृति र माटाको सुवास माइन्छ । शास्त्रीय तथा लोकलय अँगाली कविता लेख्ने त्रिपाठीका कविताहरु भाव गम्भीर्य हुन्छन् । यस कवितामा कवि त्रिपाठीले समाजका आदर्श पक्षहरु प्रस्तुत गर्ने क्र्रममा उल्लेख गरेको छन् ।  उनको अनुसार सय गौरवगान गरिएकाले यस कवितामा सयौँ नेपाली जातीहरुको ऐतिहासिक एकताको गौरवगान गरिएकाले यस कवितामा राष्टियताको भावलाई नै मुख्य रुपमा प्रस्तुत गरिएको छ ।
नेपाली समाजमा खुसी र आनन्दका साथ बाँच्न पाएकोमा कवि गौरव बोध गर्छन् । नेपाली समाजमा आ्फ्नो विशेषता छन् । नेपालीहरु एकआर्कामा भारापर्म वा ऐँचोपैँचो गरी व्यवहार गर्न रुचाउँछन् । आँटोपिठो र मिठो सिस्नो खाएर रमाउने नेपालीहरु जसका घरमा जे पाक्यो त्यही बाँडी चुँडी गरेर खान्छन् । सांस्कृतिक विविधता भए पनि सबैले सबैलाई सम्मान गर्ने परिपाटीका कारण गौरा जस्तो चाडपर्व र सीता अनि भृकुटी जस्ता ऐतिहासिक पात्रलाई सबैले सम्मान गर्छन् । अनेक जात जाति मिलेर बनेको नेपाली समाजमा खुसी र आनन्दका साथ बाँच्न पाएकोमा कवि गैरव बोध गर्छन् ।  सयौँ भाषा, भेष, भूषा र संस्कृतिले सम्पन्न नेपाल भौगोलिक दृष्टिले पनि विविधतामय छ ।
जुनसुकै ठाउँको बासिन्दा भए पनि सबै मिलेर देशनिर्माणमा लाग्ने नेपालीहरुले आफ्नो पुर्खाले नासोका रुपमा छोडेर गएको यस देशको इज्जत र प्रतिष्ठालाई बचाउँदै आएका छन् । नेपालहिहरुका बिच न  त कुनै किसिमको कटुता छ, न द्धन्द्ध नै । त्यसैले विविध जात जातिहरुका बिचमा एकता र सद्भाव भएकोमा कविले गौरव बोध गरेका छन् । कवितामा कविकारले नेपाली प्रकृतिको उच्चता, नेपाली समाजका आदर्शपूर्ण र अनुकरणीय सामाजिक व्यवहारहरु  र संस्कृतिप्रेम र जातीय प्रेमलाई आकष्र्कक भाषाशैलीका माध्यमबाट यहाँ प्रस्तुत गरेको पाइन्छ ।
ख) तिमी म त आउने जाने रहने यो समाज नै हो
कसले के नै साथ लग्ने सिर्जे जति नेपालकै हो
मानिसको नाता प्यारा मिलीजुली ज्युँनु मिठो
चाचाचाची तता आमै जुनै नाता पनि मिठो ।
उत्तर माथिको सुन्दुर पङ्क्तिहरु मेरो नेपाली किताबको कक्षा ९ को ‘सय रङ इन्द्रेनी’ भन्ने कविताबाट साभार गरिएको हो । कविताको लेखक कविकार वासुदेव त्रिपाठीद्धारा सिर्जित भएको हो । यस कवितामा नेपाली प्रकृति, नेपाली, संस्कृति र माटाको सुवास पाइन्छ । शास्त्रीय तथा लोकलय अँगाली कविता लेख्ने त्रिपाठीका कविताहरु भाव गाम्भीर्य हुन्छन् ।
यस कवितामा कवि त्रिपाठीले समाजका आदर्श पक्षहरु प्रस्तुत गर्ने क्र्रममा उल्लेख गरेको छन् । कवितामा कविकारले नेपाली प्रकृतिको उच्चता, नेपाली समाजका आदर्शपूर्ण, अनुकरणीय सामाजिक व्यवहारहरु, संस्कृतिप्रेम र जातीय प्रेमलाई आकर्षक भाषाशैलीका माध्यमबाट यहाँ प्रस्तुत गरेको पाइन्छ । मानिसको जीवन नाशवान् छ । मानिसको धर्तीमा आउने जाने क्र्रम चलि नै रहन्छ । उसले बनाएको समाज मात्रै सधैँ रहने कुरा हो ।
 तसर्थ मृत्युपश्चात् मानिसले साथमा केही पनि लैजान नसक्ने भएकाले आफ्नो देश नेपालकै लागि असल काम गर्नु आवश्यक छ । त्यसैले विविध जात जातिहरुका बिचमा एकता र सद्भाव भएकोमा कविले गौरव बोध गरेका छन् , बिना एकता राष्ट्रियता समेत कमजोर हुन्छ । एकतामै शक्ति र सामथ्र्य हुन्छ । यहाँ नेपाली संस्कृतिको  सिङ्गो चरित्र आदर्शपूर्ण र अनुकरणीय रहेको छ । यस्तो राष्ट्रिय संस्कृतिप्रतिको आस्था र निष्ठालाई लोकलय र अन्त्यानुप्रासयुक्त भाषा शैलीको माध्यमबाट कविले प्रस्तुत गरेका छन । 

५) ‘सय रङ इन्द्रेनी’ कवितामा नेपालको सामाजिक सांस्कृतिक चिनारी कसरी प्रस्तुत गरिएको छ ? 
उत्तरः ‘सय रङ इन्द्रेनी’ कवितामा कवि वासुद देव त्रिपठीले  नेपालको सामाजिक सांस्कृतिक चिनारी  गराएका छन् । सारोगारे पर्दा  आपसमा सहयोग गर्न, भारापर्म, एँेचोपैँचो गरी काम चलाउने कुरा पनि नेपाली समाजको उदाहरणीय पक्ष हुन् । नेपाली समाजमा एकता र मेलमिलाप छ । आँटोपिठो र मिठो सिस्नो खाएर रमाउने नेपालीहरु जसका घरमा जे पाक्यो त्यही बाँडी चुँडी गरेर खान्छन् । सांस्कृतिक विविधता भए पनि सबैले सबैलाई सम्मान गर्ने परिपाटीका कारण गौरा जस्तो चाडपर्व र सीता अनि भृकुटी जस्ता ऐतिहासिक पात्रलाई सबैले सम्मान गर्छन् । अनेक जात जाति मिलेर बनेको नेपाली समाजमा खुी र आनन्दका साथ बाँच्न पाएकोमा कवि गैरव बोध गर्छन् ।  सयौँ भाषा, भेष, भूषा र संस्कृतिले सम्पन्न नेपाल भौगोलिक दृष्टिले पनि विविधतामय छ ।  
सबै जातजाती र भाषा मान्ने मान्छेहरु एउटै चौतारामा बसेर उनीहरु बरगाछी, पीपलगाछी र चौतारीमा बसेर सुखदुःखहरु बाँड्छन् । आपसमा अनेक नातागोता वा साइनो गाँस्दै भेटघाट गर्न रमाउने नेपालीहरुको चरित्र अनुकरणीय छ । आफ्नो देश आफ्नो संस्कृति मान्नेहरुका बिचमा अपूर्व मिलन र सद्भाव यहाँ देख्न पाइन्छ ।
नेपाल बहुजातीय बहुसंकृतिक र बहुधर्म भएको भएको कुरा कविले कवितामा प्रश्ट पारेका छन् । सबैको साझा फुलबारीका रुपमा रहेको नेपालमा धेरै जात, जाति, भाषा, भाषी र धर्म संस्कृति मान्नेहरु बसोबास गर्छन् । विशव समुदायका लागि उदाहरणीय विषय बनेको हाम्रो देश गौरवको कुरा हो । हाम्रो यस जनतजाती बिच गहिरो मेलमिलाप रहँदै आएको छ । यिनीहरुका बिच कहिल्यै जातीय विद्वेष वा झगडा भएको छैन । 

६) पाठमा नेपालको इतिहास, संस्कृति, जाति तथा स्थानलाई बुझाउने शब्दहरु समूह कार्यका रुपमा टिपोट गरी तिनको अभिप्राय झल्कने गरी एक एक अनुच्छेद लेख्नुहोस् । 
उत्तरः इतिहास – भृकुटी, मञ्जुश्री, यलम्बर
संस्कृति – गौरा, सीता, बुद्ध, जनक
जाति – आर्य, मङ्गोल, खस, किरात, थारु, यादव, गोर्खा
स्थान – सलहेश, फुलबारी, मिथिला, कपिलवस्तु, चाँगु, सिन्जा, अजैमिर, पाल्पा, मुस्ताङ, नाम्चे, सिमरौनगढ
नेपालको अस्तित्व देश भरि चलाउन र विश्वलाई नै चिनाउन भृकुटी, मञ्जुश्री र यलम्बर जस्ता एतिहासिक व्यक्तित्वहरुको ठुलो योगदान रहेको छ । यस देशलाई समृद्ध बनाउन यी विभूतिहरुको योगदान पनि अद्धितीय रहेके छ । गौरा जस्तो चाडर्पा र आपसको मेलमिलाप विभूतिहरुको योगदान पनि अद्धितीय रहेको छ । जातजातिहरु बिच देखीने सम्बन्धले हाम्रो देशको संस्कृति विश्वकै लागि अनुकरणीय बनेको छ । नेपाल एतिहासिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले एक अद्धितीय देशको रुपमा रहेको प्रस्ट हुन्छ । 

७) पाठको चन्द्रबिन्दु र शिरबिन्दु लागेको शब्द खोजेर शिक्षकलाई देखाउनुहोस् । 
उत्तरः जहाँ, त्यहाँ, मुस्कुराउँदा, ज्युँदा,  सयौँ, जिउँ, ज्युँनु कहीँ
शिरबिन्दु लागेका वाक्यहरुः संस्कृति, संवाद 

८) जनसङ्ख्या वृद्धि र त्यसका असरका विषयमा बुँदाहारु खोज्नुहोस् र ‘ जनसङ्ख्या विस्फेट’ शीर्षक राखी तिन ओटा  अनुच्छेद लेख्नुहोस् । 
उत्तर :
–    खाद्यन्न उत्पादन  गरीने साधन सिमित र जनसंख्यको वृद्धि दर धेरै
–    प्रकृतिक सम्पदाहरुमा असर पर्ने
–    वातावरण नै प्रदूषित बनेको
–    संसारमा सामाजिक, आर्थिक, राजजीतिक, सांसकृतिक क्षेत्रमा समस्याहरु देखिउको
जनसंख्या विस्फोट
खाद्यन्न उत्पादन गर्ने जमिन सिमित छ तर जनसंख्या धेरै छ त्यसैले यो समस्याले भविश्यमा संकट उत्पन्न हुन सक्छ । जसले गर्दा संसारमा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक जस्ता समस्याहरु विकराल रुपमा उत्पन्न भएका छन् । समाजमा घटेका प्राय समस्याहरु जनसंख्या वृद्धिकै कारण हो ।
हाम्रो देशमा मात्र जनसंख्यको समस्या नभई अरु राष्ट्रहरुमा पनि उत्तिकै रहेको छ । जनसङ्ख्या वृद्धिका मुख्या कारणहरुमा जनतामा रहेको अशिक्षा, अज्ञानता र गरिबीजस्ता कुराहरु पर्दछन् । जनसंख्या वृद्धिको कारणले विभिन्न खतरनाक् रोगहरु लाग्ने र गरीबी जस्ता समस्याहरु आईपर्ने गर्देछ । वनविनाश, समाजमा वकृति र बेरोजगारी समस्याले जस्ता समस्याहरु तीव्र जनसंख्याले नै हुन्छ ।
जहाँ धेरै सेवा सुविधा छ त्यहाँ नै धेरै जनसंख्या वृद्धि हुन्छ । मानिसहरु सुखी र आन्नदको जिवन बिताउन चाहन्छन् । जनसंख्याको तीव्र वृद्धिले जताजतै फोहोर तथा दूषित वातावरण बढ्नुका साथै सहरी क्षेत्रमा घर, कलकारखाना, सवारीसाधनको वृद्धिर त्यसबाट निस्कने फोहोरमैलाले गर्दा वातावरण प्रदूषित बनेको छ । जनसंख्याको वृद्धिले मानिसका लागि आधारभूत आवश्यकताअन्र्तगत पर्ने खाद्यान्न, स्वच्छ खानेपानीजस्ता कुरको उपलब्धता र वितरणमा पनि समस्या देखिने गरेको छ । 

९) पत्र पत्रिका अथवा जानकारहरुबाट जलवायु परिवर्तन र यसका असर बारेमा आवश्यक जानकारी लिनुहोस् र ‘ जलवायु परिवर्तन र विश्वव्यापी सङ्कट’ शीर्षकमा कम्तीमा चार ओटा अनुच्छेद लेख्नुहोस् । 
उत्तरः
जलवायु परिवर्तन र विश्वव्यापी सङ्कट
जल भन्नाले पानी, वायु भन्नाले हावा भन्ने बुझिन्छ  भने परिवर्तन भन्नाले जल र पानमिा  देखीने फेरबदल, रुपान्तर वा हेरफेर भन्ने बुझिन्छ । आज विश्व मानव समुदायका लागि गम्भीर चुनौतीको विषय बनेको छ । यसका लागि विश्व समुदायले बेलैमा ध्यान नदिए आगामी दिनमा झन् गम्भिरि चुनौतिहरको सामना गर्नुेपर्ने प्रस्ट छ । जल वायु परिवर्तनले  प्रभाव पार्ने तत्वहरुमध्ये जनसंख्या वृद्हिि ए हो ।
दिन दुईगुना रात चोगुनाको दरले जनसंख्या वृद्धि भएको कारण राज्यहरुले आफ्नो जनताको समुचित व्यवस्थापन गर्न सकेका छैनन् । अनियन्त्रित जनसंख्या वृद्धिले गर्दा खानपान, व्यवसाय, बसोबास हरेक कुराले मान्छेलाई सताउने गर्छ । जनसंख्या वृद्धिको कारण बसाइँसराइको क्रम पनि तीव्र हुने गर्छ ।
बाढी, पहिरो, भूकम्प, आँधीजस्ता प्राकृतिक प्रकोपहरुको त्रासले आजको मानव हरहमेसा सताइएको छ भने प्राकृतिक विनाश र औद्योगिक विकासले हिमाल पग्लिएर मरुभूमि बन्ने खतर पनि बढ्द गएको छ ।  अजवायु परिवर्तन र यसले विश्वमा निम्त्याएके चुनौतिलाई हाँक दिन हरेक राष्ट्र र मानव समुदायले सचेत र सजग भई अघि बढ्नु आवश्यक छ ।
वैज्ञानिक विकासको तीव्र कारणले पनि वातावरणीय सन्तुलनमा खलल पुगेको छ ।  जलवायुमा व्यापक परिवर्तन देखिन थालेको छ । यसले गर्दा अतिवृष्टि र अनावृष्टिको समस्या हरेक वर्ष देखिन थालेको छ । 

व्याकरण


१) तलको लेख्य चिह्नको नाम र काम कापीमा लेखेर शिक्षकलाई देखाउनुहोस् । 
क) पूर्ण विराम ( । )
मैया  दयालु छन् । उनी गरिबप्रति दया देखाउँछिन् । वृद्धवृधाहरुलाई सहयोग गर्ने उनको बानी छ ।
ख) अल्प बिराम ( , )
शोभा तारा र डोरनिधि बजार गए । उनीहरुरले त्यहाँ कपडा, किताब र काउली किने । त्यहाँ तुलसी , बाबुराम र पवित्रा पनि देखा परे । ‘‘ ओ , यिनीहरु यतै पो रहेछन् त !’’ पवित्राले भनी ।
ग) अर्ध विराम (;)
म बिहानै उठ्छु; हात मुख धुन्छु; घुम्न जान्छु; र पत्रिका पढ्छु । मानवता नेतिकताको नाम हो ; बहादुरीको नाम हो विश्वासको नाम हो ।
घ) प्रश्वाचक चिह्न (? )
तिमी घरबाट एक्लै आयौ कि तिम्रा भाइ पनि आए ? अब तिमी फेरि घर कहिले जान्छौ ?
ङ उद्गार चिह्न (!)
तिमीले राम्रो गरेछौ, स्याबास् !
बिचरा, तिनलाई त रोगले साह्रै च्यापेछ !
ए राम । कतातिर हो ?
उद्धरण चिह्न ( ‘ ’ , ‘‘ ’’)
लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कवितामा मात्रिक छन्दमा छ । यस कवितामा देवकोटाले ‘ मानवतावाद’ मा जोड दिएका छन् । उनी भन्छ्न,‘‘ मलम लगाऊ आर्तहरुको चहराइरहेको घाउ ।’’
छ) निर्देश चिह्न (ः)
 भौगोलिक रुपमा नेपाललाई तिन प्रदेशमा विभाजन गर्न सकिन्छ : हिमाली प्रदेश, पहाडी प्रदेश र तराई प्रदेश ।
ज) याजक चिह्न (–)
नेपाल–चिनबिचको दौत्य सम्बन्ध दिर्घकालसम्म रहने छ ।
झ) कोष्ठक ( )
वासुदेव त्रिपाठी त्रिवि बाट नेपाली साहित्यमा विद्यावारिधि (पएिचडी) गर्ने पहिलो व्यक्ति हुन् ।
दिइएबमे लेख्य चिह्नहरु पुर्णविराम ( । ), अल्प विराम ( , ) , अर्ध विराम ( ; ), प्रश्नवाचक चिह्न ( । ), उद्धरण चिह्न ( ‘ ’ , ‘‘ ’’ ) निर्देश ( : ) याजक चिह्न ( –) कोष्ठक (( )) चिह्न लेखेर शिक्षकलाई देखाउने र मनन पनि गर्ने ।

२) तलको अनुच्छेदमा कुन कुन लेख्य चिन्हहरु प्रयोग भएका छन्, लेख्नुहोस्ः
हाम्रा विज्ञान शिक्षक भन्नुहुन्छ, ‘‘ अहिलेको युग सूचना प्रविधिको युग हो । अहिलेको युगमा कम्प्युटर प्रविधि खास गरेर इन्टरनेटमा पहुँच नहुनेहरु धेरै पछि पर्छन ।’’ उहाँले भनेको कुरालाई राम्ररी मनन गरेर मैले आफूलाई कम्प्युटर प्रविधिमा पोख्त बनाएको छु । आधुनिक प्रविधिको कसरी सदुपयोग गर्नुपर्छ ?  इन्टरनेटको उपयोगिता के हो ? मलाई थाहा छ । इन्टरनेटलाई मैले पढाइकै एउटा अभिन्न अङ्ग बनाएको छु । यसबाट मैले संसार चिन्न सकेको छु । इन्टरनेटका अतिरिक्त पुस्तकालयमा गएर नयाँनयाँ पुस्तक पढ्ने मेरो सोख छ । मैले थुप्रै विदेशी तथा नेपाली लेखकका किताब पढेको छु । भर्खरै ‘मुनामदन’  पढ्े केही दिन अगाडि ‘घामका पाइलाहरु’ पढेको थिएँ, राम्रो लाग्यो । खेलकुदमा पनि उत्तिकै रुचि राख्छु । मलाई मन पर्ने खेल हुन् : क्र्रिकेट, भलिबल, फुटबल र चेस । मलाई ठुलो–सानो, धनी–गरिब, पुरुष–महिला, छुत–अछुत भनी विभेद गर्ने चलन पटक्कै मन पर्दैन । हाम्रो समाजमा रहेका   वर्गीय – धनीर गरिब बिचको), लैङ्गिक –पुरुष, महिला र तेस्रो लिङ्गी बिचको), जसता विभेद (भेदभाव) हटाउनुपर्छ । त्यस्तै शारीकि रुपमा अशक्तहरुलाई छिः छिः !! र दुरः दुर !! गर्ने, उनीहरुलाई बरा ! बिचरा ! भनेर कमजोर ठान्ने प्रवृत्ति पनि मलाई पटक्कै मन पर्दैन । उनीहरुसँग भिन्न प्रकारको क्षमता छ र उनीहरु प्नि आफ्नै गोडामा उभिन सक्छन् भन्ने कुरा मलाई थाहा छ ।
उत्तर दिइएको अनुच्छेदमा अल्पविराम ( , ) उद्धरण (‘‘ ’’)  पूर्ण विराम ( । ), प्रश्नवाचक ( ? ), उद्धरण (‘ ’), अर्ध विराम ( ; ) निर्देश ( : ) योजक ( – ) कोष्ठक (( )), उद्गार ( ! ) आदि चिह्नहरु प्रयोग भएको छन् । 
३) उपयुक्त लेख्य चिह्न प्रयोग पुर्नलेखन गर्नुहोस् : 
क) दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको छोटकरी नाम न सार्क हो तपाईलाई थाहा छ : सार्कका सदस्य राष्ट्रहरु कुन कुन् नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान सार्कको सदस्य राष्ट्रहरु हुन् ।
उत्तरः दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको छोटकरी नाम न सार्क हो । तपाईलाई थाहा छ; सार्कका सदस्य राष्ट्रहरु कुन–कुन् हुन् ? नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान सार्कको सदस्य राष्ट्रहरु हुन् ।
ख) सुन्नु भो राम त हिजै अमेरिका पुगेछ तर के गर्नु उसको भिसा त नक्की पो परेछ ऊ त विमान स्थलबाटै फिर्ता भएछ हामीले उसलाई कति भनेका थियौँ स्वदेशमै बसेर काम गरे पनि हुन्छ विदेशै जाने हो भने पनि राम्ररी बुझेर मात्र जानुपर्छ ।
उत्तरः   सुन्नु भो ? राम त हिजै अमेरिका पुगेछ तर के गनु, उसको भिसा त नक्की पो परेछ । ऊ त विमान स्थलबाटै फिर्ता भएछ । हामीले उसलाई कति भनेका थियाँ, स्वदेशमै बसेर काम गरे पनि हुन्छ; विदेशै जाने हो भने पनि राम्ररी बुझेर मात्र जानुपर्छ । 

४) उाहरणमा जस्तै गरी ‘पढ’ धातुबाट तिन कालका सामान्य पक्षका रुप लेख्नुहोस् : 
उत्तर :
मैले किताब पढेँ । ( सामान्य भूत )
म किताब पढ्छु । ( सामान्य वर्तमान )
म किताब पढ्ने छु । ( सामान्य भविष्यत् )
५) उदाहरण अनुसार ‘लेख्’ धातुबाट अपूर्ण पक्षका रुपहरु बनाउनुहोस् :
उदाहरणः तिमी भात खाँदै थियौ । ( अपूर्ण भूत )
तिमी भात खाँदै हुने छौ । ( अपूर्ण वर्तमान )
तिमी भात खाँदै हुने छौ । (अपूर्ण भविष्यत् )
उत्तर :
तिमी चिढी लेख्दै थियौ । ( अपूर्ण भूत )
म चिठी लेख्दै थिएँ । (अपूर्ण वर्तमान )
तिमी चिठी लेख्दै हुने छौ । (अपूर्ण  भविष्यत् )  

६) उदाहरणमा जस्तै गरी ‘ सुन्’ धातुका पूर्ण पक्षका रुप लेख्नुहोस् : 
उदाहरणः  हरि बसेको थियो । सीता आएकी थिई । ( पूर्ण भूत )
हरि बसेको छ । सीता आएकी छ । ( पूर्ण वर्तमान )
हरि बसेको हुने छ । सीता आएकी हुने छ । (अपूर्ण भविष्यत्)
उत्तरः
रामले सुनेको थिया । सीताले सुनेकी थिई ( पूर्ण भूत)
रामले सुनेको छ । सीताले सुनेकी छ । ( पूर्ण वर्तमान )
रामले सुनेको हुने छ । सीताले सुनेकी हुने छ । ( पूर्ण भविष्यत् ) 

७. उदाहरणअनुसार ‘गर’ र ‘पढ्’ धातुको कर्तृ, कर्म तथा सुत् धातुबाट वाच्यका रुप देखाउनुहोस् ।
म कविता लेख्छु । तिमी सफल भयौ । जयकला हाँस्छिन् । योगराज गयो । ( कर्तृ वाच्य) (म द्धारा) हाँसिन्छ । (तिमीद्धारा ) परीक्षा दिइयो । ( कर्म वाच्य ) ( जयकलाद्धारा) हाँसिन्छ । (योगराजद्धारा)  गइयो । ( भाव वाच्य)
उत्तर
 गर् – म काम गर्छु । तिमीले काम ग¥यौ । रमा काम गर्छिन् । विनोद काम गर्छ । (कर्तृवाच्य)
पढ् – हरि पढ्छ । विनोले पढ्यो । गीता पढ्छिन् । म पढ्छु । (कर्तृवाच्य)
(मबाट) काम गरियो । (तिमीबाट)  काम गरिन्छ । (रमाबाट) काम गरिादै   विनोदबाट काम गरिएको छ । (कर्म वाच्य) 

८) उदाहरणमा दिए जस्तै गरी ‘हराउ’, ‘सुनाउ’, हिँड् र ‘बोल्’ धातुबाट करण र अकरणका वाक्यहरु ब्नाउनुहोस् : 
 उत्तर
हराउ – राम घरबाट हराउँछु ।  म उसलाई हराउँदिनँ । सुमित्राले फुटबलमा हराइन् । (करण)
हराउ –  राम घरबाट हराँदैन । म उसलाई हराउँदिनँ । सुमित्राले फुटबलमा हराइनन् । (अकरण)
सुनाउ – राम कथा सुनाउँछ  । उसलाई खबर सुनाउँछु । गीताले कथा सुनाइन् ।  (करण)
सुनाउ – राम कथा सुनाउँदैन । उसलार्य खबर सुनाउँदिन् । गीताले कथा सुनाई । (अकरण)
बोल् – कृष्ण मिठो बोल्छ । म मिठो बोल्छु । सिता मिठो बोलिन् । (करण)
बोल् – कृष्ण मिठो बोल्दैन । म मिठो बोल्दिन । सिता मिठो बोल्दिन् । (अकरण)

९) तलका क्र्रियापदले अभ्यस्त भूत काललाई बुझाएका छन्, तिनलाई सार्नुहोस :  
हाम्रा पालामा अहिले जस्तो जतासुकै स्कुल हुँदैनथे । खास गरेर माध्यमिक विद्यालयहरु सीमित हुन्थे । त्यसैले म मावि तहको पढाइका लागि घरबाट डेढ घण्टा टाढा हिँडेर जान्थेँ । बाढी आउँदा खोलाहरु ठुला हुन्थे । हामी बाढी नघटुन्जेल पर्खेर बस्थ्यौ र बाढी घटेपछि तथ्र्यौ । बाटो पनि अप्ठ्यारो हुन्थ्यो । कहिले काहीँ पहिरोले  पनि बाटो छेक्थ्यो । चाहिए जति कापी कलम किन्ने पैसासमेत हुँदैनथ्यो । पढाइ सकेर घर फर्किने बेला बाटाका पसलरुमा बाहिरै सेल राटी बेच्न राखेका हुन्थे यता भोकले पेटमा मुसा दौडिरहेको हुन्थ्यो, अर्कातिर किनेर खाने पैसा हँुदैनथ्यो । त्यसैले बेच्न राखका  खानेकुरातिर आँखा नपरुन् भन्दै दौडिन्थ्यौँ ।
उत्तरः हुँदैनथे, हुन्थे, जान्थेँ, हुन्थे, तथ्र्यौ, दुब्थ्यो, छेक्थ्यो, हुँदैनथ्यो, हुन्थे, हुन्थ्यो, हुदैनथ्यो, दौडिन्थ्यौँ । 

१०) तलको अनुच्छेदमा रहेको भूत कालका अज्ञात पक्ष ( अज्ञात भूत ) का क्र्रियापदलाई सारेर शिक्षकलाई देखउनुहोस् :
ऊ त कति ठुलो भइसकेछ । उसले पढ्न पनि राम्ररी पढेछ । इन्जिनियरिङ पढ्न छात्रवृत्ति पाएछ । अनि ऊ लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी जागिरे भएछ । 

११) अभ्यस्त भूत कालको प्रयोग गरी आफ्नो बाल्यकालको वर्णन गर्नुहोस् । 
बाल्यकालमा म फुटबल खेल्न मन पराउँथे । साथीभाइसँग धेरै फुटबल खेल्थेँ ।  मैले फुटबल खेलेको देखेर आमा दिक्क् मान्नुहुन्थ्यो । बुबा पनि फुबल नखेल भनि कराउँनु हुन्थ्यो । मेरो व्यवहार घरमा र स्कुलमा फरक हुने गथ्र्याे । 

१२) अज्ञात भूतको प्रयोग गरी आफूले देखेको कुनै सहरको वर्णन गर्नुहोस् । 
मैले काठमाडौँ सहर देखेको छु । त्यो सहर निकै दूषित रहेछ । नेपालको र अन्या विदेशी पनि तहाँ आउँदा रहेछन् । सबै मानसहरु आफ्नो आफ्नो सुरमा हिड्दा रहेछन् । बाटाघाटाको आम्रो सुविधा रहेको रहेछ । 


महिला हिंसा

शारांश
महिलाप्रति  गरिने कुरुप र असह्यव व्यवहारहरु यत्रतत्र देख्न पाइन्छ भन्ने कुरालाई माथिका अंशमा प्रस्तुत  गरिएको छ । नेपाली समाजमा महिलाप्रति गरिने व्यवहारहरु एकदमै तल्लो स्तरको रहेको छन् । समाजमा महिला जति हेपिने वस्तु अरु केही छैन । उनीहरुलाई वस्तुभाउ सरह मोलतोल गरी बेचिन्छ ।  महिलालाई उपभोग्य वस्तुभन्दा बढी मुल्यको ठन्ँिदैन । त्यसैले महिला हिँसा समाजमा जिउँदो रुपमा रहेको छ ।  महिलाको गरिमा र इज्जतलाई ख्यालै नगरी बिक्र्री वितरण गर्न वस्तुका रुपमा हेरिनु र तदनुरुपको व्यवहार गरिनु आफैँमा लज्जास्पद कार्य हो । त्यस्तै महिलालाई जबर्जस्ती बलात्कार गरी मारेर फालिन्छ । यस्ता घृणित सामाजिक  परम्पराको अन्त्यका लागि सबै सचेत हुनु र आआफ्नो ठाउँबाट व्यवहारहरु सच्याउनु पनि आवश्यक भइसकेको छ ।
संसारका मानिसहरु कर्तव्य, अधिकार र सारा मानवलाई कसरी सम्मान गर्न सकिन्छ भनेर तदनुरुपमा क्रियाकलापहरु अघि बढाइरहेका छन् । यो ज्यादै लज्जास्पद कुरा हो । विश्वले आज धेरै कुरामा प्रगति गरिसकेको छ । चेतनाका हिसाबले विश्व आज अकल्पनीय अवस्थामा पुगेको छ । आज विश्वमा अनेक प्रकारका परिवर्तनहरु भएका छन् । महिला हिंसा, सामाजिक विभेद, लैङगिक विभेद जस्ता कुरा विश्व परिस्थितिमा नेपालमा भने पुरानै परम्पराले जकडिरहेको कुरालाई माथिका अंशमा प्रस्तुत गरीएको छ ।
समाजमा आज पनि अनेक विभेदहरु छन् । खास गरी महिला माथिको हिंसा अहिले पनि जिउँदै छ । दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरा नपाएको भनी हेप्ने, छोरा र छोरीमा विभेदकारी व्यवहार गर्ने जस्ता अति नै लज्जास्पद क्रियाकलापहरु नेपाली समाजमा देख्न पाइन्छ । विश्वले जतिसुकै प्रगति गरेको भए पनि त्यसले नेपाली समाजलाई छुन सकेको छैन । नेपाली समाजमा अविवेकि कुरा गरेर हिंसालाई बढुवा दिने प्रवृत्ति ज्युँका त्युँ रहेका छ । यस्तो सोचाइ नत्यागेसम्म समाजको सही विकास र उन्नति सम्भव छैन ।
कानुन कडाइका साथ लागु गर्ने र संस्कारमा परिवर्तन गरी समसत्ता कायम गर्न सकेका खण्डमा सामाजिक रुपान्तरण सम्भव हुन्छ । नेपाली समाजको कुरा गर्दा यहाँ नारी हिंसाका अनेक रुप देखा पर्छन । नेपाली नारीहरु छाउपडी देउकी र कुमारी जस्ता प्रथाका सिकार पनि भएका छन् । आर्थिक अधिकारबाट वञ्चित गराइएका र अनेक अविवेकी व्यहारका कारण सामाजिक रुपान्तरण आशातीत रुपमा हुन सकेको छैन ।  त्यसकारण  सामाजिक रुपान्तरण गर्न सर्वप्रथम आफैँबाट परिवर्तनको सुरुवात गर्नुपर्छ ।

प्रश्नोत्तर

संवादको एकदेखि एघारसम्मको अनुच्छेद सुन्नुहोस् र ठिक र बेठिक छुट्यानुहोस् ? 
क) दाइजो प्रथाका बारेमा कसैकसैले मात्रै सुनेका छन् ।
ख) पत्र पत्रिकामा दिनदिनै दाइजोका बारेमा समाचार आएको छ ।
ग) मानिसहरु लोभीपापी छैनन् ।
घ) विदेशीहरुले आजसम्म हाम्रो पछौटेपनका बारेमा थाहा पाएका छैनन् ।
ङ) भुङग्रो खन्याउनु अपराध हो ।
उत्तरः
क) बेठिक
ख) ठिक
ग) बेठिक
घ) बेठिक
ङ) ठिक

२) संवादको बाह्रदेखि एक्काइससम्मको अनुच्छेद सुन्नुहोस् र तल सोधिएका प्रश्नहरुको उत्तर  भन्नुहोस् :
क) दुई चार दशकअघिसम्म नेपालमा दाइजो प्रथाको रुप कस्तो थियो ?
उत्तरः अहिलेको जस्तो विकराल  दुई चार दशकअघिसम्म  थिएनन् ।
ख) पहिला छोरीप्रतिको व्यवहार कस्तो थियो ?
उत्तरः पहिला छोरीप्रतिको व्यवहार निकै नकरात्मक थियो ।
ग)  महिला हिंसाका घटना कसरी थाहा पाइन्छ ?
उत्तरः व्यवहारबाट महिला हिंसाको घटनाहरु थाहा पाइन्छ ।
घ) नेपालीहरु कस्ता कुरामा अल्झिएर बसेका छन् ?
उत्तरः नेपालीहरु महिला हिंसा, लैङगिक विभेद जस्ता अविवेकी कुरामा अल्झिएर बसेको छन् ।
ङ) महिलालाई किन वस्तुभाउ सरह बेचिन्छ ?
उत्तर सामाजिक विभेदले समाजमा निरन्तरता पाएको कारण महिलालाई वस्तुभाउ सरह बेचिन्छ । 

३) तलको पाठ सुन्नुहोस् र उत्तर दिनुहोस् : 
समाजमा महिला उत्पीडनको कारक आर्थिक सम्बन्ध पनि हो । परम्परापगत रुपमा हेर्ने हो भने महिलाहरु आर्थिक रुपमा पछि परेका छन् । बिहानदेखि रातीसम्म घरायसी काममा संलग्न रहे पनि त्यसको कुनै श्रमगत मुल्य छैन । आर्थिक कारोबार कि पति कि पुत्रका हातमा हुन्छ । सम्पत्ति माथि अधिकार नहुँदा महिलाहरु उत्पीडनमा परेका छन् । यस्तो अवस्थामा परिवर्तन ल्याएर नै महिला अधिकारलाई सुनिश्चित गर्न सकिन्छ ।
 क) महिला उत्पीडनको मूल कारक के हो ?
उत्तरः आर्थिक कारक नै महिला उत्पीडनको मूल कारक हो ।
ख) महिलाको श्रमको गणना किन नभएको हो ?
उत्तरः आर्थिक कारोबार कि पति कि पुत्रको हातमा हुने भएकाले महिला श्रमको गणना नभएको हो ।
ग) लैङ्गिक विभेदको अन्त्य कसरी सम्भव हुन्छ ?
उत्तर  सम्पत्ति माथिको अधिकार स्थापित भएमा लैङगिक विभेदको अन्त्य सम्भव हुन्छ ।
घ) लैङ्गिक विभेदको अन्त्यका लागि तपाई के गर्नुहुन्छ ।
उत्तर : लैङगिक विभेदको अन्त्यका लागि महिला अधिकार सुनिश्चित गर्दै सोही अनुसारको व्यवहार गर्छु । 

बोलाइ

तपाइँलाई कुन पात्रको भनाइ राम्रो लाग्यो र किन ? तर्कसहित कक्षामा बताउनुहोस् । 
 उत्तर : मलाई अन्वेषाको भनाइ राम्रो लाग्यो । उनीलो महिलामाथि हुने हिंसाको बारेमा आनिफकारका रुपमा देखा पर्छिन् । महिला र पुरुष बिचको सम्बन्धमा हुने भेदभावको बारेमा व्याख्या गरेको छन् । महिला हिंसा हटाउने कानुनी व्यवस्था भए पनिकार्यान्वयन पक्ष कमजोर भएको बताउँछिन् । त्यस्तै राज्यले आँट्ने हो भने यस्तो कुप्रथा हट्न समय नलाग्ने उनको तर्क रहेको छ । यस्तो कुप्रथाको अन्त्य व्यक्तिबाट सम्भव नहुने र राज्यबाटै सम्भव हुने उनको तर्कमा दम छ । त्यस्तै उत्पीडन दिने कार्य सामाजिक संरचनाबाट भउको र त्यसको अन्त्यका लागि कानुनी व्यवसथा र पालना तथत चेतनाको विस्तारसँगै हुने कुरा उनले गरेकी छन् । 

३)   आआफ्ना परिवेशमा तापाईहरुले अनुभव गरेका लैङ्गिक विभेदका बारेमा कक्षामा प्रस्तुत गर्नुहोस् । 
 मेरा परिवेशमा लैङ्गिक विभेदका व्यवहारहरु प्रशस्तै हुने गरेका छन् । पढाइकै कुरालाई हेर्ने हो भने छोरालाई धेरै खर्च गरेर बोर्डिङ स्कुलामा पढाउने जस्तो नकरात्मक सोच भएको अशिक्षित बाबुआमा रहेको छन् ।  । पैसाको कारेबार लोग्ने मान्छेले लिने र स्वास्नीमान्छेलाई त्यसको सुइँको पनि नदिने प्रवृत्तिले निरन्तरता पाइरहेकै छ । त्यस्तै छोराको बिहे गर्दा धुमधामसँग सम्पन्न गर्ने र छोरीको बिहे झारो टार्ने हिसाबले गर्ने चलन पनि परिवेशमा मैले अनुभव गरेको छु ।

२) पाठको पचासदेखि सन्ताउन्नसम्मको अनुच्छेदबाट मुख्य मुख्य पाँच बुँदा टिप्नुहोस् : 
उत्तर :
परुष र महिला एक आर्कामा एउटै रथको दुई पाङ्गा्र हुन ।
ख) समाजमा महिला र पुरुष  एउटै हो भन्ने भावनाको विकाश गर्ने ।
ग)महिला र पुरुष एक भएमा मात्र समाजमा विकाश हुन सक्छ ।
घ) महिला र पुरुषमा बराबर अधिकार दिनुपर्छ ।
ङ) आर्थिक रुपमा महिलालाई पनि जिम्मेवारी वहन गर्ने दिनुपर्छ । 

३) निम्नलिखित अनुच्छेद पढी तल सोधिएको प्रश्नहरुको उत्तर दिनुहोस् : 
सधैँ सधैँसल्ला सुसाउँदा रमाइलो र आन्नद लाग्ने मलाई अहिले कस्तो कस्तो नरमाइलो लागेर आयो । कामैकाम र दुःखै दुःखले सधैँभरि थिचिएकी महिलाको चिसो सुस्केरा जस्तो लाग्यो मलाई सल्ला सुसाउँदाको लावाज । हजारौँ हाजार दुःखी नेपाली महिलाहरुका मधुरा अनुहारहरु उभिए मेरा आखाँअघि । कठै ! सभ्यताका नाममा जतिनै आधुनिक देखिए पनि र नियम कानुनका पानामा जतिनै लेखे पनि खोइ कहाँ घटेको छ र महिलाको उत्पीडन र शोषण ! खोइ कहाँ ओभाएको छ महिलाको आँखा र अनुहार र आँखाको डिल ? खोइ कहाँ उज्यालिएको छ  महिलाको अनुहार र आँखाको नानी ! जब आधा धर्ती र आधा आकाश ने अकअध्यारो बादलले ढाहिरहन्छ ।  भने आधुनिकता र विकासको नाममा गर्व गरेर छाती फैलानउनु पनि व्यथै नै हो भन्छु म ।
क) लेखकलाई किन नरमायइलो लाग्यो ?
उत्तर कामैकाम र दुःखले सधैँभरि थिचिएकी महिलाको चिसो सुस्केरा सल्ला सुसाउँदा लोगेकाले नरमायलो लाग्यो ।
ग) महिलाको लागी कानुनको पाना कस्ता रहेको छन् ?
उत्तरः  महिलाको लागि कानुनका पाना सभ्यताका नाममा देखाउने किसिमका मात्र छन् ।
घ) महिलाको आँखाको डिलले के भन्छ । ?
उत्तर महिलाको आँखाको डिलले दुःख र पीडा यथावत् रहेको छ भन्छ ।
ङ) अहिले आधुनिकता र विकासको मूल्य के कस्तो छ ?
उत्तर अहिले आधुनिकता र विकासको मुल्य व्यर्थैको छ ।
च) ‘उत्पीडन’ र ‘मधुरा’ शब्दको प्रयोग गरी एउटा एउटा वाक्य बनाउनुहोस् ।
उत्तरः उत्पीडन – महिलाहरुले पहिले दखी नै उत्पीडन खाँदै आएको छन् ।
मधुरा – गाउँमा महिलाको अनुहार मधुरा रहेको हुन्छ । 

लेखाई

१ पाठ पढी तलका प्रश्नहरुको उत्तर देख्नुहोस् : 
क) महिला हिंसाको स्वरुप कस्तो हुन्छ ?
उत्तरः कतै दाइजो नल्याएकामा, कतै छोरा नपाएकामा, कतै श्रीमती हुने पुरुषको सम्बन्ध अन्य महिलासँग भएकाले कतै श्रीमती श्रीमान्भन्दा माथिल्लो ओहोदामा पुग्नाले घर घरमा  धेरै महिलामाथि हिंसा हुने गरेको छन । हाल नेपालमा दाइजो प्रथाले विकराल रुप लिँदै गएको  छ र यसले महिला हिंसामा बढोत्तरी हुँदै छ ।  तराई, पहाड, हिमाल कहीँ पनि छोडेको छैन आज पनि विवाह गरेर गएका घरमा बुहार्तन बेहोर्नुपर्ने प्रथठा यथावत् देख्न पाइन्छ  भने छाउपडी, देउकी एवम् कुमारी प्रथाले पनि महिला हिंसाका लागि सहयोग पु¥याइ रहेका छन् । यसरी महिला हिंसाको स्वरुप निकै घृणास्पद र नराम्रो हुन्छ ।
ख) समाजका विभिन्न घटनाका बारेमा कसरी जानकारी पाइन्छ ?
उत्तर  नराम्रो घटनाहरु घट्नु देश, परिवार, र समाजको लागि राम्रो मान्न सकिदैन् ।  । आजको युगमा सञ्चारको माध्यमबाट जता सुकै घटना घटे् पनि थाहा पाउन सकिन्छ । 
ग) सामाजिक समसत्ता भनेको के हा ?
उत्तर समाजमा महिलामाथिको विभेद र हिंसा बढी मात्रामा  देख्न पाइन्छ । यस्ता प्रथाले समाज आपाङ्ग हुने हुँदा महिला र पुरुष दुवै थरीको प्रयत्न समसत्ता स्थापना गर्ने कुरामा केन्द्रित हुनु आवश्यक छ । वास्तवमा समसत्ता भनेको पुरुष नारी दुवैले लैङ्गिक उत्पीडन भोग्नु नपर्ने सत्ता हो । अतः समाजमा नारी पुरुष दुवैले लैङ्गिक उत्पीडन भोग्नु नपर्ने सत्ता काय मगर्न सके मात्र समसत्ता कायम हुन्छ र समाजमा गतिशीलता र शान्ति सुव्यवस्था कायम हुन्छ ।
घ) कस्ता कुरालाई अविवेकी भनिन्छ ?
उत्तर :
आफूले अँगाल्दै आएका कुराले परिवार, समाजमा नोक्सान पु¥याएको थाहा पाए पनि आँखा चिम्लेर त्यस्ता व्यावहार र क्रियाकलापहरु दोहो¥याइरहनु मानिसको र हिंसाका कारण परिवार तथा समाजको सुव्यवस्थामा खलल पुग्ने गर्छ । व्यवहार गर्दा वा कुनै काम गर्दा विवेक गर्न नसक्ने, निर्णय गर्दा विचार नपु¥याउने वा विवेकहीन अथवा नासमझ कुरालाई अविवेकी भनिन्छ ।
ङ) अधिकार र कर्तव्यको समान वितरण भनेको के हो ?
उत्तर :  अधिकार पाएर कर्तव्य बिर्सियो भने त्यसले सही प्रतिफल दिन सक्दैन । अधिकार दिएर नारीहरुलाई अधिकार सम्पन्न बनाए पनि उनीहरुले कर्तव्या बिर्से भने परिवार वा समाजमा अराजकता सिर्जना हुन्छ । अधिकार । कर्तव्य भनेको एउटै सिक्काका दुई पाटा हुन् ।  यस पाठमा अधिकार र कर्तव्यको समान वितरण भनेको महिला र पुरुषमा समान आर्थिक हैसियत कायम गर्नु र सोहीअनुसारको आचरण तथा व्यवहार गर्नु पनि हो । 

२) प्रस्तुत पाठ पढेपछि सामाजिक रुपान्तरणका बारेमा आफ्नो धारणा लेख्नुहोस् । 
कानुन कडाइका साथ लागु गर्ने र संस्कारमा परिवर्तन गरी समसत्ता कायम गर्न सकेका खण्डमा सामाजिक रुपान्तरण सम्भव हुन्छ । नेपाली समाजको कुरा गर्दा यहाँ नारी हिंसाका अनेक रुप देखा पर्छन । नेपाली नारीहरु छाउपडी देउकी र कुमारी जस्ता प्रथाका सिकार पनि भएका छन् । आर्थिक अधिकारबाट वञ्चित गराइएका र अनेक अविवेकी व्यहारका कारण सामाजिक रुपान्तरण आशातीत रुपमा हुन सकेको छैन ।  त्यसकारण  सामाजिक रुपान्तरण गर्न सर्वप्रथम आफैँबाट परिवर्तनको सुरुवात गर्नुपर्छ ।

३) तलका अनुच्छेद पढी सोधिएको प्रश्नहरुको उत्तर सङ्क्षेपमा लेख्नुहोस् : 
पितृसत्ताका कारणबाट भएका समस्या महिलाले मात्र भोगेका छैनन्, पुरुषहरु पनि यसबाट पर्याप्त मात्रामा पीडित बनेका छन् । कतिपय पुरुषलाई भान्साको काम गर्न रहर लाग्छ । तर समाजका डरले उनीहरु त्यसो गर्न सक्दैनन् । कतिपय पुरुषको स्वभाव नै लजालु हुन्छ । तर उनीहरुले लाज मान्दा समाजले महिला जस्तो भनिदिन्छ । दुःखमा आँसु नआाउने मानिस हुँदैन,  । समाजले भने पुरुषलाई आँसु लुकाएर कठोर बन्ने आदेश दिन्छ । दुःख हेपिनेलाई मात्र हुँदैन, हेप्नपेलाई पनि हुन्छ । महिला र पुरुषमध्ये एउटा हेप्ने र अर्काे हेपिने हुँदा समाजको संरचना पनि लथालिङ्ग हुन्छ । यस्तो समाजमा मानिसले सुख र शान्तिको अनुभव गर्न पाउँदैनन् । यसैले सग्लो र परिपुर्ण समाजको निर्माणको एउटा महत्वपुर्ण आधार हो , पितृसत्ताको उच्छेदन र समसत्ताको स्थापना ।
क) पितृसत्ताबाट पुरुष कसर िपीडित बनेका छन् ?
उत्तर : पितृसत्ताबाट महिला सरह नै समस्या भोग्नु परेकाले पुरुष पीडित बनेका छन् ।
ख) पुरुषले समाजका डरले के गर्न सक्दैनन् ?
उत्तरः पुरुषले समाजको डरले भान्साको का मगर्न सक्दैन् ।
ग) समाजले पुरुषलाई कस्तो अवस्थामा महिला जस्तो भनिदिन्छ ?
उत्तर : समाजमा पुरुषले महिलाले जस्तो लाज मान्दा महिला जस्तो भनिदिन्छ ।
घ)  समाजको अवस्था कसरी लथालिङ्ग हुन्छ ?
उत्तरः महिला र पुरुषमध्ये एउटा हेप्ने र अर्काे हेपिने हुँदा समाजको अवस्था लथालिङ्ग हुन्छ ।
ङ) समसत्ता भनेको के हो ?
उत्तरः समसत्ता भनेको नारी र पुरुषमा बराबरी अधिकार हो । 

४) माथिको संवादमा प्रस्तुत भएका सन्देशहरुलाई सारांशका रुपमा लेख्नुहोस् । 
उत्तर महिला हिंसा अन्त्य हुनुपर्छ भन्ने मान्यातामा ‘महिला हिंसा’ शर्षिकको संवादमा समाजमा दाइजो प्रथा महिलाले छोरा नपाएको श्रीपमान्भन्दा श्रीमती माथिल्लो ओहदामा पुग्दा हुने हिंसाको अन्त्य हुनुपर्ने कुरा अघि सारेको छ । पहिला हिंसाको अन्त्य सहज छैन ।
नेपाली महिलाहरु परम्परादेखि विभेद सहँदै आएका छन् । यो विभेद पहाड, मधेस सबैतिर व्याप्त छ । परिवारमा छोरालाई महत्त्व दिने छोरीलाई अर्काको घर जाने जात भनी हेला  गरिन्छ । आर्थिक कारोबारमा समेत महिलालाई कुनै अधिकार दिइँदैन । यस्ता तमाम विभेदहरु अन्त्य गरी  महिला हिंसालाई समाजबाट सदाको लागि बिदा गर्नुपर्ने सन्देश यसमा दिइएको छ । 

५) व्याख्या गर्नुहोस् : 
क) विश्व कहाँबाट कहाँ पुगिसक्यो । नेपालीहरु भने यस्तै अविवेकी कुरामा अल्झिएर बसेका छन् ।
उत्तर :
संसारका मानिसहरु कर्तव्य, अधिकार र सारा मानवलाई कसरी सम्मान गर्न सकिन्छ भनेर तदनुरुपमा क्रियाकलापहरु अघि बढाइरहेका छन् । यो ज्यादै लज्जास्पद कुरा हो । विश्वले आज धेरै कुरामा प्रगति गरिसकेको छ । चतनाका हिसाबले विश्व आज अकल्पनीय अवस्थामा पुगेको छ । आज विश्वमा अनेक प्रकारका परिवर्तनहरु भएका छन् । महिला हिंसा, सामाजिक विभेद, लैङगिक विभेद जस्ता कुरा विश्व परिस्थितिमा नेपालमा भने पुरानै परम्पराले जकडिरहेको कुरालाई माथिका अंशमा प्रस्तुत गरीएको छ ।
समाजमा आज पनि अनेक विभेदहरु छन् । खास गरी महिलामाथिको हिंसा अहिले पनि जिउँदै छ । दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरा नपाएको भनी हेप्ने, छोरा र छोरीमा विभेदकारी व्यवहार गर्ने जस्ता अति नै लज्जास्पद क्रियाकलापहरु नेपाली समाजमा देख्न पाइन्छ । विश्वले जतिसुकै प्रगति गरेको भए पनि त्यसले नेपाली समाजलाई छुन सकेको छैन । नेपाली समाजमा अविवेकि कुरा गरेर हिंसालाई बढुवा दिने प्रवृत्ति ज्युँका त्युँ रहेका छ । यस्तो सोचाइ नत्यागेसम्म समाजको सही विकास र उन्नति सम्भव छैन ।
ख) वस्तुभाउ सरह बेचिनु पनि महिलाले नै पर्ने । बलात्कार गरी मारेर कुकुर बिराला सरह मारेर मिल्काइने पनि तिनै ।
उत्तर
 महिलाप्रति  गरिने कुरुप र असह्यव व्यवहारहरु यत्रतत्र देख्न पाइन्छ भन्ने कुरालाई माथिका अंशमा प्रस्तुत  गरिएको छ । नेपाली समाजमा महिलाप्रति गरिने व्यवहारहरु एकदमै तल्लो स्तरको रहेको छन् । समाजमा महिला जति हेपिने वस्तु अरु केही छैन । उनीहरुलाई वस्तुभाउ सरह मोलतोल गरी बेचिन्छ ।  महिलालाई उपभोग्य वस्तुभन्दा बढी मुल्यको ठन्ँिदैन । त्यसैले महिला हिँसा समाजमा जिउँदो रुपमा रहेको छ ।  महिलाको गरिमा र इज्जतलाई ख्यालै नगरी बिक्र्री वितरण गर्न वस्तुका रुपमा हेरिनु र तदनुरुपको व्यवहार गरिनु आफैँमा लज्जास्पद कार्य हो । त्यस्तै महिलालाई जबर्जस्ती बलात्कार गरी मारेर फालिन्छ । यस्ता घृणित सामाजिक  परम्पराको अन्त्यका लागि सबै सचेत हुनु र आआफ्नो ठाउँबाट व्यवहारहरु सच्याउनु पनि आवश्यक भइसकेको छ । 

६)  म समतावादी समाज निर्माण गर्न चाहन्छु’ शीषृकमा एउटा अनुच्छेद रचना गर्नुहोस् । 
म समतावादी समाज निर्माण गर्न चाहन्छु
म समाजलाई भेदभाव रहित बनाउन चाहन्छु । समाजिक उत्नति र प्रगतिमा बाधा पु¥याउने र महिला हिंसा गर्न प्रति कडा चुनैति दिई कडा भन्दा कडा सजाय दिनुपर्छ ।  समाजमा भएको सम्पुर्ण विभेदीकरण अन्त्य गरी समनतामुलक  समाजको निर्माणमा लाग्न चाहन्छु ।  यो मेरो जिम्मेवारी र कर्तव्या पनि हो  समाजमा हुने हत्या हिंसा र अत्याचारको  अन्त्य गरी  समतावादी समाजको निर्माण गर्न र  समाजको प्रगति  गर्नु म धेरै आतुर छु । 

७) ‘महिला सशक्तीकरण’ शीर्षकमा एउटा संवाद रचना गर्नुहोस् । 
 समया : दिउँसो ४ बजे
स्थान : बानेश्वर
प्रचन्ड : नमस्ते ओली ज्यु
ओली : नमस्ते प्रचन्ड ज्यु, आरामै हुनुहुन्छ ?
प्रचन्ड : म आरामै छु अनि आजको विधेयकमा महिला हकहितका पक्षमा  राम्रै सम्भावनता देखिन्छ । होइन ?
ओली : होइन तपाई पनि प्रधानमन्त्रीको कुरा गर्नुहुन्थ्यो आज त महिला हिंसाको कुरा उठाउनु भाको छ त ?  अझै पनि महिला  सशक्तीकरणका बारेमा  राम्रो सम्बोधन गरिएको पाइँदैन । कतिपय क्षेत्रहरुमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएकै छैन ।
प्रचन्ड :  आली जी कानुन र न्यायको सुनिश्चितताले मात्र पुग्दो रहेनछ । समाजको बनोट र महिलाहरुको अभिरुचि तथा क्षमताका आधारमा प्रभावकारी रणनिति बनाउनु त जरुरी नै छ ।
ओली : अँ , एउटा कुरामा चाहिँ महिलाहरुको रामै्र मूल्याङ्कन गरिन्छ । डाक्टर नर्स बाहेक अरु धरै त्यस्ता क्षेत्रहरु छन्  जहाँ महिलालाई सशक्त तुल्याउन सकिएको छैन । सर्वप्रथम शिक्षाको अवसर तथा पहुँच, त्यसपछि स्वरोजगार एवम् सरकारी क्षेत्रमा  सशक्त उपस्थिति , परम्परित सामाजिक तथा सांस्कृतिक मान्यतासंगै महिलाको सम्मानजनक मूल्याङ्कन हुनु जरुरी छ ।
प्रचन्ड : हो अझ यो समस्या गाउँ गाउँ बस्तीबाट जनचेतना जगाउँदै महिलाई एकातिर हक र अधिकार लगाउँदै जानुपर्छ । आब संसद् सुचारु हुने समय भयो सभासत् ज्यु । पछि गफ गारौ ला हुँदैन । 
ओली : हुन्छ । प्रचन्ड जि हुन्छ । 

व्याकरण

१) पाठको शब्दका प्रारम्भमा र अन्त्यमा ह्रस्व इकार भएका दस दस ओटा शब्द टिप्नुहोस् । 
उत्तर : प्रारम्भमा ह्रस्व इकार भएको शब्द – विश्व, विराला, किसिम, विभेद, तिमी, किन, हिंसा
अन्त्यमा ह्रस्व इकार भएका शब्द – पचाइ, छात्रवृत्ति, फेरि, यति, पनि, माथि, जति कति 

२) पाठको शब्दको मध्यमा ह्रस्व इकार भएका पाँच र दीर्घ इकार भएका पाच ओटा शब्द टिप्नुहोस् । 
उत्तरः ह्रस्व इकार भएको शब्द – महिला, दाइजो, मानिसि, विकसित
दीर्घ इकार भएको शब्द – लोभीपापी,  गम्भीर, सशक्तीकरण 

३) स, श, ष, अक्षर प्रयोग हुने दस शब्द लेख्नुहोस् । 
उत्तर : सानो , षट्यन्त्र, शासन, अनुशासन, प्रश्न, सामाजिक, सिधा, सुरीलो, सुष्त शारिरीक 

४) तलको अनुच्छेदमा भएको वर्ण विन्यासगत त्रुटिहरु सच्याउनुहोस् : 
 सिता मेरी साथी हुन् । गिता चाही सीताकी साथी हो । हामी सबैका बहीहिरु पनि सँगै पढ्छन् । हामिलाई कथाका पुस्तक पढ्न मन पर्छ । रजनि दिदीले हामीलाई पुस्तक दिनूहुन्छ । हामी पनि पुस्तकको खूब जतन गर्छाै हामीसँग कथाको पुस्तक देख्नासाथ दिपा पनि हाम्रा छेउमा आउँछिन् ।
उत्तरः
सीता मेरी साथी हुन् । गीता चाहिँ सीताकी साथी हुन् । हामी सबैका बहिनीहरु पनि सँगै पढ्छन् । हामीलाई कथाका पुस्तक पढ्न मन पर्छ । रजनी दिदीले हामीलाई पुस्तक दिनुहुन्छ । हामी पनि पुस्तकको खुब जतन गछौँ । हामीसँग कथाको पुस्तक देख्नासाथ दीपा पनि हाम्रा छेउमा आउँछिन् । 

७) पाठको सरल, संयुक्त र मिश्र वाक्य छानेर सार्नुहोस् ।
उत्तर : सरल वाक्य
–    तिमीले थाहा पायौँ ,
–    कानुनी व्यवस्थापन भएमा कुराको कार्यान्वयन भक्ष बलियो हुनुपर्छ ।
–    महिलामा पनि जागरण आएको छ ।
संयुक्त वाक्य
–    व्यवहारमा पनि यसलाई लागु गर्नुपर्छ ।
–     पहिले दाइजो दिनु त परै जाओस् , छोरीलाई पोषणयुक्त खानेकुरा र शिक्षादीक्षा दिने कुरामा समेत बन्देज थियो ।
मिश्र वाक्य
–    राज्यले आँट्ने हो भने यस्तो कुप्रथा हट्न धेरै बेर लाग्दैन ।
–    त्यतिमात्र होइन,  जीवनमा पनि यसलाइ लागु गर्नुप¥यो । 
८) तलका संयोजक प्रयोग गरेर वाक्य निर्माण गर्नुहोस् : 
उत्तर
र – राम र म विद्यालय जान्छौँ ।
तर – मैले काम गरी तर भाईले काम गरेन् ।
जो – जो मेहनेत  गरेर पढ्छ ऊ पास हुन्छ ।
जुन – जुन कटी मन पर्छ उहीसँग बिहे गर् ।
किनकि – म आज विद्यालय जाँदिन किनकि आज शनिबार हो ।
भने – तिमीले जे भने पनि म रिसाउँदिन् ।
वा – कृष्ण  वा गिती जो आए पनि हुन्छ ।
नत्र – काम गर राम्रोसँग नत्र पैसा आउँदैन ।
कि – घरमा बस् कि पढ्न जा ।
तैपनि – पानी प¥यो तर म भिजिन् ।
एवम् – गरीब एवम् धनी बिच समान सम्बन्ध हुनुपर्छ । 

९) सरल वाक्यको प्रयोग गरेर आफ्नो घरको वर्णन गर्नुहोस् । 
उत्तर :
 मेरो घर एउटा सुन्दर गाउँमा छ । घरमा पाँच जानको परिवार छ । घरलाई टिनले छाएको छ । मेरो घर एकतले छ । मेरो घरमा परिवारको  सदस्य सबै अट्छौँ । घरको वरिपरि फुलबारी छ । घरको पूर्वपट्टि  बार्दली छ । बार्दलीमा बसेर म पढ्छु । मेरी बहिनी पनि त्यहीँ बसेर पढ्छे । मेरो घरलाई भुईचालोले पनि केही गरेन । मेरो घरलाई म माया गर्छु । 

१०) मिश्र वाक्यको प्रयोग गरेर आफ्नो समाजका बारेमा वर्णन गर्नुहोस् । 
 उत्तर :
जब मान्छेमा समस्या उत्पन्न हुन्छ तब मानसहरु क्र्रान्तिमा जान चाहन्न त्यो क्र्रान्ति विरोधी  हो । समाज जब बन्छ तब समाजमा बस्ने मानिसहरुका बिच एकता हुन्छ । समाजमा एकता भयो भने शान्ति, सुव्यवस्थ हुन्छ तब समाजले फड्को मार्छ । 

११) संयुक्त वाक्यको प्रयोग गरेर वातावरणीय प्रदूषणका बारेमा वर्णन गर्नुहोस् । 
उत्तरः मानिसहरु एकैठाउ बस्छन र वातावरण प्रदुषित हुन्छ । गरिब धनी सबै  एकै ठाउँ बसे पनि  वातावरणका बारेमा जानकारी हुनुपर्छ । वातावरण प्रदुषण हुनबाट एउटाले प्रयत्न गर्छ तर धेरैले बिगार्छन । हामी वातावरण जोगाउनेतिर लागौँ किनभने हामीले धेरै बाँच्नुछ । यहाँ भनेको सुन्ने कोही छैन तापनि वातावरण प्रदुषणबाट बच्न सबैले कोसिस गरैँ । वातावरण प्रदुषणले मानव स्वास्थ्यमा ठुलो  असर गर्छ र यसले सामाजिक संरचना समेत खलल पुर्याउँछ ।  


छात्रवास

शारांश
पाठ्याक्र्रमले निर्धारण गरेको क्षमता अभिवृद्धि गर्न र पढाइमा विशिष्टता हासिल गर्न छात्रावास उपयुक्त थलोका रुपमा रहेको हुन्छ । घरमा बसेर पढ्दा विद्यार्थीलाई घरका अनेक समस्याले सताउने गर्छ । यस्तो अवस्थामा विद्यार्थीले एकाग्र भएर अध्ययनलाई अघि बढाउन सक्दैन । जसले गर्दा तह अनुसारको याग्यता हासिल गर्न उसलाई निकै कठिन हुन्छ । शिक्षण सिकाइमा पछि विद्यार्थी लाभान्वित हुने र सहपाठी सिकाइको अवसर पाउने अनि विद्यालयको परामर्श प्राप्त गर्न पनि छात्रावसको बसाइ आभदायक हुने गर्छ । घरमा बसेर पढ्न असमर्थ विद्यार्थीका लागि छात्रावास उपयुक्त थलो मानिन्छ । विद्यार्थीले छात्रावासमा उपयुक्त शौक्षिक वातावरण प्राप्त गर्न सक्छ ।  गृहकार्य गर्न असमर्थ विद्यार्थीलाई सहयोग प्राप्त हुन्छ ।  अत : विद्याथीका लागि भौतिक संरचनामा बसाइको ठुलो महत्व रहेको कुरा स्पष्ट हुन्छ ।

 तलको निवेदन पढेर त्यसको जवाफमा लेख्ने पत्र तयार गनुहोस्
श्रीमान् माहाप्रबन्धक,
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड,
सानोठिमी, भक्तपुर ।
विषय स् मुद्रण संयन्त्र तथा प्रविधि अवलोकन गर्नेबारे ।
महोदय,
म यही आदर्श माध्यामिक विद्यालय, सानाठिमीमा कार्यरत शिक्षक हुँ । यस विद्यालयका कक्षा नौ का विद्यार्थीले पाठ्यपुस्तक छापेको दृश्य हेर्न मन गरेका छन् । म आफैँलाई पनि यस बारेमा पा्रविधिक अनुभब छैन । हाम्रो भाबनासँग सहमत भएर विद्यालयले पनि शैक्षिक भ्रमण गर्न अनुमति प्रदान गरेको छ । अतः यसका लागि कार्यक्रम निर्धारण गरि हामिलाई अवलेकनको अवसर प्रदान गर्नु हुन अनुरोध छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
सानोठिमी, भक्तपुर ।                
मिति : २०७२र११र२५               

उत्तर
                                   
श्री शिवकुमार निरौला
(नेपाली विषय शिक्षक)
आदर्श माभ्यमिक विद्यालय,
सानोठिमी, भक्तपुर ।
विषय : मुद्रण संयन्त्र तथा प्रविधि अवलोकन अनुमति दिएको समबन्धमा ।
महोदय,
तपाईबाट प्रेषित निवेदनमा कारबाही हुँदा तपाई र कक्षा नौका विद्यार्थीलाई पाठ्य पुस्तक छापेको दृश्य हेर्न अनुमति दिने निर्णय गरिएको छ । त्यसका लागि मिति २०७२ फगुन २८ गते शुत्र्रmबारका दिन उपराह्न २ः३० बजेको समय तोकिएको छ ।
उक्त समयमा विद्यार्थीलाई अनुशासित रुपमा शौक्षिक भ्रमण गराउनु हाला ।
महाप्रबन्धक                           
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
सानोठिमी, भक्तपुर                  

प्रश्नोत्तर

सुनाइ

१) पाठको पहिलो अनुच्छेद सुनी तलका प्रश्नको उत्तर भन्नुहोस् : 
क) विद्यालयले कुन कुन कुराको राम्रो व्यवस्था गरेको छ ?
उत्तरः विद्यालयले विद्यालय भजन, विषयगत शिक्षक, शौक्षिक तथा खेलकुद सामागी्र, शौचालय, खाने पानी तथा पुस्तकालयको राम्रो व्यवस्था गरेको छ ।
ख) विद्यार्थीहरु डेरा गरी बस्न बाध्य हुनुपर्न कारण के हो ?
उत्तर : विद्यालय टाढा हुनु र विद्यालयले आवासको व्यवस्था नगर्न विद्यार्थीहरु डेरा गरी बस्न बाध्य हुनुपर्ने कारण हो ।
ग) विद्याथीहरुलाई उपयुक्त किसिमको डेरा पाउन किन समस्या परेको होला ??
उत्तरः  विद्यार्थीहरुरलाई  उपयुक्त किसिमको डेरा पाउन नसक्नुको मुख्य कारण हिमाली क्षेत्रमा सानो बस्ती भएकैले समस्या परेको होला ।
घ) विद्यार्थीले डेराका लागि किन महँगो भाडा तिर्नुपरेको छ ?
उत्तर : पर्यटकीय क्षेत्र भएकाले विद्यार्थीले डेराका लागि महँगो भाडा तिर्नुपरेको हो ।
३) पाठको दोस्रो अनुच्छेद सुन्नुहोस् र ठिक बेठिक छुट्यानुहोस् ।
 क) विद्यार्थीका लागि घर वा डेरामा पनि उपयुक्त शौक्षिक वातावरण चाहिन्छ ।
ख) छात्रावासको व्यवस्थाले सिकाइमा पछि परेका विद्यार्थी  दाभान्वित हुँदैनन् ।
ग) सिकाइमा पछि परेका विद्यार्थीहरुलाई छात्रावासमा सिक्ने अवसर प्रापत हुन्छ ।
घ) छात्रावासमा विद्यार्थीहरुलाई सहपाठी सिकाइको अवसर उपलब्ध हुँदैन ।
ङ) विद्यालयले छात्रावासको निर्माणलाई विशेष आवश्यकताका रुपमा लिएको छ ।
उत्तरः क) ठिक
ख) बेठिक
ग) ठिक
घ) बेठिक
ङ) ठिक
बोलाई 

२) पाठको अन्तिम अनुच्छेदका आधारमा तलका प्रश्नको उत्तर भन्नुहोस् : 
क) कति जना विद्यार्थीका लागी कति कोठाको छात्रावास बनाउने  विद्यालयको लक्ष्य छ ?
चालिस जना विद्यार्थीका लागि बिस कोठाको छात्रावास बनाउने  विद्लयालयको लक्ष्य छ ।
ख)  छात्रावास निर्माण गर्न विद्यालयले प्रस्ताव गरेका सा्रेत के के हुन् ?
उत्तर छात्रावास निर्माण गर्न विद्यालयले प्रस्ताव गरेको स्रोत सरकारी अनुदान, गाउँ विकास समितिको स्रोत तथा स्थानीय समुदायको परिचालन हुन् ।
ग) छात्रावास बनाउन कति रकम लाग्ने अनुमान छ ?
उत्तरः छात्रावास बनाउन लगभग एक करोड लाग्ने अनुमान छ ।
घ) पाठसँग सम्बन्धित निवेदन कसले कसलाई लेखेका हुन् ?
उत्तर : पाठसँग सम्बन्धित निवेदन विद्यालयका प्रधानाध्यापक श्यामकृष्ण चापागाईले स्याफु्र बेसी गाउँ पालिकाका अध्यक्षलाई लेखेका हुन् । 

३) छात्रावासको महत्वका विषयमा खँदिला तर्कसहित आफ्नो भावना कक्षामा प्रस्तुत गर्नुहोस् । 
उत्तर : पाठ्याक्र्रमले निर्धारण गरेको क्षमता अभिवृद्धि गर्न र पढाइमा विशिष्टता हासिल गर्न छात्रावास उपयुक्त थलोका रुपमा रहेको हुन्छ । घरमा बसेर पढ्दा विद्यार्थीलाई घरका अनेक समस्याले सताउने गर्छ । यस्तो अवस्थामा विद्यार्थीले एकाग्र भएर अध्ययनलाई अघि बढाउन सक्दैन । जसले गर्दा तह अनुसारको याग्यता हासिल गर्न उसलाई निकै कठिन हुन्छ । शिक्षण सिकाइमा पछि विद्यार्थी लाभान्वित हुने र सहपाठी सिकाइको अवसर पाउने अनि विद्यालयको परामर्श प्राप्त गर्न पनि छात्रावसको बसाइ आभदायक हुने गर्छ । घरमा बसेर पढ्न असमर्थ विद्यार्थीका लागि छात्रावास उपयुक्त थलो मानिन्छ । विद्यार्थीले छात्रावासमा उपयुक्त शौक्षिक वातावरण प्राप्त गर्न सक्छ ।  गृहकार्य गर्न असमर्थ विद्यार्थीलाई सहयोग प्राप्त हुन्छ ।  अत : विद्याथीका लागि भौतिक संरचनामा बसाइको ठुलो महत्व रहेको कुरा स्पष्ट हुन्छ । 

४) आफ्नो विद्यालयको भौतिक संरचनाका बारेमा कक्षामा साथीसँग छलफल गर्नुहोस् ।
राम : यो विद्यालयको भौतिक संरचनाको बारेमा साथीहरुलाई के कति जानकारी छ ?
हरी : मलाई केही थाहा छैन् ।
राम : ल सुन् म भन्छु यहाँको प्रत्येक भवनमा बिस ओटा कोठा रहेको छ । एउटा भवनमा विद्यालय प्रशासन, लेखा  पुस्तकालय र स्टोरको लागि एक एक ओटा कोठा छुट्याइको छ ।
हरी :  पुस्तकालयमा पाठ्यापुस्तकका अतिरिक्त सन्र्दभ सामग्री पनि प्रशस्त राखिएको छन् । ती सामग्रीको उपयोग गर्न विद्यार्थीले पाउँछन् ?
 राम : विद्यालयमा प्रयोगशालाको पनि राम्रो व्यावस्था रहेको छ ।  जापान सरकारको सहयोगमा बनेकाले यो सुविधा सम्पन्न पनि छ । यो सबै जानाको लागि हो नि ।
सिता : कक्षामा पावर प्वाइन्ट, श्यामपाटी डेस्क, बेन्च आदिको सुिवधा पनि छ । विद्यार्थीको सङ्ख्या अनुसार खेलकुद मैदानको भने पर्याप्त सुविधा छैन । छात्र र छात्राहरुका लागि अलग्गै शौचालयको व्यवस्था गरिएको छ ।
राम : अहो ! हाम्रो विद्यालयमा सबै सुविधा पनि रहेछ त । यस्तो सुविधा प्राप्त विद्यालयमा पढ्न  पाउनु हाम्रो भाग्य हो । 

पढाइ 

२) पाठको दोस्रो अनुच्छेद मौन पठन गरी एक एक वाक्यमा तलका प्रश्नको उत्तर दिनुहोस् : 
क) छात्रावासबाट कस्ता विद्यार्थी बढी लाभान्वित हुन सक्छन् ?
उत्तर छात्रावासबाट शिक्षण सिकाइमा पछि परेका विद्यार्थी बढी लाभान्वित हुन सक्छन् ।
ख) कस्तो सिकाइलाई सहपाठी सिकाइ भनिन्छ ?
उत्तर : नजानेका कुरा छलफल गरी एउटै समूहमा वा तहमा पढ्ने साथीहरुका बिच हुने सिकाइलाई सहपाठी सिकाइ भनिन्छ ।
ग) विद्यालयको प्राथमिकतामा परेको विषय के हो ?
उत्तर : विद्यालयको प्राथमिकतामा परेको विषय शैक्षिक गुणस्तर प्रवर्धन हो ।
घ) छात्रावासमा विद्यार्थीलाई सजिलैसँग उपलब्ध हुन सक्ने सुविधा के के हुन् ?
उत्तर : छात्रावासमा विद्यार्थीलाई सजिलैसँग उपलब्ध हुन सक्ने सुविधा पत्र पत्रिका, कम्प्युटर र अन्य सन्दर्भ सामग्री हुन् ।  

१)
 पाठका आधारमा तलका प्रश्नको उत्तर सङ्क्षेपमा लेख्नुहोस् : 
क) जनता उच्च माध्यमिक विद्यालयका भौगोलिक विशेषता के हुन् ?
उत्तर : विद्यालयको शौक्षिक वातावरण निकै राम्रो भए पनि पढ्न आउने विद्यार्थीले निकै टाढाबाट आउनुपर्छ । जनता उच्च माध्यमिक विद्यालय रसुवा जिल्लाको स्याप्रुबेसीमा अविस्थित छ । यो विद्यालय भएको ठाउँमा  भौगोलिक दृष्टिले निकै विकट छ ।  टाढा पढ्न आउने विद्यार्थीहरु डेरा लिएर बस्ने गर्छन । हिमाली क्षेत्रमा रहेको यो रमाउँछन् । जसले गर्र्दा विद्याथीहरु महँगो भाडा तिनै बाध्य छन् । उच्च हिमाली भेगमा रहनु, बस्ती पातलो हुनु, पर्यटकीय क्षेत्रका रुपमा परिचित हुनु जनता उच्च माध्यमिक विद्यालयका भौगोलिक विशेषता हुन् ।
ख) यस विद्यालयमा भौतिक संरचनाका रुपमा के के कुरा उपलब्ध छन् ?
उत्तरः विद्यालय भवन, विषयगत शिक्षक, शैक्षिक तथा खेलकुद सामग्री, शौचालय, खानेपानी, तथा पुस्तकालयको राम्रो व्यवस्था गरेको छ । यी विभिन्न किसिमको भौतिक सुविधाले गर्दा विद्यार्थीहरुले उपयुक्त वातावरणमा शिक्षा आर्जनका अतिरिक्त आआफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पनि पाएका छन् । यसरी विद्यालयमा शिक्षण सिकाइ र अतिरिक्त आआफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पनि पाएका छन् । यसरी विद्यालयमा शिक्षण सिकाइ र अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीको प्रतिभा प्रस्फुठनका लागि उपयुक्त छन् ।
ग) विद्यालयले छात्रावास निर्माणलाई प्राथमिकता दिनुका कारणहरु के के हुन् ?
उत्तर : छात्रावासमा बसेर विद्यार्थीले नवीनतम ज्ञान र आधुनिक  प्रविधियुक्त सिपको विकास गर्ने अवसर  प्राप्त गर्नुका साथै पत्र पत्रिका, कम्पुयुटर तथा अन्य सन्दर्भ सामगी्रहरु समेत उपलब्ध हुने हुँदा विद्यार्थीले प्रशस्त लाभ लिन सक्छन् । विद्यार्थीलाई घर वा डेरामा बसेर अध्ययन गर्न उपयुक्त किसिमको वातावरण नहुन सक्छ । यस्तो वातावरणमा उनीहरुलाई गृहकार्य गर्न र शिक्षण सिकाइमा समेत असर परिरहेको छ । यसरी  शिक्षण सिकाइ र विषयगत तथा अतिरिक्त सिप सिकाइमा समेत फाइदा हुने हुनाले विद्यालयले छात्रावास निर्माणलाई प्राथमिकता दिनुका कारण हुन् । 
घ) छात्रावासले शिक्षाको गुणस्तर प्रवर्धनमा कसरी मदत गर्छ ?
उत्तर  घर वा डेरामा भन्दा छात्रावासमा शौक्षिक वातावरण हुने हुनाले छात्रावासले शिक्षाको गुणस्तर प्रवर्धनमा मदत गर्छ । छात्रावासले शिक्षाको गुणस्तर प्रवर्धनमा प्रशस्त मदत गर्दछ । छात्रावासमा बसेर शिक्षण सिकाइमा पछि परेका विद्यार्थीले प्रशस्त आभ लिने अवसर प्राप्त गर्छन । त्यहाँ सहपाठी  सिकाइको अवसर प्राप्त हुनुका साथै विद्यालयको परामर्श पनि सदैव प्राप्त हुन्छ ।  नवीनतम ज्ञान र आधुनिक प्रविधियुक्त सिपको विकास गर्न पनि छात्रावासले पदत गर्छ ।
ङ) विद्यालयले छात्रावास निर्माणका लागि कसलाई किन अनुरोध गरेको हो ?
उत्तर :
विद्यालयले छात्रावास निर्माणका लागि स्याप्रुबेसी गाउँ पालिकाका  अध्यक्षलार्इृ आफ्नो स्रोत र स्थानीय परिचालन गर्नका लाग प्रधानध्यापक श्यामकृष्ण चापागाईले अनुरोध गरेको हो । 

२) विद्यालयमा खानेपानीको व्यवस्था गर्न प्रधानध्यापकलाई निवेदन लेख्नुहोस् । 
उत्तर : 

                                         ज्यामरुङ धादिङ
                                         मिति : २०७२र३र४
श्रीमान् प्रधानध्यापक,
श्री स्थापति माध्यमिक विद्यालय
ज्यामरुङ ७ धादिङ्

           विषय : खानपानीको व्यवस्था गरी पाऊँ । 

महेदय,
         उपर्युक्त सम्बन्धमा यस विद्यालयमा अध्ययनरत विद्यार्थी स्वच्छ, सफा खानेपानी सहज रुपमा खान नपाएको धेरै भयो । कुवा तथा धाराको पानी जथाभाबी खानाले विगत लामो समयदेखि विद्यार्थीहरुलाई झाडाबान्ता र रुघाखोकीले सताउँदै आएको छ । सुक्खा डाँडो र बढी नै गर्मी पनि हुने भएकाले घरबाट ल्याएको पानी  एक दुइ पटक खाँदैमा खाँदैमा सिद्धिने गर्छ । अतः विद्यालयका तर्फबाट यथाशाक्य चाँडो खानेपानीको व्यवस्था गरिदिनु हुन विद्यार्थीको प्रतिनिधिको नाताले सादर अनुरोध गर्दछ । 

                                    आज्ञाकारी छात्र
                                     कृष्ण इटनी
                                     ज्यामरुङ धादिङ

३) पाठको सङ्क्षेपीकरण गरी एक अनुच्छेदमा लेख्नुहोस् । 
उत्तर  जनता उच्च माध्यमिक विद्यालय, स्यापु्रबेसी, रसुवामा त्यस गाउँ र अन्य गाउँका विद्यार्थीहरु पनि टाढा टाढाबाट पढ्न आउने गर्छन । स्थानीय समुदायको सद्भाव र सहयोगमा विद्यार्थी मैत्री वातावरण सिर्जना गर्दाै पर्याप्त भौतिक सुविधा पनि विद्यालयले जुटाएको छ । टाढाटाढाबाट आउने विद्यार्थीलाई आवसको सुविधा नभएकाले धेरै भाडा तिरेर डेरा बस्नु पर्ने बाध्यता छ । छात्रावासमा बसेर पढ्न पापएका खण्डमा विद्यार्थीले आफूले पढाइका अतिरिक्त अन्य आधुनिक प्रविधि र सिपको विकास गर्ने अवसर प्राप्त गर्छन । यसबाट विद्यालयको शौक्षिक गुणस्तर प्रवर्धन गर्न ठुलो मदत मिल्ने भएकाले गाएँपालिका अध्यक्षलाई आफ्नो स्रोत तथा स्थानीय परिचालन गरी चालिस जना विद्यार्थीका लागि दुई कारेड अनुमान गरिएको रकम जुटाइदिने वातावरण तयार गरिदिन प्रधानाध्यापकका तर्फबाट अनुरोध गरी पत्र लेखिएको छ । 

४) तलका शब्दलाई वाक्यमा प्रयोग गनुहोस्ः 
उत्तर मिति –  मैले आजको मितिबाट जागिर खान सुरु गरी ।
निवेदन – आज स्कुल नजाने हुनाले प्रधानध्यपकलाई निवेदन लेखी पठाउँछु ।
प्रधानध्यापक – विद्यालयमा प्रधानध्यापकको आदेश चल्छ ।
गाउँ विकास समिति – गाउँ विकास समिति गठ्न समय समयमा हुनुपर्छ ।
निर्माण – छात्रावासको निर्माणमा गाउँलेहरुलाई आर्थिक सहयोग गरे ।
विषय – विद्यालयले छात्रावास निर्माणका विषयमा अभिभावकहरुसँग छलफल गर्यो । 

५। तलको निवेदन पढेर त्यसको जवाफमा लेख्ने पत्र तयार गनुहोस्

श्रीमान् माहाप्रबन्धक,
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड,
सानोठिमी, भक्तपुर ।

विषय स् मुद्रण संयन्त्र तथा प्रविधि अवलोकन गर्नेबारे ।

महोदय,
म यही आदर्श माध्यामिक विद्यालय, सानाठिमीमा कार्यरत शिक्षक हुँ । यस विद्यालयका कक्षा नौ का विद्यार्थीले पाठ्यपुस्तक छापेको दृश्य हेर्न मन गरेका छन् । म आफैँलाई पनि यस बारेमा पा्रविधिक अनुभब छैन । हाम्रो भाबनासँग सहमत भएर विद्यालयले पनि शैक्षिक भ्रमण गर्न अनुमति प्रदान गरेको छ । अतः यसका लागि कार्यक्रम निर्धारण गरि हामिलाई अवलेकनको अवसर प्रदान गर्नु हुन अनुरोध छ ।


उत्तर 

                                   जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
                                   सानोठिमी, भक्तपुर ।
                                  मिति : २०७२र११र२५

श्री शिवकुमार निरौला
(नेपाली विषय शिक्षक)
आदर्श माभ्यमिक विद्यालय,
सानोठिमी, भक्तपुर ।

विषय : मुद्रण संयन्त्र तथा प्रविधि अवलोकन अनुमति दिएको समबन्धमा । 

महोदय,
तपाईबाट प्रेषित निवेदनमा कारबाही हुँदा तपाई र कक्षा नौका विद्यार्थीलाई पाठ्य पुस्तक छापेको दृश्य हेर्न अनुमति दिने निर्णय गरिएको छ । त्यसका लागि मिति २०७२ फगुन २८ गते शुत्र्रmबारका दिन उपराह्न २ः३० बजेको समय तोकिएको छ ।
उक्त समयमा विद्यार्थीलाई अनुशासित रुपमा शौक्षिक भ्रमण गराउनु हाला । 

महाप्रबन्धक
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
सानोठिमी, भक्तपुर 


६) तलको विज्ञापन पढेर निर्देशनअनुसार गर्नुहोस् : 

(क) बाल बालिका हकहितका सम्बन्धमा एक अनुच्छेद लेख्नुहोस् ।
 बाल अधिकार भनेको बाल बालिकाहरुले पाउने अधिकारलाई बालअधिकार भनिन्छ । प्राथामिक कक्षामा पढ्ने उमेरका केटाकेटी वा छात्रछात्रा नै बाल बालिका हुन् । यिनिहरुका हकहितका बारेमा संयुक्त राष्ट्रसङ्घदेखि थुप्रै सरकारी तथा गैरसरकारी क्षेत्रबाट कामहरु हुँदै आएका छन् । आज बाल बालिकाहरुलाई शोषण गर्ने , दुव्र्यवहार गर्ने व्यक्तिहरुका लागि सजाय र्ग कानुनको व्यवस्था गरिएको छ । बाल बालिकाहरुप्रति क्र्रुर व्यवहार गरी यातना दिने, कठोर सजाय दिने, चौध वर्षमुनिकालाई शोषण गर्ने अनैतिक पेसामा लगाउनेलाई छ वर्षसम्म कैद वा छ हाजारदेखि दस हजारसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था गरिएकाले बाल बालिकाबाट हकहितको संरक्षण हुदै आएको मान्न सकिन्छ । नेपालमा यस्तो कानुनी व्यवस्था भएपनि पूर्ण रुपमा बालबालिकाको संरक्षण हुन सकेको छैन ।  बाल बालिकाको हकहितको संरक्षण गर्ने काममा विवेकशील मानिसको ठुलो खाँचो रहेको छ । 

(ख) बाल अधिकारको संरक्षणका बारेमा कुनै गरै सरकारी संस्थालाई लेख्ने पत्र तयार गर्नुहोस् । 

वाटिका टोल,
कामनपा –३२ घट्टेकुलो
मिति : २०७३र११र२९

श्रीमान् अध्यक्षज्यू,
घट्टेकुलो विकास समाज,
घट्टेकुलो, काठमाठौँ 

विषय : बाल अधिकार संरक्षण बारे ।

महोदय
त्य विकास समाजले घट्टेकुलो निवासीहरुको सर्वाङ्गीण विकासका लागि नेतृत्वदायी भूमिका पुरा गर्दाै आएको सर्वविदितै छ । यसले यस क्षेत्रको भौतिक र खेलकुदको विकासमा साथै यस क्षेत्रका जनतामा एकता एवम् सद्भाव विकास गराउन अहम् भूमिका खेल्दै आएको छ । यस संस्थाले बाल बालिकाहरुको संरक्षण र उनहिरुका हकहितका भविष्यका कर्णधधार भएकाले यिनीहरुको संरक्षण गर्नु जिम्मेवार संस्थाको कर्तव्या हो । तसर्थ, त्यस संस्थाबाट बालबालिकाको संरक्षणका लागि ठोस योजना तर्जूमा गरी कार्यान्वयन गर्न टोलबासीका तर्फबाथ हार्दिक अनुरोध गर्दछु । 

निवेदक
राजकुमार महर्जन
वाटिका टोल, घट्टकुलो, काठमाडौँ 

(ग) बालबालिका प्रति हुने दुव्र्यवहार अन्त्य गर्ने उपायहरुको सुची बनाउनुहोस् ।
उत्तर : बालबालिकाप्रति हुने दुव्र्यवहार अन्त्य गर्ने उपायहरु निम्न रहेको छन् ।
१)  समाजमा जनचेतना जगाउने
२) बालबालिका स्वयम् सचेत हुने ।
३) समाजमा हुने बालबालिका दुव्र्यवहारबारे सम्बन्धीत निकायमा खबर गर्ने ।
४) जागरण अभियानमा बाल बालिकालाई सहभागी गराउने र प्रशिक्षित गर्न । 

७। तलका अनुच्छेदका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्।
विद्यार्थी जीवन छात्रावासमा बढी अनुशासित हुन्छ । त्यहाँ विद्यार्थीको समय अलिकती पनि दुरुपयोग हुदैन । विद्यार्थीहरु प्राय बिहान पाँच बजे नै उठ्छन र नित्य कर्ममा लाग्छन । बिहान सामुहिक प्राथाना हुन्छ । प्राथानामा सबै विद्यार्थीहरु सामेल हुनुपर्छ । त्यसपछि विद्यार्थी अध्ययनमा सामेल हुन्छन । साँझमा विद्यार्थीहरुलाई एक घण्टा खेल्ने  अवसर प्रदान गरिन्छ । बेलुका पनि सबै विद्यार्थी दस बजे सम्म अध्ययन गर्छन् ।
(क) विपरीतार्थक शब्द खोज्नुहोस्
शिक्षक, सदुपयोग, साँझ, सुत्नु, आदान
शिक्षक – विद्यार्थी
सदुपयोग – दुरुपयोग
साँझ – बिहान
सुत्नु – उड्नु
आदान – प्रदान
(ख) अर्थ खुल्ने गरी फरक वाक्यमा प्रयोग गर्नुहोस्
छात्रावास, अनुशासन, प्रायः, नित्य, कर्म, प्रार्थाना
छात्रावास – छात्रावासमा बसेर  पढ्ने विद्यार्थीले धरै कुरा सिक्ने अवसर पाउँछ ।
अनुशासन – विद्यार्थी जीवनमा अनुशासनको ठुलो महत्व हुन्छ ।
प्राय – म प्रायः बिहान पाँच बजे उठिसकेको हुन्छ ।
नित्य – हामी नित्य सरस्वतीको प्रार्थना गछौँ ।
कर्म – कर्म अनुसारको फल पाइन्छ भन्ने हाम्रो धार्मिक विशवास रहिआएको छ । 
(ग) तलका शब्दको अर्थ लेखेर शिक्षकलाई देखाउनुहोस्
कर्म, सन्धया, अध्ययन, अवसर, रुचि
कर्म – व्यक्तिले गर्न कुनै काम, कर्म वा गतिविधि
सन्धया – दिन र रातको सन्धि, साँझ वा बिहान
अध्ययन – पढ्ने काम, सिकाइको गतिविधि, पढाइ, पठन, ज्ञानार्जन
अवसर – कुनै काम गर्नका लागि अनूकुल मौका, मिल्दोजुल्दो परिस्थिति, सहयोग तथा अनुकूलता
रुचि – इच्छा, चाहना तथा चाख

८) तलका शब्दको निर्माण प्रक्र्रिया बुझ्नुहोस् र तिनलाई सानुहोस् : 
छात्र + आवास = छात्रावास
विद्याल + आलय = विद्यालय
अनु + शासन + इत = अनुशासित
सम्बन्ध + इत = सम्बनिधत
दुर् +उपयोग = दुरुपयोग
विद्या + अर्थी = विद्यार्थी
समूह + इक = सामूहिक
सम् + लग्न = संलग्न

९) ‘ अनुशासन’ शब्द शासनमा ‘अनु’ उपसर्ग लागेर बनेको हो , त्यस्तै तपाईँ पनि ‘अनु’ उपसर्ग लागेका अन्य पाँच ओटा शब्द लेख्नुहोस् । 
 उततर : अनु–शासन, अनुहार, अनुवाद, अनुमति, अनुराग
१) तलका उदहरणअनुसार त्यस्तै अन्य पाँच पाँच ओटा शब्द लेख्नुहोस्
उदाहरण
   
किरो, निलो, तितो आदि    सुरुमा इ ह्रस्व हुने शव्द
महिलो, कलिलो, गहिरो, आदि    बिचमा इ ह्रस्व हुने शब्द
पुर्वेली, मुख्र्याइँ, पुस्ट्याइँ आदि    तदभव प्रत्यय लागेका तत्सम शब्द
दाई, भाई, नाति आदि    अन्त्यको इ ह्रस्व हुने पुलिङ्ग शब्द
पढाई, लेखाइ, बठ्याइँ आदि    आइ, याइँ प्रत्यय लागि अन्त्यमा इ ह्रस्व हुने शब्द
अगाडि, माथि, भोली, आदि    अन्त्यको इ ह्रस्व हुने अव्यय शव्द
धुलो, बटुवा, आलु आदि    उ ह्रस्व हुने शब्द
पनि, कोदाली, गरिबी आदि    शब्दको अन्त्यको इ दीर्घ हुने शब्द
भाउजु, फुपु, सासु, आदि    अन्त्यको उ दीर्घ हुने नाताबोधक स्त्रीलिङ्गी शब्द
आउ गर्नु, बस्नु आदि    उ दीर्घ हुने विध्यर्थक क्रियापद
उत्तरः सुरुमा ‘इ’ ह्रस्व हुने शब्द – चिसो, रित्तो, भिखारी, किसान, इमानदार
बिचमा ‘इ’ ह्रस्व हुने शब्द – पहिलो पहाडिया, अहिले , भानिज, पुलिस
तद्भव प्रत्यय लागेका तत्सम शब्द – जुनेली, पोखरेली, रजायँ, पुरेत्याहै, पण्डित्याहै
अन्त्यको ‘इ’ ह्रस्व हुने पुलिङ्ग शब्द – कवि, रवि, मति, कृति, रुचि
आइ, याइँ, प्रत्यय लागि ‘इ’ ह्रस्व हुने शब्द – हिडाई
२) उदाहरणअनुसारका पाँच पाँच शब्द खोजेर तालिकामा देखाउनुहोस्
उदाहरण
   
सहिद, सहर, स्कुल आदि    स को प्रयोग हुने शब्द
आज, अब, तब आदि    उच्चारणअनुसार अजन्त प्रयोग हुने अव्यय शब्द
बस, बस्, बसोस् आदि    उच्चारणअनुसार अजन्त ्रहलन्त प्रयोग हुने क्रियापद
नाम, नेपाल, असल आदि    उच्चारण हलन्त भए पनि अजन्त हुने शब्द
बहिनी, वकिल,बदमास आदि    उच्चारणअनुसार नै  ब वा व लेखिने शब्द
संवाद, संयोग, संलग्न आदि    इ र ल व पुर्व शिरबिन्दु प्रयोग हुने शब्द
च्ङ्गा, मान्छे, चम्चा    उच्चारण अनुसार नै ङ् न् वा म् लेखिने शब्द



बन्धनबाट मुक्ति

शाराशं
प्रस्तुत  कथा बन्धनबाट मुक्ति मेरो नेपाली किताबको कक्षा नौ को ‘बन्धनबाट मुक्ति’ कथाबाट साभार गरिएको हो । राजेद्र विमलाद्धारा लिखित कथामा उनले नेपाली समाजका यावत् गतिविधिहरुलाई विषयवस्तु बनाएर कथा लेख्छन् । देशभक्ति, सहअस्तित्व, जातीय सद्भाव तथा मानव कल्याण उनका कथामा पाइने प्रमुख विशष्ोता हुन् । माथिको अंश मास्टर चोआलालकी श्रीमतीको मृत्यु पश्चात इष्टमित्र, छरछिमेकीहरुले वृधवस्थामा भोग्नुपर्ने कुरा सम्झाउने क्रममा आएका छन ।  मानिसले आफ्ना जीवनमा विभिन्न इच्छाहरु पुरा गर्ने चाहना राखेको हुन्छन् । ती चाहनामध्ये मृत्यु हुँदा सँगसँगै जान  पाए कति आनन्द हुने थियो र दुवै मध्ये कुनै एक जनाको मृत्यु पश्चात् एकल जीवन ज्यादै पीडादायी हुने हुनाले यस्तो चाहना राख्नु स्वाभाविक मानिन्छ । तर ईश्वरको कृपा र मृत्युको नियमअनुसार मान्छेले चाहेजस्तो कहिल्यै हुन्न ।
सँगै बाँच्न र सँगै मर्ने मान्छेको नियमअनुसार मान्ेले चाहेजस्तो कहिल्यै हुन्न । सँगै बाँच्ने र सँगै मर्ने मान्छेको चाहना पुरा हुने सम्भावना हुँदै हुन्न । श्रीमान् र श्रीमतीमभ्ये एकजनाको मृत्यु हुन्छ । बाँच्नेले बिजोग बेहोर्ने हुन्छ । यही जीवनको तितो यथार्थलाई मिठो र आकर्षक भाषा शैलीमा उक्त अंशमा प्रस्तुत गरिएको पाइन्छ ।
सन्यास रुप धारण गरी भजन किर्तन र धेरै चेलाहरुका बिच आनन्दपूर्वक जीवन बिताइरहेका चोआलालको हृदय आध्यात्मिक चेतनाले ओतप्रोत भएको छ । उनी म पात्रलाई यही आध्यत्मिक सन्देश प्रवाहित गर्न चाहन्छन् । म पात्रलाई उनी आफ्ना हृयमा अटाउन सक्थे सबै आफन्त भएको र त्यस रुपमा व्यवहार आनप्रदान गरे सबैबाट माया पाउने र आफूबाट अरुले पनि माया पाउने कुरा गर्छन् । असार मानिएको संसार त्यस्तो बेला कसैको नभएर आफ्नै हुने यो बृहत मानवतावादी विचारलाई सन्यास रुप धारण गरेका चोआलाललेव यहँ प्रस्तुत गरेका छन् ।  संसार सबै मानिस आफन्त सरह हुने बृहँत्तर सोचलाई यहाँ आकर्षक भाषाशैलीमा यहाँ प्रस्तुत गरिएको छ  । 

प्रश्नोत्तर

सुनाई 

१) कथाको दोस्रो अनुच्छेद सुनी ठिक बेठिक भन्नुहोस् । 
क) मास्टर चोआलाल एकाउन्न वर्षमा विधुर भए ।
ख) उनकी श्रीमती उच्च रक्तचापको रोगबाट पीडित थिइन् ।
ग) चोआलालका दुई जना छोराहारु थिए ।
घ) श्रीमतीको मृत्युमा सबै जसो नातेदारले यो मृत्युको नियम हो भनेर बुढालाई सम्झाए ।
ङ) चोआलालका एउटा छोराको बिहे भएको थिएन ।
उत्तर :
क) बेठिक
ख) ठिक
ग) बेठिक
घ) ठिक
ङ) बेठिक

२) कथा सुनेको आधारमा तलका भनाइ कसले कसलाई भनेको हुन् पत्ता लगाई भान्नुहोस् : 
क) तिमीहरुका लगि आमाले आफ्ना आफ्ना सबै सुख त्यागिदिइन् ।
उत्तरः कान्छो छोराले माहिला दाजुलाई भनेको हो ।
ख) म कहाँबाट  यस बुढालाई पाल्न सक्छु ।
उत्तर कान्छो छोराले माहिला दाजुलाई भनेको हो ।
ग) यहाँ तपाईको आँतमा ज्याला दन्किन थाल्यो । एकछिन तपाई भोक सहेर बस्न सक्नुहुन्न ?
उत्तरः माहिलो छोरो चन्द्रनाथले बाबु  चोआलाललाई भनेको हुन् ।
ङ) भाइ, म खहरेले बगाएर ल्याई बगरमा फलिएको बग्रेठो थिएँ ।
उत्तर सन्यासी रुप धारण गरेका चाआलालले म पात्र (कथाकार) लाई भनेको हुन् । 

३) कथाको बाइसौँ र तेइसौँ अनुच्छेद साथीबाट सुन्नुहोस् र तलका प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) दसैँमा कुन छोराको परिवार आउँदा झगडा परेको थियो ?
उत्तर : दसैँमा माहिला छोराको परिवार आउँदा झगडा परेको थियो ।
ख) बाबुको स्याहारसुसार गर्न भागबन्डासमेत लागउनुपर्ने प्रस्ताव आएपछि माहिलो छोराले के प्रतिक्रिया दियो ?
उत्तर : बाबुको स्याहारसुसार गर्न भागबन्डा समेत लागउनुपर्ने प्रस्ताव आएपछि माहिलो छोराले आफू टुरमा जाने भएकाले समय दिन नसक्ने प्रतित्र्रिmया दियो ।
ग) बुढाले कान्छो छोरालाई कस्तो अनुरोध गरे ?
उत्तरः बुढाले कान्छो छोरालाई बोलाएर आफूलाई कुनै वृदधाश्रममा हाल्दिन अनुरोध गरे ।
घ) चाआलाललाई किन थोरै मात्र खान दिइयो ?
उत्तरः धेरै खान दिए अपाच्य भई लत्ताकपडा, तन्ना, तकिया फोहोर पार्न सक्ने भएकाले चोआलाललाई थोरै खान दिइयो ।
ङ) चोआलाललाई छोराले किन बेस्सरी गालामा हान्यो ?
उत्तर खाना खाइसकेपछि थप खाना मागेकाले चाआलाललाई छोराले बस्सरी गालामा हान्यो ।
४) कथाको अन्तिम अनुच्छेद सुनी त्यसमा व्यक्त भएको विचारलाई साराशमा भन्नुहोस् ।
 पात्र देवघाट घुम्न जाँदा सन्यासी रुप धारण गरेका  चोआलाल पहिलेको जस्तो अशक्त र विवश देखिनुको सट्टा हार्मुनियम बजाएर मस्त मिठो भजन गाइरहको पाए । शिष्यहरुलाई वरिपरि राखेर मधुरानन्दका नामले भजन, प्रवचन सुनाउने गर्थे ।  आफूलाई केही बेर रोकेर सबै शिष्य गइसकेपछि पहिले आफू बेबारिसे अवस्थामा रहेको थिएँ तर अहिले यत्रा धेरै भक्तहरुको माया र स्नेहमा बाँच्न पाएको छु । तिमी पनि माया बाँड र त्यसैबाट आनन्द र मोक्ष मिल्ने कुरो गर । उनले आफू पनि त्यसै गरी संसारको बन्धनबाट मुक्त भएको जानकारी गराए । 

बोलाइ

१) उदाहरणका आधारमा शुद्ध उच्चारण गर्नुहोस् : 
उत्तर :
व्यवस्थापन – व्य, ब, स्था, पन्
आशीर्वाद – आ, सिर्,  वाद्
सञ्चय कोष –सन्, च, य कोस्
भ्ुाक्तानी – भुक्, ता, नि
मिर्गौला – मिर, गौ, ला 

३) तल दिइएका अनुकरणात्मक शब्दहरुले प्रयोग गरी छोटो कथा सुनाउनुहोस् :
उत्तर कालेकी आमा डल्ली दिनभरि मेलापात गरेर साँझपख घर आई । लोग्नेले अँध्यारो कोठामा केही खस्याकखुसुक गरेर साँझपख घर आई । लोग्नेले अँध्यारो कोठामा केही खस्याकखुसुक गर्दै कुरो गरेको उसले सुनी । ‘‘होइन, बुढा कोही केटीसँग पो लागे कि क्या हो ?’’  डल्लीको मनमा खुलदुली मच्चियो । पेटीमा थचक्क बसी । मनमा अनेक कुरा खेल्न थाले । अगेनामा फतफत गर्दै खोले पाकिरहेको थियो । पसिना ओभाएपछि शरीर सिरिङ भयो । ऊ बसेको ठाउँबाट जुरुक्क उठी । उसले अँध्यारोमा जिङ्रिङ्ङ कपाल जस्तो देखी । त्ययसलाई राम्ररी ठम्याउन सकिन । उसलार्य बढाको चाला देखेर झनक्क रिस उठ्यो । बुढाले आफूकमथि घोर अन्याय ग¥यो भन्ने लागेर ऊ ह्वाँह्वाँ गर्दै । कोठको सामान मिलायरहेको बुढो उसको चाला देखेर छक्क प¥यो । ३¬) तपाइले जानेको कुनै कथा सिलसिला मिलाएर भन्नुहोस्
उत्तर : उषा आठ वर्षमा भरखरै पाइला टेकेकी हो । रमाकान्त र विष्णुकुमारी एक मात्र छोरी उषा पढाइलेखाइमा अब्बल दजामा गनिदैँ आएकि छ । उसको पढाइ  र लगनशीलता  देखेर बाबुआमाले राम्रो बोर्डिङ स्कुलमा भर्ना गरिदिएर विगत पाचाँ वर्षदेखि पढ्दै आएकी छ । बाबुआमाले अति नै मायाँ गरेर उसलाइ हरेक सामान जुटाइदिने काम गरेका छन् । केहि सामान चाहिएमा उषा सहज रुपमा बाबुआमालाइ भन्ने गर्छे । आज मलाइ कापी चाहिएको छ, आज मलाई समोसा खान इच्छा लागेको छ । उषाको इच्छा भुइमा झर्न नपाउदै बाबुआमा उसको इच्छा पुरा गर्न सधैँ तत्पर हुने गर्छन् । बाबुआमालाई उषाका सम्पुर्ण क्रियाकलाप र चालचलन मन परेपनि देशको बिग्रँदो परिस्थिति देख्दा बढि चिन्ता लाग्ने गर्छ ।
            एक दिन बिहानको खाना खाएर रमाकान्तका साथमा उषा विद्लए गई । रमाकान्तले उसलाई स्कुल बसमा चढाएर घर फर्के । स्कुल तर्फ लाग्दै गर्दा बाटामा बम राखिएको हल्लाले सारा वातवरण आतङ्कित बनेको थियो । बाटामा गाडिको जाम थियो । ऊ सँगसँगै पढने साथिहरु के गर्ने र कसोे गर्ने  भन्ने कुरामा आत्तिरहेका थिए । न उनिहरु विद्लय जान सक्थे न त घर नै फर्किन सक्ने अवस्था थियो । उषा सँगै पढने निशाले भनि ए उषा अब के गर्नेरु बम पढकियो भने मरीने पो हो कि मलाई त साह्रै डर लागिरहेको छ । दिनेशले अझ आत्तिदै भन्यो, घरमा बुबा आमालाई खबर गर्न पाए कति राम्रो हुन्थ्यो होला । लौ न कसैले खबर गरिदीए पनि त हुन्थ्यो । केहि थाहा नपाएका ससाना बालबालिकाहरु आत्तिउको स्वरमा कराउन थाले । ट्रफिक प्रहरीले सबै गाडीलाई जता बाट आव्एका थिए तेतै फर्काई दिए । उषा चडेको गाडि उसको घरै अगाडि गएर रोकियो । उसले बसबाट ओर्लिएपछि आत्तिएर बुबा बुबा आमा आमा कहाँ हुनुहुन्छ आज म बाचेर आएँ । सबै साथिहरु बाचेर आयौँ । छोरीको आवाज सुनेर रमाकान्त र विष्णुकुमारी  आत्तिँदै लिन आए । छोरीबाट सबै वृतान्त सुनेपछि लामो सास फेर्दै रमाकान्तले भने छोरी डराउनु पर्दैन । तिमीलाइ केहि हुदैन छोरी तिम्रा साथिलाई पनि केहि हुदैन । विष्णुकुमारीले छोरीलाई अँगालो मारेर आँसु झारीन । उसको पिडा बुझेपनि रमाकान्त छोरीलाइ सम्झाउने क्षमता राख्दैनथे । उनलाई तेती मात्र भने कुनै फटाहाले राख्यो होला । उषाले भनि किन राखेको नि हामिलाई पढ्न नदिन हो कि क्या हो रमाकान्तले भने होइन छोरी होइन । भोलि देखि केहि हुदैँन । तिमी पढ्न जान पउछौँ । चिन्ता गर्नू पर्दैन । त्यसपछि सबै आआफ्नो काममा लगे । उषा साथि सँग खेल्न निस्की । रमाकान्तलाई भने बढो पिर पर्यो । संबिधान सभाको चुनाव सम्पन्न भईसक्यो । अब पनि यस्तो आतङ्क किन मच्चाउन खोजेका होलान । हाम्रो देशलार्इृ शान्तिक्षेत्र घोषण गर्न पाए यी बाल बालीकाहरुले पढ्नलेख्न त राम्ररी पाँउथे । तर देशको स्थिति आशलाग्दो छैन के गर्नै खै उनले लामो सास मात्र फेरे । 

पढाई

२) कथा पढेको आधारमा वृद्वृद्धाको सम्मान र हेरचाह गर्नु पर्छ भन्ने विषएमा एक अनुच्छेद लेख्नुहोस् ।
उत्तर : उमेर खाईसकेको र अनुभवले खारिएका वृद्धवृद्धाहरु परिवार समाज र देशकै आदरणीय र सम्मानित व्यक्तित्व मानिन्छन । समयले कज्याएर कुसङ्गतमा लागेर वा विवेकशील नबन्दा आफ्नै सन्तानबाट वृद्धवृद्धाहरुले अपमानित हुने गरेको घटना देख्न र सुन्न पाईन्छ । उनिहरु मायााँका भोका हुन्छन् । श्रीमान र श्रीमती दुबै रहेका अवस्थामा त्यति धेरै समस्या बेशोर्नु नपरे पनि एक्लो जीवन बिताउनु पर्दा वृद्धवृद्धाको जीवन निकै कष्टकर हुने गर्छ । उनीहरु अशक्त भएका हुन्छन् । यस्तो अवस्तामा सन्तान छ भने सन्तानले सन्तान छैन भने जो कोहिले पनि वृद्धवृद्धाप्रति सम्मान गर्नु पर्छ र उनीहरुको हेरचाह तथा रेखदेख गर्नु आवश्यक हुन्छ ।  आखिर मानिसको जिवन सधैँ बालक र तन्नेरी अवस्थामा रहने होईन एक दिन वृद्धा हुने मर्ने कुरा त हुन्छ नै । त्यसैले उमेर खाईसकेका र अनुभबका पाका वृद्धवृद्धाहरुको सम्मान र हेरचाहा गर्नु विवेकशील सन्तान र मानिसको कर्तव्य हो ।

लेखाई

१) तल दिइएका टुक्काहरुको अर्थ पहिचान गरी जोडा मिलाउनुहोस् 
(क) कुरो खानु                  गाली गर्नु
(ख) मासु खानु                  रिसाएर हेर्नु
(ग) मुख छाड्नु                  भनेको मान्नु
(घ) आँखा तर्नु                   चनाखो हुनु
(ङ) कान ठाडो पार्नु            दिक्क पार्नु
                                    कुट्नु
उत्तर                                                                      
(क) कुरो खानु( भनेको मान्नु        
(ख) मासु खानु( दिक्क पार्नु
(ग) मुख छाड्नु( गाली गर्नु
(घ) आँखा तर्नु( रिसाए हेर्नु
(ङ) कान ठाडो पार्नु( चनाखो हुनु

२) निम्न लिखित शब्दहरुलाई वाक्यमा प्रयोग गर्नुहोस् 
प्रतिष्ठित, कुलत, अन्ध विश्वास, भुक्तानी, असहाय, प्रलय, वृत्तान्त
उत्तरः
प्रतिष्ठित – म एउटा प्रतिष्ठित कम्पनिमा काम गर्छु ।
कुलत – हिजो आज थुपै युवा हरु कुलत मा फसेका छन ।
अन्ध विश्वास (नेपाली समाजलाई अझ पनि थुपै अन्ध विश्वासले घेरेको छ ।
भुक्तानि – कर्मचारीलाई यस मीनाको भुक्तानि दिइसकिएको छ ।
असहाय – हामिले वृद्ध तथा असहायको सेवा गनुृपर्छ ।
प्रलय – उसलाई कामको प्रलय पर्याे
र्वतान्त – टोलमा भएको चोरीको सम्पुर्ण वृतान्त मैले सानीलाई सुनाए।
३) चोआलालका कान्छा छोराको बाँकी जीवन कसरी बित्यो होला, अनुमान गरी लेख्नुहोस् ।
उत्तर : चोआलालका कान्छा छोरा तारानाथको बाँकी जीवन निश्चय नै राम्रोसँग बितेन होला । बाबुले घर छाडेपछि ऊ झनै स्वतन्त्र भयो होला । सधैँ जाड रक्सी धोक्ने र गाजाको सेवन गरी घरमा आएर श्रीमती सँग झगडा गर्न थाल्यो होला । उसको आनीबानी बाट श्रीमती र छोराछोरीले पनि दिक्क माने होला । उसका घरमा हुने सधैँको झगडाले र होहल्लाबाट दिक्क भएर तारानाथलाई छिमेकिहरुले चेतावनी दिएहोला । जे गरे पनि उसको आदतमा परिवर्तन नआएपछि छिमेकिहरुले प्रशासनलाई गुहारे होला । छिमेकीहरुको उजुरी अनुसार उसलाई प्रहरीले थुनामा राखे होला । पन्ध्र दिन प्रहरीले थुनामा राखेपछि आइन्दा जाँडरक्सी खान्न भनि कागज गरेर थुनाबाट छुट्यो होला । केहि दिन जाँड रक्सी पनि पुन खान थाल्यो होला र पहिलेकै चरित्र देखाउन थाल्यो होला ।

४) निम्न लिखित प्रश्नहरुको संङ्क्षित उत्तर लेख्नुहोस् :
(क) चोआलालका राम्रा विशेषताहरु के के हुन्
उत्तर : चोआलाल व्यावहारिक कुशलता र दूरदृष्टि भएका एक सचेत व्यक्ति थिए । बर्दिवास हाइस्कुलका गणित ीशक्षकका रुपमा नाम कमाएका उनले ट्युसनको कमाईले तिन जना छोराछोरी लाई पढाऊने काम गरेका थिए । एकसट्ठी वर्षमा विदुर बनेका चोआलालकी बिरामी पत्नीको राम्रो उपचार हुन नपाई निधन भयो । यस घटनामा उनले ध्यान दिन नसके पनि श्रीमती र छोराहरु प्रति उनको लगाव लाग्यो । उनि सबैलाई मायाँ दिन सक्थे । उनी आफ्ना शिष्यहरुका समेत असल गुरु थिए । उनीप्रति सबै नतमस्तक हुन्थे । सबै सन्तानको राम्रो होस भन्ने चाहना राख्ने चोआलालले आफ््ना छोराबुहारी बाट बुढेसकालमा धेरै अपमान सहनुपर्यो । उनले अशक्त हुँदा परिवारबाट स्याहारसुसार पाएननन् ।
          आफुलाई समयअनुकुल परिवर्तन गर्न सक्ने क्षमता उनमा थियो । उनले श्रीमतीको मृत्युको वज्रपात अनि छोराहरुको कठोर अपमानलई समेत सजिलै पचाए । अन्तत घरपरीवार बाट स्याहारसुसार पाएनन् ।

ख) चाआललको कान्छो छोरो कुलतमा फस्नुका कारणहरु के के सक्छन् ?
अभिभावकले समयमै ध्यान पु¥याउन नसक्दा बच्चाहरु कुलतमा फस्नु स्वभाविक मानिन्छ । चोआलालको कान्छो तारानाथ कुलतमा फस्नुका व्यावहारिक र सामाजिक गरी प्रमुख रुपमा दुई कारण हुन सक्छन् । तारानाथ कान्छो छोरो भएका कारण सानामा सबैले माया गर्थे होला । उसले चाहेको कुरा बाबुआमा र दाजुहरुले पनि पु¥याइदिन्थे होला । यसले गर्दा सानैदेखि ऊ पुल्पुलियो होला र अराजक बन्दै गयो हाला । उमेर चढ्दै गएपछि तारानाथले कसैले भनेका मान्न छाडेको हुनुपर्छ । टोलछिमेकका लफङ्गा केटासँग लागे जाँडरक्सी तथा गाँजा सेवन गर्न थालेको हुनुपर्छ । चोआलाल बाँचिरहेको सामाजिक परिवेश एकदमै खराब भएका कारण त्यसको प्रभाव तारनाथमा प¥यो होला । यिनै व्यावहारिह ता सामजिक कारणे चाआलालकोक कान्छो छोरो कुलतमा फस्नुका प्रमुख कारण हुन सक्छन् ।
ग) बृद्धवृधवृधा भएपछि तिरस्कृत हुनुका कारणहरु के के हुन सक्छन् ?
उत्तर कथाकाष्े चोआलाल एकल, रागी र छोराबुहारीको चाहन विपरित चल्ने भएकाले तिरस्कृत हुन पुगेको देखिन्छन् । मानिस वृद्धवृधा भएपछि तिरस्कृत हुनुका कारण थुपै्र हुनसक्छन् । हेरचाह गर्नेले व्यस्तताका कारण वा जिम्मेवारी बोध नगर्नाले वृद्धद्धा बेबारिसे जस्तै हुन्छन् । उनीहरुलाई खान रुच्ने भएपनि कहिलेकाहि अपच हुदाँ ओछ्यान, डसना तकिया आदि फोहोर पार्दिन सक्छन् । त्यस्तै वृद्धवृद्धा आफन्तहरुलाई तिरस्कृत हुने प्रमुख कारण यिनै हुन् प्रस्तुत तिरस्कृत हुन पुगेको देखिन्छन् ।
घ) चोआलालका छोराहरुले आफ्ना बाबुआमाप्रति गर्नपर्ने कर्तव्यलाई कसरी निर्वाह गर्नुपथ्र्यो ?
उत्तर
चोआलालका छोराहरु पढेलेखेका थिए । पढेलेखेका मान्छे विवेकशील हुन्छन् । त्यस्ता व्यक्तिहरुले पारिवारीक तथा सामाजिक मर्यादाको ख्याल गर्छन् भन्ने विश्वास गरिन्छ ।चोआलालका छोरा पढेलेखेका भए पनि यस किसिमको चरित्र उनीहरुलाई देखाएनन् । उनीहरुले आफ्नो आमाबाबुप्रतिको कर्तव्य पुरा गरेको पाइँदैन । आमालाई रोग लाग्दा उपचार गर्ने कुरा त परै जाओस् मरिसकेपछि काजक्रिया वसमेत राम्रोसँग सम्पन्न गर्दैनन्् । सदा छोराबुहारीको भलो चाहने एक्लो जीवान बिताइरहेको चोआलाललाई सम्पत्ति नदिएको भन्दै रिस पोख्छन् । खान नदिने र खान माग्दा गालामा चड्काउने जस्ता अति जति नै निच काम गर्न समेत पछि पर्दैनन् । अशक्त हुँदा बाबुको हेरचाह गर्नुपर्नेमा छोराबुहारी सबैले बोझका रुपमा लिएका छन् । वृद्धअवस्थाका कारण अशक्त भएका बेला चोआलाललाई छोराबुहारीको माया र स्याहारसुसारको आवश्यकता थियो तर उनले आफ्नो कृतघ्नी सन्तानबाट यी कुरा पाउन सकेनन् ।
ङ) य िकथाको शीर्षक ‘बन्धनबाथ मुक्ति’ भन्ने किन राखिएको होला ?
उत्तर : मानिसले बृद्धावस्थामा एक्लो जीव बाँच्नुपर्ने हुन्छ भने अर्कातिर अशक्त हुँदा  परिवारबाट तिरस्कार र अपहेलना पनि सहनुपर्ने परिस्थिति सिर्जना हुन्छ । प्रस्तुत कथाको घटनाक्र्रमलाई हेर्ने हो भने यस कथाका चोआलाल समाजका प्रतिष्ठित र शिक्षित मानिस भए पनि वृद्धावस्थामा एक्लो जीवन बाँच्न बाध्य भएको छने । उनले आफ्ना तिन तिन छोराबुहारीबाट माया तथा स्नेह पाउनुको सट्टा तिरस्कार र अपमान सहनुभन्दा वृ्द्धाश्रममा गई बस्न चाहन्थे । उनका छोराले उनको त्यस चाहानालाई समेत पुरा गरिदिएनन् । अन्तत उनी घर छोडी देवघाटमा गई बस्न थाले । परिवारको सदस्य सगैँ बसेर भन्दा स्वतन्त्र रुपमा जीवन बिताउन पाउँदा नै मानिसले मुक्तिको अनुभव गर्ने हुनाले यस कथाको शीर्षक ‘बन्धनबाट मुक्ति’ राखिएको होला । 

५) कथाको तेइसौँ अनुच्छेदलाई जम्मा चार ओटा बुँदाहरुमा टिपोट गर्नुहोस् । 
उत्तर
क) बुढाले चाहे जति खाना खान नपाउने अवस्था सिर्जन भएको ,
ख) बुहारीले बुढालाई धेरै खान दिए अपाच्य भई लत्ता, कपडा, तन्ना, तकिया
ग) बुढाले श्रीमतीको फोटो हेर्दै बह पोख्ने गरेको,
घ) खान माग्दा वछोराले अप्त्याशित रुपमा बुढालाई गालामा चड्कन लगाएको । 

६) कथाको दोस्रो अनुच्छेदलाई एक तृतीयांश हुने गरी साराँश लेख्नुहोस् । 
उत्तर :
एकसट्ठी वर्षका हुँदा चोआलालकी श्रीमतीको दम, उच्च रक्तचाप, मुटुको व्यथा आदि कारणले निधन भयाृे । उपचार भएको भए निको हुने लक्षण देखिए पनि उनको निधनमा आफन्त सबैले यो ईश्वरको इच्छा अनुसार भएको र मृत्युको नियम हो भनी सम्झाए । उनीहरुले पति पत्नी सँगसँगै जान चाहे पनि त्यो पुरा नहुन छोराबुहारी, नाति नातिनाहरुलाई हेरेर चित्त बुझाउने कुरा गरे पनि बुढाको चित्त बुझेन । 

७) सप्रसङ्ग व्याख्या गर्नुहोस् : 

क) ‘पतिपत्नी सँगसगै जान त सबै चाहन्छन् । तर एउटाले बिजोग बेहोर्नै पर्छ ।’
उत्तरः प्रस्तुत  हरवहरु मेरो नेपाली किताबको कक्षा नौ को ‘बन्धनबाट मुक्ति’ कथाबाट साभार गरिएको हो । राजेद्र विमलाद्धारा लिखित कथामा उनले नेपाली समाजका यावत् गतिविधिहरुलाई विषयवस्तु बनाएर कथा लेख्छन् । देशभक्ति, सहअस्तित्व, जातीय सद्भाव तथा मानव कल्याण उनका कथामा पाइने प्रमुख विशष्ोता हुन् । माथिको अंश मास्टर चोआलालकी श्रीमतीको मृत्यु पश्चात इष्टमित्र, छरछिमेकीहरुले वृधवस्थामा भोग्नुपर्ने कुरा सम्झाउने क्रममा आएका छन ।  मानिसले आफ्ना जीवनमा विभिन्न इच्छाहरु पुरा गर्ने चाहना राखेको हुन्छन् । ती चाहनामध्ये मृत्यु हुँदा सँगसँगै जान  पाए कति आनन्द हुने थियो र दुवै मध्ये कुनै एक जनाको मृत्यु पश्चात् एकल जीवन ज्यादै पीडादायी हुने हुनाले यस्तो चाहना राख्नु स्वाभाविक मानिन्छ । तर ईश्वरको कृपा र मृत्युको नियमअनुसार मान्छेले चाहेजस्तो कहिल्यै हुन्न ।
सँगै बाँच्न र सँगै मर्ने मान्छेको नियमअनुसार मान्ेले चाहेजस्तो कहिल्यै हुन्न । सँगै बाँच्ने र सँगै मर्ने मान्छेको चाहना पुरा हुने सम्भावना हुँदै हुन्न । श्रीमान् र श्रीमतीमभ्ये एकजनाको मृत्यु हुन्छ । बाँच्नेले बिजोग बेहोर्ने हुन्छ । यही जीवनको तितो यथार्थलाई मिठो र आकर्षक भाषा शैलीमा उक्त अंशमा प्रस्तुत गरिएको पाइन्छ ।
ख) ‘तिमीले हृदयमा अटाउन सक्ने जति तिम्रा आफन्त हुन् । संसारलाई माया लुटाऊ, संसार तिम्रै हो ।’ प्रस्तुत  हरवहरु मेरो नेपाली किताबको कक्षा नौ को ‘बन्धनबाट मुक्ति’ कथाबाट साभार गरिएको हो । राजेद्र विमलाद्धारा लिखित कथामा उनले नेपाली समाजका यावत् गतिविधिहरुलाई विषयवस्तु बनाएर कथा लेख्छन् । देशभक्ति, सहअस्तित्व, जातीय सद्भाव तथा मानव कल्याण उनका कथामा पाइने प्रमुख विशष्ोता हुन् । चोआलालले आफ्ना छोराबाट तिरस्कृत भएर घर छोडी देवघाटमा गई सन्यास रुप धारण गरी बसिरहेको अवस्थामा म पात्र –कथाकार) सँग भेट हुाँ संसार के हो भन्ने गुढ  रहस्य बताउने क्रममा उक्त अंश भनेका हुन् । चोआलाल घर परिवारबाट बिरक्तिएर चितवनको देवघाटमा गई बस्न थाले ।
सन्यास रुप धारण गरी भजन किर्तन र धेरै चेलाहरुका बिच आनन्दपूर्वक जीवन बिताइरहेका चोआलालको हृदय आध्यात्मिक चेतनाले ओतप्रोत भएको छ । उनी म पात्रलाई यही आध्यत्मिक सन्देश प्रवाहित गर्न चाहन्छन् । म पात्रलाई उनी आफ्ना हृयमा अटाउन सक्थे सबै आफन्त भएको र त्यस रुपमा व्यवहार आनप्रदान गरे सबैबाट माया पाउने र आफूबाट अरुले पनि माया पाउने कुरा गर्छन् । असार मानिएको संसार त्यस्तो बेला कसैको नभएर आफ्नै हुने यो बृहत मानवतावादी विचारलाई सन्यास रुप धारण गरेका चोआलाललेव यहँ प्रस्तुत गरेका छन् ।  संसार सबै मानिस आफन्त सरह हुने बृहँत्तर सोचलाई यहाँ आकर्षक भाषाशैलीमा यहाँ प्रस्तुत गरिएको छ  । 

व्याकरण


२) तलको अनुच्छेदबाट कर्तवाच्य टिप्नुहोस् :
आमोदले भन्यो । म आज विद्यालय जान्नँ । सरलाई बिरामी भनिदेऊ है । अनिका टाउको हल्लाउँदै हिंडी । बाटामा जिज्ञासाल सोधी । आमोद आउदैन । ऊ फटाफट हिँडी । उनीहरुले आमोदकै बारेमा सोध्लान् । उसले हत्तपत्त भनी त्यही भनिदिनु भनेका छ । 

३) तलका अनुच्छेदबाट कर्मवाच्य छान्नुहोस् : 
उत्तरः त्यतिकैमा बस भाँचियो । काँइया पनि भाँचियो । आफ्नो त आज चाँडै गृहकार्य पनि सकियो । अब मज्जासँग चिया खाइन्छ । दाइकी छोरीलाई लिटो खुवाइन्छ । अनि भान्छामा गएर अचार बनाइन्छ । 

४) तलको अनुच्छेदबाट भाववाच्य छान्नुहोस् : 
उत्तरः आफू त सानामा खुब रोइयो । सानामा दुःख पाए पनि अहिले भने हाँसिँदै छ । 

५) वाच्य परिवर्तन गर्नुहोस् : 
क्) कुमारले किताब किन्यो ।
उत्तरः कुमारद्धारा किताब किनियो ।
ख) मद्धारा भात खाइयो ।
उत्तरः मैले भात खाएँ ।
ग) हिजो खुब दगुरियो ।
उत्तरः म हिजो खुब दगुरेँ
घ) खेतालाले बारी खन्यो
उत्तरः खेतलाद्धारा बारी खनियो ।
ङ) आज त बिहान आठ बजेसम्म सुतिएछ ।
उत्तरः आज त बिहान आठ बजेसम्म सुतेछु ।
च) चोरहरुले घरका सबै राम्रा सामान नति सबै चोरेछन् ।
उत्तरः चोरहरुबाट घरका राम्रा सामान सबै चोरिएतन् ।
छ) आज विद्यालय कति बजे आइयो ?
उत्तरः तिमी आज विद्यालय कित बजे आयौ ?
ज) कति ओटा कथा पढियो ?
उत्तर तिमीे कति ओटा कथा पढ्यौ ?
झ) मुसाले कपडामा प्वालैप्वाल पारेछ ।
उत्तरः मुसाबाट कपडामा प्वालैप्वाल पारिएछ । 

७) कथाबाट शब्दका अन्त्यमा दीर्घ भएका दस ओटा शब्दको सुची बनाउनुहोस् । 
उत्तरः दुई, रक्सी, केही, एकसटठी, पत्नी, बुहारी, बुढी गोष्ठी एकादशी, भुक्तानी

८) कथाबाट शब्दका बिचमा ह्रस्व भएका दस ओटा शबदको सूची बनाउनुहोस् । 
उत्तरः गणित, विधुर, पीडित, किरियापुत्री, अनुभव, दायित्व, टुहुरो, मानिस, माहिलो, इन्जिनियर

९) तलको अनुच्छेदमा भएका गल्ती सच्यानुहोस् : 
उत्तरः तिमी त असल पो रहिछयौ । मरी साथी सीताले भनेर पो थाहा पाएँ । खगेन्द्रले सधैँ तिम्रो कुरा काट्थ्यो । त्यही कुरा सुनेर मैले तिम्रा बारेमा नराम्रो धारण बनाएको छुँ । उनीहरुले प्रशंसा गरेको मानिस चाहिँ बरु दृष्ट रहेछ । अरुको कुरा सुनेर भन्दा आफैँले व्यवहारको मूल्याङ्कन गरेर मानिस चिन्नु राम्रो हुने रहेछ ।
समाप्त कक्षा ९ नेपाली 

Post a Comment

0 Comments